Tag Archives: नयनराज पाण्डे – Nayanraj Pandey

Translated Story : Red Wine

~Nayan Raj Pandey~ Translation : Akhilesh Tripathi “Oh! You never drink, hajur? Really? You are not familiar with the taste of rum, brandy, whiskey or wine? We are blessed to have a person like you. We are happy. Extremely happy. We … Continue reading

Posted in Translated Story | Tagged , | Leave a comment

कथा : सलिम

~नयनराज पाण्डे~ मलाई एउटा कथा लेख्नु थियो । मैले कथाको शीर्षक पनि सोचिसकेको थिएँ–सलिम । सलिम मेरो बाल्यकालेको साथी–मुसलमान । उसको बाबु एकलैनी बजार जाने गल्लीको मुखैनेर बसेर जुत्ता सिउँथ्यो । पालिस गथ्र्यो । मोची भन्थे सबै उसलाई । असलम नाम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘लू’ उपन्यासको सङ्क्षिप्त समीक्षा

~दिनेश प्रधान~ भनिन्छ, मान्छेको सबैभन्दा असल मित्र पुस्तक हो। तर पुस्तक साथीमात्र होइन, कहिलेकाहीं पथ प्रदर्शक भएर आउँछ त कहिले हतियार भएर आउँछ। त्यही भएर होला कहिलेकाहीं स–साना पुस्तकलाई पनि प्रतिबन्ध लाग्ने गरेको हुन्छ। स्वैर परिकल्पनाका तिलस्मी कथाका किताबहरु तथा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : राजवको ‘सोटिट’

~नयनराज पाण्डे~ एउटा लेखकले अर्को लेखकको रचनामाथि विशुद्ध पाठकीय धारणा बनाउन साह्रै गाह्रो हुन्छ । जति नै जोगिन खोजे पनि यसमा लेखकको आफ्नै आग्रह र पूर्वाग्रह हावी भैहाल्छन् । यसपटक राजवको नवीनतम उपन्यास ‘सोटिट’ माथि यो समीक्षा लेखेर त्यो जोखिम … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : रिट

~नयनराज पाण्डे~ मेरो निर्माणधीन चलचित्रको कथा यस्तो थियो– ‘सहरमा प्रभात र अजय नामका दुई आत्मीय मित्रहरू छन् । सँगै कलेज पढ्छन् । एउटै कक्षामा एउटै विषय पढ्छन् । प्रभातकी आमा शान्तिदेवी र अजयका पिता दलबहादुर दुई भिन्न आदर्श र चिन्तन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : तीन प्रधानमन्त्री र एउटा आम मान्छे

~नयनराज पाण्डे~ एकादेशमा, मैले भेटेको थिएँ तीन प्रधानमन्त्रीहरूलाई । अहिले सोच्दा लाग्छ, नभेटेकै भए हुन्थ्यो । ——- त्यतिबेला मैले आफूलाई बहुतै ठूलो मनुवा सम्झिएको थिएँ, जतिबेला पहिलोपल्ट नेपालका प्रधानमन्त्रीसित मेरो फेस टु फेस भेट भएको थियो । भावुकता घाँटीको मध्यभागमा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : इँजार

~नयनराज पाण्डे~ ‘ए आशा ! कहाँ छ्यौ अचेल तिमी ? के तिमीले अझै ओठमा लाली लगाउँछ्यौ ? अझै गाजल लगाउने गरेकी छ्यौ आफ्ना ठूलठूला आँखामा ? रातो धागोले दुई चुल्ठो बाट्छ्यौ अझै पनि ? तिम्रो केशबाट के अझै आउँछ चमेली … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : बकबक

~नयनराज पाण्डे~ कति बोल्छ यो मान्छे? कसरी यसलाई चूप लगाउने होला? कतिपटक सम्झायौं पनि उसलाई– “ए भैया, यसरी बकबक नगर। हाम्रो दिमाग खराब हुन्छ।” ऊ हाम्रो कुरो सुनेर ङिच्च हाँसिदिन्थ्यो। कति सेतो थियो उसको दाँत। हामीभन्दा अलिक कालो रोगनको थियो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : यार, मजाक गरेको

~नयनराज पाण्डे~ किन बस्छ सलिम सिनेमाका पोस्टरहरू टाँसिएका भित्तामुनि? के त्यो एकलैनी बजार पस्ने गल्लीको दाहिने भित्ता होइन? के ऊ त्यही भित्तामुनि वर्षौंदेखि जुत्ता पालिस गरेर बसिरहेछ? म हरेक दिन सम्झन्छु सलिमलाई। जबजब नेपालगन्जसित जोडिएका स्मृतिले भरिएको सुटकेश खोल्छु, पुराना … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : चाबेलमा लिन आउनु ल!

~नयनराज पाण्डे~ किन हिरासतमा छ नारी आजसम्म? के तिमीले आफ्नो अँगालोबाट अझै मुक्त गरेका छैनौ उसलाई? खै, कुन मुडमा लेखेको थिएँ मैले यो छोटो कविता। बेला कुबेला कविता त लेख्ने नै हुँ मैले पनि। ‘लू’ लेख्दाताका भने उपन्यास लेखनको ह्याङबाट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बेकुफ

~नयनराज पाण्डे~ साह्रै असल मान्छे ऊ । नाम बुद्धिराज थर थानी, स्वाभावले साह्रै ज्ञानी । साह्रै फरासिलो र साह्रै स्वाभिमानी । एकपटक कलेज पढ्दा उसले देशभक्तिले ओतप्रोत कविता लेखेको थियोः मेरो देश ज्ञानेन्द्रले रजाइँ गर्ने नारायणहिटी होइन, मेरो देश पारसले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निदाएँ जगदम्बा

~नयनराज पाण्डे~ उनलाई अचेल राम्ररी निद्रा पर्दैन। अनिद्राका रोगी भएका छन्। सुरुसुरुमा त उनले आफ्नो अनिद्रालाई सामान्य रूपमा लिएका थिए। तर पछि उनलाई यसले निकै दुःख देला जस्तो लाग्न थाल्यो। एक त राजनीति गर्ने मान्छे। त्यसै पनि सधैँ तनावग्रस्त, सधैँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : के पढ्ने

~नयराज पन्त~ अहिले कसको छ हातमा प्रभु–शक्ति, प्रभुको विचारमा। कुन वस्तु छ, के गरीकन हुन जाला प्रभुको खुशी मन।। यति वस्तु गरेर चिन्तन कवितामा त्यति वस्तु ल्याउन।

Posted in कविता | Tagged | Leave a comment

कथा : मृत्युशय्यामा युधिष्ठिर

~नयनराज पाण्डे~ यो कथा इतिहासमा कतै पनि लेखिएको छैन । तर, यसका पात्रहरु अझै पनि जीवित छन् । दुर्भाग्य ! तिनीहरु यस कथाको सत्यताको साक्षी बस्न तयार छैनन् । त्यसैले यो कथा अविश्वसनीय लाग्न सक्छ । तर पनि म तपाईं … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शासन

~नयनराज पाण्डे~ हाम्रो घर ठूलो थियो । एकदमै ठूलो । दरबार जत्रो । दरबारजस्तो । सेतो । निख्खर सेतो । बलियाबलिया खम्बाहरू । बलियो छत । ठूल्ठूला पर्खालहरू । कसैले बाहिरबाट चियाउने कुनै सम्भावना नै नभएको । त्यति ठूलो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चकलेट

~नयनराज पाण्डे~ पजेरोलाई सदरमुकाममै छाडेपछि स्वकीय सचिव र म लखरलखर हिंड्न थाल्यौं । गाउँको बाटो धूलो र माटो डुङडुङ् गनाउने गोबर र गुहु । गाउँ किन यस्तो फोहोर हुँदै गएको ? अहिले म आफ्नो गाउँ जाँदैछु । चुनाव जितेर गएपछि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रेड वाइन

~नयनराज पाण्डे~ ‘ओहो ! हजुरले कैले पनि पिइबक्सन्न ? साँच्ची ? हजुरलाई रम, ब्रान्डी, हि्वस्की, वाइन कसैको पनि स्वाद थाहा छैन ? हजुरजस्तो व्यक्तिलाई पाएर हामी धन्य भएका छौँ । खुसी छौँ । साह्रै खुसी छौँ । हजुरको नेतृत्वमा काम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment