कथा : स्कूले साथी

~वैकुण्ठ ढकाल~

फेसबुकको ईनबक्समा कल मि ९८४१…… । सन्देश रहेछ । नाम थर हेरें । चिनिन । प्रोफाईल पिक्चरमा गएपछि, घाम जस्तै छर्लङ भएँ । स्कूले साथी रहिछन । माबिसम्म संगै पढेको, सेक्सन फरक भए पनि ।

एउटै कक्षा हो भन्ने भने थाहा छ । तर राम्ररी घुलमिल भएको हैन् ।

बिद्यालय जीबनमा केटीसाथीहरुसंग बोल्न, हाँस्न, खेल्न बर्जित त थिएन । तर खै म गर्लफोबियाबाट ग्रस्थ थिएँ कि, बोल्ने आँट आएन । सामान्य औपचारिकता पूरा गर्नेभन्दा बढि कुराकानी उनीसंग पनि भएन बिद्यालय जीबन भरी नै ।

फेसबुकमा उनले नाम र थर दुबै फेरेकी थिईन, रोजी सिम्खडा । थर त बिबाह पछि श्रीमानको राखिन होला, नाम चाहिं किन फेरिन, मैले सोधिन ।

मनमनै सोचे शहर पसेपछि गाउँले नाम, गाउँमै छाडिन । शहरिया हावाले उनको पहिचान बोकेको नाम उडायो ।

सन्देश प्राप्त भएपछि मैले फोन गरें, परिचय नदिई केहिबेर कुराकानी भएपछि चिनिन–गाउँकी रामकुमारी उर्फ शहरकी रोजी सिम्खडाले । मेरो नाम उही थियो ।

१२ बर्षपछि खोलो पनि फर्कन्छ भनेको हो रहेछ, स्कूल छाडेको ठ्याक्कै १२ बर्षपछि उनले फेसबुकमा सन्देश छाडिन, ६ बर्षको छोरोलाई साक्षी राखेर । अनि हाम्रो संबादहिनता तोडियो ।

सन्चो, बिसन्चो र सामान्य कुराकानीले केहि दिन निरन्तरमा पायो । स्कूले साथीसंग जोडिएको सम्बाद, मलाई शुखद र आनन्दमयी नै लागिरहेको थियो । कुराकानी बाक्लिदै थियो । बहिरङ्गबाट फड्को मारेर अन्तरङ्गमा प्रबेश गरिसकेको थियो ।

उनले मेरो बुबा बित्दा आफू धेरैबेर रोएको कुरा सुनाईन, जीन्दगीमा कसैको बुबा बित्दा रोएको पहिलो घटना त्यही थियो उनको । रोजीले नै भनेको । त्यसपछि अर्को एक जना साथीको बुबा बित्दा नराम्रो लागेको बताईन ।
त्यसपछि रोजी बेस्सरी रोएको, दोस्रो पटक थियो त्यो– आफ्नै बुबाले संसार छाडेर जाँदा । दुई बर्ष अघि ।

बुबाको स्वर्गाहरणले दिने पीडा कैद गर्ने शब्द मसंग भएनन । भाषाबिदहरु धेरै अघि बढेका छन, उनीहरुले कुनै दिन नयाँ शब्द दिए भने मेरो दुःख कैद होला, शब्दमा ।

एक दिन दुःखका कुरा भए, अर्को दिन हाँसी मजाक ।

उनले भनिन– ‘म तिमीलाई कस्तो मन पराउँथे, अहिले पनि उत्तिकै मन पराउँछु । तिमी के गर्छौ ?’

‘मन पराउने, नपराउने चाहिं थाहा छैन, र थाहा भएन पनि । तर तिमी राम्री भने लाग्थ्यौ’

‘अहिले त राम्री छैन, बुढेसकाल लाग्यो’

‘कति मुजा प¥यो ?’

‘हाहा…….., तिमी नै आउ ग ‘हाहा…….., तिमी नै आउ गन्न, मैले गनेको छैन, ६ बर्षको त छोरा नै भईसक्यो’

‘कति बर्ष भयौ र ?’

संयोगले उनको मेरो जन्म बर्ष एउटै रहेछ ।

अर्को दिन,
‘मेरो अटो भर्ने एक मात्र केटासाथी, तिमी मात्रै हौ र बिबाह पछि पारिवारको सदस्यभन्दा बाहिरको मोबाईलन नम्बर पाउने केटा मान्छे पनि ।’

‘हाहा………, बिबाह पछि केटी मान्छे, पिँजडाको सुगा हुन्छन भनेको हो रहेछ’

‘केटीको पीडा केटाले बुझ्न कहिल्यै सक्दैन, त्यहाँमाथि लोग्ने बिदेश जाने श्रीमतीलाई हेर्ने समाजको नजर नै फरक छ ।’

‘तिमीहरुले नै त दिएका हौ नि कुरा काट्ने अबसर’

‘होला केहि हदसम्म, तर सबै एउटै ड्याङका मूला हुन भन्ने सोच्ने पुरुषहरुको सोचमा पनि त खोट छ नि’
अर्को दिन, मोबाईल बज्यो, रोजीको नै फोन रहेछ ।

‘तिमी र म कसैले नभेट्ने ठाउँमा भागौं न’

म मुर्छा पर्ने गरी हाँसे –‘लोग्ने बिदेश गएको मौकामा चौका हान्ने दाऊ ।’

‘हो त, नि, लोग्ने नहुँदाको बिरानोपन, एकान्तबास तिमीलाई के थाहा ?’

‘है’

‘अनि के त ?’

‘तिम्रो मानसिक सन्तुलन बिग्रिएछ, एक पटक अस्पताल गएर उपचार गराऊ अनि निको भएपछि । फोन गर, अहिले बाइबाइ’

उताको बाइ–बाइ नपर्खी मैले फोन राखें ।

धेरै दिन भयो मेरो मोबाईलामा रोजीको मोबाईलको घण्टी बजेको छैन । सायद रोजी उपचार गराउँदै होलिन । आशा छ मेरो स्कूले साथी मानसिक र शारीरिक रुपमा पूर्णरुपमा ठीक भएपछि फोन आउने छ ।
तीन बर्षपछि, फेसबुकमा नयाँ मोबाईल नम्बर आयो, रोजीकै रहेछ । ९८३४…… ।

मैले फोन गरें, रोजी खुशी र उमङ्गले बोलिन । बिदेशबाट श्रीमान फर्किएको एक महिना भएको जानकारी गराईन । अनि हाम्रो परिवारलाई खाना खाने चुुले निम्तो पनि ।

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *