Tag Archives: रिजाल किरण ‘अन्जान’ – Rijal Kiran ‘Anjan’

व्यङ्ग्य कविता : हाम्री होलीलाई स्वागत

~रिजाल किरण “अन्जान”~ घर दैलोमा नाच्दै होली आएकिछिन् यिनलाई हामीले राम्ररी स्वागत गर्नु पर्छ राम्रो सगँ मेजमानी गर्नु पर्छ सके रानी बनाएर भित्र्याउनु पर्छ नसके ठररा बोतलका बोतल नुहाएर स्वागत गर्नु पर्छ त्यतिले पनि नपुगे गनाउने नाला माथि लमतन्न बनेर … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छन्द कविता : दशै नजिक

~रिजाल किरण “अन्जान”~ छन्द : उपजाति दाह्राहरुमा अब धार लाग्ला पक्कै अनेकौ कति मिष्ट पाक्ला चिच्याउँदै त्यो घर आगनीमा विहान साझै कति कान खाला ।। बन्ला अनेकौं परिकार चट्ट

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : सच्चा सुत कहलाइ

~रिजाल किरण~ छन्द : दोहा अनुहार जति भद्र रह्यो भित्र भित्र छलछाम बकबास बेसि नगर है हे विदेशी गुलाम मीठा मीठा बातको अब हुने छैन काम हामी लोक झुक्याउने कदापी त्यो नठान । देश द्रोहको काम यो छोड्देउ गर्न लाई

Posted in छन्द कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : जता हेर्छु मैले बबन्डर

~रिजाल किरण~ बहर : मुतकारिब मुसम्मन सालिम जता हेर्छु मैले बबन्डर बबन्डर कतै शान्ति छैन पिएकोछु हन्डर । बनेको छ प्यासा यहाँ आफ्नो आफै खोजी दाउ हान्ने लुकेकोछ खन्जर ।

Posted in गजल | Tagged | Leave a comment

छन्दबद्ध गजल : दिनदिनै भट्टी छिरेपछी

~रिजाल किरण~ छन्द : सत्पिक तान्छु मै दिनदिनै भट्टी छिरेपछी बन्छ आट सजिलै भट्टी छिरेपछी । जिन्दगी रङ हुने कैले हुने हरे हल्लिदो छ गतिलै भट्टी छिरेपछी ।

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : उम्लिएको छ हाम्रो खुन

~रिजाल किरण~ छन्द : अनुष्टुप उम्लेको दूध झै पो छ पोखेला क्षणमा कहि ठूला ठूला गफै मात्र भयो यहाँ सधै बढी त्यो आँखा मात्र पल्टाइ तुक्का उकानको भर काटेको अङ्ग आमाको जोडिन्छ भन्नु के छर ।।

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : नदुखेको कपाल यो

~रिजाल किरण~ छन्द : अनुष्टुप नदुखेको कपाल यो किन आज दुखी गयो जिउँ ज्यान हजारौं को किन आज चुडी लग्यो उम्लेको यो प्रकोपैले जन जीवन अस्त छ मान्छे का बीच मान्छे मै कस्तो विधि त्रस्त छ ।। महगो महगो मुल्य … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्दबद्ध गजल : मन रहेछ जिन्दगी

~रिजाल किरण~ छन्द : प्रियंवदा धनसगै मन रहेछ जिन्दगी गनगने पन रहेछ जिन्दगी । नगदको बमन चाल पाउँदा नुहिनु नै झन रहेछ जिन्दगी ।

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : छिमेक कस्तो

~रिजाल किरण~ बहर : मुतकारिब मक्बुज असलम बिखालु काडाँ बनेर डस्ने छिमेक कस्तो मिलेर बस्दा जलेर मर्ने छिमेक कस्तो । पहाड पाखा तराई हाम्रो सुगन्ध माटो सुगेर घाटी घटुक्क निल्ने छिमेक कस्तो ।

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : स्वदेश घाती

~रिजाल किरण~ छन्द : उपजाति लुछे सिनो झै यस मातृभूमि पिए निचोरी सब मातृभूमि हजार राजा कति धान्नु पर्ने सेवा उनैको गरि बस्नुपर्ने ।। बन्यो अचेतै गणतन्त्र आज

Posted in कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : कुरा छल्किदैछ

~रिजाल किरण~ छन्द : बहरे खफिफ आज मेरो मनमा कुरा छल्किदैछ । सम्झना त्यो काडाँ बनी तड्पिदैछ । निष्ठुरीको ढुङ्गा समान मुटुले यो चोट तीखो छाती भरी बर्सिदैछ ।

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : स्वदेशमा

~रिजाल किरण~ छन्द : अनुष्टुप कैले हावा हुरी कैले ,चलेकै छ स्वदेशमा साना ठूला कुराले नै,गाजेकै छ स्वदेशमा । कुर्लेकाछन् सधै ठालु ,ताउ दिदै विकासको पिएकैछौ अझै पीडा , ठाउँ दिदै निकासको।। कुरो मात्र सधैं ठूला ,प्रगतिमा छ शून्यता कुर्सी … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : उल्टै बढेर

~रिजाल किरण~ छन्द : सामु दर्द पीडा कहाँ घट्यो ,उल्टै बढेर झर्नु नै थ्यो खुरुखुरु ,थोपा बगेर । याद चर्को घरीघरी बन्दिन्छ सारो निष्ठुरीले परै परै ,बस्ने गरेर ।

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : झार्ला कि गाडी

~रिजाल किरण~ छन्द : तिल्जे मनका वहावै ,फैलेर साथी कसरी बताऊ ,चर्किन्छ छाती । अवतार उन्को ,मान्थ्यौ नि बिष्णु कहिले नमेट्ने,छापो छ बाकी ।

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : म राज तन्त्र देशको

~रिजाल किरण~ छन्द : प्रमाणिका छ अन्धकार ब्यापक मडारिदै छ आफत । निखार लौन ईश्वर बनेर केहि तागत ।। झरी बनेर बग्दछन् ब्यथा सहेर चल्दछन् ।

Posted in छन्द कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : म हाँसी रहेछु

~रिजाल किरण~ बहर : मुतकारिब मुसम्मन सालिम कयौं चोट खेपी ,म हाँसी रहेछु सधै घाउ सेकि ,म हाँसी रहेछु । अहोरात मेरा डुबेको नयन यी छुपाएर केही म हाँसी रहेछु ।

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : कटारी पो लुकायो कि

~रिजाल किरण~ बहर : हजज मुसम्मन सालिम कसैले यो हिया छेवै कटारी पो लुकायो कि । नयाँ नौलो दुखी हरदम उसैले पो सतायो कि । जता हेर्‍यो उतै लाली झुले मुस्कान छाएर मनैमा त्यो हुरी ठूलो उनैले पो चलायो कि … Continue reading

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : प्रगतिपथ

~रिजाल किरण~ छन्द : द्रुतविलम्वित प्रगतिका पथमा रथ चल्नु छ सुख र शान्ति यहीँ अब रम्नु छ । मयल यो मनको जब माझ्दछौ श्रम र सीप गरी तब हाँस्दछौ ।। लगन चित्त बनी जब लाग्दछौ

Posted in छन्द कविता | Tagged | Leave a comment