Tag Archives: महेश प्रसाईं – Mahesh Prasai

कविता सङ्ग्रह : गणतन्त्रको खेती: आन्दोलन कविता २०६३

जनआन्दोलन २०६२-२०६३ मा सहादत प्राप्त गर्नु भएका सबै ज्ञात-अज्ञात सहीदहरूमा ससम्मान समर्पण गणतन्त्रको खेती: आन्दोलन कविता २०६३ – भाग – १ संयोजक नेपालीकविता डट कमको लागि विक्रम सुब्बा

Posted in कविता सङ्ग्रह | Tagged , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , | Leave a comment

कविता : निषेधको जङ्गलमा

~महेश प्रसाईं~ पार्थ, तिमी आफ्नो कुण्ठित चिन्तनको रणनीतिद्वारा द्वन्द्व र युद्ध, हिंसा र आतङ्क, ईष्र्या र कपट, आदिआदि विरूप नृशंस क्रूर–काँतर शब्दका लेपनहरूले यो महान् राष्ट्रको अस्वाभाविक परिभाषा

Posted in कविता | Tagged | Leave a comment

कविता : ऐनामा चस्मा

~महेश प्रसाईं~ आँखाको पनि रिदम हुन्छ चस्मामा कति विश्वास छ, ऐनामा सबै कुराहरू देखिँदैनन् कमसेकम तिम्रो ढाड देखिँदैन पिठिउँ देखिँदैन मेरूदण्ड देखिँदैन कुर्कुच्चाहरू देखिँदैनन्,

Posted in कविता | Tagged | Leave a comment

कविता : शनैः शनैः रेगिस्तानहरू

~महेश प्रसाईं~ आजकल तिम्रो तस्विरमा कुनै कोमलता देख्तिनँ, भद्दापन भएपनि हुन्थ्यो, कुन्नि कस्तो सुडौलको एकएक अनर्थमा क्रूरता र कलुषितताहरू कपट र अनर्गलहरू भित्रैदेखि मडारिरहन्छन्,

Posted in कविता | Tagged | Leave a comment

कविता : मनुष्यको विघटनमाथि

~महेश प्रसाईं~ अकस्मात् एक दिन एउटा प्रेतात्मा मसानबाट फुत्त बाहिर निस्कियो र मानिसको भेषमा देखा पर्‍यो, सडकको बीच चौराहमा, उसलाई पार्लियामेन्टमा जानु थियो,

Posted in कविता | Tagged | Leave a comment

कविता : अलिकति उज्यालाको गति हिँडिदिन्छु

~महेश प्रसाईं~ अलिकति उज्यालाकोगति हिँडिदिन्छु। कुनै शान्त–प्रशान्त धुनसित अलिकति अँध्याराको पाइला चपाएर कोलाहलमा पनि उज्यालाको गति हिँडिदिन्छु अलिकति स्पर्श उज्यालाको, अलिकति कलशको अलिकति टहक जूनको, अलिकति मधुमासको कतिपय रातले पोखेको चुकलाई नङ्ग्याएर

Posted in कविता | Tagged | Leave a comment

कविता : सिँहशमशेर र चीरहरण

~महेश प्रसाईं~ सबैलाई थाहा छ सत्य निर्वस्त्र हुन्छ । त्यो सत्य आजकी द्रौपदी हुन् ती द्रौपदी निर्वस्त्र छैनन् । मणिमाणिक्य हीराजवाहरात वस्त्र आभूषण

Posted in कविता | Tagged | Leave a comment

कविता : चरा र धर्म

~महेश प्रसाईं~ तिमी मुसलमान म सर्वमान ऊ हिन्दू यो बुद्धिष्ट, त्यो क्रिस्तान अर्को कोही शिख बहाई, एउटा चराले हेर्दा केही देख्दैन यी सबैलाई , उसले आफ्नो दृष्टिमा

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ऊहापोहयुक्त कथा— अटोग्राफ

~महेश प्रसाईं~ समकालीन नेपाली साहित्यमा गीत, कविता र कथा लिएर देखा परेका स्रष्टा पंक्तिमा विष्णु राईको नाम भिन्न ढंगबाट लिनुपर्ने हुन्छ । त्यो ‘भिन्नता’ उनले प्रयोग गर्दै आएको प्रविधि हो र उनको कथाकारले पहिल्याएको स्वत्वको खोजी हो । यी तीनै … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : एउटा यस्तो बिहान

~महेश प्रसाईं~ हरेक बिहान यहाँ पहिरो जान्छ हरेक दिउसो यहाँ असङ्ख्य निर्दोषहरूको एउटा शोकगीत मरणासन्न हुन्छ, त्यसैले पहिरो गयो त के भयो जान देऊ, त्यसैले तिम्रो निर्दोषितामा वज्र पर्योर त के भयो पर्न देऊ, कथङ्कदाचित् शोकगीत नगाऊ

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : मौनको अग्निशमन

~महेश प्रसाईं~ अभिवादन, शून्यलाई अभिवादन। नमन्, रत्तिmतालाई नमन्। पराकृतिलाई नमन्। निराकृतिलाई नमन्। नमन्, आत्मालापलाई नमन्। आत्मोद्गारलाई नमन्। निहत्था कोहरामलाई नमन्। बलात्कृत, सन्ध्यालाई नमन्। अनाधिकृत, अभिवादन नगर्नु समयलाई। नगर्नु, समयलाई अभिनन्दन। समय छैन, समयसित।

Posted in निबन्ध | Tagged | Leave a comment