कथा : अर्ग्यानीक माया

~रामनाथ घिमिरे~Ramnath Ghimire

सबै सम्बन्ध यादगर हुदैनन्। कतिपय यादगर हुदाँ हुदै पनि जिन्दगीभर आँखा वरिपरि आउदैनन्, तर केही सम्बन्ध यस्ता हुन्छन् जुन सम्झिन फोटो जरूरी पदैन्, आँखामा झलझल आइरन्छन्।

सम्बन्ध उमेरसँगै परिवर्तित नहुदोँ रहेछ। यो बीचमा शेरे खोलामा धेरै पानी बगीसक्यो। त्यतीबेला शेरा खोलामा पौडी खेल्दा म पनि नाङ्गै डुबुल्की मार्थे। तर, विस्तारै मैले अरुले देख्लाकी भनेर जाँगे लगाएर मात्रै पौडी खेल्न थालेको थिए।

त्यसो त पहिले कट्टु मात्रै लगाएर नुहाउने ऊ खै किन हो छातिसम्म पेटीकोटले छोपेर नुहाउन थालेकी थिइ। अर्थात मेरो जुँगाका रेखी बसेका ती बेला, उसका बदन केही उच्च भएका थिए। विस्तारै लाजको मात्रा बढ्दै थियो। रोधी बस्दा होस वा कतै मेला गएका बेला अर्थात गाइबाख्रा चराएका बेला एक अर्कालाई देख्नेगरि नजिकै बस्नेसम्म मन हुन्थ्यो। त्यो पनि सुटुक्क अरुले सुइको नपाउने गरि।

देख्ने वितिक्कै किन हो मन डराउँथ्यो आङ सिरिङ्ग हुन्थ्यो। अगाँलो हाल्ने आट गरेत सायद आगोको झिल्को उट्थ्यो होला त्यसै डर लाग्थ्यो। अहिले लाज केहि छिप्पीएछ। त्यतिसाह्रो केही भएन्। माया अलि मैलिएछ। गल्याम्म अँगालो हालौ झै पनि लागेन कुनै चलचित्रमा झै। बस बालापनसँगै विताएकी उ मलाई भेट्ने वितिक्कै उसैगरि खुसी भइ, उसैगरि लजाई लजाइमा अनौठो परिवक्वता थियो। सायद म पनि लजाँए। झन्नै एक दशक पछिकोे भेटमा पनि उस्तै आत्मिएता थियो। उसको साथमै थियो सानो बच्चा उसैको उपचारका लागि राजधानी आएकी थिइ ऊ। अनि साथैमा थियो उसको श्रीमान् जसले मलाई आजभन्दा पहिले कहिल्यै देखेको थिएन्।

आँखाको भाव र हेराई अनि ओठको मुस्काइ पहिले झै दुरुस्त थिए। त्यही मुस्कानले मलाई पुरानो यादहरु ताजा गरायो। सानी फुच्ची लाग्थ्यो, अलि ठूली भइछ नसुहाउँदो भद्दापन, अनि अनुहारको चमक हराएछ। अली उराठलाग्दो देखिएकी थिई मलाई देख्ने वित्तिकै देखिएको कान्ति एकै क्षणमा कता हरायो कता। मलाई बस्न इसारा गरि म बसेँ। ओइ बुढी भइछस त? मैले भन्न नपाउँदै तपाइ त उस्तै हुनुहुँदो रहेछ खुब उसले ब्यङ्ग्य कसी। तर, जे होस ऊ म भन्दा ३ चार वर्ष कान्छी नै हुँदी हो। तर, म भन्दा ५ वर्ष जति बुढी देखिएकी थिइ।

एकचोटी बाख्रा चराउन गएका बेला, जम्निखोरियामा, उसले मकै भट्टमास बोकेकी रहीछ अरु खोलामा पौडी खेल्न गएका बेला मेरो हात तानेर मेरो मुठीमा लुकाएर हालिदिएकी थिइ। अरु पौडी खेलिरहेका थिए हामी माथी भिरमा थियौ। मैले उसको फ्रकको गोजीमा हात हालेर मकै निकाल्न खोज्दा चिच्याएर झण्डै कान्लामुनी नझरेकी। म लाज र डरले रातो भएको थिएँ।

