व्यङ्ग्य निबन्ध : प्वाल

~केशव राज आमोदी~Keshavraj Aamodi

यो प्वालैप्वालको संसार हो । प्वाल नै हावा, पानी र माटो हो । प्वाल नै जीवन र मृत्यु पनि हो । सम्प्रति, म घरका प्वालहरू टाल्दाटाल्दै हैरान भएको छु । घरमा वनमुसाको प्रकोप बढेपछि समस्या अरू जटिल बन्दोरहेछ । घरमुसाले प्वाल पारेका कोठाहरूमा वनमुसाले खोलेर प्वालमात्र पारेको छैन, भित्रभित्रै ओडार बनाएको छ । यो क्रम रोकिएन भने यति सुन्दर र भव्य घर कुन दिन पहिरिएर गर्ल्यामगुर्लुम्म ढल्छ – पहिरोको नाम सम्झयो कि मलाई कृष्णभीरको र हुस्लाङको पहिरोले आङ सिरिङ्ग पार्छ । अहिले त झन् कृष्णभीरझैँ देश अशान्तिले पहिरिएको छ । जसले गएको साउनको झरी र बाढीको वीभत्स प्रकोप सहेको छ उसले अभाव र समस्याका प्वालबाहेक के देख्न सक्छ र – मसँग अभाव, पीडा, भय, भोक, शोक र न्रि्राका प्वालहरू मात्रै छन् । प्वालहरू क्यै गरे पनि टालिदैनन् । एउटा टाल्यो, अर्को उस्तै, अर्को टाल्यो फेरि अर्को उस्तै । अचम्म झ् प्वाल घट्नको साटो उल्टै बढिरहेको छ । प्वाल बाहिर बस्नेहरूको भन्दा भित्र रमाउनेहरूको दुनियाँ हो । कमिला, स्याल, मुसा, न्याउरीमुसा, लोखर्के, खरायो आदि जन्तुहरू मात्रै प्वालमा बस्दैनन्, अपितु र्सपहरू प्वालमै बस्छन्, दुम्सीहरू प्वालमै रमाउँछन् । हाम्रा आदिम पुर्खाहरू ओडार अर्थात् प्वालमै बसेर आफ्ना दिनचर्याहरू व्यतीत गर्थे रे झ् प्वालमा नै बसेर ‘सिंहले सिकारपछि आराम गर्दछ । सामाजिक जीवजन्तुहरूदेखि लिएर वन्य जीवजन्तुसमेत प्वालमै बसेर जीवनयापन गर्दछन् ।

दुलो, टोड्को र छ्रि्र भनेको प्रकारान्तरमा प्वालै हो । छ्रि्रमा धेरै अनर्थहरू हुने सम्भावना हुँदोरहेछ । दैनिक जीवनमा गरिने समग्र क्रियाकलापहरूमा कमी-कमजोरी रहन गए भने छ्रि्रहरू बढ्दै जान्छन् र अनर्थका सतह फैलिन्छन् । त्यसो त समाजमा छ्रि्र खोजी हिँड्ने छ्रि्रान्वेषीहरूको कमी छैन । हामीहरू ‘कुरा धेरै काम थोरै’ गर्र्छौं तापनि लङ्गौटी कहाँ कतिखेर फुत्कियो थाहा पाउँदैनौँ । हतपतको बेला लतपत भनेझैँ थुप्रै प्वालहरू हृवाङ्ग्रै छोडिदिन्छौँ । नेपालीमा छिरान्वेषणको प्रवृत्ति बढ्दो छ । छिद्र कतै भेटिएन भने विरोधको लागि विरोध गर्र्छौं । वास्तवमा नेपाली प्वालप्रेमी छ, त्यसैले प्वालको चिन्तनमा आफ्ना अधिकांश समयहरू व्यतीत गर्ने गर्दछ ।

