Tag Archives: कृष्ण वस्ती – Krishna Wasti

गीत : बात मारुँ के गरी

~कृष्ण वस्ती~ बात मारुँ के गरी म,बोली लर्बराउँछ । पात टाँसें तैपनि यो आँखा फर्फराउँछ ।। घुम्दा-घुम्दै पुगें म त कोशी किनारैमा । पानीसँग चल्दा-चल्दै डुबें विचारैमा ।।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : टिकुल-टिकुल

~कृष्ण वस्ती~ डालीमाथि टिकुल्-टिकुल झिमझिम परेली । बेलौतीको दानो टोक्दै नाच्छ जुरेली ।। जिन्दगीको तीतो-मीठो भाखा सुसेली । टिकुल्-टिकुल डालीमाथि नाच्छ जुरेली ।। टिकुल्-टिकुल डालीमाथि…….

Posted in नेपाली गीत | Tagged | Leave a comment

छोक : मेरो मौलिकता

~कृष्ण वस्ती~ पल्लो चोकमा मोटरले किचेर मान्छे मरेछ , पुलुक्क हेर्नेबाहेक रोकिने फुर्सद कसैलाई भएन । वल्लो चोकमा मोटरले किचेर कुकुर मरेछ ,

Posted in कविता | Tagged | Leave a comment

गीत : विरहमा

~कृष्ण वस्ती~ विरहमा आकाशले धारा बगायो कि , छिया-छिया धरतीले तारा खसायो कि ? रोक्न-छेक्न भाको छैन विदेश जानेलाई । तर कल्ले जोतिदेला गोरू जोभानेलाई ?

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य छोक : इमान्दारी

~कृष्ण वस्ती~ दिन्छु भनेका जून-तारा नीलो आकाशमै छन् , खान्छु भनेका वाचा-खसम चिसो बतासमै छन्,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छन्द कविता : हिजो-आज

~कृष्ण वस्ती~ छन्द : शार्दूलविक्रीडित हिजो भित्री हिर्दयमा दुखेपनि कतै हाँसेर सन्चै थिएँ । छातीभित्र म रोकिएपनि कतै बोलेर ज्यूँदै थिएँ ।।

Posted in छन्द कविता | Tagged | Leave a comment

गीत : बगेको छ मूल

~कृष्ण वस्ती~ धरतीमा कलकलाउँदो बगेको छ मूल। सिर्जनामा फुलेको छ,अजम्बरी फूल ।। चुम लिम्बूले छोएपछि मसी गीत बन्छ ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीति कविता : काली गङ्गा

~कृष्ण वस्ती~ लाज मान्छ तिम्लाई देख्दा शयपत्री-थुङ्गा । राखिदिए नाम तिम्रो उसै काली गङ्गा ।। हाँगालाई छलेपनि छाँगाबाट खस्छ्यौ । काली गङ्गा कहाँ पुगी बास तिमी बस्छ्यौ ? लेकबाट बेंसी झर्ने तिम्रो केशराशि। राखेको छु साँची मैले हिर्दयमा टाँसी ।।

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : अन्तर्बोध

~कृष्ण वस्ती~ बग्ने गला-गुञ्जनबाट भाका । स्वयं कलाझैं सुकुमार पाखा ।। आकाशचुम्दै चुलिंने पहाड । टाढा नहुन् हिर्दयलोकबाट ।। ढाकेर नीलो नभले कपाल । हाँसेर बोलाउँछझैं हिमाल ।। सोपानझैं पर्बतका तरेली । हेरूँ उठाई म सधैँ परेली ।।

Posted in कविता | Tagged | Leave a comment

गजल : मन लाग्यो

~कृष्ण वस्ती~ मीठा-मीठा कुरा मलाई गर्नमन लाग्यो । तिम्रै लागि बाँच्न अनि मर्न मन लाग्यो ।। टोलाउँने अँधेरीमा तिम्रो नजर तान्न । टिल्पिलाउँदो तारा बनी झर्न मन लाग्यो ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : राम्रो लाग्छ

~कृष्ण वस्ती~ जात होइन चिन्तनको, कुल राम्रो लाग्छ । फक्रिएका सबैथरी, फूल राम्रो लाग्छ ।। घामछाया बराबरी, जिन्दगीको माया । बाँडी-चुँडी सँगै भोग्दा, शूल राम्रो लाग्छ ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : उनी यस्ती

~कृष्ण वस्ती~ सन्सारको ‘स्वर्ग’ तिमी, पाऊँपाऊँ जस्ती । हिर्दयको ‘तीर्थ’ सधैँ, धाऊँधाऊँ जस्ती ।। गाईबस्तु हेर्न जाँदा, मौका मिलाएर । वैशाखको ‘काफल’ टिपी, खाऊँखाऊँ जस्ती ।।

