Tag Archives: sangrahalaya

कविता : झुपडी देखीको माया

~दीपेन गर्बुजा~ हाम्रो माया चोखो थियो तर तिमी रहेछौ निष्ठुरी झुपडीमा बस्ने कसम खाएका थियौ आखिर किन बनेउ पर्देसी ? ती बिगतका यादहरुले सताईराख्छ तिमीलाई भुलौ म कसरी ?

Posted in कविता | Tagged | Leave a comment

गीत : केहि चोटले ज्ञानी

~गोपाल योञ्जन~ केहि चोटले ज्ञानी हुन्छ, धेरै चोटले बानि हुन्छ मेरो मन भांच या साँच, मलाई अब जे गरे हुन्छ मान्छेले गर्ने कर्महरु, के ले असल खराब हुन्छ आफ्नो अपजस हातहरुले, जे गर्यो त्यहि खराब हुन्छ डढेको मन बाँकि राख, … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : भाव

~मुक्ता सापकोटा~ खुशी के हो ? सायद म बुझ्दिन या बुझ्न चाहन्न तर पनि त्यस्को अभावको महसुसले सताउछ लाग्छ म मा भावना नै छैन यद्ध्पि स-साना अनि झिना मसीना समस्याको आभासले सताउछ यस्तै यस्तै आभास नै त भावना हुन् तर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमि बिना….

~ज्ञानेन्द्र स्थापित~ तिमि पाउने सपना देख्नु, मेरो लागि पाप भो छातीमा मुटु पोल्छ, जिन्दगी एक श्राप भो | संगै जिउने संगै मर्ने, बाचा धेरै खाए पनि मलाई छोडी तिमि गयौ, सपना सबै सखाप भो |

Posted in गजल | Tagged | Leave a comment

गीत : केहि मिठो बात गर

~काली प्रसाद रिजाल~ केहि मिठो बात गर, रात त्यसै ढल्किंदैछ भरे फेरि एकान्तमा रुनु त छंदैछ २ रमाइलो कुरा गर, सपनाको कुरा गर २ सँग सँगै बिताएको सम्झनाको कुरा गर दु:ख छोड दु:खलाई त जिन्दगानी छँदैछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : राजमार्ग छेउको पसल

~विश्व घिमिरे~ राजमार्गको छेउमा २ पुरिया चाउचाउ १ जर्किन ठर्रा र केही बिस्कुटका पोकाहरु राखेर के आम्दानी होला र कसरी जीवन गुजारा होला भन्ने प्रश्नले मलाई कोट्टाएको धेरै अघिदेखि हो। समयसँगै सबै कुरा थाहा होला नि भन्ने ठान्थें। आफूलाई कौतुहलता … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : धेरै सुतेछौँ अब जाग जाग

~इलामेली टीकाराम दुलाल~ छन्द : ईन्द्रबज्रा आफै हटाऊ ननिका बिचार आफै जगाऊ दिल भित्र प्यार देखाइ बाटो अघि लाग लाग धेरै सुतेछौँ अब जाग जाग ।१। ज्ञानी बनेको छ नि कर्मलेनै बाढेर बाचौँ प्रित मर्मलेनै माया छ ठूलो रिस राग … Continue reading

Posted in छन्द कविता | Tagged | 2 Comments

कथा : आ–आफ्नो धरातल

~शुषमा मानन्धर~ विदा शुरु भैसकेको थियो। परीक्षाअघि लाइब्रेरीवाट ल्याएको किताब बुझाउन कलेज जानु थियो। त्यसैले साथीको प्रतिक्षा गर्दै म घर बाहिर उसैलाई कुरिरहेकी थिएँ। विपरित दिशाबाट गाडीमा आउँदै गरेका उनी म उभिएको ठाउँनिर एकै छिन रोकिएका थिए। उनको खिरिलो व्यक्तित्व, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उस्तै रहन्छ सबथोक

