झलमल शहर यति बिघ्न बिरानो परदेशी जिन्दगीमा
सुख सपना भै, दुख बिपना भै देखा पर्छन् परदेशमा
डाँफे र मुनाल नाँच्छन् नेपालको बनमा
मात्र तिम्रो सम्झना आइरहन्छ मनमा।
परदेशको दुरी तोडी चाँडै नैं भेटौँला
बिछोडको गार्हो सार्हो मनबाटै मेटाउँला।
मेरो बाटो हेरि तिमी आँशु झार्दै छ्यौ कि
चौतारीसङ मेरै कुरा पोख्दै छ्यौ कि।
गाँउघरै गुन्जाएर गीत हामी गाउँला
सँगै बसी आफ्नै देशमा जिन्दगी बिताउँला।
स्वर: मदनकृष्ण श्रेष्ठ
सङ्गीत : बदन शर्मा
रचना: किरण श्रेष्ठ

