Tag Archives: nepali sahitya

गज़ल : त्यो नज़रमा नज़र जुधाउनेछु एकदिन

~प्रकाश आर. पाण्डेय “अपरिचित”~ त्यो नज़रमा नज़र जुधाउनेछु एकदिन तिमीलाई म आफ्नो बनाउनेछु एकदिन तर्की बस प्रिय तिमी सक्छौ जबसम्म सपनीमा आइ सताउनेछु एकदिन

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : समर्पित

~नारायण तिवारी~  भ्रष्टाचारको माखे साङ्लोलाई तोड्न नसकेर एवं उनीहरूसितै कुममा कुम मिलाउन नसकेर , हारेर मैले नोकरी छाडिदिएँ ।

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : तिमी कता जाने हो ?

~सुन्दरनाथ भावुक सुनिल~ यो बाटोले सोध्छ तिमी कता जाने हो ? मैलेपनि भनिदिएँ जता तिम्ले लाने हो यात्रीहरु धेरै छन् यहाँ गन्तब्य नपाएका नियतिले पनि भन्छ दुख कति खाने हो ?

Posted in गजल | Tagged | Leave a comment

गजल : विपना सम्झि साँच्न थालें

~राजन काफ्ले~ कल्पना सपना रैछ विपना सम्झि साँच्न थालें सम्झना मृत्युमा रैछ जीवनमा सम्झि बाँच्न थालें भाग्य खोटो छैदै थियो कर्म पनि कस्तो रुखो ? विफलता गर्भमै कोरिएको नियतिलाई जाँच्न थालें

Posted in गजल | Tagged | Leave a comment

गीत : मनमा माया

~महेश बर्तमान रानामगर~ मनमा माया छैन हजुर देवतालाई चढाईंदिए धोका मात्र पाएपछि म त हजुर ढुङ्गा भएँ आस्था जगाई ढुङ्गा उठाई देउता भनि पुजौला चोखो दिलले,भत्तिभावले अर्पण पनि गरौला निरर्थक तिम्रा पुकार म त हेर निर्जिव भए

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पुग्नु टाढा छ

~नाकिमा~ घामले आँखा खोलिसक्यो पाखा-पर्वत चुमिसक्यो उठ ए मान्छेहरु पुग्नु टाढा छ । पीठो-गुन्द्रुक उमालेर

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : कुनै काम हुदैन

~शम्शेर रानामगर~ ढुंगा ढोगेर कुनै काम हुदैन ! दुधले धोएर कोहि राम हुदैन ! आधा पेट नखाई माग्नेलाई दिनु त्यो भन्दा पर अर्को नाम हुदैन!

Posted in गजल | Tagged | Leave a comment

कविता : निलकमल भई फूल्यौ !

~राज थापा~ तिमीलाई लालिगुँरास फूल सोच्थे मैले निलकमल भई फूल्यौ परदेशमा अहिले ! देसको सिमा नाघे पछी मनको भेष फेर्यौ घुम्ति घुम्ति मायाँ फेर्दै अतीस्वार्थि बन्यौ !

Posted in कविता | Tagged | Leave a comment

कथा : बिछोडका आँशु

~कृष्ण के.सी.~ आँशुलाइ द्र्ब्यमा मूल्यांकन गर्ने हो भने यसको मूल्य कति हुदो हो ? आँखाबाट खस्ने यी आशुहरुका प्रवृति हरुका आधारमा यसलाई बर्गमा विभाजन गर्ने हो भने कति बर्गमा विभाजित गर्न सकिन्थ्यो होला र हरेक बर्गको मूल्य कति निर्धारण हुन्थ्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लेख : शङ्कर भर्सेस नित्सेका प्लाज्माहरू

~सुरेश प्राञ्जलि~ केका लागि विचार, दर्शन ? संसार बदल्नका लागि ? जोखिरहन्छ मेरो मस्तिष्क वैचारिक तराजुमा राखेर शङ्कर र नित्सेलाई । अनि, किर्केगार्ड, हिगेल, फुकुयामा, कार्ल पोल्यानी, सामुअल हन्टिङटनलाई । सा“च्ची, वेदान्त दर्शन र साङ्ख्य दर्शनबीच के अन्तर छ ? … Continue reading

Posted in लेख | Tagged | Leave a comment

कविता : साकी प्याला भरिदेऊ

~सुरेस खनाल~ साकी, भरिदेऊ अझै प्याला माथि प्याला! सबै पिएको हैन मैले, आधि गिलाँस त छचल्किएरै पोखिएको हो। तिमिलाई थाहा छैन, आज अझै चुर हुनु छ मलाइ। भर्खर त साँझ पर्रयो, भर्खर त मेरो गाला र घाँटि रसिलो भयो।

Posted in कविता | Tagged | Leave a comment

कविता : खबरदार

~ऐत राज तुम्रोक~ म लिम्बुवानका कलमी सिपाही लिम्बुवान ब्युझाउन चाहने म लिम्बुवानका कलमी सिपाही लिम्बुवान बच्चाउन चाहने म लिम्बुवानका कलमी सिपाही लिम्बुवानका ईतिहास लेख्न चाहने म लिम्बुवानका कलमी सिपाही लिम्बुवानका नक्सा कोर्न चाहने त्यसैले खबरदार

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा तिमीले छाडेर जाँदा

~सुनिता गिरी~ संसार सबै आफनै लाग्थ्यो,खुसी सबै मेरै लाग्थ्यो, जिवनमा शोकको बाढी आउँदा, अनायासै जिवनमा पहिरो जाँदा ममताले भरिएको कोमल मुटु , छिया छिया भएर फाटिदिदा जाली रुमाल झै बुनेका सपनाहरु , छरपस्ट भुइभरी छताछुल्ल पोखीदा, कलम बाट कविता होइन, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वर्तमानका घाउहरु

~कल्पना तुम्रोक~ मनका दुखाईहरु दुखेर पनी पुगेन मलाई, चाहनाका पहाडहरु भत्किएर पनि, बर्तमान दुखेन, म वर्तमानलाई दु:खाउनु चाहन्न। मेरो अतित लाई धेरै दुख्यो, निर्दोस नयनलाई पनि रुवाउनु चाहन्न ।

Posted in कविता | Tagged | Leave a comment

कविता : फुल्नुको लालच सँग मलाई मोह छैन

~आचार्य प्रभा~ बरु मेरो अभिमान ढकमक्क फुलेर झरोस मलाई कुनै गुनासो छैन , फूल्नुको लालचसँग मोह छैन किन कि फूल्नुसँग सबै मोहित हुन्छन तर… फुल्नुको अर्थमा अभिमान फुल्नु हुन्न , रिस,राग अहंकार, फक्रिनु हुन्न त्यस्लाई त जरैदेखी कुल्चिएर मास्नु पर्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिश्वास

~कला राइ~ टेकेर परदेशको माटो झ्याम झ्याम डवाङ डवाङ ढोल झ्याम्टा सगै नाच्दा किरात पहिरनमा हल्लाउदै साकेवा पाइला यस्तो लाग्छ जुरुक्क जुरुक्क तालमा नाचिरहेछ ताइमोसन ब्यातिगत स्वतन्त्रको दुहाइ सगै केही महानु भावाहरु किन नबनुन आधुनिक धर्मलम्बी किन नमिसिउन

Posted in कविता | Tagged | Leave a comment

कविता : जिबनका केही अबसेषहरु

~कल्पना तुम्रोक~ समयको गति सँगै, भेटिनु अनी छुट्टीनु बिधीको बिधान नै रहेछ मानब जन्मदै मृत्युलाई अङ्गालेको हुन्छ अपरिचित थियौ, परीचितको रेखामा भावनाको साइनोले हाँसी बोली स्वछ अटल हाम्रो पवित्र माया थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेश

~उमेश र्राई ‘अकिञ्चन’~ यादहरूको यात्रा हिडिरहेछ प्रवासी मन नीलो पर्दा समुद्रमा हेर्दै जिन्दगी, चलचित्र थाहा छैन कसले छायाङ्कन गरेर राखिदियो आँखामा पीडाका पहाडहरू समुद्रको हावाजस्तो किन

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ती क्षेत्र नेपाल

~शुस्मिता शर्मा ढुंगाना~ यो हाम्रो शान्ती क्षेत्र नेपाल यो प्यारो शान्ती क्षेत्र नेपाल किन ! अशान्ती को मालाले जेलिएको छ किन ! अनेकौ जनजेलले जेलिएको छ हेर-हेर बीर नेपाली सगरमाथा रोइरहेछ !!!! शान्ती र स्व्च्छ थियो कति यो नेपाल त्यति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा: अपमानित अस्मिता

~कृष्ण के.सी.~ बाबुको नाम नखुलेको प्रमाणपत्र लिएर विपन्नताको घरमा जन्म लिदैमा मेरा मानविय इच्छा,आकांक्षा नाखोसिनु पर्ने हो तर खोसिए । अधबैसे हुदा सम्म गरिबीमा सहनु पर्ने सामाजिक र मानसिक तिरस्कारका थुप्रोलाई जडौरीको पातलो पछ्यौरीमा पोको पारेर आज म हिडिरहेको छु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सेलिना म “आयरल्याण्ड “आइपुगे

~राज थापा~ सेलिना म आयरल्याण्ड आइपुगे निलो आकासमुनि मुस्कुराई रहने चादी जस्ता हिमाल छाडी आए तिम्रो सहर सुदुर पश्चिम युरोप

Posted in कविता | Tagged | Leave a comment

कथा : मास्टरबाउ

~इसु के.सी.~ सानो को कुरा त सम्झना भएन तर बुझ्ने भयए देखि नै म आफ्नो पढाई खर्च आफै जुटाएर पढ्न थाले घरमा भाई बहिनि हेर्नु ,पढ्नु मेरो दिनचर्या थियो | जब यस .यल .सी सम्म त् जेन तेन पढे तेस्पछी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : नेताको त्याग

~चट्याङ मास्टर~ त्यागी छन् हाम्रा नेता सब, यी दिनहुँ त्याग गर्छन्, झ्यालखान राखे त्यहीँ भित्र, नत्र बाहिर त्याग्छन् !! झ्यालखानभित्र धेरै त्यागें, ल्यायौं बाहिर त्याग्नलाई,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : चामल लैजानुस बियाँ दिएर जानुस

~गणेश भट्ट ‘अणु’~ चामल लैजानुस बियाँ दिएर जानुस मान्छ भने खेत अधिँया दिएर जानुस हात छैन माग्नेले खुट्टा फैलाईरहेछ छ भने केहि रुपिँया दिएर जानुस

Posted in गजल | Tagged | Leave a comment

ब्यङ्ग्य कविता : म पनि मन्त्री हुन्थें तर…..

~चट्याङ मास्टर~ हेर्नोस् ! मन्त्री त मै पनि हुन्थे, तर – बाउआमाले पढाइदिए ! गुरुहरूले फकाएर, मान्छे बन्न लगाइदिए ! इष्टमित्रहरूले झन्, आपसी मेल सिकाइदिए !

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : दुवै हातमा लड्डु

~पाल्पाली मिलन~ स्कुले जीवनको दश वर्षको अथक मेहेनत र लगनको मुल्याङ्कनको आधार मानिने प्रवेशिका SLC परिक्षा नजिकिदैँ गरेको हुन्छ । सबै विर्धाथीहरु अन्तिम तयारीमा लागिरहेका हुन्छन्, त्यीनै लाखौँ विर्धाथीहरुमध्येको एक र यस कथाको मुख्य पात्र “नविन” पनि राम्रो नतिजा ल्याउने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : २०६४ तिहारको चिन्तन

~बासु श्रेष्ठ~ रङ्गिचङ्गि फूल फुल्यो घर झिलिमििल सयपत्री फूलसँगै फूल मखमली मनाऔ तिहार आउ सबै हामी मिलिजुली आशिष दिउँ आशिष लिउँ द्यौसी खेलीखेली दशै गयो तिहार आयो कालो औसी रात औसी रात हामी खोज्छौ लछमीको साथ

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झना भाई टिका को

~शरद निरोला~ अब त धेरै बर्ष बिते यो निधारमा देवानान्दको जुल्फी थियो टिका लगाउँदा दिदी झोक्किईन्थी तेरो यो जूरेलीको गुंड माथी सार न ! टिका कसरी लाउनु ?

Posted in कविता | Tagged | Leave a comment

कविता : दिल सुक्दा मनै निभ्यो संसार भो राती

~भुपेन्द्र महत~ दिल सुक्दा मनै निभ्यो संसार भो राती आस्था दुख्दा मधूरो भो तिम्ले बाल्या बत्ती सुन्दर घर अटाइयछ सपना मै कत्ती संगीत नभाको गीत थ्यो कि तिम्ले लाको प्रिती छाती भरी रोप्या, आशा गयो अब झरी श्रदा नभा आधार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य : सिस्नुपानी देउसी २०७१

~सिस्नुपानी~ भनभन भाइ हो     – संविधान भनभन बैनी हो     – संविधान स्वर मिलाइकन      – संविधान जोडले भन      – संविधान ढोगेर माटो     – संविधान सुनौलो बाटो     – संविधान विश्वकै चासो     – संविधान पुस्तालाई नासो … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : त्यो मान्छे

~मनोज बोगटी~ पाखुराबाट झरेको छ बलको बुढोे पात र टाउकोमा पलाएको छ विचारको हॉंगा। आँखाबाट उडेको छ अन्धो चील र खुट्टैबाट खुस्किएको छ जम्मै संवेदनशीलताको नङ। हुरीको खुट्टै भॉंच्चिएपछि त्यसलाई भत्किनुको के डर? आँगनमा ओंठ सुकाएर बसेकोे घामबाट के आशा? … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : आगो होइन आँसु दिएँ

~श्रमिक बराल~ आगो माग्न आयौ तिमी मेरो अँगेनीमा आगो होइन आँसु दिएँ झार्दै परेलीमा आफै वाचा गरिकन कसम आफै खायौ आफ्नै कुरा गरिकन मेरो हात माग्यौ ओत माग्न आयौं तिमी मेरो बलेँसीमा

Posted in नेपाली गीत | Tagged | Leave a comment