Tag Archives: रमेश भट्टराई ‘सहृदयी’ – Ramesh Bhattarai ‘Sahridayi’

कविता : करुणा, अहिंसा र प्राणी अधिकार

~रमेश भट्टराई ‘सहृदयी’~ १. यो पृथ्वी कसैको जिजुबाको दाइजो भए लाखौँ निरीह जीवसँग कर उठाइन्थ्यो होला तिम्रो सर्वश्रेष्ठताको माप के हो मान्छे ? अहिंसा परमो धर्म ठूलो या जिब्राको तृष्णामा मांसाहार ? विज्ञानलाई सोध… बुद्धलाई सोध…. तिम्रो र तिनको शारीरिक … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : उस्ता–उस्तै यहाँ

~रमेश भट्टराई ‘सहृदयी’~ बाहिर स्याल तर भित्र सिंह गर्जन उस्ता–उस्तै यहाँ मखुण्डोमा देउता देख्छु तर दानवीय रुप दुरुस्तै यहाँ रित्तिएको पुख्र्यौली थोत्रो भाँडोको भिखले नपुगेपछि जुर्मुराए बुख्याँचाहरू निरीह रगत चुस्दा–चुस्दै यहाँ

Posted in गजल | Tagged | Leave a comment

गजल : कालोधनले चल्छ राजनीति

~रमेश भट्टराई ‘सहृदयी’~ विकासे भाषण, स्वार्थी जलप कालोधनले चल्छ राजनीति पाइन, पैसा, पावरले सोझाकै पसिनामा फल्छ राजनीति चुनावमा असम्भव केही हुन्न, सबै जनता चिन्छन् नेताजी जिते बिर्सिन्छन्, हारे कुर्लिन्छन्, प्रतिशोधसँगै जल्छ राजनीति

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : राहत

~रमेश भट्टराई ‘सहृदयी’~ च्याँसेलाई यसपालिको दशैँमा पनि मासुभात मजाले खान पाइएला भन्ने आशा छैन । सात वर्ष अघि नै ऊ सातौँ महिनाको हुँदा आमाको मायालाई दैवले चुँडेपछि उसको बाबु सुर्के माइलाले काममा सँगै लान्थ्यो । एक छेउमा एक्लै खेलेर बस्ने … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : शान्तिको नाममा

~रमेश भट्टराई ‘सहृदयी’~ लुछाचुँडी महायुद्ध चलिरन्छ शान्तिको नामले सोझाहरुकै दागबत्ती बलिरन्छ शान्तिको नामले । गाँस टिपी सानो झुप्रो सजाउने स्वप्ना बोक्दा साँचो मान्छे निसानामा ढलिरन्छ शान्तिको नामले ।

Posted in गजल | Tagged | Leave a comment

गजल : बुद्धको हार छ आज

~रमेश भट्टराई ‘सहृदयी’~ रक्तनृत्य विरोधी शान्ति दूत बुद्धको हार छ आज हिटलरको रक्त होलीलाई कत्रो सत्कार छ आज पिपले खेतलाई मिलेर सधैं कुलो खन्थे छिमेकीहरू दलित बाहुन्, बाहुन् दलित विरोधी दुई धार छ आज

Posted in गजल | Tagged | Leave a comment

स्थान परिचय : पर्वतले कसेको गाँठो

~रमेश भट्टराई ‘सहृदयी’~ तपस्वीको तपस्थल, ज्ञानीको ज्ञानभूमि, प्रकृतिप्रेमी कविको भाव अङ्कुरित क्षेत्र, विज्ञानको अनुसन्धान पृष्ठभूमि, रोगीको ओखती भण्डार पर्वत मालाले नेपाली सौन्दर्य गाथालाई स्वाभिमानसँगै एकाकार गरेको छ । भूबनोटको पृथक कलासङ्गम नेपालभूमिका पर्वत लहरमा अर्थतन्त्रको जग छ । श्रद्धा र … Continue reading →

Posted in स्थान परिचय | Tagged | Leave a comment

निबन्ध : काठमाडौँमा जीवन

~रमेश भट्टराई ‘सहृदयी’~ संस्कृत शब्दको “काष्ठमण्डप” को अपभ्रंशबाट बनेको काठमाडौँ शब्दलाई नेपालको राजधानीको रुपमा चिनिन्छ । जीवनदर्शनको खोजीमा सबै लालची बन्छन् नै । जीवन के हो ? कहाँको जीवन र कस्तो जीवन सुखदायी बन्छ ? यी त्रिकालदर्शी मुनी पनि जान्न … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : म कहाँ भेट्न सक्छु

~रमेश भट्टराई ‘सहृदयी’~ त्यो क्षितिजले प्रेम बोल्छ म कहाँ भेट्न सक्छु एकपछि पीडा अर्को न त म घचेट्न सक्छु जिन्दगी दौड यो भिरको साँघुरो गोरेटोमा लाग्छ ईश्वरीय जाँचमा छु न लखेट्न सक्छु

Posted in गजल | Tagged | Leave a comment