Tag Archives: नेपाली कविता

कविता : डाक्साव् मलाई मर्न दिनुस् !

~मनोज शाही~ डाक्साव् मलाई मर्न दिनुस् ३ वटा अस्पताल रेफर भएर आज यहाँ आई पुगें मलाई जसरी नी बचाउँछु भन्नु भो होइन ! डाक्साव् मलाई मर्न दिनुस् म त अहिले बचे पनि पछि परिवारसँग मर्न पर्ला भैगो, डाक्साव् मलाई मर्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिस्मात

~दीपक कुमार ज्ञवाली~ समयको माग भन्दै मौन बसे । के देख्नुपर्‍यो जीवन बिछोडको । उठ समाऊ लहरा जीवन डोर्‍याउन । उगाऊ पानी आफ्नै जीवन बचाऊन । शेचनगर अःन्तकरण जाग्नेछ स्मृतिहरु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : समस्यापूर्ति

~गोपीनाथ लोहनी~ मुहार् कमलको झलक पलकमा मलाई दियौ अपूर्व रसदानले मन हरेर मेरो लियौ । तसर्थ अब प्रेमले यति सकार बिन्ती पनी नवीन घरको बहार् गर तिमी नवीना बनी ।।१।। वसन्त ऋतुको छटा रमणिलाइ दिल्दार् हुने

Posted in कविता | Tagged | Leave a comment

कविता : मनोव्यथाको उत्तर

~चक्रपाणि चालिसे~ सारा मनोरथ कथा हुन गै बिचारा दारासुतादिहरूले गर्ने पुकारा ।। आराम शून्य मनले त्यजी अस्रुधारा हाये राम! रुन्छु कसरी म छुटाउँ भारा।।१।। विद्वच्छिरोमणि रसिला प्रिय मित्रसाथ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनसार

~बाबुराम आचार्य~ हुक्का चिलमको शरणै लिनाले। अल्छी गरी हर्दम सूतनाले।। भन्दैन कोही उसलाइ मानिस। गर्नू पर्छ इलम भनेर जानेस्।।१।। चेत्याँ बल्ल भुल्याँ र धन्जनमहाँ सारा उमेर् नाश् भयो।

Posted in कविता | Tagged | Leave a comment

कविता : सर्कस वर्णन

~शम्भुप्रसाद ढुङ्गेल~ देखेर सर्कस पनी बुझी इन्द्रजाल । मानीस मूर्ख हुन गै राछन् हवाल ।। बुद्धि पुर्‍याउन सकेन जसै विचारी । भन्छन् छ शक्त्ति शिवको भनि दोष टारी ।।१।। हा दैव! हामीहरूमा किन ये विचार । हे दैव!! हामीहरूलाई तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा र गृहस्थी

~प्रमोद धिताल~ गृहस्थी र आमाको साइनो धेरै यूग पूरानो हो आामाले गृहस्थी चलाउनुहुन्छ या गृहस्थीले आमालाई चलाउँछ ? यसको जवाफ छैन वहाँसँग हरेक विहान पूर्वक्षितिजमा पहेलो सूर्य नउघ्रदै आमाले आगो सल्काउनुहुन्छ या आगोले आमालाई सल्काउँछ ? यसको हिसाब पनि छैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चाहना

~गोविन्दराज विनोदी~ स्वप्न रोजै नयाँ देख्न चाहन्छु म स्वप्नमै जिन्दगी लेख्न चाहन्छु म सत्य खोज्दा सधैँ चुक्छ यो जिन्दगी सत्यले घोचिँदा दुख्छ यो जिन्दगी सत्यका मार्गमा ठेस नै ठेस छन् सत्यभन्दा यिनै स्वप्न नै बेस छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : आह्वान

~द्वारिका क्षेत्री~ असहाय छैन न त निर्धो नै छ नारी तन र मनले कोमल तर आत्मविश्वासले दह्रो छ नारी। जन्म अामाको कोखबाट लिन्छ तर जीवन जिउने र धर्यको प्रशिक्षण स्वयं प्रकृति अामाले दिन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : चिसो घाम बिरूद्ध !

~शरद पौडेल~ होईन नि लिखेई आमा, कोल्ले सिध्याम्नि र गरीप्मारालाई ? कोल्ले सोत्तर पार्नु र देश लुट्नेलाई ? बलत्कारी नि उसै छन् भष्टाचारी नि उसै छन् बरू ति त,

Posted in कविता | Tagged | Leave a comment

कविता : सुन्दर पहाडको आक्रोस

~भक्ति शीला~ मेरो यो सुन्दर कोमल छात्ती भरि अनेकौ बिद्रोहको पाईतालाले कुल्चेर आज मलाई दुषित बनाएकोछ मेरो छात्तीभरि चियाको कलिला मुनाहरु,लाली गुराँस,चाँप चमेली

Posted in कविता | Tagged | Leave a comment

कविता : खबरदार

~असीम सागर~ भान्सा घरको आलमारीमा सजाई राखिएको छ धोई पखाली केही गिलास र कटोराहरू प्रत्येक गिलास र कटोराभित्र प्रतिबन्ध अँध्यारोलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटी स्वास्नीमान्छेको अन्तरवार्ता

~पारिजात~ ज्यू, काम गरेकोमात्र थाहा छ दुःख पाएको मात्र थाहा छ फाटेको चोलो र जडाउरी गुनिउँ लगाएकोमात्र थाहा छ जोबन सोध्नु भएको ? त्यो त हजुर आएको गएकै थाहा छैन । खै, जान्ने सुन्नेले भनेको मेरो जोबन त जिम्मुवालको ऊ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गङ्गा नीलो बग्छु

~वैरागी काइँला~ यात्री – उ भि न्छु । कुदेर बुद्विसम्म भित्र-बाहिर कति पुगिनँ-छु-ले नित्य शिलाखण्ड उभिन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश डिजिटल भयो अब

~बि.कुलुङ रंगबुले राई~ भ्रष्टाचारी, काला धन राख्ने व्यापारी घुसखोरी,ट्याक्स चोरी गर्नेहरूलाई बुलेटट्रेनमा खाँदेर कालापानी पठाईदैँछ त्यसैले मेरो देश डिजिटल भयो अब माग्नेको हातमा मोवाईल थाँङनेको झोलामा ट्यापलेट

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुभूति

~विमला तुम्खेवा~ तिम्रो स्पर्श कैयौं वर्षदेखि यहीँ कतै मभित्र अल्झिरहेछ र, अल्झिरहेछ त्यतिबेलै सुकिजानुपर्ने यो आँसुको मुहान मसँग

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेश

~अर्जुन उपाध्याय~ दिनभरी दलिएछु , गुन्दै मनमा नानाथरी । ज्यानै दिई गर्दा पनि , सुख छैन क्षण भरी ।। अनौठा छन त्यहाँ मैले , गर्नुपर्ने कामहरु । असफलताको सुचीमा , भए मेरा नामहरु ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : उसलाई थाहा थियो

~पवित्रा लामा~ जब ऊ हिँड़ेथ्यो आफ्नो घरबाट आँखाभरि, मुटुभरि, छात्तीभरि बोकेर सपना बासभूमिको ऊ जान्दथ्यो, यो उसको अन्तिम यात्रा हो यो उसको अन्तिम लड़ाईँ हो। उसले छोइराख्यो देउता थान

Posted in कविता | Tagged | Leave a comment

कविता : रगताम्य अभिषेककालागि

~कोमल प्रसाद श्रेष्ठ मल्ल~ उस्तै उस्तै परेड ताण्डपका नास बिनासका राता रेखाहरु बस्ति बस्तीका अंग अंग बटारिदै स्वप्नील सपना अन्त्यष्टिमा झुण्डिदैछ फासिका डोरि झै मनुवाका आरोह अवरोहमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मैभित्र आफ्नो प्रतिरूप छैन

~गोविन्दराज विनोदी~ छन् काम नै यी न त कामजस्ता छन् नाम नै यी न त नामजस्ता छन् राम नै यी न त रामजस्ता छन् जो सबै नै बदनामजस्ता बिहानमा छैन नयाँ बिहानी छन् रातजस्ता दिनका कहानी

Posted in कविता | Tagged | Leave a comment

कविता : मुग्लान

~पल हिरा~ पोल्टा भरी खुशी को भिक्ष्या भर्न मुग्लान नै भासिनु पर्ने बाध्यता चुर्लुम रिन को थैली बोकी क्षितिज पारीको सुख खोज्नु बिकल्प नै के थियो र ? मुठी भरी बर्कौला सरि सिटमोल

Posted in कविता | Tagged | Leave a comment

कविता : फूल र क्षण

~गोपालप्रसाद रिमाल~ “फूल झर्दछ, फुल्दछ फुल्दछ, झर्दछ” तर त्यो फूल जसले छाती थापी फक्रेथ्यो त्यो थोपालाई तृप्ति दिने जब जगमा अमृत झरेथ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : सरकार क्वारेन्टाइन जान्न म ।

~सुजन बुढाथोकी ‘कान्छा’~ सरकार क्वारेन्टाइन जान्न म। दिनडाहडै बलत्कार हुन्छ त्यहा भर्खर कलकलाउदो बैसालु यौवनमा टेकेकी केटि हु । रहर छैन मलाइ बलत्कृत भएर बाच्न सरकार यसैले म कैले पनि क्वारेन्टाइन जान्न । सरकार एकैओछ्यान एकैठाममा किचन

Posted in कविता | Tagged | Leave a comment

कविता : कन्चनजंगा

~भिमा राई ‘तोलाछा’~ कारंगकुरुंगका हुल पुनः एक पल्ट आकाशै ढाकेर उड़िरहेछ कालो बादल हटेर गोर्खाको शिर शिरमा लालीगुराँस सजिएको छ प्रत्येक गोर्खाको छाती छातीमा सम्पूर्ण कन्चनजंगा एउटा गतिलो आभा भएर मस्तसित उभिएको छ बन्द कमानका मजदुरहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : माटो-मुक्तिको प्रयोगशालामा

~जय क्याक्टस~ कति तिक्खर हुन्छ माटोको सुगन्ध स्वबोधको प्रयोगशालामा। भनेको छु- एकैक्षण, कविता, एकैक्षण मौनता बोलिदेऊ – त्यही मौनताको एन्थ्रेक्स बोकेर म हाम्रो परिचय खोज्छु। पहिले।

Posted in कविता | Tagged | Leave a comment

कविता : हजुरको तिर्खा

~इश्वरवल्लभ~ किन अचेल तिर्खा लाग्छ बिहान र त्यसको वरिपरिको परिवेशको कतै बिहानमा तिमी त छैनौ, कि किरण भएर अल्झिरहेको , कि भएर पानीजस्तो शिखरबाट छहरा झैँ झरिरहेको होइन, सबै विडम्बना हुन् म ढाँटिरहेको छु – म तिमीलाई लेख्न खोज्छु र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कल्पना

~विष्णुकुमार श्रेष्ठ~ अँधेरो एक कुनामा दिन पर्खी रात बिताउन । मेरै मधुरो स्वप्न सँगाली घोरीई रहेकी होली ।। फूलको कोपिला हेर्दै दील खोली गीत गाउन । कल्पनाको नील गगनमा चहारी रहेकी होली ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : अतृप्त चाहना

~मधुश्री~ तिमी सँग सँधैँ भरी खुशी-खुशी बाँच्न पाउँ ति नजर भित्र बसी तिम्रै दृष्टि देख्न पाउँ मुस्कानमा तिम्रो खुशी सर्वत्र नै हेर्न पाउँ अरु केही चाहिन्न भो तिम्रो प्रिय बन्न पाउँ तिमी हाँस्दा यस्तो लाग्छ जुन तारा चम्किँदैछ

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन छायाँ

~डा.मधु माधुर्य~ मेरा यात्रीहरु, लौ हेर मेरो मन चित्र भित्र बाहिर सबै देख्यौ ? भयो विचित्र शून्यताको गुँडभित्र पूर्णताको वास छ सास छउञ्जेल जीवनको अनमोल आस छ साथमा मेरो छाया छ, म एक्लो छैन… । सुखमा साथ दिनेहरु छन्

Posted in कविता | Tagged | 2 Comments

कविता : निष्ठुरी बालक

~राजेश ढुंगाना~ ईश्वरले मलाई हात दुवै दिए तर यी हातले म केही गर्न सक्दिन त्यसैले । कहिले म सोच्दछु, सपना रहेछ जीवन कहिले म सोच्दछु अन्धकार रहेछ जीवन

Posted in कविता | Tagged | Leave a comment

कविता : पहिचान !

~शरद पौडेल~ भ्रममा नपर साथी! अहँ, जुनसुकै प्रयत्नले पनि उ तिमीजस्तो हुनै सक्दैन ! उ फरक बीज हो स्वयंमा अनि तिमी पनि ! दारी पाल्दैमा न त मार्क्स बनिन्छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : भो अब नसम्झ

~कृष्ण शर्मा सुमु~ फुटेका काँचका चुरा हुँ थुकेको थुकको छिटा न सम्झ अब भो मलाई टुटेको साथको विदा। न बोलाउ मलाई गाजलु नभन भो अब मायालु बाटो फरकफरक बनायो

Posted in कविता | Tagged | Leave a comment