Tag Archives: पारिजात – Parijat

कथा : नैकापे सर्किनी

~पारिजात~ यो तीन महिनाभरिमा मैले अध्ययन गरेको उसको जीवनमा- कति नीरस, कति पट्याइलाग्दो ? ऊ त्यो त्यही नैकापे सर्किनीको जीवन मरूभूमिको दुस्कर यात्रा जस्तो जीवन, अझ त्यो भन्दा कठिन । मरूभूमिमा त कम भन्दा कम कतै ‘ओएसिस’ हुन्छ भन्ने आशा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कथा लेख्न गाह्रो छ

~पारिजात~ एउटा फुच्चे धेरैबेर मेरो अघि बसेर गुलेली बनाउँने प्रयास गरिरहन्छ । अनि म झल्याँस्स संझन्छु-बर्ष७, पूर्णकैँ २२ उत्साहको एउटा कथा पढ्न बाँकीछ -मोहनराज शर्माको गुलेलीघर । हत्तपत्त पत्रिका निकालेर कथा पढ्न थाल्छु । यसै पनि नाउँ चलेको लेखक । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वर्षा ऋतु

~परिजात~ अरूको हर्ष र विस्मात् कुनैलाई पनि एकैचोटि सोधिहाल्ने । भनौं, फरासिलो स्वभाव कहिल्यै रहेन आफ्नो त्यसैले यस अनाम घँसिनीलाई केही सोधिनँ । सोधौं पनि के ? बाँझो छोपिएको खेतमा कुनामा सयपत्री र हलीहकको झ्याङ उता केही दिनदेखि एउटा आकृतिलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

भलाकुसारी : वास्तविकताहरुको सहज र यथार्थ चित्रण गर्न डराउनु हुन्न

~प्रस्तुती : शरद प्रधान सुश्री पारिजात नेपाली साहित्यिक वाङ्मयको निम्ति कुनै नौलो व्यक्तित्व होइन । विगत तीन दशकदेखि अनवरत साहित्य सेवा गर्दै आउने सृजनशील जिजीविषाको नाम हो, पारिजात । जीवन र मृत्युको दोसाँधमा उभिएर संघर्षरत भई जीवनका विभिन्न पक्षलाई अवलोकन … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

कविता : एउटी स्वास्नीमान्छेको अन्तरवार्ता

~पारिजात~ ज्यू, काम गरेकोमात्र थाहा छ दुःख पाएको मात्र थाहा छ फाटेको चोलो र जडाउरी गुनिउँ लगाएकोमात्र थाहा छ जोबन सोध्नु भएको ? त्यो त हजुर आएको गएकै थाहा छैन । खै, जान्ने सुन्नेले भनेको मेरो जोबन त जिम्मुवालको ऊ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : कथा लेख्न गाह्रो छ

~पारिजात~ एउटा फुच्चे धेरैबेर मेरो अघि बसेर गुलेली बनाउँने प्रयास गरिरहन्छ । अनि म झल्याँस्स संझन्छु–बर्ष७, पूर्णाँक २२ उत्साह को एउटा कथा पढ्न बाँकीछ –मोहनराज शर्माको गुलेलीघर । हत्तपत्त पत्रिका निकालेर कथा पढ्न थाल्छु । यसै पनि नाउँ चलेको लेखक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता सङ्ग्रह : गणतन्त्रको खेती: आन्दोलन कविता २०६३

जनआन्दोलन २०६२-२०६३ मा सहादत प्राप्त गर्नु भएका सबै ज्ञात-अज्ञात सहीदहरूमा ससम्मान समर्पण गणतन्त्रको खेती: आन्दोलन कविता २०६३ – भाग – १ संयोजक नेपालीकविता डट कमको लागि विक्रम सुब्बा

Posted in कविता सङ्ग्रह | Tagged , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , | Leave a comment

Translated Poem : Living : A Victory

~Parijat~ Translation : Rajkumar Baral Standing upon the termite-infested earth all claims for my love and land shall prove a boomeranging irony and exaggeration upon myself! How shall I express dissent upon myself for not aspiring for a piece of … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : लाहुरेलाई एक रोगी प्रेमिकाको पत्र