~ठाकुर बेलवासे~ सबै उस्तै रहन्छन् उस्तैउस्तै हिजोजस्तै रहन्छन् बाँच्नुसँग सम्बन्धित सारा वस्तु र मान्छेहरू मृत्युपछि पनि सबथोक उस्तै रहन्छन् मृत्यु नआउञ्जेलको ठूलो त्रास अनि ठूलो भ्रम सधैँको भूकम्प सम्झानासाथ सधैँको निराशा मृत्यु रगतसँग हरपल ओहोरदोहोर गरिरहेको हुँदोरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : यस्तो नहोस

~चकेन्द्र राई “कैदी”~ मायाँमा अडिएको छ दुनिया विश्वासले चलेको छ संसार प्रेमी प्रेमिकामा धोका नहोस। श्रीमान श्रीमतिमा घात प्रतिघात नहोस। सानो भएर पनि सिङ्गै विश्व अट्न सक्छ यो दिलमा सानो तिलिङ्गा रुपी आगोले संसार नजलाओस। हामी टाईटानिकको यात्रु जस्तै….. आफु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : असुरक्षा

~टंक वनेम~ ओजनतह ओर्लेर आँधी निम्त्याई रहेछ आगोका लप्कोहरु जयगान गाइ रहेछन् विध्वंसको घडामा बारुद भरिएर बन्दुक पड्काई रहेछ तोप नारि रहेछ बाइलोजिकल केमिकल र न्यूल्कियरको भट्टीबाट बिनासको दुर्गन्ध उडी रहेछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : चित्रकार बुवा

~डी. वी. पालुङ्वा~ मेरो बुबा असल चित्रकार हुनुहुन्थ्यो र यो कलात्मक चित्र अपेक्षाकृत दर्शन र ब्रम्हाण्डको एउटा कुनामा आफनो खेत इमान्दारिताका साथ खन्दछ र आफनो खेत खन्दा अर्काको सांध नमिचेर एउटा आदर्श किशानको अहम् भूमिका निभाएर मुन्धुम फलाक्ने त्यो चित्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : थोपा–थोपा

~सुविद गुरागाई~ प्रकाशपुरमा जून र जूनको पूर्णता पर्खिरहेका सोझा चन्द्रवंशीहरूबीच कोसीको अर्को किनारबाट उडेर कालो बादल फैलिएको भर्खर हो, खरमयुरलाई जिल्याउँदै अज्ञात दूरीबाट आएको आगन्तुक बादलभित्र आद्र्रताको मात्रा बढी भएको पनि भर्खरै हो, भर्खरै हो नीलो शिरीषको पातबाट एउटा थोपा

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : रातो राम्रो गुलियो मीठो

~दयाकृष्ण राई~ शीर्षकमा उद्धृत गरिएको शव्द अत्यन्तै प्रचलित नेपाली लोकोक्ति हो । तर मलाई कहिल्यै पनि रातो राम्रो लागेन । अहिले नेपाली जनमानसमा रातो रङ्गको चर्चाले सञ्चार जगत तात्तिएको छ । र यो रातो भन्ने शव्दले स्मृतिपट भित्रको धुमिल स्मरणहरूलाई … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : छेक्न पाए पनि हुन्थ्यो

~इन्द्रकूमार श्रेष्ठ ‘सरित्’~ लम्की लम्की आउने रातलाई छेक्न पाए पनि हुन्थ्यो मेरी मायालुलार्इ उजेलीमै देख्न पाए पनि हुन्थ्यो । दिन बित्छ क्षणभरमै तर रात किन लामो हुन्छ छटपटीको कथा मैले जम्मै लेख्न पाए पनि हुन्थ्यो ।

Posted in गजल | Tagged | Leave a comment

कविता : हिड्ने तस्वीरहरू

~यतिराज अजनबी~ यात्राको सिल्शिलामा म एउटा कन्क्रिट जण्गलममा आइपुगेकोछु यो जङगलमा कोब्राहरू छैनन् ँब्वासा, बाघ, हात्तिहरू पनि छैनन् मान्छेहरू त झन हुन सक्ने नै भएनन् यो जंगलमा आइपुग्दा मलाई यस्तो अनुभुत भैरहेछ

