Tag Archives: nepali sahitya

गजल : अति गरे खति हुन्छ

~बूँद राना~ अति गरे खति हुन्छ बुझे हुन्थ्यो माइलाले खति भए कति हुन्छ? बुझे हुन्थ्यो माइलाले।

Posted in गजल | Tagged | Leave a comment

गजल : यति चोट लागिसक्यो लाग्ने ठाउँ छैन

~सरूभक्त~ यति चोट लागिसक्यो लाग्ने ठाउँ छैन मुटुभित्र गोला अरु दाग्ने ठाउँ छैन

Posted in गजल | Tagged | Leave a comment

गजल : आँखाभरि खोलानाला ताल राख्याछु

~मनु ब्राजाकि~ आँखाभरि खोलानाला ताल राख्याछु हृदयमा समुद्रको छाल राख्याछु ।

Posted in गजल | Tagged | Leave a comment

गजल : मनु' बमभोला जस्तो लाग्छ

~मनु ब्राजाकि~ ‘मनु’ बमभोला जस्तो लाग्छ आज केही होला जस्तो लाग्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : ऐना हेरी कराउन थाले मान्छे

~मनु ब्राजाकि~ ऐना हेरी कराउन थाले मान्छे आफूसँगै डराउन थाले मान्छे

Posted in गजल | Tagged | Leave a comment

गजल : माया भन्ने तिम्रो नासो

~मनु ब्राजाकि~ माया भन्ने तिम्रो नासो जब मैले मासिदिएँ एकपटक रोएँ अनि आँसु पुछी हाँसिदिएँ

Posted in गजल | Tagged | Leave a comment

गजल : जसको मुटु ढुङ्गाजस्तो देखेँ मैले

~मनु ब्राजाकि~ जसको मुटु ढुङ्गाजस्तो देखेँ मैले त्यसैमाथि आफ्नो नाम लेखेँ मैले

Posted in गजल | Tagged | Leave a comment

गजल : गएपछि आउँदैन कोही फर्केर

~मनु ब्राजाकि~ गएपछि आउँदैन कोही फर्केर नजानु है कसैसित पनि झर्केर

Posted in गजल | Tagged | Leave a comment

कथा : मेरो जून सिर्फ तिमी र म

~सुषमा मानन्धर ~ माघ शुक्ल पूर्णिमाको दिन स्वस्थानी व्रतकथाको साङ्गे गर्ने दिन थियो । अनि यो रात देखिने चन्द्रमा वर्ष कै सबैभन्दा उज्यालो र ठूलो आकारको हुने रहेछ । जीवन न कथा हो न कुनै कविता, मात्र एउटा भोगाइ हो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुरेन्द्र, उसकी सिरु र सानो संसार

~प्रदीप गौतम “अंकित”~ “बाबा.. बाबा.., हेर्नु त टिभीमा ममी आउनु भको, छिट्टो हेर्नु न,” दिनभरी घरबारीको कामले लखतरान भएर पिढीको पुरानो खाटमा बिस्राम लिन नपाउदै सुरेन्द्रको सानो छोरो उत्साहित हुँदै झक्झक्याउन आइपुग्यो। “हैन के भो, को आयो टिभीमा?” “हेर्नु न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्नेहा

~श्यामु बस्नेत~ हामी रिक्सामा थियौँ। मैले अरु कुरा सोधे पनि उसको नाम नै सोधिनछु। आफैदेखि हाँसो उठ्यो। सकेसम्म स्वाभाबिक भएर सोधेँ ,’ नाम ?’। ‘स्नेहा चौधुरी ‘ एकदम बङाली लवजमा उसले भनी। मेरो नाम उसले मेरो ब्यागमा हेरेकी रहिछ ‘साम’ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निर्णय

~भोजराज दाहाल~ सिभिल मलको सातौँ तल्लामा रहेको हिमालयन विन्ज कफीको कुनामा बसेर आँखा तन्काएँ मैले। छेउको टेबलमा एक जोडी भेलेन्टाइनहरु गफिँदै थिए। छेउकी पातली, गोरीका क्या गुलाबी ओठ रहेछन् भने! हातमा हात राखेर गफिँदैछन जोडीहरु । हाँसोले गुन्जयमान छ वातावरण। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सरी, सरुमा!

~जगत नवोदित~ मलाई माफ गर, सरुमा। माफ गर । शायद यो कथा लेख्न मैले साह्रै ढिलो गरे। म धेरै कुराले जीवनमा अबेर हुँदै गएको छु । समयले मलाई छोड्दै लगेको छ। समय निक्कै अघी अघी छ र म निक्कै नै … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : आवरण

~सुषमा मानन्धर~ ती दुई जनाको बीचमा बोलचाल नभएको पनि चार पाँच दिन भैसक्यो। दुबैले पहिले अर्कोले बोलोस् र बोलुँला भनी बाटो कुरेका छन् तर बोल्न पहल भने कसैले गरिरहेका छैनन्। पहिले यो घर दुई जनाले नै भरिएको हुन्थ्यो। एकातिर रेडियो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मिसकल, मेसेज र मिस्अन्डरस्टायण्डिङ

~सुषमा मानन्धर~ नउठ्दै, एकाबिहानै साथीको श्रीमानको मोबाइल बज्यो। यति सबेरै कसको मिसकल होला भन्ने अड्कल्दैमा फोन अफ भयो। लगत्तै फेरि मोबाइल बज्यो र अफ भयो। बिहान साढे पाँच पनि नहुँदै दुई पल्ट आएको मिसकल संभवतः गल्तीले हानिएको थिएन। तर साथीले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विवशता

~भक्त गुरुङ~ रातको समय, पुष-माघ महिनाको जाडो मौसम, म छटपटाई रहेको थिएँ ।मलाई पट्टक्कै निँद लागेको थिएन । नाडी घडीमा आखा दौडाएँ बाह्र बज्न दश बाह्र मिनेट के बाँकी थियो,घर माथि सिमलको रुखमा हुंचिल कराई रहेको, स्यालहरु कराई रहेको र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बेपत्ताको सूचीमा संग्रौला

~बेनुप भट्टराई~ ‘आफ्नो सम्पति जोगाउन नसक्ने हुतिहारा †’ लामो भनाभनपछि श्रीमति एकाबिहानै आँखा तर्दै कड्किइन्, ‘अबदेखि दराजका चाबी जनैमा भिरेर हिंड्नु।’ ‘बिहे गर्‍या यत्रो भो, जनै लाएको देख्याछेउ?’ मैंले आफ्नो गल्तीको भागिदार उनैलाई बनाउन खोजें, ‘घर रुँघ्नेले पो जान्नुपर्छ त … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : यो झरी र त्यो झरी

~जनकराज भट्ट~ आज फेरि दर्केर झरी पर्‍यो। बिहानसम्म त मौसम ठिकै थियो अहिले कुन्नी के सुरमा हो मौसम बहुलायो, गड्केर पानी पर्न पो लाग्यो। सुरजले टेबलबाट हिजोको Royal Stag को बाँकी गिलास उठायो, अघी वेटरले ल्याइदिएर चिसो भैसकेको

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चिठ्ठा परेको जागीर

~सीता बराल~ रश्मीका आँखाबाट आँसु बगेर हातमा भएका कागजपत्रहरुमा पर्दछन । थाहा पाएर पनि उनले ति कागजहरुलाई अन्तै ठाँउमा राख्न खोजीनन न आँखाका आँसुहरु नै रोक्न सकिन । वितेका दिनका यादहरुले आँसु झन बर्बर झरिरहेका थिए । यति लामो समय … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विलम्वित प्रायश्चित

~विशाल बी बस्नेत~ “डाक्टरसा’ब मलाई माफ गर्नुहोला……………….. ” यो मेरो मेलको अन्तिम पत्र थियो। कृसमसमा जानुपर्ने हुदा म आफ्नी श्रीमतीलाई कुर्न लगाइरहेको थिएँ तर यो मेलले मलाई नपढी जान दिएन। एकछिन त म आफैं छक्क परें, कसले पठायो होला सोच्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शीर्षक आफै राख्‍नुस्

~सुषमा मानन्धर~ प्रस्तुत कथा स्मृतिको दोस्रो भाग हो। यद्यपि स्मृति २ पनि भन्न सकिन्थ्यो तर तत्कालै यसको उपयुक्त शीर्षक मेरो दिमागमा आएन। त्यसैले आदरणीय पाठकहरुलाई थप जिम्मेवारी दिन खोज्दै यसको लागि उपयुक्त शीर्षक सुझाउन सादर अनुरोध पनि गर्दछु। रातभरि निद्रा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जिन्दगी एउटा इनबक्स

~सुषमा मानन्धर~ जिन्दगी अब एउटा इनबक्स दिनहुँ आउने कैयन् इमेलहरू परिचित/अपरिचित   ठेगानाबाट वाञ्छित/अवाञ्छित प्रवेशको चाहनासँग

Posted in कविता | Tagged | Leave a comment

कविता : ङार ङार ङुर ङुर

~सुषमा मानन्धर~ घर अगाडि सडकमा शायद भतेर थियो अबेरसम्म रछ्यानमा फालिएका रहलपहलमा रातभरि 

Posted in कविता | Tagged | Leave a comment

कथा : साइबर नशा

~सुषमा मानन्धर~ “तिमीले ईमेलमा फोटो अट्याच किन नगरेकी? हालसालैको फोटो अहिले तुरुन्तै स्क्यान गरी पठाउनू।” कृषुले फोनमा भनेको थियो। मेरो कथा उसले एउटा पत्रिकामा दिएको रहेछ, त्यसैको लागि फोटो अर्जेन्ट्ली चाहियो भन्दै थियो। अस्ति भर्खर खिचेको एउटा फोटो थियो त्यसैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

सिस्नोपानी नेपालको देउसी भैलो

आहै भन भन भाइ हो – सहमति आहै भन भन बैनी हो – सहमति आहै देउसिरे भन – भन्दैनौ आहै भनेको मान – मान्दैनौ

Posted in हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

कविता : युद्ध सधैँ दुख्छ

~सुषमा मानन्धर~ चाहे भूगोलको कुनै पनि कुनामा हतियार चलोस्, हतियार मर्दैन मारिने सधैँ एउटै हुन्छ मान्छे ।

Posted in कविता | Tagged | Leave a comment

कथा : हत्यारा

~सुषमा मानन्धर~ समाजको आंखामा अहिले ऊ एउटी अपराधी । समय र परिस्थितिले उसलाई दिएकोे उसको नितान्त आफ्नो भन्दा अर्को एउटा थप परिचय । उसले एउटा हातले छोरी डोर्याएकी थिई , उसको अर्को हातमा हथकडी थियो । अगाडि सडकका किनार र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कथा : सुझबुझ

~सुषमा मानन्धर~ “बाटोमा जथाभावी नखानू, दायाँबायाँ हेरेर मात्र बाटो काट्नू, यताउता नअल्मलिकन सिधै स्कूल जानू ।” ममीले स्कूलब्याग मेरो हातमा राखिदिँदै भन्नुभयो । हुन त उहाँलाई राम्ररी थाहा छ, म चकचके छैन । म अरु जस्तो जथाभावी बाटो काट्दिनँ, जे … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : अन्तिम तुफानी रात

~वीनु डुम्रे~ एउटा भयानक तूफान भर्खरै सकियो । सहरको भि.आई.पी आवास क्षेत्रको यो भव्य महलमा यस्तो तुफान प्रत्येक रात आउँछ र जान्छ । त्यसो त दिनको उज्यालोमा चाहिँ आउँदैन भन्ने पनि होइन । तीन रोपनी क्षेत्रफलमा फैलिएको यो आलिशान महलको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रयोग

~सुषमा मानन्धर~ “डाक्टर साब, मेरो छोराले खानै मन गर्दैन, खायो कि वाकवाकी गर्छ । चाँडै थाक्छ । खेल्दा पनि खेल्दैन, धेरै सुस्त भैसक्यो । के भएको हो राम्ररी हेरिदिनुस् न है ।” सुस्केरासहित बुद्धवीर थचक्क मेचमा बस्यो । उसको एक्लो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मातृत्व

~घनश्याम शर्मा~ कालो बादल उडिरहेको आकाशतिर एकनास टोलाउँदै जोनले भन्यो-“जेनी तिमीले छिट्टै कुनै एउटा निर्णयमा त पुग्नै पर्छ ।” महिनौँदेखि यो दम्पति उहापोह र असमञ्जसको अवस्थाबाट गुजि्ररहेका थिए । जेनीले आˆना खैरा आँखा जोनको पैतालादेखि निधारसम्मै डुलाई । आँखाको भाषा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गल्लीको झ्याल

~सुषमा मानन्धर~ “तँ कत्ति भाग्यमानी छस् । काठमाडौँमा घर, प्रशस्त सम्पति, कमाऊ लोग्ने र दुइ आँखा जस्ता छोराछोरी । के को पिर छ तँलाई ।” तृष्णाका अधिकांश साथीहरू उसलाई यसै भन्छन् । हुन पनि हेर्नेहरूका आँखामा, उसमा कुनै पिरै छैन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment