~अज्ञात~
व्यङ्ग्यमा कल्पना अर्को पनि गर्न सकिन्छ। जस्तो, माओवादीको सङ्गठनको नाम आग्नेय अस्त्रको नाममा पनि राखिन सकिन्छ। जस्तो स्थायी समितिको नाम तोप समिति, लङ्ग रेन्ज राइफल भनेर केन्द्रीय समितिलाई भन्न पाइन्छ। गाउँ समितिको नाम कट्टा समिति आदि। ओवादी नेता तथा संस्कृति मन्त्री गोपाल किराँतीले मानवअधिकारको नयाँ धारणा प्रस्तुत गरे –मानवअधिकार रक्षाका लगि प्रत्येक नागरिकलाई बन्दुक दिनु पर्छ।
धारणाको विस्तारित आलेख सार्वजनिक भएको छैन– यसमा कति धारा उपधारा हुने हो? मेरो के मान्यता छ भने उनको यस धारणालाई मानवअधिकारको माओवादी घोषणापत्र मान्नुपर्छ। जसरी मानवअधिकारको विश्यव्यापी घोषणा भनिन्छ त्यसैगरी नेपालको मानवअधिकारको माओवादी घोषणापत्रको रुपमा यसलाई मान्यता दिनैपर्छ। आगामी दिनमा माओवादी र स्वयं किराँतीले यसलाई पूर्णता प्रदान गर्लान्। सर्वसम्मत ढङ्गबाट किरातीलाई मानवअधिकार मन्त्रीको कार्यभार सुम्पिएला। वा सम्भव छ, उनको नाम संयुक्त राष्ट्रसङ्घको महासचिवका लागि सिफारिस गरियोस्।
म त कल्पना मात्र गर्न सक्छु। सोच्दछु–अब पशुपतिका भट्टले पदबाट निष्काशन गरेपछि सोझै मन्त्रीकहाँ पुग्दा हुनन्। गेरु रङको झोलाबाट मराठी कटुवा मन्त्रीतिर सोझ्यार भन्थे होलान् “यजमान, तेरा क्या होगा? हम यहाँका पूजारी है, वहाँका तो हम भाइ हैं, भेजामे पूराका पूरा उतार दूँ क्या?”
मन्त्रीले भन्दा हुन्“ हम तो मानवअधिकारवाला संस्कृति मन्त्री हे। मेरा पास तो ओर बडा बडा बन्दुक भएका है। तैँ भन्, फेरि हमारे पासमे भरमार वाईसीएल है। अब त तेरा क्या होगा होगा?“
भट्ट निहुरेर सोझै लैनचौरको आफ्नो दूतावासतिर हान्निएलान्।
त्यस अवस्थामा पशुपति क्षेत्रभित्रको दृश्यमा पनि निसन्देह परिवर्तन हुनेछ। टिभी च्यानलहरूले समाचार प्रसारणका क्रममा भन्नेछन् –हाम्रा संवाददाता दलबलका साथ अहिले पशुपति क्षेत्रमा हुनुहुन्छ। उहाँबाट नवीनतम जानकारी प्राप्त गरौँ। सञ्जीव, सञ्जीव।
समाचारवाचकले रिवल्भर पडकाएको आवाज सुनेपछि मात्र संवाददाताले जवाफ दिनेछन् , “राजू म पशुपतिक्षेत्रमा छु। यहाँ दुई समूहबीच गोली हानाहान भइरहेको छ। अहिलेसम्म पाँचजना ढलिसकेका छन्। र, यो सङ्ख्या निकट भविष्यमा बढ्ने दावी संस्कृतिप्रेमीहरूको छ। दर्शकतिर क्यामेरा सोझिन्छ,।
संवाददाताले माइक्रोफोन एक दर्शकतिर सोझ्याउँछन्–“तपाईलाई यो सब कस्तो लागि रहेको छ?”
गेरु रङको झोलाबाट मराठी कटुवा मन्त्रीतिर सोझ्यार भन्थे होलान् “यजमान, तेरा क्या होगा? हम यहाँका पूजारी है, वहाँका तो हम भाइ हैं, भेजामे पूराका पूरा उतार दूँ क्या?”
मन्त्रीले भन्दा हुन्“ हम तो मानवअधिकारवाला संस्कृति मन्त्री हे। मेरा पास तो ओर बडा बडा बन्दुक भएका है। तैँ भन्, फेरि हमारे पासमे भरमार वाईसीएल है। अब त तेरा क्या होगा होगा?“
दर्शले जबाफ दिने छन् “पशुपति विकास कोषले अझै राम्रो ध्यान दिन सकेको छैन। आधी घन्टा भयो यस्तो भएको। अहिलेसम्म जम्मा पाँच जनामात्र मरे। हेर्नुस् यस्तो अवस्थामा संस्कृतिको रक्षा कसरी हुन सक्छ? यतिन्जेलसम्म कमसेकम पच्चीस जना ढल्नु पर्ने हो। कोषले राम्रोसँग काम गरेको भए यस्तो अवस्था आउँदैन थियो। यसको विरुद्ध हामी गोली आन्दोलन गछौँ। अब टायर बालेर काम चल्नेवाला छैन। भोलि हामी गोली पड्काएर विरोध कार्यक्रम सञ्चाल गर्दछौँ। तै पनि समस्याको समाधान हुँदैन भने हामी तोप कार्यक्रम तय गर्न पनि पछि हट्ने छैनौँ।”
संवाददाता समाचारवाचकतिर फर्कन्छन् “राजु, अहिलेसम्म पाँचजना मात्रै ढलेका छन्, जस्तो कि अघि दर्शकको भनाइबाट पनि यो अनुमान गर्न सकिन्छ चाँडै नै यो सङ्ख्यामा वृद्धि हुनेछ।”
कल्पना अर्को पनि गर्न सकिन्छ। जस्तो, माओवादीको सङ्गठनको नाम आग्नेय अस्त्रको नाममा पनि राखिन सकिन्छ। जस्तो स्थायी समितिको नाम तोप समिति, लङ्ग रेन्ज राइफल भनेर केन्द्रीय समितिलाई भन्न पाइन्छ। गाउँ समितिको नाम कट्टा समिति आदि। त्यस अवस्थालाई मानवअधिकारको पूर्ण रक्षा भएको अवस्था मान्नुपर्ने छ।
( नोट सम्पादकज्यू, म यो लेखको पाश्रिमिक लिन पेस्तोल लिएर लिएर आउन सक्छु। तपाई रिवाल्भर लिएर तयार हुनु होला)
(स्रोत : Dainikee.com)