Posted in कविता | Tagged | Leave a comment

गजल : दियौ किन

~बिष्णु नन्द चाम्लिंग~ मुटु बस्ने छाती मेरो उधारी दियौ किन सजाएर राखेको थेँ बिगारी दियौ किन तिमीलाई मुटु भरिभरिको माया दिएँ आखिरिमा दिनु सम्म दिग्दारी दियौ किन

Posted in गजल | Tagged | Leave a comment

कथा : झरी र कफी

~रोबिन मानन्धर~ बिहान सबेरै उठ्ने बित्तिकै मैले मेरो प्यारो मित्रलाई खोजें । कोठा बाहिरको बार्दलीमा आएर हेरें, तर उनलाई देख्न सकिन । एकछिन त न्यास्रो लाग्यो किनकी मैले आज बिहानै उठेर मेरो प्यारो मित्रलाई हेर्न पाईन, उनले मलाई कति धेरै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : तिम्रो तश्विर भेटियो

~मनोज काफ्ले ‘मनसुन’~ घामको लालीमा तिम्रो तश्विर भेटियो फुलको डालीमा तिम्रो तश्विर भेटियो । शहरमा पर्चाभेटें तिम्रो मात्र चर्चाभेटें उनका तालीमा तिम्रो तश्विर भेटियो ।

Posted in गजल | Tagged | Leave a comment

गीत : तिमी कुन जमानामा छौ

~कृष्णहरि बराल~ आँफै पो खोज्नु पर्छ जुनी काट्ने आफ्नो साथी घरकाले खोज्छन् भन्छौ तिमी कुन जमानामा छौ आफूले भोग्नुपर्ने दु:ख र सुख सारा अर्काले रोज्छन् भन्छौ तिमी कुन जमानामा छौ अड्डा छन् अदालत छन्

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : रुखमा बस्ने चमेराहरु

~इन्द्रकूमार श्रेष्ठ ‘सरित्’~ हिंडन् बाटा छन् स्पष्ट लक्ष्य छन् प्रष्टै आँट छ, जोश छ, जाँगर छ तर सहज छैन यात्रा यत्रतत्र छन् नदेखिने अप्ठ्याराहरु बगलीमा छूरा राख्नेहरु नै रामनाम ओडेर मूखले गर्छन् राम राम सीताराम । जंघार तर्न नदिन शिखण्डीहरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अचम्मको सम्सार

~दीपेन गर्बुजा~ प्राकृतिक स्रोतले भरिपूर्ण हाम्रो नेपाल सरकार गरीब जनता धनी कस्तो अचम्मको सम्सार ? मेची देखी महाकाली सम्म फैलिएका जनताहरु सरकारी राहतको आशामा छन सरकार भने पहाडमा

Posted in कविता | Tagged | Leave a comment

कथा : मित्रताको आयु

~भगवती वस्नेत ~ ‘लक कार्गील’ लागेको थियो । कार्गिलमा पाकिस्तानी सैनिकहरुसंग भएको सीमा संघर्षमा आधारित भारतीय राष्ट्रवादी चलचित्र । गोर्खा राइफलले बगाएका रगतका कथाहरु र तिनले देखाएको बहादुरीका धेरै दृश्यहरु पनि थिए त्यहाँ । त्यसैले पनि होला यो भेगमा यसले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र कथा : भ्यालेन्टाइन डेको शुभकामना

~चकेन्द्र राई “कैदी”~ मायामा अडिएको छ दुनियाँ । विश्वासले चलेको छ संसार ।। प्रेमी प्रेमिकामा धोका नहोस । श्रीमान् श्रीमतीमा घात प्रतिघात नहोस ।। प्राण प्यारी, भ्यालेन्टाइन डेको लाखौं लाख शुभकामनाहरु बर्षौं भएछ, तिमीले मलाई भ्यालेन्टाइन डेको उपहार दिएको ।जति … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कविता : रङ्गीन छाँयाँ

~शिरिष पराजुली~ आमा, तिम्रो छाँयाँमा परेपछि मैले अरू कृत्रिम छाँया बिर्सेर तिम्रै न्यानो काखमा आफ्नो छाँयाँ बिसाएँ अनि बिर्से मैले ति पूराना छाँयाँहरू तिम्रो ममताको कारूणिक छाँयाँमा । मेरो सानो छँदाको छायाँ सायद बढेर ठूलो भयो तर

Posted in कविता | Tagged | Leave a comment

कथा : जिन्दगीको सम्झौतामा अभागी गीटार

~तिपाहाङ्ग फियाक~ विद्यालयमा अपहेलित आइन्सटाइनको कथा नसुनाऊ हामीलाई ती कथाले हाम्रा गीतहरु सृजना हुँदैनन्। न त गीटारको धुन नै समात्छन्। आइन्सटाइन जसले सबैले मानेका मान्यता “म मान्दिन” भन्ने आँट गर्‍र्यो। तिमीहरुले आफ्नो हिसाबले विरोध गर्‍यौ। तर ऊ सिरक ओढी सुति बसेन। ऊ तिम्रो मान्यता स्वीकार नगर्नुको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मगर कविता : म्याकार होइन्ग डेले नाकोकी

~गणेश पुर्बछाने मगर~ म्याकार होइन्ग डेले नाकोकी म्याक्की न माह्योका मिगीनौ नाकुंग तस्बिर कि डोनार लोम्कैन्ग डेले लोम्काकी न माह्योका हुर्की पाले न्गा मिक्ड़ी झालार मिगीनौ पिर ब्यथाकी

Posted in मगर कविता | Tagged | Leave a comment

गजल : तिमी पानी नसम्झ

~इन्द्रकूमार श्रेष्ठ ‘सरित्’~ आँसु बहेको छ मेरो तिमी पानी नसम्झ मनको व्यथालाई भो तिमी कहानी नसम्झ । मैले पनि जुनजस्तै हाँस्न खोजेकै लिएं रुवायो नियतिले यसलाई बानी नसम्झ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : अवसान

~समृद्धि ‘शायद’ ~ साथीहरु सोध्छन्”खै! नयाँ केही” जवाफमा एक जोर ओठहरु तन्काउछु । “किन?यस्तो आजभोलि” प्रश्नहरुको ओइरो खेप्न नसक्दा प्रश्नहरुको ओइरो खेप्न नसक्दा, फुत्त शब्द निस्कनछ , “अवसान” “कस्तो नि !”-ठिमाहाहरुको प्रश्न । कस्तो-कस्तो मलाई नै थाहा भएन । बैंशमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : बिना निम्तो, रातहरुले बल्झाउँछन् पीडाहरु

~लारा राई~ सधैं ब्यस्त हुन रुचाउने मष्तिष्क- जब बिथोलिन्छन्, मन बैचन हुन्छ । यस्तो बेला प्रायः गजल सुन्न रुचाउँथें । या पुराना गितहरु । समयसँगै मान्छेका रुचिहरुमा ब्यापक परिवर्तन आउँदो रहेछ । हिजोआज-बैचन मनसँगै रातको निस्तब्धतालाई भंग गर्न, मैले या … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

सूर्यविक्रम याक्खाका बाह्र हाइकुहरु

~सूर्यविक्रम याक्खा~ क) सुसेली हाली सुस्केरा लगाऊ छौ , चैतको वेला ! ख) गुञ्जीयो वन र्रुइरहे न्याउली , गुधुली साँझ !

Posted in हाइकु | Tagged | Leave a comment

गजल : माया लायौ किन ?

~सञ्जय भट्टराई~ टुटाउनु नै थियो मेरो मुटु, त माया लायौ किन, सातै जुनि तिम्रै हुन्छु भन्थेउ छाडी आज गयौ किन ? जाली रहिछेउ तिमी, फसाएउ मायाजालमा, तोड्नुनै थियो वाचा सारा झुठा कसम खायौ किन ? सातै जुनि …

Posted in गजल | Tagged | Leave a comment