रुनु न हाँस्नु भयो जीवन
मझदारमा अल्झेर
न अघि न पछि जान सकेँ
नियतीमा फसेर
रुनु न हाँस्नु
चियायो बिहानीले सधैं मलाई
नयाँ भाग्य ल्याएन
गिज्याइ रह्यो जून मलाई
यो मन मा सित्तल छरेन
रात भर सित्तल छरेन
रुनु न हाँस्नु
वारी पारी डुल्छन आँखा
किनारमा देखिन्न आशा
निरास, हतास भयो मन
मरुँ कि बाचुँ उपाय सुझेन
मेरो मनमा उपाय सुझेन
रुनु कि हासुँ भयो जीवन
मझदारमा अल्झेर
शेखर ढुँगेल,
सन फ्रांसिस्को, क्यालिफोर्निया
०३-०१-२००९
shekhar1962@gmail.com
(स्रोत : Khasskhass.com )

