~अभागी मिनम घायल असफल~
आशै आसमा निराश भैजान्छ भने जिन्दगी
कसैको आशाको कल्पना बनी दियोस्
आशुनै-आशुमा डुबी जान्छ भने जिन्दगी
बगी जाने खहरेको भेल बनी दियोस्
ब्यथाहरु बोकी सधैँ अगाडी बढी रहन्छ भने जिन्दगी
व्यथा शीर्षकको एउटा उपन्यास बनी दियोस्
प्रयास गर्दा-गर्दै पनि असफल हुन्छ भने जिन्दगी
कुनै दुखीको सपना बनी दियोस्
भाबनै भावनामा रमिरहन्छ भने जिन्दगी
कुनै गायकको मनछुने गीत बनी दियोस्
सङ्घर्षको मैदानमा सधैँ हार हुन्छ भने जिन्दगी
अभागी नामक शीर्षकका एक पुस्तक छापियोस्
अ. मिनम घायल अ.
बिष्णुपुर कट्टी-३ महाजनी,
सिरहा,सगरमाथा नेपाल !
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )
