Tag Archives: nepali sahitya

कविता : नयाँ वर्षको शुभकामना

~शिव चालिसे ‘प्रभात’~ (१) दुःखको विच्छाउना विछ्यार अभावको सिरक अाेडी सुतिरहेको मेराे प्याराे गाउँ दुःखले गरिबी गरिबीले अभाव अभावले राेग व्यादी दिनहुँ जन्माई रहेकाछन् , अाधुनिक युगकाे र विकासकाे नाममा,

Posted in कविता | Tagged | Leave a comment

गजल : आयो बूढो नव वर्ष

~मनु ब्राजाकी~ रुन्चे हाँसो हाँस्दै आयो बूढो नव वर्ष सधैँ रुनेलाई कुनै बिस्मात न हर्ष घाउजस्तै फुल्न थाले वसन्तमा फूल मखमली पात पनि सिस्नोको स्पर्श

Posted in गजल | Tagged | Leave a comment

कथा : धुवाँको फोका

~कणाद महर्षि~ म मान्छे ! मलाई मान्छेको गन्ध मन पर्छ मान्छे बलेको पनि मन पर्छ, चितामा । हुन पनि हो, मान्छे जल्दाको गन्ध बेग्लै हुन्छ, त्यो गन्धको तुलना, मेरो सोचाइमा अरू कुनै पनि जीवको मासु पोल्दा पनि हुन सक्दैन । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : चौतारीमा भेट भयो

~सीता अर्याल~ अनायासै तिमीसँग चौतारीमा भेट भयो आँखा आँखा बात गरे मायाँ प्रिती सेट भयो भाग्य हो की संयोग हो ठम्याउनै गाह्रो भयो त्यहि भेटले हामीलाई छुटाउनै साह्रो भयो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : चरी र बाजेको संवाद

~राजेश्वर देवकोटा ~ चरी, तैंले मेरो बाली सखाप पारिस् जुन फल पाक्छ त्यो तँ नै खाइदिन्छेस् अनि बूढो मान्छे म के खाउँ ? मलाई शाकाहारी जानी तैंले धेरै हेपिस् । बाजे, तिमीले भकारीभरि थन्क्याउन जान्यौ

Posted in कविता | Tagged | Leave a comment

कविता : जुग यसरी बदलिरहेछ

~प्रवीण राई जुमेली~ खरले छाएको झोपडी थियो भोटेबार थियो छेकनी लहरै भुईंमा सुतिन्थ्यो कालान्तरमा त्यो झोपडी भत्काइयो कोठै-कोठा भएको घर बनियो झोपडीमा सुत्दा बाँटिने गफहरु नयाँ कोठाहरुमा थुनिए

Posted in कविता | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : भूतसभाको सन्त्रास

~कृष्ण उफान~ बाल्यकालमा आमा बुबाले,आफन्तजनले आफ्ञ्ना नानीहरूलाई फकाउन, डर देखाउन भूत आयो भूत आयो भन्दै तर्साउने गर्दथे ।रोएर हैरान पारेमा तै चुप लाग्छन् कि भनेर हाउगुजीले खान्छ भनेर तर्साउनु हुन्थ्यो । त्यसको असर जिन्दगीभर पर्दोरहेछ । अहिले पनि भूतको कुरा … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

संस्मरण : सिद्धिचरणजीको न्यानो ओभरकोट

~लैनसिंह वाङ्देल~ सन् १९५१ को अप्रिल महिना । कलकत्ताबाट म ‘प्रभात’ नामको मासिक पत्रिका निकाल्ने तयारीमा थिएँ । ‘प्रभात’मा प्रकाशन गर्न एउटा कविता पठाउन मैले कवि सिद्धिचरण श्रेष्ठलाई चिठी लेखेको थिएँ । उनले मेरो अनुरोध सहृदयताका साथ स्विकारे र ‘प्रभात’ शीर्षकमै एउटा कविता … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

समीक्षा : वी.पी. कोइराला र फ्रायडको अस्तित्ववाद

~कमला सरुप~ वी.पी. कोइरालाको साहित्यको विशेषता भनेको मानवीय प्रकृतिको दुःखान्त चेतना, भावविम्वको उपस्थापना र यौनगत अनुभूति हो । उनको साहित्यमा स्वच्छन्दतावाद, विसड.गतिवाद र दार्शनिकताको प्रमुखता रहन्छ । तसर्थ यहाँ स्पष्ट के भन्न सकिन्छ भने वी.पी. कोइरालाको साहित्यले स्वतन्त्रताको वकालत गरेको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कथा : ऊ पर्खिरही

~लोकेन्द्रबहादुर चन्द~ “तिमीलाई पराई हातमा सुम्पिसकेका छौं छोरी ! अब हामी के पो गर्न सक्छौं र ? जसका खट्टा धोई शिर चढायौं उससँग कचकच गर्न, झगडा गर्न अथवा मुद्दा खेल्न हामीहरूलाई सुहाउँदैन । हो, तिमीलाई खान-लाउन दुःख हुन्छ भने निर्धक्क … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : फरक म

~कुश सुनुवार~ उस्ले भाेगेकाे म अनि मैले भाेगेकाे म आकास र पातलकाे फरक छ। उ झाङ्गिएकाे म म नाङ्गिएकाे म म त म नै हाे याे सानाे फरक छ। ऊ हजुर वाला म

Posted in कविता | Tagged | Leave a comment

कविता : कोरोना

~हेम जङ्ग कार्की~ विश्वमा हात हतियारको होड, चलिरहेको वेला । ठुलाठुला आणवीक र क्षेप्यास्त्र, अव नपार्नु भेला कोहौ तिमी कस्तो छ रुप तिम्रो, विश्व भरी नै उड्यौ । शस्त्र अस्त्र नै यो ठुलो मान्नेलाई, शिक्षा गतिलो दियौ । मान्छे ती … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : काल गति

~दिपेन्द्र सिंखडा~ छन्द : शार्दुलविक्रीडित ओर्लंदा धर्तीमा रोयाँ बाल: च्याँ च्याँ, देखेर काल: याँहा हाँसी हाँसी धाई लिन्थीन हातमा, मुस्कुराँउथिन् आमा जन्मदै काल: त्यो ढुकेर बसेको, दैलोमै थ्यो घरको पठाँउन्न कृष्णै पनि नर याँहा, उपार्जन बिनाको ।।१।। भौतिकऐश्वर्य र दम्भ … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : पीपीई बिना

~राकेश कार्की~ सिसाको उता पट्टी उनी सिसाको यतापट्टि ऊ हात बढाएर त्यही छेको छुनु परेको छ फेरि साबुन पानीले हात धुनु परेको छ बिरामी भए श्रीमान् बिरानो देशमा फर्किन सकिनन् श्रीमती छोरो साथमा

Posted in कविता | Tagged | Leave a comment

तियाली : अस्तित्व

~नरेश गिरी राजा~ जब मया , प्रेम , मन , मुटु साट्नु ठेश भो । तब जुन तारा टाडा बसेकै बेस भो । र त दुनीयामा अस्तित्तव दुबैको शेष भो ।।

Posted in तियाली | Tagged , | Leave a comment

लघुकथा : बिकास

~बालकृष्ण गजुरेल~ साधुराम शहरको बासिन्दा हुन् । अधिकृतमा जागिर खाए । अाजकाल पेन्सन पकाएर बसेका छन् । बुढेसकालमा भेटघाटमा जमेका छन् । … उनले काठमाण्डुको मुटुमा घर बनाए । घर घँडेरीहरु जोडे । लक्ष्मीले राम्रो साथ दिइन् । के चाहियो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : त्यो जून अनि त्यो घाम

~पूर्ण राई~ किशोरी वसन्तको आगमनको मृदुल आभास दिंदै, चैते हुरीको उग्रतालाई सम्हाल्दै फक्रन थालेका वर, काब्रा र आरूका ती ङ्याल्डुङ पालुवाहरू वैशाखको सुरुआतसँगसँगै केही फक्रिएका, केही मौलाएका छन्। जागरूकता, मृदुलता, उष्णताको स्पर्श दिने पालुवा डांडाहरू, चिलाउने पाखा र माथि – … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : सपना छरेको छु

~बसन्त चौधरी~ आधा उमेर आफ्नो सपना छरेको छु कुन्नि कति फलेको छु, कति झरेको छु त्यसो त जीवन यात्रा मरुभूमि झैँ थियो सपनामा चाहिँ धेरै, खोला तरेको छु

Posted in गजल | Tagged | Leave a comment

गीत : आँखा भरी तिम्रो तस्वीर

~अम्बर गुरुङ~ आँखा भरी तिम्रो तस्वीर, छाती भरी गीत कुनै आवेश होइन मेरो, यति दामी प्रीत मनितो र मान होइन, कुनै इम्तिहान होइन साहाराको हात नखोज, योत खोजी पनि होइन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आँसु

~गोपालप्रसाद रिमाल~ नभन प्रिया ! यिनलाई पिन्चे आँसुकण यही मेरो युगयुगको सञ्चित धन होइनन् यी प्रिय ! विवशताका चिह्न नैराश्यमा आँसु सुक्छन्, म त उत्साही अविच्छिन्न १ म मानव, मानवताको छ सीमा ममाथि

Posted in कविता | Tagged | Leave a comment

गजल : सहारा केही हुन्

~बिपिन शर्मा~ जीउनलाई जिन्दगी यो, सहारा केही हुन् गन्न मलाई आकाशमा तारा केही हुन् हराएझैं लाग्छु म अन्योलमा कतै चल्न मलाई यहाँ इशारा केही हुन्

Posted in गजल | Tagged | Leave a comment

अनिता भण्डारी पौडेलका बीस हाइकु

~अनिता भण्डारी पौडेल~ १. अन्तिम सास कस्तो मृगतृष्णा तिम्रो प्रेमको २. अपुरो माया , निस्सासिएको प्रेम तड्पेको मन ३. कुण्ठित मन संकुचित भावना अदृश्य सोच

Posted in हाइकु | Tagged | Leave a comment

रमण पनेरुका तीन तियाली

~रमण पनेरु~ १ माया गर्ने चैँ मेराे मन न तन-बदन न धन मिल्छ कसरी लाै तै भन ! २

Posted in तियाली | Tagged , | Leave a comment

कवि लिम्वु ‘आँशु’का पाँच हाइकु

~कवि लिम्वु ‘आँशु’~ हर्ष विस्मात केवल आँसु दियो वैगुनी माया लागेन घाम आक्रोश भै वादल रोई रहयो

Posted in हाइकु | Tagged | 1 Comment

गजल : म त हाँस्न पुगेछु

~नेत्रबहादुर श्रेष्ठ ‘बिवस’~ आँशुको सागरमा डुबेर पनि म त हाँस्न पुगेछु छाती भरी चोट बोकेर पनि म त बाच्न पुगेछु । मनको व्याथा भन्न खोज्दा सुन्ने कोही पाईन आखिर मर्न खोज्दा यो जीन्दगी किन बाँच्न पुगेछु

Posted in गजल | Tagged | Leave a comment

गजल : भ्रष्टचारमा नाम आयो

~श्रीबाबु कार्की ‘उदास’~ उद्घाटन भन्दा पनि भ्रष्टचारमा नाम आयो त्यसैले त अख्यितायरको बडालामो खाम आयो ।। सबै कुरा ठीकै थियो केबल भुडी बढेको हो सुत्केरीको भत्ता खाँदा अति धेरै दाम आयो ।।

Posted in गजल | Tagged | Leave a comment

गीत : तिमी बिनाको जिन्दगी

~सम्झना लामा~ तिमी बिना यो जिन्दगीको न कुनै सार भो आशा सारा निराश भए चारैतिर अन्धकार भो बाटो हेरी बसेकी छु फर्की आउछ्यौं भनी कति बसौं अब मैले सधैं निराश बनी

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : नारीको आवाज

~सपना श्रेष्ठ~ नारीलाई घरभित्रको चुलो चौको गर्ने साधन मात्र नसम्झ ऊ पनि आफ्नो देशको लागि केही गर्न सक्छे नारीलाई बेहुली भएर पराइघर जाने मात्र नसम्झ ऊ पनि देश चलाउन सक्छे नारीलाई केवल सन्तान जन्माउने यन्त्र मात्र नसम्झ ऊ पनि राष्ट्रको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीलाई सम्झिरहनेछु

~उपेक्षा श्रेष्ठ श्रेया~ धमिला साँझहरु पटयारलाग्दा दिनहरु तिमिले थपिदिएका घटनाक्रमहरु हरेक एकान्त हरेक साँझ सम्झिरहनेछु । तिम्रो चन्चले मन

Posted in कविता | Tagged | Leave a comment

कविता : के भो जिन्दगी

~आबेश~ के भो जिन्दगी भावना बुझ्न पाइएन के भो जिन्दगी तृष्णा मेरो मेटाउन सकिएन । के भो जिन्दगी आशुँ झारेर म रोइन के भो जिन्दगी मुस्कान छरेर म हाँसिन ।

Posted in कविता | Tagged | Leave a comment

गीत : जुनहरुको माझमा

~सञ्जिव खड्का~ रातभरी कल्पी बस्छु जुनहरुको माझमा कस्तो होला त्यो दिनहुँदा तिम्रो साथमा । रातभरी कल्पी बस्छु जुनहरुको माझमा कस्तो होला त्यो दिनहुँदा तिम्रो साथमा ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मेरो जन्मभूमि दोलखाको सम्झनामा

~हिरा तिमिल्सना~ अखण्डताको परिचय दिने यी मेरा शब्दहरु सायद परिवेशमा गएर अड्किनेछन् । परिस्थतीमा रुमल्लिएका यी मेरा वाक्यहरु पूर्णविरामको खोजीमा भौतारिरहेछन् , दोलखा को शब्द बोकेर स्प्नसिलमा रमाउने यी परिवेश त्यसैले हो यो अर्थहिन प्रकृतिमा जगमगाउने यी परिकल्पनाहरु स्वप्न को … Continue reading

Posted in कविता | Tagged | Leave a comment