~पारिजात~ १. जीवनसाथी ! धेरै-धेरै प्यार मलाई लाग्छ, यी स्वतन्त्र उड्ने मलेवाहरूका घाँटीमा एउटा हृदय उनेर पठाऊँ एउटा हृदय जडेर पठाऊँ एउटा प्रेमपत्र झुन्ड्याएर पठाऊँ एकपल्ट दोहोर्‍याऊँ शताब्दीअघिको प्रेमको भावुकता तर आजको सीमारेखा कुन स्वतन्त्र चराले उड्न पायो र ? … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु

~पारिजात~ धेरै अघि एक साँझ चराहरू निन्याउरा भएर हाँगातिर बसिरहेको बेला घरका समस्याहररूले पिल्सिएर आफै पनि झोक्रिएर बसिरहेको बेला मलाई एउटा कविता लेख्न मन लागेको थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : मानुषी

~पारिजात~ तिमी र म एउटै होइनौं एक–अर्काका पूरक मात्र हौं त्यसैले तिमी मेरा थुप्रै अनुभूतिहरुका भागीदार हुनसक्दैनौ म तिम्रो मृतदेहसँग जिउँदै मर्नसक्छु म तिमीहरुको सामूहिक बलात्कार खपेर बाँच्न सक्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : जुठी दमिनिको अभिव्यक्ति

~पारिजात~ जदौ हजूर…. मालिक अलिक टाढै बस्नुस् नाउँ लक्ष्मी, आमाको एउटी छोरी न जेठी न कान्छी न ठूली न सानी गरीबको घरमा बत्ती बलेकी थिएँ हजूर बत्ती । तर कर्मको खोटी अलच्छिन् मोरी

Posted in कविता | Tagged | Leave a comment

कथा : बधशाला जाँदा आउँदा

~पारिजात~ “ए हजुर यता सुन्नस् त…” यसो फर्केर हेर्छु, आकृति परिचित हो र यस्ता परिचित आकृतिहरूलाई कहाँ कुन समय, कुन बेशभूषामा के भन्दै गरेको आदि छिटोभन्दा छिटो रफ्तार सोचिसक्ने विलक्षण प्रतिभा छ ममा, यो प्रतिभा म आफैसम्म मात्र सीमित छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पैसाको रंग

~पारिजात~ निकै ठूलो मान्छेको भन्नुको अर्थ धनी मान्छेको बिहे खाएर आएको छ पत्रकार। पिउने बानी छैन उसको तर सोसियल नेपालीमा अनुवाद गर्दा सामाजिक हुनुको नातमा यस्तैयस्तै मौकामा अलिकति लिन्छ। आज त्यही संयोगले गर्दा ऊ थोरै रमझममा छ जुनज रमझममा मान्छेलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वर्षा ऋतु

~पारिजात~ बाँझो छोपिएको खेतमा कुनामा सयपत्री र हलीहकको झ्यांङ उता केही दिनदेखि एउटा आकृतिलाई देख्दै आएकी छु। चोलीको भित्री मात्र मैलो फाटेको गुन्यू, ठूटो पारी छाडेको कपालमा रातो रिबन हेयर ब्यान्ड शैलीमा बाँधिएको एउटा स्वास्नीमान्छे हो त्यो आकृति। कहिले उसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रतिकूलता

~पारिजात~ महिला सदर जेलकी नाइकेनी रातो जापानी सिफनको साडी लाएर आँखाभरी जीवनप्रति असम्झौता र शब्दको उच्चारणभरी क्रुरता बोकेर महिला सदर जेलको मूल ढोकाबाट भित्र पस्छे। घर्तिनी मसिनी बल्लबल्ल अलिकति पानीको जोगाउ गरेर भर्खरै कपाल नुहाउने तर्खरमा छे। नाइकेनीलाई देख्नासाथ ऊ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यसरी एउटा नाउँ काटिन्छ