अहिले म प्वालको खोजीमा छु । सानातिना वा सामान्य प्वालतिर मेरो दृष्टि गएको छैन । म अलि मोहनीदार प्वालको कल्पनामा छु । मलाई प्वालको मोहनीले किन खिचिरहेको छ – मैले बुझन सकिरहेको छैन । मैले लोकतन्त्र प्राप्तिका निम्ति धेरै त्याग, तपस्या र र्समर्पण गरेको छु । मेरो लोकतन्त्रप्रतिको भक्तिभाव र र्समर्पण मोक्षप्राप्तिका लागि गरेको होइन । हाम्रा ऋषिमुनिहरूले ओडार र गुफामा बसेर तपस्या गरेझैँ मैले पनि पञ्चायतकालभरि भूमिगत रहेर आफ्नो भूमिका निभाएको छु । भूमिगत हुनु भनेको प्रकारान्तरमा प्वालमै रमेर सामूहिक क्रियाकलाप सम्पन्न गर्नु नै हो । प्रजातन्त्र देशमा आएको हल्ला सुने पनि आफूले देखेर अँगालो मार्न पाएको होइन । सुन्न त प्रजातन्त्र आएपछि मेरा सहयात्रीहरूको जीवनमा सुधारात्मक परिवर्तन आएको सुनिरहेकै छु । प्रायः सबैले काँचुली फेरिसकेका छन्, तर मेरो जीवनदशा उस्तै छ । म जहाँको तहीँ छु । काँचुलीको नाममा टोपी फेर्न सकेको छैन । त्यसैले यो बेलाको सम्यक् सदुपयोग मेरा लागि आकाशको फल आँखा तरी मर भएको छ । तैपनि ँमरता क्या नहीँ करता’ वा ँसास रहेसम्म आश’ भनेझैँ प्वालप्रतिको उत्सुकता हराएको छैन । भ्रष्टाचारको बिगबिगी चलेको बेलामा हात लामो पारेर प्वालसम्म पुर्‍याई गमर्क्याउन पाए सुख्खा जीवनमा हरियाली भरिन्थ्यो कि – यसैले पनि मेरो प्वालप्रतिको चाख बढेको हो ।

मेरा कतिपय साथीहरू राजनीतिबाटै भाग्यको लहरो झयाङ्गिने विश्वासमा छन् भने कतिपय धर्म, संस्कृति र साहित्यबाट जीवनलाई र्सार्थक तुल्याउने प्रयत्नमा छन् । मलाई न देशप्रेमले खिँचेको छ र राजनीति दर्शनले । मलाई खिँचेको छ – प्वालको आकर्षाले । म प्वालमहिमा सुन्ने रहरमा छु । अझ यसो भनौँ – म प्वालप्रेमी भएको छु – कहिले नथाक्ने प्वालको साधक ।

मलाई जनताको सेवाभन्दा प्वालबाट मिल्ने मेवा चाहिएको छ । माल न तालको संस्कृतिभन्दा मालामाल बनिने प्वालको ज्यादा ख्याल आइरहेको छ । अहिले काङ्गे्रसीजनहरू पनि हिजोको त्यागतपस्याको लाजसरम त्यागेर पस्ने प्वाल खोज्दै छन् । भित्र पसेकाहरूले बाहिरकालाई तान्ने प्रयास गर्दैछन् । कोही नयाँ प्वालभन्दा पुरानै प्वाल ठीक भनी भित्रभित्र कोचिँदै छन् । अलि चतुरा चाहिँ भित्र पस्ने प्वालका साथै बढी नै गमर्क्याउन पाइने खालको प्वालको तलासमा छन् । सुख, सुविधा र सन्तोष मिल्ने प्वाल सबैलाई अच्छा लाग्दोरहेछ । मौकामा चौका हान्न होशियार जुवाडेहरूको चुरिफुरी हेर्नै लायकको छ । त्यसैले धेरैभन्दा धेरै क्षेत्रका मानिसहरू यो सुवर्ण्र्ाावसरलाई उम्कन नदिने तयारीमा छन् । तिनलाई प्राकृतिक मौसमले र राजनीतिक वातावरणले राम्रो साथ पनि दिएको छ । स्वार्थी, लोभी र किरन्टोकीहरूले प्वालको चिन्तनमा अधिक समय खर्चन्छन् । बाढी, पहिरो र झरीले बिचल्ली भएका मानिसहरूको हातले पनि लाभका प्वालहरू फराकिलो पारेको छ । असम्भावित आसन्न निर्वाचनमा फैलिने प्वालहरूको प्रतीक्षामा कतिपय धनलुब्ध स्यालहरू अहिलेबाटै ढुक्न थालिसकेका छन् । त्यसो राजनैतिक लस्करदेखि लिएर विभिन्न कोणहरूमा रहेर सानाठूला तस्करहरूसमेत लाग्दा प्वाल प्यारो भएको छ । सबै आ-आफ्नो खाले प्वालको ध्याउन्नमा छन् । म आफै पनि उपयुक्त प्वालको खोजीमा निरन्तर लागिरहेको छु तर भनेजस्तो प्वाल फेला पार्न सकेको छैन ।

यो प्वालको संसार हो । त्यसैले मानिसले प्वालको जप, प्वालको तप र प्वालकै निदिध्यासन गर्दछ । हुनसक्छ म प्वालको प्रसङ्गमा केन्द्रीभूत हुँदा तपाईं पनि कुनै न कुनै प्वालको चिन्तनमा अवश्य हुनुहुन्छ । तपाईं शिष्टता र शालीनताको अभिनयमा पोख्त हुनुहुन्छ भने तपाईंको चिन्तन मेरोजस्तै मानसिक र एकाकी हुनुपर्छ । प्वालमै जिन्दगी गुजारेर प्वालबाट अनभिज्ञ रहेझैँ गर्नुहुन्छ, होइन र –

आजभोलि ओजोन तहमा प्वाल पर्दैछ रे झ् कहाँ नपरेको प्वाल हो र – परोस् । त्यसको विकिरणले भन्दा प्वालको भित्रपट्टिबाट आएको विकिरणले म त्रसित भएको छु । प्वालबाट निस्कने विकिरणको कुप्रभाव कहाँ परेको छैन – साहित्य, सङ्गीत र कलादेखि लिएर धर्म, सम्प्रदाय र संस्कृतिमा समेत असर परिरहेको छ । उद्योगपति, व्यापारी, समाजसेवी र विभिन्न सङ्घ-संस्थाहरूमा यसले आफ्नो कालो छायाँ फिँजाउन सफल भएको छ र त्यसैगरी कूटनीति र राजनीतिमा फैलिएको विकिरणले आफ्नो वर्चस्व कायम गरेकै छ । आजका हरेक तह र तप्काका महानुभावहरूलाई यसै विकिरणले विक्षिप्त बनाएको छ र यसै विकिरणले व्यामोहित अनि सम्मोहित गरेको छ । त्यसैले युवाहरूदेखि लिएर वृद्धसम्मले प्वालको चासो र रुचिमा समय खर्चिरहेका छन् । प्वाल शब्द आफैमा आकर्ष, सुन्दर र मोहनीदार भएर पनि श्रुतिमधुर छ । प्वाललाई मान्छेले पर पन्छाउनै सक्दैन । ध्यान, जप, तप र चिन्तनमा प्वाल छ, मानिसका हरेक क्रियाकलापमा प्वाल छ र मानिसको प्रत्येक चाहनाको दौडमा प्वाल छ । ऊ प्वालमै जन्मेर प्वालमै जीवनलीला र्समर्पण गर्न चाहन्छ र प्वालमै विलय हुन पनि चाहन्छ । यद्यपि उसलाई प्वाल पहिरिने, पुरिने र टालिने हो कि भन्ने पिरलोले खाएको छ, तापनि प्वालको अभावमा जीवनमा धेरै घाटा वा नोक्सान बेहोर्नु परेको छ । प्वालबाट निसृत विकिरणले मानवलीला धराशायी भएको छ तैपनि प्वालबाट विरक्त रहन नसक्ने भएको छ । प्वाल, दिनदिनै खतरा बन्दै गएको छ, त्यसैले म प्वाल बुन्दै छु ।

सम्प्रति, मैले प्वालको मुख थुनिदिएकोले खतराको सम्भावना टरेको छ । वास्तवमा प्वाल भनेको मानवीय दुरभिसन्धिबाट उत्पन्न दुर्नियतिको सूक्ष्म बीज हो । त्यही बीजको विकसित रूप नै व्यभिचार र दुराचार हो । मानवीय खराबीहरूको आरम्भविन्दु नै प्वाल हो । जेहोस्, साँझ पर्दैछ र म प्वालको खोजीमा छु । यहाँनेर यो ठान्नुहोला कि यो यौनाचार गर्दोरहेछ वा मदिरापान गर्दोरहेछ वा तस्करी गर्दोरहेछ । मैले खोजेको प्वाल तपाईंको चिन्तनमा पर्दैन । कारण आफू भोलेबाबाको भक्त परियो, हजुर । त्यसैले भजन कीर्तन गर्ने प्वाल खोज्दैछु । मैले लोभ, लालचका प्वालहरू टालिसकेकोले बाँसुरीका प्वालहरू खोज्दैछु । आफ्नै धुनको बाँसुरी बजाउन पाइयो भने पनि अलिकति आनन्दको अनुभूति त हुन्थ्यो ।

माधवपुर, चितवन ।
पल्लव साहित्यिक पत्रिका–१२औँ अङ्क

(स्रोत : पल्लव साहित्य प्रतिष्ठान)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.