काठमाडौं नाम मात्रले पनि भारिलो छ । उहिले उहिले भए काठमाडौं भने बित्तिकै पशुपतिनाथ, स्वयम्भु, धरहरा, घण्टाघर, शहिदगेट सम्झिन्थ्यौं , आजकल त काठमाडौं भन्यो कि आलु धार्नी ५०, प्याज धार्नी १२०, साग मुठा १०, चामल किलो १५० मात्र झल्झली आउँछ । सानो छँदा काठमाडौं आउन पाउँदा कति खुशी लाग्थ्यो । आज बाध्यताले बस्नु पर्दा धूवाँ, धुलो, प्रदुषण, फोहरमैलाको कृपाले कति निस्सासिरहेका छौं । काठमाडौंमा कुनै चिज सस्तो छ त – त्यो हो महँगी बुभ्mनुभएन ? बुझोस् पनि किन कुरै अलि टेढिलो छ यो महँगो ।
काठमाडौंमा बाँच्न गाह्रो छ पाइलै पिच्छे पैसा चाहिन्छ जे गर्नलाई पनि पैसा चाहिन्छ । हाँस्नलाई, खानलाई त कुरै छाडौं यहाँ रुन लाई, दिसा पिसाब गर्न लाई पनि पैसा चाहिन्छ । गाँउ जान टिकट काट्नलाई पैसा चाहिने कुरा त थाहा थियो हुँदा हुँदा दुनियाँबाट जानलाई पनि पैसा तिर्नुपर्ने भैसक्यो । कस्तो ठाउँ हो यो काठमाडौं ? त्यसमाथि विद्यार्थी वर्गलाई त झनै गाह्रो । दुनियाँमा यो महँगी शब्द प्रादुर्भाव नभएको भए शायद अर्कै शब्द नामाकरण हुन्थ्यो । साँच्चि के हुन्थ्यो होला हगि ?
आउनुहोस् यस्तो महँगोपुरी कान्तिपुरी नगरीमा कुनै काम नगरी, लोकसेवा नदिई, हाकिमको खप्की नखाई पैसा कमाउने केही उपायहरु बताइ दिन्छु । तपाईंहरुलाई थाहा छ कि छैन, धामीले आफ्नो घरपरिवारको कोही विरामी पर्दा आफ्नै उपचार विधी काम लाग्दैन रे शायद आजकलका चिकित्सकहरुलाई पनि यहि नियम लागू हुन्छ क्यारे ? मेरो मतलब म आपैंmले चाहिँ यो नियम पालन गर्छु गर्दिन त्यो तपाईंहरुको चासोको विषय होइन । हेर्नुस् न म विषय प्रवेश गर्न खोज्छु तर दिमागमा विचारहरु अर्थात् मेरो लेखनमा आएर सजिवता पाउन कस्तरी तँछाडमँछाड गरिरहेका छन् भने म त माछाको जिउ जस्तै प्लित्त प्लित्त चिप्लिरहेको छ । अँ त म भन्दै थिएँ पैसा कमाउने उपाय । मैले एउटा राष्ट्रिय दैनिकमा देखेको थिएँ खर्च कम गर्नु अर्थात् बचत गर्नु पनि कमाउनु सरह नै हो । एकै रोपनी ठिक…फेरि बुझ्नु भएन मेरो मतलब सोह्रै आना ठिक भनेको । अतः यहि सिद्धान्तलाई आधार मानेर केही उपायहरु तर्पm लागौं ।
काठमाडौंमा एउटा स्टपबाट अर्को स्टप सम्म पुग्न निश्चित भाडा टोकिदिएको छ । चाहे त्यो ५० मिटर होस् ५,६ किमि , अतः जहाँ गए पनि हिँड्ने दौडने बानी बसाल्नुहोस्, तपाईंहरुलाई थाहा होला मान्छेहरुले दुई नम्बरी धन्दा गरेर, लप्पन छप्पन गरेर, घुसै खाएर, ढाँटेर, लुटेर कमाएको पैसाले लाएको भूँडी घटाउन त बिहानै बेलुकै जगिङ्गको नाममा यही उपाय अपनाइरहेका छन् भने तपाईंले किन नअपनाउने एकलव्यले द्रोणाचार्यलाई गुरु थापना गरे जस्तै तपाईंले पनि वैकुण्ठ मानन्धरले स्विकृती दिए पनि नदिए पनि उहाँ लाई गुरुथापना गरे हुन्छ । परेको म ब्यहोरिन्छु ल । दिनमा कति हिँडे लेखाजोखा राख्नुहोस् । यदि तपाईं त्यति दूरी बसमा, ट्याम्पोमा, ट्याक्सी (एउटै दुरी पार गर्न पनि फरक फरक पैसा चढ्ने) हरुमा भए कति खर्च हुन्छ विचार गर्नुहोस् त ? माथि उल्लेखित सिद्धान्त बचत = कमाई अनुसार दिनमा कति आय हुन्छ हिसाब गर्नुहोस् त ?
