Tag Archives: nepali sahitya

निबन्ध : छोरी र बिराली

~खगेन्द्र संग्रौला~ मुसागणको सनातनी आतङ्कले सताइँदा म निरुपाय र हैरान भएको थिएँ । नाथेहरू वस्त्र भेटे वस्त्रै काट्ने । अन्न भेटे अन्नै बिमाख पार्ने । अनुशासन र मर्यादा एक पित्को जान्नु छैन, जथाभावी हगेर लिँडैलिँडको लस्कर बनाउने । हुँदाहुँदा यति … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

अनूदित कविता : फ्रीडा काहलोको जुँगा

~अशरफ फयाद~ अनु : चन्द्र गुरुङ १ म बेवास्ता गरिदिनेछु हिलोको दुर्गन्धलाई, वर्षालाई तर्साउनुपर्ने आवश्यकतालाई र, मेरो छातीभित्र लामो समयदेखि रहेको आगोलाई । म आफ्नो हालको लागि सही राहत खोज्दैछु, जसले मलाई तिम्रो ओठबारे सोच्न दिँदैन, तर म चाहन्छु या … Continue reading

Posted in अनूदित कविता | Tagged | Leave a comment

कविता : आँपको रुख

~राजन मुकारुङ~ दस वर्षअघि अन्तिम पल्ट ढोगेथेँ यो आँपको रुखलाई मेरो डाइले भन्नुहुन्थ्यो– यो उम्रिएकै साल म पनि जन्मेको अरे ! यही आँपको रुखमुनि म केही क्षण सुस्ताउथेँ शीतल ताप्थेँ र परपरसम्म हेर्थेँ यो फराकिलो मैदान यी खेतका गराहरु सोच्थेँ– … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : खरानीको थुप्रो

~राजकुमार बगर~ जिन्दगीको परिभाषा भत्केर बेअर्थ बाँचेको छु हिरोसिमाझैँ मलाई छुँदा तिम्रो खुसीको मस्र्याङ्दी सुक्छ भने भैगो मलाई नछोऊ भुन्टी, भैगो मलाई छुँदै नछोऊ आँखाबाट बगिरहेको अनगिन्ती पीडा देखेर बिचरा भन्नेहरू धेरै भेटेँ सहानुभूति पग्लेर बैसाखी बन्छु भन्नेहरू पनि भेटेँ

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी शहरमा र म गाँउमा

~ओनिक अज्ञात~ तिमी शहरमा म गाँउमा फरक यति छ तिम्रो आयु छोटिदै छ तर, मेरो बढ्दै तिमी पिजा र बर्गर खान्छौ म सिस्नु र साँग फरक यति छ तिमी रोगी भई रहन्छौ तर, म तन्दुरूस्त र स्वस्थ्य

Posted in कविता | Tagged | Leave a comment

कथा : होटलकी केटी र मेरी छोरी

~रवि भट्ट~ निलमसँग छुट्टिएर दुई ध्रुव भएर विताएको ४/४ वर्षका तिक्तताका स्मृतिले आजकल पनि झस्काईरहन्छ । त्यसबखत भर्खर १५ बसन्तमा कदम राखेकी निलम थापा, सिन्धुपाल्चोक जिल्ला, जलविरे गाविसबाट जनयिताको देहवसान पछि कान्छी आमाको प्रताडना सहन नसकी काठमाण्डौ आएकी थिईन् । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भूकम्प

~सारदा पाठक~ हेलो आयो आयो रे आजभोलि जति खबर आउछ भुकम्पको आउछ पराकम्पनको आउछ गणतन्त्र दिवशको दिन पाँच चोटी सलामी आउछ हेलो आयो आयो रे आज भोलि जताततै भुकम्प छ पिउने पानीमा भुकम्प खाने दाल चामलमा भुकम्प

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रमभंगता

~विजय याेजीत~ अचेल मान्छेहरु हिंडेजस्तो गरेर दौडिएजस्तो गरेर अनि उडेजस्तो गरेर त्यहीं छन् त्यहीं पुगेका छन् र त्यहीं झरेका छन् ! सहरेहरुले बगरेहरुलाई फुकेका अफवाहहरुमा सेतीको बगरमा हथौडा छोडेर

Posted in कविता | Tagged | Leave a comment

कविता : पुनर्निमाणका लागि

~पुरु लम्साल~ म तिम्रो घरको जग खन्छु तिमी मेरो घरको गाह्रो लगाऊ यो पुनर्निर्माणको बेला हो आऊ, हामी मिलेर बनाउँ हाम्रो घर म तिम्रो घरको झ्याल बनाउछु तिमी मेरो घरको छानो लगाऊ

Posted in कविता | Tagged | Leave a comment

कविता : लाभाहरुको जन्म

~खगेन्द्र पन्धक लिम्बू~ कुनै नानी रुन्छ र, कि मेरो छाती चर्किन्छ कि धर्ती हल्लिन्छ पहाडको गर्भे पेटमा कान टाँसेर सुन्दैछु– लाभाहरुको जन्म हुँदैछ चिराइतोको पात चपाउदै समय गुराँसका थुँगाहरुमा बसाइँ सर्दैछ अँगेरीको नश्लसँग अब कुनै बिखुमा आक्रोशित हुने छैनन् । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भुइँचालो

~मीनराज ‘बसन्त’~ उसले कसैलाई गराएन जानकारी आउछु भनेर केहिले अनुमान मात्रै लगाएका हुन् ऊ जुनसुकै बेलापनि अतिथि बनेर आउन सक्छ अझैपनि चिन्दैनथे कतिपयले उसलाई कहाँ थाहा थियो उसको स्वभाव, गुण–अवगुण तर यति जरुर थियो कि

Posted in कविता | Tagged | Leave a comment

छोक : आज नि धक्का दियो रे !

~जीवन देवान ‘गाउँले’~ अस्ति कैले चर्काएर मुसा मार्ने साँचो जस्तो धराप भा’छ रे घर हामी त ‘बाँच्दुङना’ होला आमा भन्नु हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : म, मेरो छोरा र पश्यताप

~देश सुब्बा~ मेरो छोरा स्कूलबाट आयो शिक्षकले सजाय दिएको सुनायो र सम्झी सम्झी आँसु बगायो… त्यसले चिर्यो छाती म दुःखिरहे उसको घाउलाई मायाले मुसारिरहें ममताको रेखा कहाँ टुङ्गीन्छ सोचें जब यो हिँड्छ, शीत पर्छ छातीमा आँखामा वर्ष्षा हुन्छ कतिपय उसको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : कहाँ गए होलन् ती कवि?

~प्रकाश सायमी~ समय उब्रिएछ भने म तिमीलाई माया गरुँला… यस्तै शीर्षकको कविता पढेर अशेष मल्लले काठमाडौंको मञ्चमा ख्याति कमाएका थिए। कयौं कयौंपटक यो कविता उनले मञ्चमा वाचन गरेका छन्, कयौंपटक रेडियोबाट पनि बजेका छन्। दर्शकको दिल दिमागमा त अझै बजिरहेकै … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : चियाको बुट्टा – म

~कविता राई ‘गाउँले’~ प्रिय ,… तिम्रो केवल एक नजरले बर्षौ बाचेकीछु- म । सधै-सधैं एउटै जिन्दगी बाँच्नुको पीडा बाँच्नेलाई मात्र थाहा हुन्छ प्रिय , ठुट्टीएर पनि बुट्टा बाँच्नु पर्ने – मेरो बाध्यता आकाश छुने रहर भएर पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँदर, मदारी र हामी

~गोविन्द रावत~ अनारकली… रामकली… या यस्तै कुनै ‘कली’ नाम पाएकी बाँदर्नीले पहिरिएर दुरुस्त मान्छेको लुगा नाच्छे– डिमिडिमि, डिमिडिमि, डिमिडिमि डमरूको तालमा । त्यस्तै, धर्मेन्दर…

Posted in कविता | Tagged | Leave a comment

गजल : सुकेको छ देश

~घमराज लुइँटेल~ सागर थियो कुलो बनी सुकेको छ देश नेपालीकै मुटुभित्र दुखेको छ देश ढुङ्गो-माटो देखाउँदै नेपाल भन्छन् कोही यथार्थमा लजाएर लुकेको छ देश

Posted in गजल | Tagged | Leave a comment

अनूदित कविता : फक्रिँदो फूल

~यि हो यु~ अनु : केशव सिग्देल पत्र पत्र गरेर फूल फक्रिँदै जान्छ तबसम्म जबतक सिङ्गै स्वर्ग त्यहाँ खुल्दैन। त्यसपछि अन्तिममा एउटा पत्र बाँकी हुन्छ,

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कथा : मलेसिया श्रम कि सेक्स ?

~रामनाथ खनाल~ ‘म मलेसिया जान लागेको’, सुरुमा त साथिहरुले पत्याएनन् । ‘किन, जागिर खोज्न ?’ रमेशले त झन् गिज्याएर बोल्यो । रिस उठ्यो र फ्याट्टै भनिदिएँ, ‘हो ।’

Posted in नेपाली कथा | Tagged | Leave a comment

मुक्तक : काँडाले घोच्छन्

~सुजन बैरागी~ फूल देखाई काँडाले घोच्छन् भन्ने के थाहा आफन्तले नै पराया सोच्छन् भन्ने के थाहा

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : तलमाथि हुन्छ जीवन

~राम कृष्ण आचार्य~ ब्यस्तता र सुस्तताले तलमाथि हुन्छ जीवन।। इष्ट सम्झी हाँसी कहीँ मजबुरीले रुन्छ जीवन।। लक्ष्य अनि उद्देश्यका पहाडहरु माँझ हुँदा, उत्ताउलो मनको कुरा सधैं सधैं सुन्छ जीवन।।

Posted in गजल | Tagged | Leave a comment

गीत : के थियो र मेरो

~ज्योतिराज अधिकारी~ के थियो र मेरो के हुनेछ भोलि सबै सबै यहि छाडेर जानेछु । केही आस्था केही विश्वाश केही चाहना लिएर जानेछु । म खरानी भएपछी केहीबेर मेरो चर्चा होस्, म नभए पनि कहिले काहि

Posted in नेपाली गीत | Tagged | Leave a comment

पत्र साहित्य : हामी लेखक र कविहरुको मूल्य खोजिरहेछौं ।

~बिष्णु सुवेदी ‘दोलखे’~ अनामिका, यस पटकको सम्बोधनमा अलि फरक विषयलाई उठान गरे । हाम्रै गुनासो र पीडालाई तिमी सामु राख्ने मन गरेँ । आजसम्म राष्ट्र, समाज र तिम्रो सवाल उठान गर्दै आए । हामी लेख्नेहरुले अरुको पीडा, दुःखका कथा त … Continue reading

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कथा : परीक्षा

~दुर्गा बन्जाडे~ साँझपख मेरो फोनको घन्टी बज्छ। छोरीलाई दूध खुवाइरहेकी मैले त्यो अपरिचित फोन उठाउन त्यति जरुरी ठानिनँ। म भान्सामा खाना पकाउन लाग्छु। गएको तीजमा सबै दिदीबहिनीले ‘स्कुलमा त राम्रो विद्यार्थी थिइस्, किन अहिलेसम्म जागिर पाइनस्’ भनेर सोध्दा म निरुत्तर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रिय नेपाल बन्दैछ लाक्ष्यागृह कसो गरुँ ?

~पुरुषोत्तम दाहाल~ प्रिय नेपाल बन्दैछ लाक्ष्यागृह कसो गरूँ ? शकुनी सोचका पासा भिल्लका हातमा चरु बाल सन्ततिका साथ आमा कुन्ती निरीह छिन् । जनता जल्न खोज्दैछन् खरानी हुन के गरूँ ? लोक पूर्व दगुर्दै छ तन्त्र दक्षिण पश्चिम हिमाली काख … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जसोतसो जिउने मान्छे

~राजकुमार बास्तोला~ अनिश्चितताले रुमलिएको जीवन बाधाहरूले भरिएको बाटो जिउनेको जीवन छैन हाँस्नेको मन छैन आशा छ, पूरा हुने सपना छैन र पनि हाँसेको छ जसोतसो जिउने मान्छे ।

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा सपनाको पछाडि

~नवीन रायमाझी~ एउटा सपनाको पछाडि दौडिरहेको छु के थाहा ? यो सपना पूरा हुन्छ कि हुँदैन सपना फुल्छ कि फुल्दैन ? तैपनि, एउटा आशाको दियो बालेर निरन्तर दौडिरहेको छु निरन्तर पदचाप बनाइरहेछु ।

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : साहित्यमा पहिचान

~राजा पुनियानी~ आउँदै गरेको आँधी ‘अब त उमेर भयो । खै, फोनमा कुरा हुने होइन… । इन्द्रबहादुर राईसँग कुरा भएको त दुई वर्ष पो हुन लाग्यो ।’ भन्दै थिए, बैरागी काइँला । तेस्रो आयामका हस्ताक्षर । टिफिनपछिको अपराह्न पिरियडमा तीन … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : मासुबिनाका मान्छे

~मनोज बोगटी~ भित्ताको स्तक्रिनमा म हेरिरहेको थिएँ । फेरि एउटा सपनाले आकार लिइरहेको दृश्य नांगो आँखाले म चौथोपल्ट हेरिरहेको थिएँ । चौथो सपना थियो त्यो । ** पहिलो सपना बुनिएको साँझ हुरी चलेको थियो । बाटामा रुखहरु लडेका थिए । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : दुःस्वप्न सुन्दरी

~हिमांशु केशव~ कैलो घुम्रेकेश हावामा लहराउँदै तलाउमा ढुंगा हान्ने र उठेका तरंगहरू हेर्दै निःसंकोच अट्टहास गर्ने बैँसोन्मत्त यौवनाले आँखा नचाएर आमन्त्रण गर्दा अभिसारका लागि मेरो ढुकढुकी एकदमै बढेको थियो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : उम्मेदवार

~स्नेह सायमि~ देश, जनता र पार्टीको काममा जीउज्यान गुमाउनेले पनि नपाएको धेरैले धेरैपटक घुर्की देखाएर पनि नसकेको मैले पाएँ टिकट म उम्मेदवार हुँ तिम्रो पार्टीको ।

Posted in कविता | Tagged | Leave a comment

कथा : बन्धक

~तृष्णा राज्यश्री कुँवर~ एयरपोर्ट बाहिर विदेशिने तरखर गरिरहेका युवाहरूको ताँती छ । कोही निन्याउरो अनुहार लगाइरहेका, कोही खुसीले चहकिरहेका, कोही सशङ्कित, कोही भयभित, कसैका आमाबाबुको आँखाबाट आँसुको धारा बगिरहेको, कसैका श्रीमती अँध्यारो मुख पारेर बसेकी, यस्तैयस्तै दृश्य देखिन्छ यहाँ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment