व्यङ्ग्य गजल : गाउँमा फर्किन्छन् यिनै

~मरुभूमि नारायण~Marubhumi Narayan

जब चुनाब आउँछ गाउँमा फर्किन्छन् यिनै
जितेर शहर पस्छन् परपर तर्किन्छन् यिनै ।

सोझा जनतालाई बलिको बोको बनाई
घोक्रे स्वरले हामी माथि गर्जिन्छन यिनै ।

यस्तो गर्छु उस्तो गर्छु खोक्नसम्म खोक्ने
समस्या लिई जाँदा उल्टै झर्किन्छन् यिनै ।

भन्दा हुन् म जस्तो नायक छैन यो देशमा
पल–पलमा प्रभु आतङ्कले तर्सिन्छन् यिनै ।

कहिल्यै अभाव भएन यहाँ कुपुत्रै कुपुत्रको
लाम लागि दक्षिणको जन्ती पर्सिन्छन् यिनै ।

गए ढोगे नली खुट्टामा बोकेर आए तनाव
भाका फेरेर हामी माथि बर्सिन्छन् यिनै ।

तनहुँ

(स्रोत : फित्कौली डटकम)

This entry was posted in गजल, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.