~पारिजात~ सनक्याप र कालो चश्मा लगाएको इञ्जिनीयर ढलानको फरमामाथि उभिएर कराइरहेको छ, “भारतीय ठेकेदारको विश्वास नगर्नुस् है, ज्यामी भोजको ठेक्का कसलाई दिनुभयो?” घरपति तलबाट मास्तिर हेरेर हाँस्दै भन्छ, “त्यति बुद्धि त मेरा पनि छ नि हौ, भोजको ठेक्का नेपाली नाइकेलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : विजय

~पारिजात~ जीवनको पूर्व–पश्चिम कुनै यात्रा यस्तो भएन जहाँ पाइतालामा काँडा नबिझेको होस्, जहाँ औलामा ठेस नलागेको होस् दश बिसौनी एक पुल्टुङबाजी नडराई हिंडिरहेका सहयात्रीहरु देखेपछि जीवनप्रतिको कलिलो अनुभूतिलाई एउटा माइल ढुंगामा यसरी लेखेर आएको छु, एकथरीको जीवन विजयबाट शुरु भएर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : विकल्पहीन

~पारिजात~ यहीं कतै शहरकै छेउछाउमा भए पनि यस यात्रालाइ कठिनतम यात्रा मान्नुपर्छ। यस यात्राको यात्री हो लक्ष्मीपरे डल्ली, जात भैगो जात नभनौं जातले उसलाई केही दिएन। यस विकराल यात्रामा ऊ एक्ली छैन, उसँग एउटी टुकुटुकु हिंड्ने र एउटी काखे छोरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मान्छे मरुभूमि होइन

~पारिजात~ सास छउञ्जेल आश हुन्छ भन्छ खुकुरीले बिर्सन्छ अचानुले बिर्सदैन भन्छ जतिसुकै डढेलो लगाउन् अँगार भएर भित्र कता कता रन्किरहन्छ भन्छ। छोप्छन् आलो चिहानलाई आलो सम्झनालाई विस्मृतिका झारपातहरुले भन्छ त्यही विस्मृतिका हाँगा–हाँगामा फुल्छन् सक्रियताका फूलहरुे मान्छे मरुभूमि होइन ए 164 … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : शकुन्तलाको चिन्तन

~पारिजात~ भर्खर निर्माण भएको दुईतले घरको स्टोरसँगसँगै बनेको एउटा चिसो छिंडीमा काखमा स्याकिने छोरो तेर्साएर ऊन केलाउँदै शकुन्तला सोचिरहेकी छ। यतिखेर घडीले साढे आठ बजाइसक्यो। झोल भात पाकेर पनि सेलाइसकेको छ। शकुन्तलालाई थाहा छ आज उसको लोग्ने अलिकति आश्वस्त भएर, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

चाम्लिङ अनूदित कविता : जुठी दमिनीमो दिम

~पारिजात~ अनू : तिलक चाम्लिङ स्यामुना हजुर…… मालिक पिछा ह्यनी हिङानी आङा नुङ् लक्ष्मी पापामामामो इटो छैकुमा ठूली पुनी ऐनाको पकू पुनी ऐनाको पकू पूनी ऐनाको ठूली पुनी ऐनाको गरिबमो खिमदा ढिप्री लेतुँवाको हजुर ढिप्री । ङो कर्मवा खोटी

Posted in अनूदित कविता, चाम्लिङ कविता | Tagged | Leave a comment

कविता : आन्दोलन

~पारिजात~ चुँडालेर बन्धनबाट आँप, बेल र पीपलको पातहरूका एउटी विवश बेहुलीको चाहना जस्तो उम्कन नसक्ने होइन मुक्ति पर्यावरण नमिलेको माटोमा फुट्न नसकेको दाखको विरुवा होइन मुक्ति

Posted in कविता | Tagged | Leave a comment

कविता : जूनी काट्नु एउटा बाजी

~पारिजात~ धमिरा लागेको धरतीमाथि उभिएर माटोको माया ? एउटा व्यङ्ग र अतिशयोक्ति हुन जान्छ आफैप्रति म कसरी व्यक्त गरुँ ? मैले जमिन नखोजेको विरोध

Posted in कविता | Tagged | Leave a comment