कविता : हजुर जहाँ म पनि त्यहाँ

~कमला ढकाल काफ्ले~Kamala Dhakal Kafle

हजुरलाई छोडेर गएकि कहाँ छु र प्रियतम?
हजुरले फेर्ने हर श्वासमा छु!!!
हजुरको दिलमा धड्कने हर धड्कन मा छु!!!
सबै दिलका शब्दहरु ओठमा आउन्न, आँखाहरुको भाषा मा छु!!!
हजुरका हर यादहरु मा छु!!!
कल्पना मा छु हजुरले गुनगुनाउने हर बाणिमा म छु !!!
कहिले आँशु बनेर वीरहिमा हजुरका आँखा बाट बहेकि छु!!!
कहिले उमङग बनेर ओठहरुमा हाँसेकि छु !!
हजुर जहाँ हुनु हुन्छ हजुर कै यादहरुमा बाचेकि छु !!

नसोध मेरो सुखको क्षण !
आँशु नै आँशुले झेलिएको छ !!
नसोध मेरो जीवनको गन्तब्य !
चांडै टुंगिने अवस्थामा पुगेको छ !!

साचो प्रेम पैसा मा बिक्छ !
कहिल्यै नसोच्नु !!
झुटो माया जीवन्त टिक्छ कहिल्यै
नसोच्नु !!

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.