Posted in गजल | Tagged | Leave a comment

गीति कविता : लेखिदिएँ तिम्रो नाम

~कृष्ण वस्ती~ अर्कै कुरा खेलेको पो ,थ्यो कि तिम्रो मनमा । लेखिदिएँ तिम्रो नाम, मैले देवी-थानमा ।। नबोल्दा’नि दुख्छ्यौ अरे, बोल्नखोजे लुक्छ्यौ । छोयो कि त लाजवन्ती, झारजस्तो सुक्छ्यौ ।।

Posted in गीति कविता | Tagged | Leave a comment

लेख : दशैं एक चिन्तन

~कृष्ण वस्ती~ दशैंको शुरुवात हुन अब केही दिनमात्र बाँकी छ तर यसको चर्चापरिचर्चाले भने नेपाली जनजीवनलाई लपक्कै ढाकिसकेकोछ ।देशविदेशमा रहेका आफन्त जन आउँने खबरले कसैको घरमा खुसी छाएको छ र घर फर्कन चाहनेहरू दिन गनेर रमाइरहेका छन् ।आफन्त मिलनको आनन्द … Continue reading

Posted in लेख | Tagged | Leave a comment

गीत : पिरतीको डोरी

~कृष्ण वस्ती~ पिरतीको डोरी बरै काट्न नमिल्ने जे गरे’नि आफैंलाई ढाँट्न नमिल्ने । हेर्दा-हेर्दै चमेली त सेतै फुल्यौ नि तिम्रो-मेरो पुरानो त्यो याद भुल्यौ कि?

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : पुकार्छ

~कृष्ण वस्ती~ असारको बादलले पुकार्छ । तिहारको मादलले पुकार्छ ।। पाकेर राताम्पुर बोटमाथि । वसन्तको काफलले पुकार्छ ।। उठी सखारै धरती नुहाई । लाली चढेको नभमा सुहाई ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रतीक्षा

~कृष्ण वस्ती~ चराको गीतसँगै उठेका हिउँकुमारीहरु, एकै लहर खडा हुन्छन् पँधेरामा, घामको मुस्कान देखेर लजाउँछन् त्यसैले गालामा लाली चढाउँछन्, र यौवनको शोभा बढाउँछन् ।

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : भैंसीको दोहनः लोकतन्त्रको चिन्तन

~कृष्ण वस्ती~ कुरो २०३२ सालको हो ।मेरो अनन्य मित्र केशव पहाडीकी बहिनीको बिहे धरानबाट हुने भएकाले केशवका बा-आमा धरान आउनुभयो ।अब सात दिनसम्म केशब र मैले धनकुटामा उसको घर कुर्नुपर्ने भयो ।तसर्थ घर कुर्न हामी दुईभाइ चाहिं धनकुटा गयौं ।भान्सामा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

लघुकथा : बिचरा नियति

~कृष्ण वस्ती~ साँझ छ बजेभित्र गन्तव्यमा नपुगे यात्रुहरु अलपत्र पर्छन् भन्ने कुरालाई हेक्का राखेर बस निर्धारित समयमा सखारै बाटो लाग्यो ।यात्रीहरु मध्ये झ्यालतिरको १५ नं० सिटको पुरुष यात्रीले १४ नं०की नारीको अनुरोध स्वीकार्यो र उनीहरुले सिट साटासाट गरे ।यसबाट उनीहरुको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पहिचानको यात्रा

~कृष्ण वस्ती~ प्रत्येक कार्यक्रमको शुरुमा ‘मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ’ अनि एकै जात-जाति धर्म भएपनि धनीले गरीबको शोषण गर्छ भन्ने भावको गीतले छोयो ।त्यसैले बाहुनको जात जनाउने टुप्पी-जनै फालेर म अभियानको हिस्सा बन्नपुगें।पहिरोमा बारी तानिएजस्तै तानिएकामध्ये गाउँकै भाइ, सुदीप मगर र … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : लज्जाबोध

~कृष्ण वस्ती~ अरुसँग लागेको लाज समयको बोक्रा फेरिएसँगै पचेर जान्छ ।तर स्वयंसँग लागेको लाजचाहिं जीवनपर्यन्त नपच्ने रहेछ ।आजभन्दा चारदशक अघि धरानमा पढ्दाको लज्जादायी कुरो हो ।प्रवेशिका परीक्षा सकेपछि केहीदिन धरानमा फुकेको भोटे कुकुरजस्तै स्वन्त्रतापूर्वक घुमेपछि मात्रै पहाड घर जाने विचार … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

