Tag Archives: रमेश भट्टराई ‘सहृदयी’ – Ramesh Bhattarai ‘Sahridayi’

छन्द कविता : आमा

~रमेश भट्टराई ‘सहृदयी’~ छन्द : शिखरिणी तिमी आमा मेरी हृदयतलकी मालिक धनी पिलायौ धारा दुग्ध समन गरी सङ्कट पनि गुथायौ जाडामा जब थरर काँप्दो तन हुँदा तिमी छोड्थ्यौ गाँसै मकन बबुरो बालक रुँदा । १ । अरे संसारैले भनन जननी … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : कोरोना र दम्भ

~रमेश भट्टराई ‘सहृदयी’~ छन्द : शार्दुलविक्रीडित लोभै हो मनको र दम्भ तनको बोकेर हिँड्छौ कति आए ती र गए सबै जन यहाँ छोडेर त्यो सम्पति आयो सङ्कट लौ भयङ्कर यहाँ बाँच्नै छ ठूलो कुरा दाह्रा धस्न सिपालु राहत सबै चाल्छन् … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : नयन अश्रु दाग लुकाइ

~रमेश भट्टराई ‘सहृदयी’~ नयन अश्रु दाग लुकाइ हाँसो बाहिरी देखाएर भाग्य रेखा टुक्रिएको जीवन गीतलाई लेखाएर सोध्छन् साथी ‘के छ खबर ?’ भन्छु, राम्रो चलिरा’छ

Posted in गजल | Tagged | Leave a comment

गजल : हरेक युगले केही

~रमेश भट्टराई ‘सहृदयी’~ हरेक युगले केही न केही खोट बोकेर हिँड्छ कोही उक्सिन्छ तर निर्धोले चोट रोकेर हिँड्छ बदलिन्छ शहर, मान्छे रहर लिसो चाहनाको न पुरिन्छ इच्छा उही खोटो लेखोट टोकेर हिँड्छ

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : डढेको संस्कार

~रमेश भट्टराई ‘सहृदयी’~ छन्द : शार्दुलविक्रीडित झिल्काले घर नै डढेर यसरी आगो र हावाहुरी ईष्र्याले रिसमा जलेर त्यसरी चल्दैन माया लुटी अर्काको घर भाँड भन्छ जसले के नीति धर्मै रहे के ठान्छौ कति बाँच्छु लाग्छ मनमा यो श्वास निस्की गए … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

समीक्षात्मक लेख : शुद्धता र मातृभाषा रक्षा : भाषिक आन्दोलन २

~रमेश भट्टराई ‘सहृदयी’~ भाषिक रक्षामा उदारवादी सोच नेपाली भाषामा असचेत भाषिक मिश्रण तथा मातृभाषाको दोहनसँगै नेपालले मौलिकता र पहिचानलाई माटामा मिलाउँदै छ । आज विकासोन्मुख अवस्थामा भएकाले कमाइतर्फ ध्यान हुनु स्वाभाविक हो तर इतिहासलाई हेर्दा सम्पन्न मुलुकले भौतिक सम्पन्नताबाट असन्तुष्ट … Continue reading

Posted in लेख, समीक्षा | Tagged | Leave a comment

समीक्षात्मक लेख : नेपाली शुद्धीकरण र मातृभाषा रक्षा : भाषिक आन्दोलन १

~रमेश भट्टराई ‘सहृदयी’~ अङ्ग्रेजी भाषाको विरोध हैन– मात्र सचेतना अब नेपालमा भाषिक आन्दोलनको नवीन प्रवृत्तिको खाँचो महसुस भएको छ । तथाकथित सभ्य भनिएको समाज र शिक्षा आर्जन गरी भविष्यको सपना तुन्नेको खोक्रो रवाफ बोक्दा नेपाली भाषा र मातृभाषाको प्रयोग गर्न … Continue reading

Posted in लेख, समीक्षा | Tagged | Leave a comment

कथा : मृत्यु उत्सव

~रमेश भट्टराई ‘सहृदयी’~ “छोरा तँ किन सधैँ निन्याउरो देखिन्छस् ?” रघुकी आमाले दिक्क मान्दै रघुलाई मनको वह पोख्नुभयो । रघुको चेहरामा शङ्का, आक्रोश र एकोहो¥याइँदो भावको दुखद् मिश्रण छ । घरको सिकुवामा गुन्द्रीमा बसेर अगाडिका बाख्राको पाठो नाचेको देखेर ऊ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : घुरेन

~रमेश भट्टराई ‘सहृदयी’~ पिँढी बढारेर मेरी आमाले घुरेनमा मात्र कसिङ्गर फाल्नुहुन्थ्यो हिउँदमा बारीले मुला मौलाउँथ्यो मल बोकेका दिन ननुहाए अपवित्र हुने कुरा थाहा छ म गुम्छु आज प्याच्च थुकिएको घुरेनझैं

Posted in कविता | Tagged | Leave a comment

गजल : नारीलाई सलाम अनि सम्मान

~रमेश भट्टराई ‘सहृदयी’~ ढाक्छ्यौ आधा आकाश नारीलाई सलाम अनि सम्मान आमा, दिदी, बहिनी नारी नै हुन्– कति गर्छौ अपमान ? युग चल्ने आधार, सृष्टि सार सर्वश्व सशक्तिकृत घर, सदन, सहर त्यो सरकारमा खै कति सान ?

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो शुभकामना

~रमेश भट्टराई ‘सहृदयी’~ चैतेदशैँ रामकृपासँगै रामराज्यको कल्पना, आदर्श भावना नयाँवर्ष २०७६ मा मेरो शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना यहाँको सद्विचार फलोस्, सद्कर्ममा सफलताको चाहना हरेक पल हरेक स्वासमा शान्ति मिलोस्- मेरो शुभकामना । हिजो बित्यो आज हाम्रो आजकै युग विकास … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : ढकमक्क फूल्यो गुराँस

~रमेश भट्टराई ‘सहृदयी’~ ढकमक्क फूल्यो गुराँस त्यो पारीको वनमा माया गहिरो सान्नानीको तर राख्ने मनमा खोला पारी न्याउली बास्ने खोलावारी कोइली डाकिरह्यो अँधेरीले हुन्न शान्ति तनमा

Posted in गजल | Tagged | Leave a comment

कविता : नकावधारी मान्छे

~रमेश भट्टराई ‘सहृदयी’~ तिमीले मलाई सोचे जति….. भगवान्को सुमीरण गर्‍या भए तिम्रो मोक्षको ढोका खुल्थ्यो सायद म तिम्रो शुभ चिन्तक तिमी मनभित्र कुँडिन्छौ पोखिएका क्रोधी नजर नकाव र मान्छेमा अलमल्ल भयो

Posted in कविता | Tagged | Leave a comment

गजल : बगेरै समुद्र भयो

~रमेश भट्टराई ‘सहृदयी’~ पिउन सकिन आँसु मैले बगेरै समुद्र भयो जिउन सकिन म घायल खुट्टा यसै भाँच्चिरह्यो म मान्छे र कुमान्छेमा मान्छेकै रूप खोज्थेँ, पाइन न मान्छे न सुमान्छे आखिर आशा यसै टुट्दै गयो

Posted in गजल | Tagged | Leave a comment

कविता : मान्छे हाम्फाल्ने खाल्डो

~रमेश भट्टराई ‘सहृदयी’~ गोरखा छोड्ने दूरदर्शी पृथ्वीनारायण खाल्डोमा चातुर्य देख्थे क्यार तलैया माटोमा ठडिएका अनन्य सपना मानौँ घना जङ्गलको निष्पट्टता चाहँदैन बस्न तर बाध्यता गाउँको पाखो बारी बँझ्याएर खाल्डोमा ओइरिएका तमाम विम्बमा सुनौला सपना अनेकौँ तर्कना

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : बाहुनी बज्यैको हातै लच्छिनको

