आँखाभरि तिमी, मुटुभरि तिमी,
यही कतै मेरो मुटु माझ जिस्की बसेछौ की?
यही कतै मेरो छाँयाभित्र लुकी बसेछौ की?
आँखा भरि तिमी——
रात कुनै नकल्पेको छैन,
हो रात कुनै नकल्पेको छैन, मिठो मायामा डुबेर,
कुनै पल छैन नसम्झेको तिम्रो यादमा तड्पेर
सपनामा तिमी, बिपनामा तिमी
यही कतै मेरो मुटुमाझ—
यही कतै मेरो छाँया माझ
आँखाभरि तिमी–
पर्खि बसे म धेरै धेरै
हो पर्खि बसे म धेरै धेरै, आशा मिलनका साँचेर,
मेरो मन नजिक आउ अब त मायाका स्पर्श लिएर,
दुखभरि तिमी, खुशीभरि तिमी
यही कतै मेरो मुटुमाझ—-
यही कतै मेरो छाँया माझ———–
आँखाभरि तिमी—
स्वर- उदय श्रेष्ठ
सङीत- इश्वर जोशी
रचना- किरण श्रेष्ठ

