Tag Archives: कुबेर काका – Kuber Kaka

व्यङ्ग्य कविता : कान चिरेका जोगीहरु

~कुबेर काका~ १ यो व्यासको जन्म भूमि जन्मना साथ सालनाल सहित  आत्मनिर्भर बन्न हिडने नवजात शिशुहरुको हो यो माटो यो सिध्दार्थको ज्ञान भूमि बृद्ध भएर मृत्यु बरण गर्नु भन्दा मृत्यु टार्न अग्रसर हुने नवयुवकहरुको हो यो माटो

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : निदाउन छोडेको छु

~कुबेर काका~ १ झपक्क आँखा चिम्लिदा नेपाली जनताको काया फेर्न समान अस्तित्व कायम गर्न विधिको शासन कार्यान्वयन गर्न आर्थिक विचलन अन्त्य गर्ने हाम्रो कदमबाट भयभित भएर हामीलाई क्रुरता पूर्व हत्या ग¥यो हाम्रो यात्रा जारी छ भन्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : बलेको आगो ताप्ने

~कुबेर काका~ १ बलेको आगो मात्र ताप्ने ए महत्वाकांक्षीहरु ! चिताको आगोमा दन्दनी बल्दै गरेको लासले तिमीलाई आगो ताप्नका लागि बोलाई रहेछ चिताको आगो तापेर त हेर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँच केबल अर्काका लागि

~कुबेर काका~ १ हाम्रा दुर्गन्धित शहर गाऊँ र बस्तीहरूका हरेक गोरेटा,गल्ली र सडकहरूमा दुर्योधनको अहमता र अहङ्कार मुछिएर पाइला राख्ने ओभानो ठाउँ भेटिँदैन । विचार बोक्नेहरूका वादका पाप्रा उक्किएर कसैको आकृति ठम्याउन सकिँदैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : यो कविता होइन भन्ने तिमी को ?

~कुबेर काका~ १ यो कविता होइन भन्ने तिमी को ? सम्बृद्ध र सम्पत्रको भान्सामा भान्सेले पकाएको परिकार जस्तै परै मग्मगाउने सग्लै निली सकेको भएपनि बस्तुले उग्राए जस्तै ओकलेर चपाउदा र्‍याल आउने जिब्रो रसाउने र घाँटीमा नअडकिने लपक्क पारेर पकाएको बास्मति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कविज्यू बाटो देखाऊ

~कुबेर काका~ १ ए मेरा प्यारा अन्धभक्त कविज्यूहरु ! किन अन्धकारमा बस्न राजी भई रहेछौ ? किन मौन छौ तिमीहरु ! शब्दमा विद्युतीय शक्ति सञ्चारित प्रवाहित गर ! तिमी भित्र संसार उज्यालो पार्ने क्षमता छ त ! रटाईएका शब्द ओकलेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वादका नङ्ग्राले चिथोरिएका आकृतिहरू

~कुबेर काका~ १ वादका नङ्ग्राले चिथोरिएका पिलिएर पीप निचोरिएका अभिशप्त विकलाङ्ग र विकृत भएका आकृतिहरू मक्किएर भाँचिन लागेका निदाल र दलिनहरूबाट जोगिँदै झस्केला र आँखीझ्यालहरूबाट चोकका गल्ली गल्लीमा आत्मरतिमा रमाएर

Posted in कविता | Tagged | Leave a comment

गीत : गैंडा हो गैंडा सिमेण्ट यो गैंडा

~कुबेर काका~ सेवा मुखी मुनाफा छ नाफा मुखि छैन बजारमा खोजी गर्दा भन्छन पाइदैन जग पिलर र ढलाईमा गैंडा नै लगाऊ आफू बस्ने घरलाई बलियो बनाऊँ । गैंडा हो गैंडा सिमेण्ट यो गैंडा

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : दशैं

~कुबेर काका~ १ सालभरीलार्ई तिहुनको गुन्द्रुक त्यसलाई धूप हाल्न पुर्याउनु पर्ने भुटुन तुल्याउन साहुका हल गोरु मागेर दमको रोगी बिस्तारै बिस्तारै ह्याप्याक ह्याप्याक गरेर सकी नसकी बारीमा आँतर काटदैछ । २ दश बर्से छोरो छिमेकीको घरमा

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : कृषिमा अनुदान

~कुबेर काका~ कृषि प्रदान देशको साधारण किसान(किनेर सामान नखाने)को छोरो थिएँ म । स्कूल पढदा लेखा नपढने कृषि शिक्षा पढने भनेर मनसाय राख्दा लेखा पढने साथी रेवती पराजुले प्रश्न पत्र हेर्न नदिएको र खोसाखोस गर्दा च्यातिएकोले पन्ध्र बर्ष बोलचाल नभएको … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : संवृद्धि खोज्दैछ उदयपुर

~कुबेर काका~ १ बैँसको उन्मादमा आफूले गरेको कर्ममा अहमता व्यक्त गर्दै माहुते नभएको मत्ता हात्तीजस्तै मन परी विचरण गर्ने त्रियुगा बरुवा ताउ रसुवा ककरु र यारीहरू अवसर पाउँदा कुर्लिने खोल्सा र खहरे

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : मैले भोगेको सुशासन

~कुबेर काका~ देशवासीले अव कुनै आन्दोलन र हडताल गरेर अधिकार खोज्नु पर्दैन । हुकुमी राणा शासन जनताको चाहना अनुसार संघर्ष गरेर हटायौं । कालो पञ्चायतका लागि पनि जनता कै सहयोग लिएर समाप्त गर्न सफल भयौं । देशमा २४० बर्ष जरो … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : अघि बढ

~कुबेर काका~ हुक्के, द्वारे र बैठके, चम्चेका संगमा बसी बिक्नेकाे शीर गनेरै, काटिन्थाे गाउँमा खसी सित्तैमा टर्दथ्याे छाक, खान बस्थे घुँडा धसी सकिन्न लेखेर कैह्ले, सकिन्छ लेखने मसी चुनाबी लहर मुस्लाेमा, भाेज भतेर चल्दथ्थाे खाएकाे एक छाकैमा,भविष्य बुझ बल्दथ्याे खर्चिने … Continue reading

Posted in कविता | Tagged | Leave a comment