Tag Archives: होम सुवेदी – Hom Subedi

व्यङ्ग्य निबन्ध : केही खन्चुवाहरू

~होम सुवेदी~ मेरी पूज्या स्वर्गीय माताश्रीका अनुसार खन्चुवाहरूका उदाहरण यो दुनियाँमा मनग्गे छन् । उहाँ सबैभन्दा बढी खन्चुवाको उदाहरण दिनुपर्दा अगस्ति नै हो भनेर ठोकुवा गर्दै भन्नुहुन्छ । तर अगस्ति ऋषिले समुद्र सुकाएरै तरल पदार्थ धोक्र्याए पनि ठोस पदार्थ त्यसरी … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

पुस्तक समीक्षा : सान अवसानः एक दृष्टिकोण

~होम सुवेदी~ यादवप्रसाद अधिकारी (२०१०) २०५० कै दशकदेखि नेपाली साहित्यमा प्रकाशनहरु लिएर देखिएका एक साधकको नाम हो जसलाई हामी ‘झाँक्रीखोले’ साहित्यिक उपनामबाट परिचित भइसकेका छौं । चारखोलाको रहर नामक कवितासङ्ग्रहबाट २०५९ सालमा उनको नेपाली साहित्यमा प्रकाशन लिएर उदय भएको हो … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

सूत्रकथा : खाेज

~होम सुवेदी~ कन्जुसीकाे पनि हदै थियाे हरिभक्त । अावश्यक परिणाममा सिमेन्ट र रड छड प्रयोग

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : परिणाम

~होम सुवेदी~ उनले हुन नचाहेकाे केही पनि हाेइन डाक्टरदेखि कन्डक्टर गुरुदेखि छात्र मायालुदेखि पति सबका सब ।

Posted in सूत्रकथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : पाहुनामहात्म्य

~होम सुवेदी~ पाहुनाको पिरोलोले पिरोलिएकी मेरी श्रीमतीले एक दिन प्रस्ताव राखी–‘डेरा सरूँ अर्को कुनै टोलतिर ।’ हुन पनि उसको इच्छा सारै मनासिब थियो । लगातार पाहुनाको धुइरोले गर्दा उसको मगज चढेको थियो । उसलाई थामथुम पार्न सक्ने मेरो हबिगत सकिएको … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : चामे बूढाको दिनचर्या

~होम सुवेदी~ पचासी वर्षबाट उकालो लागे पनि सुख छैन चामे बूढालाई । न गौंथलीलाई नै सुख छ । बूढा भएर पनि चामे आफ्नै घरबारीको काममा लाग्छन् । गौंथली उही चुलो धन्दा, उही भाँडावर्तन, उही पँधेरोपानी र उही गाईवस्तुको कुँडोपानी आदिमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : टुप्पीबाजे

~होम सुवेदी~ टाउका भरिका कपालमध्ये पाँचभागको एक भाग बराबरको टुपी थियो मेरो । कालो र बाक्लो कपाल थियो । कपालका अरु विशेषता के थिए खुइलिएको तालु पढेकाले थाहा पाइहाल्छन् । टुपी थियो मात्र । यसलाई धार्मिक विधिले शिखा पार्ने काम … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

कथा : बलरामको तरङ्ग

~होम सुवेदी~ ‘यस पटक कस्ता मान्छेलाई डेरा दिया होला यस मोराले !’ मनमनै बलरामले कुरा खेलाउने गर्थे । ‘यसो हेर्न हुने मान्छेलाई त डेरा दिनुपर्छ नि । कमसेकम घरको रेखदेख पनि हुन्थ्यो अनि..!’ उनले नचाहेको जस्तो मान्छे उनका छिमेकीमा बस्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एसएमएस मोह

~होम सुवेदी~ केही वर्ष अघिसम्म पनि उनी टेलिभिजन, मोबायल, नेट आदिबाट छोरीछोरीलाई टाढै राख्नु पर्ने मान्यतामा थिए । तर आवश्यकताले उनलाई पनि च्यापेर ल्यायो । अनि छोराछोरी र आपूmले समेत घरमा मोबालय, टेलिभिजन आदिको जोहो गर्नै प¥यो । अचेल ता … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घोगेकाे सपना

~होम सुवेदी~ पुलिसले डन्ठा लगाउँदै घोगेलाई सोध्यो – “ए साले, किन चोरिस् ?” घोगे निरुत्तर रह्यो । रोयो मात्र । उत्तर के देओस् ! घोगे थियो त्यसको नाम । जस्तो भाते खाते वा अरु यस्तै यस्तै नामहरु त्यहाँ काम गर्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment