Tag Archives: श्यामल – Shyamal

कविता : पर्वतसँग संवाद

~श्यामल~ त्यसै फेदीबाट लागेको थिएँ उकालो त्यसै फेदीमा आइसकेंछु पर्वत उक्लनु भनेको त झर्नु हो शिखरमै, अल्झनु भनेको त मर्नु हो । मूसाहरूले खनेर सगरमाथा ढलेको छैन अहिलेसम्म फेदीमा नपुगी शिखर कसैले चुमेको छैन अहिलेसम्म तिम्रो उचाइ भनेको महासागरको अतल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गहना

~श्यामल~ तिम्रा कानहरूले रुचिपूर्वक सुन्दछन् मैले फुस्फुसाएको बडो तीब्र वेगमा मैले विस्तारै बोलेका प्रेमपूर्ण शब्दहरू प्रचण्ड गर्मीमा पनि शीतल महसुस हुने गरी पस्तछन् तिम्रो श्रवणयन्त्रमा तिनका लोतीमा झुण्डिने इयररिङभन्दा बढी टल्किने

Posted in कविता | Tagged | Leave a comment

कविता : चिडियाघरमा कोलाहल

~श्यामल~ एक हुल मानिसहरू साङ्ग्ला र बन्दुकसहित तिनको घरमा पसे तिनलाई खोसेर लगे तिनको अभयारण्यबाट र मानिसहरूको ठाउँमा

Posted in कविता | Tagged | Leave a comment

कविता : संकटकालमा सहवास

~श्यामल~ संकटकालमा म तिम्रा औंलाहरु चलाउन सक्तिन संकटकालमा तिम्रा आँखाहरुतिर हर्न सक्तिन सबै कुरा तय गरिएको हुन्छ माथिबाट सबै सबै प्रेमीहरु ज्यान जोगाउन आतुर हुन्छन् खाडीयुद्घको आकासमा भौंतारिएका पन्छीहरुजस्तै तिम्रो मेरो आलिंगन अवैध हुन्छ संकटकालमा । हेर, चुपचाप छ टेलिफोन, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लुतो

~श्यामल~ बस्, एउटै कुरामा छ आनन्द कन्याइरहनुमा कविता, कथा र चित्र लेख्ने हातहरुले फगत आङ कन्याइरहनुमा विद्रोहमा उचालिने हातहरुले आफ्नै शरीरका कापहरुमा चलाइरहनुमा । लुतो लागेपछि हराउँछ सोच र दृष्टि

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नै चश्मा

~श्यामल~ हेराइ हराएर अल्मलिइरहेको म कसले खोस्यो मेरो दृष्टि कसले फे-यो मेरै सामुको सृष्टि हँ – चश्मा फुकाल्छु – नयन छ,दृष्टि छैन पदार्थ छ,चेतना छैन कसले लगाइदियो आँखामा पट्टी

Posted in कविता | Tagged | Leave a comment

कविता : दुष्ट गाथा

~श्यामल~ ध्यानमुद्रामा जसले देख्न सक्छ बलात्कारको सपना र मन्दिरको देवतासामु उभिएर जसले वर माग्न सक्छ आफ्नो दीर्घायुको जसलाई थाहा छ— कतै छैन ईश्वर तर जसले किरिया खान्छ ईश्वरका नाममा सयौँ पटक जसको महलको जगमा छन् करोडौँ मानिसका

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ कुनै नाम छान्दैन

~श्यामल~ बुस, गोर्भाचोभ, तेङ वा राजीव गान्धी अहँ, ऊ कुनै नाम छान्दैन कुनै पनि नाम सद्दाम होस् चाहे कुवेतको अमीरको नाम होस् या अली खमेनीको

Posted in कविता | Tagged | Leave a comment

कविता : कसमस कोनिया

~श्यामल~ गुडबाई कोनिया, फेरि भेटौँला। फेरि भेट हुनुअघि ओहो, केही ठेगान छैन के–के हुने हो तिम्रो–मेरो फेरि भेट हुनुअघि, सरकारले दिएको पानीले म मर्न सक्छु म मर्न सक्छु, बजारमा राखिएका विषाक्त औषधिहरुले पुस्तक पसलमा सजाइएका

Posted in कविता | Tagged | Leave a comment

कविता : राजधानीमा ट्रक

~श्यामल~ इँटा बोक्छ सिमेन्ट र फलामका छडहरु बोक्छ ढुङ्गा, बालुवा र काठ बोक्छ बोक्छ झ्यालका लागि सिसा र बोक्छ उज्यालोका लागि मैनबत्तिको बाकस पनि ओलम्पिकको तेज धावक झैँ राजमार्गमा दुगुर्छ ट्रक कहाँ जान्छ? थाक्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : पावरहाउस

~श्यामल~ समयसँगसँगै थिचिदै गएका सपना सानासाना आँखामा देखिने इन्द्रेणी समय सँगसँगै अगोचर हुँदै गएका कपासका भुवाहरूबाट धागो बनाउँदाबनाउँदै चिसोले कठ्याङ्ग्रिएका मानिसहरू आफैँले बनाएको मोटर र रेलले किचेर मरेका आत्माहरू आफैँले उडाएको हवाइजहाजको स्वप्नयात्रामा बिताएको जवानी

Posted in कविता | Tagged | Leave a comment

कविता : किचकन्या

~श्यामल~ हरेक साझ यसरी नै प्रकट हुन्छे ऊ झ्यालको सानो छ्रि्रबाट जूनको धमिलो किरण कोठामा पसेजस्तै तन्द्रामा परेको युवकलाई कस्दछे, आफ्नो बाहुपासमा प्रेमले पागल युवकलाई कहिल्यै थाहा हु“दैन किन टोलाइरहन्छ ऊ र किन उसलाई एक्लै छाडेर सुन्दरी

Posted in कविता | Tagged | Leave a comment

कविता : देश र ब्यूटीपार्लरकी सुन्दरी

~श्यामल~ अब कहाँ जाने? केश बनाइसकिएको छ र दलिसकिएको छ अनुहारमा क्रिम कपडामा छरिएको छ सेन्ट र ऐनामा सयौँ पल्ट जुधेका छन् आफ्नै आँखाहरु श्रृङ्गार सकिएको छ सुन्दरी, अब कहाँ जाने? सडकमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मेमसाहब सुइटर बुन्दैछ

~श्यामल~ म देखिरहेको छु धेरैलाई जाडोले खाइरहेछ र मेमसाहब सुइटर बुन्दैछ । मेमसाहब बुन्दैछ संविधानजस्तो सुइटर प्रत्येक पटक संशोधन हुने कानुन जस्तो सुइटर कलात्मक र मिहीन माकुराको जालोजस्तो सुइटरु माझीको कम्मरमा झुण्डिने

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : “ग्याङ अफ फोर”का राजव

~श्यामल~ जहाँ सरुवा भएर गयो, त्यहीँको समाजमा हराउँछ र लेख्छ। खजुरा बस्यो र लेख्यो ‘जहाँ पिँजडा पनि कैद छ’। अमेरिका गयो र लेख्यो दर्जनौँ कथा र केही उपन्यास, केही कविता। जहाँ गए पनि र जस्तोसुकै समाजमा भए पनि तिनीहरूभित्र पसेर … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

Translated Poem : Rainbow of Dasani’s Skirt

~Shyamal~ Translated by Yuyutsu Sharma From the fury of the blistering winds flutters Dasani’s skirt, like a failed nation’s flag wavers Dasani’s skirt Million brutal kicks it has survived water wells of blood it has shed so many rapes

Posted in Translated Poem | Tagged , | Leave a comment

पुस्तक समीक्षा : नयाँ भङ्गिमाको खोजीमा अग्रसर

~श्यामल~ एकाएक तिमीले मलाई घृणा गर्न थालेपछि मैले मेरो प्रेमको शक्ति थाहा पाएँ । (समाधि नजिक उभिएर) कुनै पनि कविले आफ्नो काव्य रचना कौशलको माध्यमबाट पाठकसँग उसको समय र समाजलाई सम्बोधन गर्दै अर्थपूर्ण संवाद गरेको छ कि छैन भन्ने कुरा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : हतारमा यात्रा

~श्यामल~ धेरै कुराहरू छुट्छन् प्रस्थानबिन्दुमै हतारमा यात्रा गर्दा अँध्यारोमा देख्ने उज्यालो र्टच र दाह्री फाल्ने पत्ती दाँत माझने मन्जन र ब्रुस, सामान राख्ने झोला महत्वपूर्ण सम्पर्कविन्दुहरू पढ्न थालेको तर अधुरै रहेको नयाँ किताब

Posted in कविता | Tagged | Leave a comment

कविता : दिलमाया

~श्यामल~ मेरो सपना खोसेर राखिएको छ थिम्पूको अँध्यारो जेलमा सर, म त्यसै फर्कनेछैनँ भुटान । म सम्झन्छु आफू रोएको बाल्यकाल तर जति म रोएँ मेरो सात क्लासको किताब च्यातिएको दिन रोएँ त्यही दिन म जति रोएँ रोइसकें जुन दिन पसे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : अनि केर्छन् पुनः लेख्छन्, कठैबरा बिचरा भूपि शेरचन !

~श्यामल~ भूपी शेरचन भन्थे- मैले आफैंलाई उछिन्न सकिनँ भने किन लेख्ने ? आधुनिक नेपाली कविताका सर्वाधिक लोकपि्रय कविका रूपमा भूपि शेरचन ज्युँदै छन् । उनी राणाशासनको रापले पोलेको नेपालमा जन्मे, पैसा र सामानको लेनदेनलाई नै जीवनको मूल मार्ग बनाउने थकाली … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

पुस्तक समीक्षा : टाँगा अझै उलार भइरहेछ, प्रेमललवा ?

~श्यामल~ किताब उलारको २० वर्ष प्रेमललवा, ननकउ र दरौपदीहरूको नरकतुल्य जीवन र तिनमा जीवित मानवीय संवेदनशीलताका बारेमा नयनराज पाण्डेले उपन्यास लेखेका करिब दुई दशक पुग्नै लाग्दा प्रेमललवाहरू कथित मधेस आन्दोलनको चपेटामा परेका छन्। शान्तिराजाहरू त छँदैछन्; यादव, ठाकुर र महतो राजाहरूले … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कथा : अन्धविश्वासको जाँतोमुनि

~श्यामल~ असीवर्षे उद्या ढोली राति एघार बजे हामी सुतिरहेको घरमा आयो र ढोका ढकढ्क्यायो । अपरिचित ठाउँमा यसरी अबेर राति कसैले ढोका ढ्कक्याएपछि एक छिन मेरा सहयोगीहरू डराएझैं गरे । तर मैले को हो यतिबेला भनेर सोध्दै ढोका उघारिदिएँ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : सदर काठमाडौँ, मोफसल काठमाडौँ

~श्यामल~ काठमाडौँलाई कविता र कथामा गाली गर्नेहरूको संख्या कम छैन । तर पनि, काठमाडौँ आउने र तीन–चार आनादेखि रोपनीका रोपनी जग्गा खरिद गर्दै अन्यत्रबाट यहाँ सर्नेहरूको संख्या बढिरहेकै छ । काठमाडौँलाई सतहमा मात्र चिनेर भद्दा गाली गर्नेहरूलाई हाम्रो समयका कुशल … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : भूपीसँगका ती दिन

~श्यामल~ मैले पहिलोपटक कवि भूपी शेरचनलाई एकेडेमीमा भेटेको थिएँ । यद्यपि म उनलाई भेट्न निकै आतुर थिएँ, तर त्यसअघि म नेपालगन्जमा भएकाले उनीसँग भेट्ने कुनै तारतम्य मिलेको थिएन । ‘हामी’, ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ र ‘हो चि मिन्हलाई चिठी’ जस्ता … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : पालमा प्रेम

~श्यामल~ तिमीलाई मैले देखेको उहिल्यै हो तर हामी बस्थ्यौं हामीले नै बनाएका पर्खालै पर्खालका घरमा सिमेन्ट र छडहरुले बनाएका अति गहँगा मनजस्ता चिसा चिसा घरमा । भुर्इंचालोले हामीलाई देखाइदियो वास्तविक घर प्रेमले ढलान गरिएका न्यानो सासले स्पर्श गरिएका आफ्नै करङहरुको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दु:स्वप्न

~श्यामल~ खोलाहरुमा बग्नै छोडयो कञ्चन पानी रगतको बेगवान् नदीमाथि हल्लिदै छ झोलुङ्गे पुल भन्छन् योद्धाअरुले डामेका ढाडहरु अब के—के हुने हो । कोचिएको छ खचाखच दिमागमा बदलाको भूत बाटाहरु यति धेरै छन् यस ठाउँमा कुन बाटामा कोही किन जाने हो

Posted in कविता | Tagged | Leave a comment

कविता : दशनीको लेहंगा

~श्यामल~ तातो हावाको झोक्काले फर्फराउँछ पराजित मुलुकको झन्डा जस्तो दशनीको लेहंगा । धेरै चोट सहिसक्यो धेरै रगत बगाइसक्यो धेरै बलात्कार खपिसक्यो जमिनदारको बाँझो खेतमा

Posted in कविता | Tagged | Leave a comment