लघुकथा : फट्याङ्ग्राको बुद्धि र बल

~कृष्ण वस्ती~ खरायो र सिंहको कथा पढेपछि जोसँग बुद्धि छ त्यसले जस्तोसुकै शरीरको बलियोलाई पनि ठीक लगाउँछ भन्ने ज्ञान पाएको फट्याङग्रोले आफूलाई नकै बुद्धिमान् र बलबान पनि ठान्न थाल्यो ।रूख, कदापि हिंड्न सक्दैन तर ऊ हिंड्छ।सिंहलाई मार्ने खरायो रूखमा चढ्न … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

छन्द कविता : सत्यमेव जयते परिणामे

~कृष्ण वस्ती~ छन्द : स्वागता अङ्ग-भङ्ग हुन गो गरिखाने छैन चाहत उसै मरिजाने । भन्दथे जिजु सधैँ तर साने ! सत्यमेव जयते परिणामे ।। मारकाट बल-बन्दुक छाने क्रान्तिका गफ दिए जजमाने । खोसिए अब सबै नख-प्वाँख सत्यमेव जयते परिणामे ।।

Posted in छन्द कविता | Tagged | Leave a comment

गीतिकविता : अमृत-दीप

~कृष्ण वस्ती~ आँखाभरि अजम्बरी रुप खुल्यौ कस्तो ? अमृतले जुनीजुनी दीप जल्यौजस्तो । लालुपाते हातभरि इन्द्रधनु सीप, हिउँचुलीझैं माया मेरो अँजुलीमा टिप। नखोलेरै मनको कुरा खोलिरहें कस्तो?

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : रोई-रोई

~कृष्ण वस्ती~ रोई-रोई बजि-रैछ सारङ्गीको धुन । जन्मभूमि पुकार्दछिन् हाम्लाई एक हुन ।। को होला यो विभाजनको घण्टा बजाउने ? पिप्ले खेत होइन देश बण्डा लगाउने । दु:ख हाम्रो साझा शत्रु ,जात-जाति होइन ।

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : सम्झनामा

~कृष्ण वस्ती~ सम्झनामा अल्झिएको मनको चाल कस्तो ? कुइनेटोमा ठोक्किएर घुम्ने छाल जस्तो ।। नलाएको साइनो पनि लगाऊँ-लगाऊँजस्तो । वैगुनीलाई गुनले मारी सताऊँ-सताऊँजस्तो ।।

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : आकाशले

~कृष्ण वस्ती~ आकाशले धरतीलाई नछोएकै जाती । रोई-रोई पिरतीलाई नधोएकै जाती ।। नराखे’नि हुन्छ मलाई मनमा सजाएर । गाइदिए पुग्छ मलाई गीत बनाएर ।।

Posted in गीति कविता | Tagged | Leave a comment

गीत : मेरो सानो मन

~कृष्ण वस्ती~ फूल भए वसन्तलाई पर्खी-पर्खी फुल्थें। मूल भए सुसाउँदै मुहानलाई भुल्थें ।। बार-बार नपाइने जिन्दगानी कस्तो ? झरेपछि बिलाउँने शीत-दाना जस्तो ।। भोको पेट खोज्दोरैछ भोजनको गाँस ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिम्रै गीत

~कृष्ण वस्ती~ हिर्दयको पँधेरीमा पानी भर्दाभर्दै । परेलीमा लुक्नखोज्ने नानी चोर्दाचोर्दै ।। गीत मैले तिमीलाई छोएँ एकैपल्ट । सम्झनामा आफैंलाई धोएँ धेरैपल्ट ।। फूलजस्तो रुप तिम्रो बास्ना मग्मगाउँदो ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

छोक : गुलाफको अभिमान

~कृष्ण वस्ती~ घामले दिएको न्यानो ओढ्यो, हावाले पठाएको शीतलता टेक्यो, र

Posted in कविता | Tagged | Leave a comment

छोक : कुरो त यसो पो?

~कृष्ण वस्ती~ गाउँमा बाघ मारिएको हल्ला फिंजियो , नाचगान गर्दै मान्छेको भीड धुरियो ,

Posted in कविता | Tagged | Leave a comment

नेपाली शुद्धलेखनका सामान्य आधार

~कृष्ण वस्ती~ ———————————————– शब्दको शुरु र बीचमा इकार ह्रस्व हुने नियम ———————————————– 1 नेपाली भाषाका धेरैजसो शब्दका शुरु र बीचमा इकार ह्रस्व हुन्छ :-मितिनी, बहिनी, सिन्की, मानिस, दाहिने, सिन्कौली, माहिलो, साहिंलो, रसिलो, सेपिलो, छिमेक, दिदी, ढिंडो, झुसिलो, अमिलो आदि । … Continue reading

Posted in लेख | Tagged | Leave a comment