~गणेश खड्का~
तिमी पुग्यौ धेरै टाढा हिंड्नेलाई बाटो रै’छ
छोडि गयौ सबै आफ्ना बस्नेलाई माटो रै’छ ।
~~~~~~~~~~~~~~~~~~~~~~
तिम्रो भाग्य तिम्रो कर्म शिखरमा चढ्नु पर्ने
सूनको दैलो खुलेपछी भित्र अघी बढ्नु पर्ने
तिमीसँग नजिक हुनु जून छुनुको साटो रै’छ
भेटिनु र छुटिनु त जिन्दगीको पाटो रै’छ ।
~~~~~~~~~~~~~~~~~~~~~~
तिमी जहाँ पुग्छ्यौ त्यहीं खुशी फूलुन् सधैंभरी
सफलता नै सफलताले पाउ चुमुन् यसैगरी
जिन्दगानी चर्खा जस्तै घुमिरहने जाँतो रै’छ
मायाँ भन्नु दुबै मिली समाउने हातो रै’छ ।
~~~~~~~~~~~~~~~~~~~~~~
तिमी पुग्यौ धेरै टाढा हिंड्नेलाई बाटो रै’छ
छोडि गयौ सबै आफ्ना बस्नेलाई माटो रै’छ ।
भोजपुर
हाल : फ्रिगेट आइल्याण्ड ( सेसेल्स )
२१ कार्तिक २०६८, सोमबार
तदनुसार ०७ नोभेम्बर, २०११
(स्रोत : Shabdahar )