~रमेश भट्टराई ‘सहृदयी’~ घर मूलबाटैको छेउमा । उकालोबाटो सकिएपछिको एउटा बिसौनी बन्ने लक्षित घर । घाम डुबेपछि दुई चारजना भरियाले बास माग्न आउँदा हजुरआमाले सहजै बास बस्न दिनुहुन्थ्यो । मजाले घरमा पाकेको जेजस्तो भोजन छ त्यो खान पनि पाउँथे । … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : मझधारमा मगन्ता

~रमेश भट्टराई ‘सहृदयी’~ एकाबिहानै कलङ्कीको एउटा लामो जाममा अल्झिएँ । कलेज जाने ठिटाठिटीको अट्टहास र छाडा जिस्क्याइ । भरियाको भारी र व्यस्त मान्छेको तँछाडमछाड । दगुरादगुर लाग्ने अनेकौँ प्रकृतिका जिन्दगीहरू । म भने जामको तामझाम मात्रै नियालेर लठ्ठ । झ्याल … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : मातृभाषालाई अब कसले जोगाउँछ ?

~रमेश भट्टराई ‘सहृदयी’~ ‘मलाई मेरो भाषा जानेर के फाइदा ? मैले जागिर पाउँछु र ?’ एक जना घनिष्ट मित्रले कुरैकुरामा भन्नुभयो । मैले भनेँ अब तपाईँले बोल्ने भाषालाई मैले बोल्न कोसिस गरौँ भने मलाई वर्षौँ सिकेर पनि तपाईँको जति ज्ञान … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : पश्चातापबाट प्राप्ति

~रमेश भट्टराई ‘सहृदयी’~ गोपाल विद्यालयको सबैभन्दा कमजोर विद्यार्थी थियो । परीक्षामा सधैँजसो गाली र सजायको ठेक्का बोकेको उसमा सबैको नजर पर्थ्यो । जसरी जान्ने विद्यार्थीमा माया बर्सिन्छ त्यसै गरी पढाइमा कमजोर भएको उसमा पनि प्रायः शिक्षक लगायत घर परिवारको उत्तिकै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : स्वच्छन्द कुनै सरकार हुँदैन

~रमेश भट्टराई ‘सहृदयी’~ बदलिन्छ युग तर स्वच्छन्द कुनै सरकार हुँदैन कहिन्न कहर विपन्न वेदनामा घरबार हुँदैन दूरदराजका जलन, अचेतन कुचिन्तन, गन्थन मर्छ मान्छे, घाउले विह्वल भै विचरा स्याहार हुँदैन

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : सेतो कोट

~रमेश भट्टराई ‘सहृदयी’~ मेरी छोरी सेतो कोट देख्दा डराउँछिन् । मलाई पनि तर्साउने जस्तो लाग्छ । हो, उही रूपमा बगेको छ खोलो । ढ्याङ्ग्रो बजाएर जोखाना राख्ने सोच अन्धविश्वास हो कि टाउको दुख्दा पेट दुखेको औषधी टक््रयाएर फेरि निको नभइ … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : फेसन

~रमेश भट्टराई ‘सहृदयी’~ हेर्नास्, सोझो औँलाले घिउ आउँदैन । बाङ्गो पार्दा पनि जाडो मौसममा त जमेको जम्यै गर्छ । विषय घुमाउरो र सज्जनको विरोधाभास हो । खै, केमा हो भन्दा पश्चिमा प्रवृत्ति नै भनौँ । मिसाइल परीक्षण कुनै हाम्रा पुर्खाका … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : चम्किँदामा सुन्दर लाग्छ

~रमेश भट्टराई ‘सहृदयी’~ अँधेरीमा जून राम्रो चम्किँदामा सुन्दर लाग्छ पँधेरीमा धून राम्रो घन्किँदा मन शोभा जाग्छ सानी मायालु लजाउँदै गाउँबेँसी गर्छिन् सधैँ चौतारीको ढुङ्गे धाराले सौन्दर्यको भिख माग्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : पैसा देख्छ मान्छे

~रमेश भट्टराई ‘सहृदयी’~ मात्र पैसा देख्छ मान्छे माया एउटा लेख्छ मान्छे बोकी टेन्सन सधैँ जसो बोझ शिरमा थेग्छ मान्छे