खै मैले उसलाई कसरी मन पराएँ थाहा छैन्। उसको मुस्कान मलाई, अति मनपर्थ्यो, विशेष गरि मेरो र उसको नाम जोडेर आफ्नै उमेरका दामलीहरुले जिस्काउदाँ म रिसले चुर हुन्थे उल्टै उनीहरुको नाम जोडेर गाली गर्थे म। तर, विस्तारै, उनीहरुले उसको नाम जोडेर जिस्काउँदा म लजाउने भै सकेको थिएँ हुदाँ हुदाँ मलाई मेरो नाम ऊसंँग जोडिदिए हुन्थ्यो जस्तो लान्न थालेको थियो। त्यस यता दिनहरु झनै रमाइला भए, उसलाई देख्न मन लाग्नु, उसको मुहार आँखाभरी छाउनु, उसको नाममात्रै पनि प्यारो लाग्नु सायद माया गर्नुका लक्षण थिए। त्यतिमात्रै होइन ऊ र उसको परिवार समेत आफ्नै परिवारका सदस्य झै लाग्न थालेको थियो। मायाले दुईमनको मात्रै होइन् दुई परिवारको समेत बन्धन बलियो बनाउँछ।
एक अर्काको ख्याल गर्न केही संकोच नलाग्ने दिनहरु समेत आए।

***
कति भए भन्टाङ भुन्टुङ मैले मौनता तोडेँ, खै कता गएको हो उस्को बुढा पनि आइपुग्यो ऊ अझै लाज मानिरहेकै रहिछ। उही बोल्यो दुइटा त हुन्। एउटा घरमै छ त्यो जेठो यो कान्छो। यति सानै उमेरमा दुई सन्तानकी आमा भएकी छ त्यो पनि उही दुइटा मलाई मनमनै हाँसो लाग्यो। तर, उसको बुढो त झण्डै ३५ भयो होला ठिक्कै हो जस्तो पनि लाग्यो। उ अझै बच्चालाई मजेत्रोको सप्कोले टाउको छोपेर दुध चुसाइ रहेकी थिई लजाँउदै।

हातले छोराको मुख दुधबाट छुटाई दुःध दुनुअघि बाछो छुटाए जस्तै तानेर, अनि विस्तारै ब्लाउज र स्वीटर भित्रै खादी आफ्नो दुःध रित्तीएको थैलो। अनि म तिर हेरी र लजाई। अनि भनि तपाई विहे नगर्ने? उसको बुढाले पनि म तिरै हेर्‍यो। किन र आजै के हतार? मैले भने के म बुढो भए र? अँ होनी अब त बुढो त हुनुभो नी। तपाईभन्दा कान्छि मेरा त दुईभाइ छोरा भइसके। अनि, ए तैले गर्दा वित्तिकै मैले नी गर्न पर्छ भन्ने छ र? अझै २—३ बर्ष गर्दिनँ। मेरो भनाई भुइमा झर्न नपाउदै उसले भनि हुन सहराँ बस्ने मान्छे। के कति कति केटी त? गर्ल फ्रेन्ड बनाउनु भएकै छ होला। यतै मोज, यतै रमाइलो। त्यही भएर त गाउँ तिर पनि जानु भएकेा छैन् अचेल हैन्। जैले गरेनि भो गर्लफ्रेन्डसँग विहे। त्यसो हैन् पढ्दैछु पढाई सकिएपछि गरौला विहे भनेर मात्रै हो।

अनि क्याम्पसमा पनि होली नी गर्लफ्रेन्ड? फेरि अर्को प्रश्न मैले भने यसलाई किन यत्रो चासो मनमनै रिस पनि उठ्यो तर फेरि उस्तै माया लागेर आयो मेरो बारेमा अझै चासो राखिरहेकै छे। उस्तै आत्मीता दर्शाएकै छे मैले रिस देखाउनु मुर्ख हुनु मात्रै हो भन्ने ठाने मनमन र भनिदिएँ त्यसो होइन छैन्। अँ के हुन्थ्यो ढाट्नु हुन्छ पुतलीसडक तिर खै केटीहरुसँग हिडीरानु भाथ्यो रे कैले हो। यतिसम्मको चासो मलाई झनै अचम्म लाग्यो कलेज त्यतै हो कलेजकै साथीहरुसँग हिँडियो होला नी कैले कैले। तिमीपनि के कुरा गरेको? अनायासै मैले प्रष्टीकरण दिए।

कस्ले पत्याउँछ यार म जस्तो नराम्रो मान्छेलाई र विहे गर्नु हैन्? मैले उसको बुढा तिर इसारा गरे उसको बुढो अलि मुस्कुरायो। उसले ओठ लेर्‍य्राइ। झण्डै १५ मिनेटको बसाईमा पनि डाक्टरको सवारी भएन्। म पछि आउँछु भनेर निस्कीएँ।

मनभरी कुरा खेलीरहे माया लगाउन कहाँ गाह्रो छर अचेल माया पाउन र गर्न मात्रै कठिन हो। मायाको नाटक गर्न त, आजकल भर्चुवल दुनियाँले खप्पीस बनाएको छ। न भेटहुनुपर्छ न देख्नु पर्छ न बोल्नु नै पर्छ । फेसबुकमा फोटो मन पराइन्छ, च्याटबक्समा मन साटिन्छ, क्याफेमा भेटिन्छ अनि बेडमा पुगेपछि साइनो मेटिन्छ। कतिपय सम्बन्ध एक रातको सपना जस्तै। तर कतिपय सम्बन्ध परिपक्क पनि नभएका होइनन्। तर धेरै उदाहरण यस्ता छन् जुन सम्बन्ध कि धन्, कि रुप कि भ्रमले टिकेका छन्। आधुनीक युगमा खानेकुरा मात्रै होइन् माया पनि अर्ग्यानिक पाइन्न सहराँ, त्यसो त अर्ग्यानिक भएपनि पत्याइन्न किन की पत्याइसक्नु छैन् दुनियाँ मिसावट नभएको केही छैन्।

चामलमा मिसावट, दालमा मिसावट, तेलमा मिसावट, बेसारमा विसावट, अनि मिसावट युक्त खानेकुराले मन पनि मिसावटयुक्त भएको छ। मिसावटयुक्त मनले अर्ग्यानीक माया गर्ने कुरै भएन्। एक दिन आमा बजारमा एक केजीको लौका किनेर फ्रिजमा हालेको भोलिपल्ट बिहान त झण्डै डेढ केजीको भएको। हामी सबै छक्क। आजकल माया पनि मनले हुँदैन्, मायाको आकार हुन्छ, मायाको रुप हुन्छ, मायाको माग हुन्छ अनि मायाको साइज हुन्छ कालान्तरमा सबै मिले माया दिगो हुन्छ नत्र। लौकाको साइज बढेजस्तै मायाको साइज बढेर मुुटुनै प्वाल नपार्ला भन्ने छैन् त्यतीमात्रै हो र साइवर क्राइमको लहराले पुरा पुखौली नाक पनि नराम्री प्वाल पारिदिन्छ। त्यसैले तिमीले भनेजस्तै माया लगाउने आँट गरेको छैन्। मलाई यसमा दुःख पनि छैन बस यती हो तिमीले यतिका समयपछि पनि मेरो बारेमा देखाएको माया र चासोले शेरा खोलामा पौडी खेल्ने रहर पलाएको छ।

प्रकाशित मिति: शनिबार, फाल्गुण ९, २०७१ १०:१९:३१

(स्रोत : Setopati)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.