कहिलेकाहीँ बस चढ्न मन लाग्यो भने चढे हुन्छ तर अलि आँटिलो हुनुपर्छ र ओर्लनै बेला भयो कि आफ्नो पाकेट मारेको, पैसा हराएको यस्तो अभिनय गर्नुस् कि वरिपरिका मानिसहरुलाई दया लागेर उल्टै दश बीस रुपैयाँ खाजा खान पनि इन्तजाम होस् । यदि यो विद्यामा पारंगत हुँदै गयो भने भोली पर्सी नाटक, रंगमञ्चमा पनि कसो चान्स नपाइएला ? उस्तै प¥यो भने फिलिम, चलचित्रमा पनि ?
अर्को उपाय तपाईले कहिँबाट पनि हजारको नोट एउटा बन्दोबस्त गर्नुहोस् । त्यो एक हजारको नोट अलि च्यात्नुहोस् वा लेमिनेशनै गरे हुन्छ (कहिल्यै खर्च गर्न नपर्ने भएपछि ), अनि साथीहरु माझ हेर न म सँग चानचुन नै छैन भन्ने फर्मुला अपनाउनुस् । यसको लागि ङिच्च दाँत देखाउन चाहिँ अलि सफा, टिलिक्क टल्काई राख्नुहोला, धेरै पैसा पर्ने टुथपेष्ट नै चाहिन्छ भन्ने छैन कसैले नदेख्ने गरी गोलले काम चलाए हुन्छ । हैन भने बुरुस बोकी राख्ने चान्स पायो कि चिलले चल्लालाई छोपे भैंm अरुको मन्जन अट्याक गरी दाँत चैं माझी हाल्ने गर्नुपर्छ । यही फर्मुला साबुनमा पनि लगाउन सक्नुहुन्छ ।
मेरो एकजना साथी भन्नुहुन्थ्यो पानी नै सबभन्दा राम्रो औषधि हो, ज्वरो आयो पानी पट्टी, रुघाखोकी लाग्यो तातोपानी, पखाला लाग्यो नुन चिनी पानी, सेक्नलाई पानी, नुहाउनलाई पानी, पखाल्नलाई पानी अतः तपाईंको पेटमा पनि भोकका आगो दन्दनी बलिरहेको छ भने पानी खाइ दिनुस् । आखिर आगो निभाउन पानी त चाहिन्छ ।
एउटा मिनरल वाटरको वा एक लिटर तथाकथित स्वच्छ पानीको बीस रुपैयाँ पर्छ भने सोच्नुहोस् त दिनमा तपाईंले कति पानी खान सक्नुहुन्छ अर्थात् दिनमा कति बचत गर्न सक्नुहुन्छ ? बचत = कमाई सिद्धान्त अनुसार दिनमा धेरै कमाउन सक्नुहुन्छ । यदि चित्त बुभ्mदैन भने, मन मान्दैन भने भाँडो चाहिँ कहिँ बाट बरु खाली मिनरल वाटर वाटरको इन्तजाम गर्नुहोला ।
एवं रीतले बचाउँदै अर्थात् कमाउँदै जानुहोला मनग्गे फुट्टि कौडी हातमा नलागेपनि । हिसाबको एक प्रति लिखत मलाई पनि पठाउन नबिर्सिनु नी ।
(श्रोत: अन्तर्जाल)