~अजम्बरध्वज खाती~
यो बार बन्धन केही नभएको खुला सीमानामा
जति पल्ट गए पनि जाउन्
जतिपल्ट आए पनि आउन्
छेकिन्नन् मेरा पाइलाहरु
तर जब जब यो शरहदको सीमाना नेर
म अमीलो भएर पग्लन्छु
अनि छेकिन्छन् मन भित्रै बार लागेर यिनीहरु।
मन भरी बोकेर कष्ट
यहींबाट मेरो रौख–यात्रा प्रारम्भ हुन्छ
यो देश पराई लाग्छ
सबै अनुहार अपरिचित छन्
डर लाग्छ,
जहाँ जहाँ पुग्छु
मन लुछाउँछु, लुछाउँछु
जति पर पर हुँदै जान्छु
झन् झन् भय भेटाउँछु
जहाँ पुग्छु, घिनाउँदै पुग्छु
जहाँ पुग्छु, डराउँदै पुग्छु
जहाँ पुग्छु, हराउँदै पुग्छु।
जति नजिक छौं हामी सीमानाले
त्यतिनै टाढा छौं हामी मनले र व्यवहारले
जति बन्धनहीन छौं हामी सीमानाले
त्यतिनै हामी छेकिएका छौं मन मनका बारले
“साथी” सम्बोधनमा पनि,
किनभने यो सम्बन्धन हो सम्बोधनलाई
उ हुन्डारहो, भाषा पनि त्यस्तै बोल्छ
बैशाक जेठको लु हो उसको बोली
उ उत्तप्त त्यस्तै बोल्छ….,
हामी बोल्ने भाषामा गंगा र यमुनाको प्रवाह हुन्छ,
शुभ शान्त हिमाल झैं शान्त हुन्छ
उसले त मनभित्र पनि सर्प पालेको छ
जहर संगालेको छ
हाम्रो मन भित्र शिव बसेको छ
गुराँस फुलेको छ
उ कौवा झैं कराउँछ
हामी डाँफे भएर रमाउँछौं
(यही अन्तरमा)
जहाँ पुगे पनि
पहिला शंसय पुग्छ,
जहाँ पनि अविश्वासको कारोबार हुन्छ।
मनभित्र यहींबाट प्रारम्भ हुन्छ यौटा कथा
पतिपरायण नारी सीताको
प्रारम्भ आँशुबाट
अनि अन्त्य पनि आँशुको
यौटा कथा असह्य बेदना भएको व्यथाको,
जो शंकाको मनले
पतिबाटै अग्नी परिक्षामा पोलिन्छिन्
पतिबाटै अपहेलित घरबाट निकलिन्छिन्,
बाँच्दा बाँच्दै पनि यौटा शरणार्थीजीवन वनमा
फेरि धपाइन्छिन्, खोसिन्छिन्
न घरमा बस्न पाइन्
न वनमा बस्न पाइन्
अन्ततः आत्महत्यामा आफूलाई रित्ताइन्,
ऐतिहासिक सम्बन्ध भारत र नेपालको चएनै छ,
रामायण पढ्दै जानु
त्यस्तै भेटिन्छ।
फेरि यो शताब्दीमा
आज पति बाँचेका छन् यी उदन्डहरु
आउँछन् अशोकस्तम्भ उखाल्न अशोकका चेलाहरु
उजार्न आउँछन् बुद्धका जन्मस्थल र गाउँहरु
फेरि आउँछन् बनाउन खन्डहर यी ववन्डरहरु
यी पञ्तचशीलका भवत्त श्रृगंाल
यिनीकै कारण यहाँ बुद्धहरु बेहाल।
निर्लज्ज साँध मिचहा साँढे हुन् यी
बार नभएको सीमानामा
सँधै सीमानामा पैरो हाल्छन्
आफ्नो देशलाई विस्तार दिन
सीमाना जाच्छन्
जंगेपिल्लर धकेलेर साँध सार्छन्।
यिनै हुन् मेरो देशलाई दुख्नेहरु
कालापानीमा परेड खेलेका छन्
महाकालीको मुहान फर्काएका छन्
हाम्रो सप्तकोशी र सप्त गन्डकको पानीलाई
अड्कलेर बग्न दिएका छन्
हामी पनि एक अनौठो प्राणी
आफैले आफैलाई चिन्न नसकेको
थोरै बुद्ध भएर धेरै बुदेधु छौं,
नुनसंग साटिएका हामी
हाम्रो खून पनि सस्तो छ
एक पेट खान
आमा र बाबुलाई मार्ने कसम खाएर
आसाम रिफेलमा राइफल बोक्छौं,
लद्दाखमा सीमा चौकी कुछौंं
बसन्तपुरको डबलीमा नेपाल छिनाउँछौं
विदेशी दूताबारमा सुरक्षाको परेड खेल्छौं।
हामी अरुलाई मात्र हौं वीर भक्तिसिंह र बलभद्र कुँवर
हामी अरुलाई मात्र हौं वीर उजिरसिंह र वीर अमरसिंह,
हामीलाई त हामी
(रामका पीडनले आत्महत्या गरे पनि
फेरि राम त्याग्न नसकेकी)
सीताको खान्दान हौं,
जन्मेर नेपालमा
विदेशमा मर्न सिकेका छौं,
पति परायणले मख्ख छौं,
इमान्दार छातीमा टाँसेर
सतर्क मुद्रा बेइमानको ढोका कुछौं
असमान सम्झौतामा हस्ताक्षर गरेर
नेपाली बोल्छौं,
नेपाली भन्छौं
यो शताब्दीको अनौठो व्यंग हुन्छौं।
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक १५ – २०६६ फागुन १३ गते, बुधबार)