~राजकुमार श्रेष्ठ ‘दीप’~
फूल हो जीबन हाम्रो, बतास सँगै झर्नु पर्ने
दैव रचे यस्तै नियम, जन्मे पछि मर्नु पर्ने ।
अजम्बरी हुन्नन् कोही, नियम टर्ने छैन रोई
मन्मा मयल नराखे है, जाँदैन भो आसुले धोई ।
दुई दिन गन्नु पर्छ, झुल्के घाम लाग्दा भोलि
तेरो मेरो आज किन ? खोली बाँडौँ मन्को झोली ।
दिव्य ज्योति ज्ञानको बाली, छर्न सक्नु अँधेरीमा
अमृत घड़ा भर्न सक्छाैँ आफ्नै गाउँको पँधेरीमा ।
हिँड्ने बाटो फरक फरक, यात्रा सबको एकै होला
कर्म सँगै बग्नु पर्छ , फर्कन्न यो जीवन चोला ।
(स्रोत : सत्यतथ्य मासिक)