एउटा बच्चा अर्कोलाई-
‘मेरा बा
हिजो हँसिया र हथौडा बोकेर
जंगल गएका थिए
फर्कँदा
क्रान्ति ल्याए
चेतना ल्याए
परिवर्तन ल्याए
गणतन्त्र ल्याए
तिम्रा बाले के गरे हँ?’
दोस्रो बच्चा पहिलोलाई-
‘मेरा बा पनि हिजो
हँसिया,डोको र नाम्लो बोकेर
जंगल गएका दिए
फर्कँदा त उनले
गिट्ठा ल्याए
भ्याकुर ल्याए
दाउरा ल्याए
च्याउ ल्याए
त्यहि पकाएर हिजो टन्न खाइयो
अनि अँगेना छेउकै न्यानोमा
भुसुक्कै निदाइयो।’
पहिलो बच्चा
टिठलाग्दा आँखाले हेर्दै-
‘मेरा बाले त
खान मिल्ने
काम लाग्ने केहि ल्याएनछन्
हिजो हामी
भोकभोकै
चिसो मझेरीमा सुतेको।।’
(स्रोत : Suresh Badal’s Facebook )