Tag Archives: Shirish Lamichhane

कविता : घण्टेयुद्ध

~शिरिष लामिछाने~ वीर शम्शेरको घण्टाघरले हान्न नसकेको घण्टा म अहिले हान्दैछु सुन्दा अचम्म लाग्ला घडीले हान्न नसकेको घण्टा एक मनुवाले कसरी हान्यो? तर यथार्थको रमाइलो पक्ष घण्टा हानिदैछन् धमाधम, युद्ध चलिरहेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैँ

~शिरिष लामिछाने~ दशैँ, दुर्गाको आगमन शीतल बतास। दशैँ, तीनधर्के चङ्गा खुला आकाश। दशैँ, गोकुल धुपको वासना डमरूको आवाज।

Posted in कविता | Tagged | Leave a comment

कविता : निशा र सपना

~शिरिष लामिछाने~ हिजो राती एउटा सपना देखेँ एक मीठो सपना; म अमेरिकामा मेरो घरमात्र नेपालमा नेपाल जलिरहेछ आर्यघाटको चितासरी तर अमेरिका त चम्किरहेछ अनेकन् बिजुली-बत्तीसरी सपनामै झसँग भएँ सपनामै आफुलाई छामेँ र वरपर नियालेँ पछी आफ्नो बेवकुफीमाथि

Posted in कविता | Tagged | Leave a comment

कविता : जिरो आवर

~शिरिष लामिछाने~ “बाबु हो, लौ भन त पृथ्वी कस्तो छ?” “गोलो छ सर” शैशवकालीन यस्तै यादसँगै म घुमिरहेछु र घुमिरहेछ यो गोलो पृथ्वी जसभित्र घुमिरहेछ समय घडीको सुईसँगै र सुइकै पछि भाग्दैछ सभ्यता, असभ्यता मानवीयता अनी दरिद्रता कोठामा पँखा घुमिरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : खोज

~शिरिष लामिछाने~ सत्यको खोजीमा म आइपुगेँ एक नयाँ ठाउँमा ठाउँको नवीनता नियाल्दै सत्य सम्झिरहेछु किञ्चित आशावादी हुँदै अघी बढीरहेछु आशा बढ्दै छ र आकांक्षा पनि तर फेरी त्यही “नोस्टाल्जिया”ले

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्न

~शिरिष लामिछाने~ आफ्नो कुरा ब्यक्त गर्न पर्खिरहेको एक मानिस जब न्याकिन्छ समाजबाट जब उसको भावनालाई नाली सरह तुल्याइन्छ र, जब उसको बेदनालाई चर्पीमा “फ्लश” गरिन्छ तब जन्मिन्छ एक आक्रोश जसले रोप्छ क्रान्तिको बिउ अनि निकाल्छ ज्वाला निक्लेको ज्वालासँगै उन्नत कहलिएको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कुशे औँशीको लागि

~शिरिष लामिछाने~ मस्त निद्रामा सुतिरहेको अबोध बालक थिएँ म अँध्यारोमा नै रमाउने बाहिरको उज्यालोबाट बन्चित एक निरक्षर थिएँ म तर तिमी त्यहाँ थियौ मेरो लागि सधैं टाढाको क्षितिज हेर्दै प्रकाश देखाउदै अझै भन्थ्यौ,”आँखा खोल् छोरा चीर निन्द्रामा सुत्लास् कुनै दिन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल बन्द

~शिरिष लामिछाने~ सुनियो फेरी नेपाल बन्द भयो रे रमाइलो नै भयो रे स्कूलाँ गेट लाग्यो रे, सडकाँ टायर नी बल्यो रे जाडोको बेलाँ राती मसाल जुलुसको आगो अनी दिउँसो गोरखकाली टायरको राँको सबले मनग्ये तापे रे साँच्चीकै रमाइलो भयो रे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अवश्यम्भावी आन्दोलन

