Tag Archives: तिर्थराज अधिकारी – Tirtharaj Adhikari

कविता : असहमति

~तिर्थराज अधिकारी~ तिम्राझैँ भ्रमको खेती गर्दै म हिँड्न सक्दिनँ । दम्भले मुठ्ठी उठाउँदै हड्डीका हबेलीमाथि मुस्काउन सक्दिनँ । रगत लत्पतिएका हातहरूले परेवा समाउँदै शान्तिको गीत गाउन सक्दिनँ ।

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : मेरा माटाका विम्बहरू

~तिर्थराज अधिकारी~ छन्द : मन्दाक्रान्ता अग्ला अग्ला गिरिवर जहाँ व्योममा माथ चढ्छन् छाँगा सेता झरझर जहाँ बैँसका चाल चल्छन् काखी च्याप्छन् हरपल जहाँ लेक लालीगुराँस चल्ने हावा मलय छ जहाँ बोक्छ मीठो सुवास ।१। इन्द्रेणीका कुसुम धनुमा रंगका छन् मिलाप … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : प्यारो छ नेपाल यो

~तिर्थराज अधिकारी~ छन्द : शार्दूलविक्रीडित छानो भव्य हिमालको छ सुकिलो छन् टल्किने चाँदनी पोत्छन् हर्दम स्वच्छ धार जलले छाँगा परी मोहिनी आभा दिव्य कहाँ छ तुल्य भवमा स्रष्टा कला शिल्पको यात्री अन्तरचेतका चरणमा प्यारो छ नेपाल यो ।१। नानी तुल्य … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : बिरालाहरु

~तिर्थराज अधिकारी~ क)तातो दूधले थुतुनो पोलेर रन्थनिएका चोर बिरालाहरु मही पनि फुकेर मात्र खान्छन् । ख)झोक्रिएका बिरालाहरुलाई मुसा नखाने व्रत बसेको ठान्नु

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : प्रलय-पथ

~तिर्थराज अधिकारी~ छन्द : अनुष्टुप् आँतमा दाँत बोकेका डुल्छन् जल्हाद लस्कर यिनैका चालले गर्दा बनाए डरको घर ! तिखा छन् हातका नंग्रा तीर बोकी रमाउँछन् आगोझैँ मन भै तातो फूललाई समाउँछन् ।

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : अब फस्नु हुन्न

~तिर्थराज अधिकारी~ छन्द : उपजाति पुराण सैँयौँ जति नै लगाऊँ प्रदीप लाखौँ जति नै जलाऊँ यी हात जोरौँ जति प्रार्थनामा बन्ला सुधो वानर यै थलामा ?१।

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : अर्थ/ अनर्थ

~तिर्थराज अधिकारी~ छन्द : अनुष्टुप् छिटै अमर मर्नाले अशोक शोकमा प~यो आरोग्य रोगले गल्दा अभय भयले ढल्यो । कुमारी गर्भकी भारी पति कुमार छन् घरै मौनता जोडले बोल्दा लाग्यो नि घर चर्कनै ।

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : चाहिन्न विज्ञापन फूललाई

~तिर्थराज अधिकारी~ छन्द : शार्दूलविक्रीडित फुल्छन् बुकी फूल जहाँ छ लेक गुराँस छन् रंग उतै अनेक फैली जरा पर्वत कापभित्र सुनाखरी छन् रसदार पत्र ।१। पारी तलै कण्टक शूललाई गुलाफका छन् शिरका उचाइ

Posted in छन्द कविता | Tagged | 1 Comment

छन्द कविता : समय गतिशीलता !

~तिर्थराज अधिकारी~ छन्द : अनुष्टुप् पानी ! पानी !! भनी कोही चिच्याईकन मर्दछ पानीभित्रै फसी कोही बाँच्न चीत्कार गर्दछ ! भोकले कोही ढल्दै छन् , कति अजीर्ण भैकन ढल्दै छन् दुनियाँ देख्छु नाना रंगीन जीवन ! म रुँदा शोकले अर्को … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : जुनेली रूप

~तिर्थराज अधिकारी~ छन्द : अनुष्टुप् तिमी सगरमा फुल्दा फुल्छ्यौ सागरमा पनि सहस्रौँ तालमा फेरि देखिन्छ्यौ रूपकी धनी । विम्ब यौटै तिमी किन्तु प्रतिविम्ब अहो कति ! इन्द्रेणीभित्रका रंग तिम्रा यी कति सन्तति !!

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : बोटको अठोट

~तिर्थराज अधिकारी~ छन्द : उपजाति जरा धरा जे जति टेक्न पाएँ आधार मानी तन यो सजाएँ अठोट अग्लो शिरमा उठाई जित्नै छ बाधासितको लडाइँ ।१। हुरी चली पल्लव वस्त्र तानोस् आकाश गर्जी जति वज्र हानोस् कडा- कडा शीत र ताप … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : दूरकी कवितालाई

~तिर्थराज अधिकारी~ १. कविता किन्नरी नौली गला रङ्ग रसाउँछिन् पात बजाउँदै बाजा छन्द बेग्लै पढाउँछिन् पोती मुहारमा माटो, माटो खेल्दै खुसाउँछिन् केलाएर यही माटो प्राणाधार जुटाउँछिन् । २. पर्दा आलस्यको फ्याँकी रात ढल्दा उदाउँछिन् झरी बादलका भित्र श्रमचित्र सजाउँछिन्

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : शरद्का सिर्जनाहरू

~तिर्थराज अधिकारी~ छन्द : अनुष्टुप् आयो बेला शरदऋतु यो मेघ नि:शेष छायो घुम्टो उघ्रेपछि रविशशी सिर्जना कल्कलायो तारा चम्के पलक नझुकी रोशनी काख च्यापी लम्के झर्ना कलकल कला शेष मैलो नराखी ।१। चाँदी झल्के हिमगिरि छटा झल्मलायो जुहार डाँडापाखा हरित … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : विडम्बना !

~तिर्थराज अधिकारी~ छन्द : अनुष्टुप् हिमाली महिमा सुन्दा डाहा होला विचित्रको माटो यो बुध्दको भन्दा चर्केला कान दुष्टको प्रकृतिका नदीनाला ताल देख्दा रसाउला लुट्नलाई यिनै शान जाली जाल फिँजाउला । वनपाखा झनै राम्रा फूलका बाग सुन्दर

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : जगत् चिडियाखाना

~तिर्थराज अधिकारी~ छन्द : उपजाति पर्खालमा छन् अझ तार जाली छ बन्द बाटो तन छैन लाली चरा यहाँ छन् बिचरा बनेका छन् प्वाँख के भन्नु र कक्रिएका ? १। छन् बाघ नंग्रासित नै गलेका छन् सिँह उस्तै चितुवा ढलेका हुन् … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : वाणीपुत्र !

~तिर्थराज अधिकारी~ छन्द : अनुष्टुप् बलेको स्वर्गको आगो चोरी ल्यायो धरातिर मायावी जाल तोडेर नाघ्यो निर्विघ्न सागर । लगाई ताजको बाजी महाराणा बनी उठ्यो शाहजहाँ बिलौनामा प्रेमको छाल भै छुट्यो ।

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : पाठको वर्णमाला

~तिर्थराज अधिकारी~ छन्द : उपजाति यी कान मेरा कति चर्चराए यी हातगोडा कति झम्झमाए जागै बिताएँ कति रातलाई जलेँ, जलाएँ कति आँतलाई ! न भोकमा स्वाद लिँदै अघाएँ सखार लम्की कति चक्कराएँ

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : सारथि : युग हाँक्ने

~तिर्थराज अधिकारी~ छन्द : स्रग्धरा दिव्याको भव्य स्वप्ना उदित प्रहरको काख साकार आई बाबा ती कृष्णले झैँ जन-जन-जनको गर्न लाग्यो भलाइ फैलाई क्रूर पंजा पशु बल पदको मूढ गर्थ्यो रजाइँ चूडाले चूर्ण पा~यो, जटिल जहरिलो धूर्तको राइँदाइँ ।१। आएको गर्भबाटै … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : राजनीतिका जुवाडेहरू

~तिर्थराज अधिकारी~ जुवाडेहरू- मिलेर जुवा खेल्दाखेल्दै सानै कुरामा सन्किन्छन् अलिकति निहुँमै आपसमै रन्किन्छन् रिसको पारो तातेर मन बुझाउन नसकी कोही खालबाटै बाहिरिन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : चूडा सबैका मनमा उदायो

~तीर्थराज अधिकारी~ ऊ गर्भको आसनमा डगेन कसेर अड्डी जगमा झरेन भएर अप्रेसन बल्ल आयो स्वभाव आफ्नो सुरुमै चिनायो । पिता थिए कृष्ण बडा मनस्वी दिव्या थिइन् ती जननी यशस्वी सन्तान सच्चा शिर के लत्रिइन्थ्यो ? अन्यायमा मौन कहाँ रहन्थ्यो ?

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : सत्ता

~तिर्थराज अधिकारी~ छन्द : अनुष्टुप् क्रूर हुन्छ सधैँ सत्ता लास गन्दै रमाउँछ अन्धो यो चोर छाडेर साधुलाई समाउँछ ! सुन्दैन कान सत्ताले जस्तै रुँदा कराउँदा निदाउँछ सधैँ सत्ता देशै सर्वस्व सल्कँदा !

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : विपी र स्वतन्त्रता

~तिर्थराज अधिकारी~ छताछुल्ल छरिएका किरणलाई शब्दको गोरेटो हिँडाएर म पानाको कुनै खोरमा बन्द गर्न सक्दिनँ । गतिशील झर्नामा कति रंग र तरंगहरू छन् ? म तिनको परिभाषा गर्न सक्दिनँ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : स्यालको कथा

~तीर्थराज अधिकारी~ रात चड्दा हुने जम्मा, स्वर खप्टी कराउने प्रातः खुल्दा कुना पस्ने उज्यालामा हराउने सिनो भेटे उतै रम्ने स्यालको हो पराक्रम तड्पिने पेटका निम्ति कर्म यै वंशको क्रम ! माउका काखका पाठा, चल्ला छोपी कुदाउने निर्धालाई उसै ङ्याँकी प्राण … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ताप्नै छ बाँकी दिनको पहार

~तीर्थराज अधिकारी~ फुल्दै थियो कोमल लोकतन्त्र निल्दै उठ्यो गोमन झोँकतन्त्र उमान्दको बन्दुकको रजाइँ खप्दै बिते दर्जन वर्ष रोई । बाढी, हुरी, भोक असङ्ख्य रोग छन् प्यास, अत्यास यतै वियोग बनेर चिल्ला सर –कार चढ्छन् पसेर भ्रप्रा किन दर्द बुझ्छन् ?

Posted in कविता | Tagged | Leave a comment

छोक : क्रान्तिकारीहरु

~तीर्थराज अधिकारी~ “शहीद“ लाई “सहिद बनाएर निकै गर्व गर्ने हाम्रा कान्तिकारी भाषाविद्हरु नारायणहिटी दरवार नै सङ्ग्रहालयमा परिवर्तन भइसक्दा पनि

Posted in कविता | Tagged | Leave a comment

छोक : दोष कसको?

~तीर्थराज अधिकारी~ गर्मी छल्न बटुवाले छाता उघार्दा आसपासका कोही तर्सिन्छन् भने दोष कसको ?

Posted in कविता | Tagged | Leave a comment

छोक : हलेदो र हात

~तीर्थराज अधिकारी~ हलेदो भनेर चिन्दा–चिन्दै कोट्याउन थालेपछि पहेँलपुर बनेको हातलाई फेरि पखालेर पूर्ववत् तुल्याउन

Posted in कविता | Tagged | Leave a comment

छोक : ऐना

~तीर्थराज अधिकारी~ ऐना आफैँ कसैको चित्र कोर्दैन सामुमा काला–गोरा जस्ता रुपहरु उभिन्छन्

Posted in कविता | Tagged | Leave a comment

छोक : लिलिपुटहरु

~तीर्थराज अधिकारी~ लिलिपुटहरुलाई सर्वोच्चताको सपना देख्न कतै कुनै निषेध छैन तर विडम्बना !

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्ताका किनाराहरू

~तिर्थराज अधिकारी~ तिम्रो सत्ता लघुगणितको खेल हो झेल एक ठान्छौ आफैू अतिप्रबलको मन्द कस्तो विवेक तिम्रो सत्ता क्षणिक पलको राग हो घामपानी हिड्दा-हिड्दै अनल पथमा शेष बन्छौ खरानी । तिम्रो सत्ता कति जहरिलो आसमा त्रास भर्छ फक्री फुल्ने अधरभरिका मन्दमुस्कान … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : दृष्टि भ्रम

~तीर्थराज अधिकारी~ आफ्नै शिर चक्कराएको भेउ नपाउनेले कुनै पहाडलाई हे–यो भने पहाड नै घुमेको भन्न सक्छ ।

Posted in कविता | Tagged | Leave a comment

छोक : आमाहरु !

~तीर्थराज अधिकारी~ दूधमुखे बच्चाका मुखबाट दूधका मुन्टा छुटाउँदै पैसाका मुठा बोकी बच्चालाई टाईले कसेर मन्टेश्वरीमा मुन्ट्याएपछि

Posted in कविता | Tagged | Leave a comment