Posted in गजल | Tagged | Leave a comment

गजल : म कहाँ भेट्न सक्छु

~रमेश भट्टराई ‘सहृदयी’~ त्यो क्षितिजले प्रेम बोल्छ म कहाँ भेट्न सक्छु एकपछि पीडा अर्को न त म घचेट्न सक्छु जिन्दगी दौड यो भिरको साँघुरो गोरेटोमा लाग्छ ईश्वरीय जाँचमा छु न लखेट्न सक्छु

Posted in गजल | Tagged | Leave a comment

गजल : चक्र जस्तै घुम्दो रै’छ

~रमेश भट्टराई ‘सहृदयी’~ खेल कस्तो दुनिया यो चक्र जस्तै घुम्दो रै’छ शैली ढुङ्गेयुगकै खै मानवता गुम्दो रै’छ बालापन सिक्यो बढ्यो प्रेम भाव आमाप्रिय जवानीको मात चढ्दा घमण्डले चुम्दो रै’छ

Posted in गजल | Tagged | Leave a comment

कविता : असारे जीवन

~रमेश भट्टराई ‘सहृदयी’~ मानोलाई खाई उब्जाऊँ मुरी किसान भन्दछन् असारभर पसिना बगाई मङ्सिरलाई गन्दछन् झ्याउँकिरी बास्यो खेतालो नाच्यो भ्यागुतो करायो लौ मेलो छोडौँ बालबच्चा रोए उज्यालो हरायो

Posted in कविता | Tagged | Leave a comment

गजल : होड छ समाजमा

~रमेश भट्टराई ‘सहृदयी’~ अरु होच्याई महान् आफू बन्नेको होड छ समाजमा ठहर्याई दोषी खोइरो खन्नेको होड छ समाजमा । जान्न अवगुण आफ्नो नजिकका विरोधी खोजे पुग्छ देख्दा दुर्गति गाँस रुच्छ भन्नेको होड छ समाजमा ।

Posted in गजल | Tagged | Leave a comment

गजल : कुतै तिर्न गाह्रो

~रमेश भट्टराई ‘सहृदयी’~ बस्ने गाउँमा बाआमा खेत अर्कैको बरा ! कुतै तिर्न गाह्रो छिरेँ सहर, दुःख सम्झी त्यो घर यो मन वह चिर्न गाह्रो थोत्रो घर छ, उता कटेरोका चित्रा फाटे, बला मक्काए रे न छोडूँ सहर न तोडूँ रहर … Continue reading

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : बधशालाको सहिद

~रमेश भट्टराई ‘सहृदयी’~ एकजना एक्काइसौँ शताब्दीका सुटेकबुटेक मान्छेको मुखमा मासुको सानो टुक्रा अड्किएकाले, निकाल्नु परेकाले हस्पिटलमा जाँदा लाइनै बस्नु परेनछ । उनको कोट कालो थियो । ठूलो मान्छे सोचेर बेग्लै सम्मान भएको रहेछ, मान्छेको लामो भीडका बिचबाट १५० किलोको माला … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : जुत्तामाला दिन्छ कली

~रमेश भट्टराई ‘सहृदयी’~ पुष्प माला दिनेलाई जुत्तामाला दिन्छ कली आशीर्वाद अर्तीलाई उल्ट्याएर लिन्छ कली रण्डीबाजी, जुवा, तास, मद्यपान मोज हो रे कप्टी पाखण्डीलाई सम्मान दिँदै हिन्छ कली

Posted in गजल | Tagged | Leave a comment

कविता : जीवित अभिभावकको टुहुरो म

~रमेश भट्टराई ‘सहृदयी’~ १. मेरा बाबा आमाको प्रेमिल अनन्य सपनासँग म पहिलो भविष्यको कल्पना सागर…. कैयौँ रात म गृहकार्यका पानासँगै मेरो भाग्य रेखाका गन्थन सुन्थेँ म मुक थिएँ सायदै तर, मेरा मगजले बेलवज तर्कना पस्किरहन्थे

Posted in कविता | Tagged | Leave a comment