कविता : म मातें

~भोगेन एक्ले~Bhogen Ekle

म मातें आज
सँधै जाँड पिएर मात्ने म
आज लाज पिएर मातें
घिन पिएर मातें
ए हङकङ,
तिम्रो अपमान पिएर मातें ।

मेरो जात अब नचल्ने भो तिम्रो भान्सामा
टाढाको कुरै छाडौं, लाग्यो तगारो छिमेकैमा
थुइक्क,
कुन दिनमा भासिएंछु यो वालुवाको थुप्रोभित्र
आधा यता आधा उता परें आज अलपत्र
त्यसैले मातें, म मातें आज
ए हङकङ,
तिम्रो छुवाछुत पिएर मातें
आफ्नै लाचारी पिएर मातें ।

म मातें आज
सँधै जाँड पिएर मात्ने म
आज लाज पिएर मातें
घिन पिएर मातें
ए हङकङ,
तिम्रो अपमान पिएर मातें ।

म मातें आज
शीरै थेग्न नसक्ने गरी मातें
खुट्टै नटेक्न गरी मातें ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.