~शिरिष लामिछाने~ बहुदल,एक्दल संगै राजतन्त्र आए, प्रजातन्त्र आए समाजवाद, साम्यवाद आए जुलुस आए, पुलिस आए बालबच्चा पनि आए युवा,बुढा सबै आए तर गए त केवल पल्लोघरे आमैको कान्छो छोरो

Posted in कविता | Tagged | Leave a comment

कविता : पुनरागमन

~शिरिष लामिछाने~ धेरै पछि आज केही लेख्न खोज्दैछु सुतिरहेको मस्तिष्कलाई फेरी जगाउन खोज्दैछु बग्दैछन् मानसिक तरँग उर्लिएको कर्णालीसरी उभिएको छु यो भूमीमा अटल सगरमाथासरी

Posted in कविता | Tagged | Leave a comment

कविता : उही अभिव्यक्ति, अनिद्राको

~शिरिष लामिछाने~ भेट्न नआएकी निद्रा र घुर्की लाउँदै गरेको भोको पेटको सुरमा म भने, निस्पट्ट अन्धकार अनि एक अचम्मको शून्यताबीच आफ्नो कलम नचाउने प्रयासमा छु कलमले नाचेर

Posted in कविता | Tagged | Leave a comment

कविता : हिउँ, म र अप्रिल फूल

~शिरिष लामिछाने~ झ्यालबाट यसो पर्दा उघारी हेर्दा हिजोदेखीको हिउँ पुरु-पुरु अझै परिरहेको देखेँ ढपक्क हिउँले छोपिएको आफ्नो कालो बाहनमै मैले सेतो अन्नपूर्ण र माछापुच्छ्रे देखेँ। एक साथीको निम्तो आयो “क्रिसमसको भेटघाट छ, घर आइज है” म गएँ र सहभागी भएँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आँखा चिम्लिदा

~शिरिष लामिछाने~ मेचमा बसिरहेको म र बत्तीमा एकोहोरिएका मेरा आँखा एकछिनलाई झिमिक्क हुँदा नियाल्छन् मेरो अतीतलाई र, प्रोजेक्ट गर्छन् फ्ल्याष्ब्याकहरु मेरो मानसपटलमा एउटा फिलिम हेरेझै

Posted in कविता | Tagged | Leave a comment

कविता : प्लास्टिके कुकुर, रात र म

~शिरिष लामिछाने~ निशाले व्याप्त जगतको एक कुनामा एउटा शहर छ जहाँ कयन् घरहरुकाबीच मेरो घरको एक कोठाभित्र म छु,अनी बत्तीको मधुरो प्रकाश छ र छ, टेबुल माथि राखिएको एक कुकुर एक निश्प्राण कुकुर, जसको निर्माण प्लास्टिकद्वारा गरिएको छ। शून्य वाट्को … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मध्यरातको उपज

~शिरिष लामिछाने~ स्थिर छ समय कालो यो रातमा दुई शब्द म कोर्दै छु कलम समाइ हातमा सोध्दै छु आफुलाई छ के मा रमाइलो? निस्पट्ट अन्धकारको शुन्यता या मधुर बिहानीको सुनौलो?

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : नोबेल प्राइज् एन्ड माकुने

~शिरिष लामिछाने~ ओबामाले नोबेल पुरस्कार पाएको सुन्दा रिस पो उठेर आयो चाउरे, लिखुरे,लम्बुलाई छान्ने को? मन भित्रैदेखि कुँडिएर आयो के हाम्रा माकुने कम थिए र? उनलाई वास्तै गर्न नहुने? दुई ठाउँबाट हारेको भन्दै मा एक वचन सोध्नै नहुने? कसैले हेर्या … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : बिक्रीमा राखिएका सपना

~शिरिष लामिछाने~ जसरी न्यूरोडको एक भैय्याले बटुवालाई चना-चटपट र एक गिलास सोडा बेच्छ त्यसरी नै अम्रिकाले प्रत्यक सेकेन्ड मानिसलाई हजारौँ सपनाहरु बेच्छ विद्यार्थीलाई राम्रो कामको व्यापारीलाई राम्रो दामको परिवारलाई ठुलो घरको टुहुरोलाई आडिलो भरको आफ्ना आँखाले देखिने

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~शिरिष लामिछाने~ नयाँ वर्ष, धेरै आशा कयन् प्रतिज्ञा। नयाँ वर्ष, पुरानै किताब तर नवीन पाना।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्नोत्तर

~शिरिष लामिछाने~ “अमेरिका किन आयौ त राम?” एक प्रश्नको अनेक उत्तर राम खोज्दै छ अहिले कहिले भन्छ,”पढ्न आएँ यार” त भन्छ कहिले, “नेपालमै पनि त नपढेको होइन सायद कमाउनै आएँ होला यार।” अमेरिका छिरेको ३ वर्षपछि राम घोरिँदै छ

Posted in कविता | Tagged | Leave a comment

छोक : म

~शिरिष लामिछाने~ म एक प्रेषक र प्रापक पनि चिट्ठी लेख्दैछु आफैलाई मार्टिन लुथर किंगको स्ट्याम्प सेतो खाममा टपक्क टाँसेर स्वतन्त्रताको आह्वान गर्दै

Posted in कविता | Tagged | Leave a comment

Poem : Contemplation…

~Shirish Lamichhane~ Miles away in godforsaken land Wind whistles right in the ear And the trees barely stand I see far into the horizon The twilight of the dusk Just makes me feel grand! Can’t retreat from here

Posted in Poem | Tagged | Leave a comment

कविता : प्रेम सम्वेग

~शिरिष लामिछाने~ फर्कि आयो त्यही ऋतु जुनमा म कामेको थिएँ कठयाङ्रिएका औँलाले तिम्रो तातो चुम्बन थापेको थिएँ जिउभरी उम्रेका काँडा डेरै जमाएर बसेका थिए तिम्रो हातको एक स्पर्षले सबै शर्माएर लुकेका थिए

Posted in कविता | Tagged | Leave a comment

कविता : शैलेश

~शिरिष लामिछाने~ घडीको टिकटिक अनि रातको रमझम विदेशको बसाइँ अनि गाउँको घरजम आफ्नो साइकल घनश्यामको गाडी बैकुन्ठेको रोलेक्स आफ्नो खाली नाडी! रामेकी बुढी आफ्नो रित्तो भुँडी

Posted in कविता | Tagged | Leave a comment

कविता : एकादेशमा…

~शिरिष लामिछाने~ बिहान उठ्ने बित्तिकै पोखराका मान्छेले कञ्चन माछापुछ्रेलाई हेरेझैँ म झुलुक्क उसलाई एक नजर हेर्थेँ माथीदेखी, तलसम्म अनी फेरी तलदेखी माथीसम्म केही नयाँ नदेखेपनि उसको स्वाभाविक आक्रितीलाई हृदयदेखी अँगाल्न पुग्थेँ ७ बर्ष लामो हाम्रो प्रेम दिन-प्रतिदिन गाढिदैँ गएकोमा मेरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

Poem : Crisis

~Shirish Lamichhane~ I turn my TV on And switch my channel to CNN All I hear about is “Debt Ceiling” I look up in my room And get haunted by a creepy feeling! August 2 is round the corner And … Continue reading

Posted in Poem | Tagged | Leave a comment

कविता : बाह्र बज्यो

~शिरिष लामिछाने~   घण्टाघरले फेरी बजायो मध्यरातको घन्टी ट्वाङ् ट्वाङ् आवाज प्रश्टिंदै छ वरपर परपर आवाजले रानीपोखरी छचल्कियो र गर्जियो आकाश बिजुली चम्कीँदाको उजयालोमा उजिलियो रत्नपार्क आफ्नो सर्वाङग देखाउँदै मस्कियी भोटाहिटी र उत्तेजनाको पासोमा कैद भयो जमल। पवित्र प्रेम छ

Posted in कविता | Tagged | Leave a comment