Tag Archives: kabita

कविता : देश

~पदम विश्वकर्मा “प्रतिक”~ आजभोली मन दुखेको छ देशको किन कि देश युद्ध मैदानमा तैनाथ भएको छ । त्यसैले दुखेको देश, स्वतन्त्र बाँच्न चाहन्छ । सगरमाथा हरेक दिन रोइरहेछ,

Posted in कविता | Tagged | Leave a comment

कविता : भोटो युद्ध

~टंक वनेम~ मलमलको कपडामा मणि माणिक बहुमूल्य रत्नजडित भोटो रथको बुर्जाबाट घुमाउँदै चारैतिर सोधिन्छ प्रत्येक वर्ष हे भोटो यात्री हो ! यो कस्को भोटो हो ? प्रमाण देखाउ कर्कोटक नागले दिएको उपहार

Posted in कविता | Tagged | Leave a comment

कविता : ख्वामित्

~सरगम भट्टराई~ हेर्नुस् न ख्वामित् यसले त न हामीले भनेको मान्छ न हाम्रो बुख्याँचा बन्छ जहिले पनि भएन भन्छ हामीलाई बिगार्यौ भन्छ हाम्रै साम्राज्य माथि बसेर हामीलाई नै दुत्कार्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : बुख्याँचा र यात्रीहरु

~शोभाकर बुढाथोकी~ सबैतिर छ्वाप्पै छोपेको छ भय र त्रासको भकारीले थिचेको छ अदृष्य शक्तिको चक्रव्युहमा उनीहरु, म र हामी यात्रीहरुलाई बुख्याँचा निरन्तर तर्साईरहन्छ चपेटामा पारिरहन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेला

~यश लामा~ जब देखिन्छ रोटेपिङ गरीब बाउको टाउको घुमिरहन्छ स्कुले छोराछोरीको अघिपछि । मौतका कुवा पर्मबाट फर्किएकी आमाको घाँटी अठ्याउने अस्त्र जो अल्झीबस्छ गलगाँठझै ।

Posted in कविता | Tagged | Leave a comment

कविता : फाटेको दौरा-सुरुवाल र सङ्कल्पको झन्डा

~पुण्य गौतम ‘विश्वास’~ एकजोर र्टाईसुट पजेरोको हेडलाइटजस्तो आंखा बाल्दै टक्क रोकियो वर्षौ देखि अंध्यारोको समुद्रमा डुबेको क्षति ग्रस्त जहाजजस्तो हाम्रो बस्तीमा र मुलायम प्रश्नका हातहरूले सुम्सुम्याउंदै एउटा बूढो दौरा-सुरुवालसंग सोध्यो ठेला उठेको हत्केलाजस्तो स्वतन्त्रता र फाटेको पाइतालाजस्तो लोकतन्त्रको हालखबर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : धूवाँको जङ्गल

~इश्वर वल्लभ~ माथि आकास हेर्नु छ क्षितिज छुनु छ एक जनालाई फूलको थुँगा दिनु छ नजिकमा कोही छ कि छैन ! यदि छ भने उसलाई बोलाउनु छ

Posted in कविता | Tagged | Leave a comment

कविता : म तिम्रै हुँ

~शीतल शर्मा~ याद मेरो आयो भने धेरै तिम्लाई सतायो भने समझ म तिम्रै हुँ । तिमी धेरै खुशी हुँदा खुशी साट्न मन लाग्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : ईतिहासले तिमीलाई परिचय दिनेछ सिंहदरबार

~रमा दुलाल~ गगनचुम्बी पर्खाल भित्र सुरक्षा कवजको घेरा भित्र मेरो सिंहदरबार सुरक्षीत छ मेरो सिंहदरबार शीतल शान्त छ। तर, सिंहदरबार, तिमी दरबार मात्र होइनौं तिमीभित्र सिंह पनि त छ नि, तर, खै तिमी गर्जन सकेको ?

Posted in कविता | Tagged | Leave a comment

कविता : महाबुद्ध यसोधरा

~सिन्धु रिजाल~ लाउँला र खाँउला बैसालु उमेरकी मलाई चटक्क छोडेर ज्ञानको खोजीमा भौतारिने घोर अज्ञानी युवक, तिमीलाई धेरै पछि ज्ञान प्राप्त भई बुध्द भयौ

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : थामौ न संङ्घीयता

~डा.मेघराज ढकाल~ छन्द : शार्दुलविक्रीडित मान्छे छन् अलमल्ल रे ! अझ यहाँ पाएर संङ्घीयता यस्को मर्म र धर्म शक्ति नबुझे बढ्दैन रे एकता खोज्दै छन् अझ झन् कतै मुलुकमा खाका त खण्डास्मित यस्तैको परिणामले त अहिले रोज्दै छ एकात्मक । … Continue reading

Posted in छन्द कविता | Tagged , | Leave a comment

कविता : गुनासो

~बिमल गिरी~ समय एकनास नहुदो रहेछ अन्तर बिरोधहरुको भिडमा आज कताकता स्वाभिमानमा अचानक बिना बर्षा

Posted in कविता | Tagged | Leave a comment

कविता : सानो साथी

~डा. विष्णु सिम्खडा~ मेरो सानो साथी , समय को नियति नि रह्यो कस्तो। तिमी माथि बस्न गयो माया मेरो यस्तो।। तिम्रो हाँसो सुन्दाखेरी

Posted in कविता | Tagged | Leave a comment

कविता : म ध्रुब तारा

~दयाकृष्ण राई~ निल आर्मस्ट्रङ्ग तिमीले चन्द्रमाबाट पृथ्बीतिर फर्केर हेर्दा ग्यालिलियोले भनेको गोलो पृथ्बी च्याप्टो नभएर गोलो नै देखेका थियौ तिमी पछि जानेहरु सबैले गोलो नै देख्ने गर्छन रे !

Posted in कविता | Tagged | Leave a comment

कविता : हिंसा

~सुनील पुरी~ उसले प्रेम गर्यो । एकछिन पछि उसको मन बदलियो र बन्यो हत्यारा । हत्याराले न कसैलाई माया गर्यो न कसैलाई दया गर्यो न गर्यो आफैलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : उल्टो सुल्टो

~विक्रम सुब्बा~ म दुनियाँलाई मैले चाहेजस्तो बदल्नेछु  त्यसपछि म मेरो मुलुक बदल्नेछु  अनि म मेरो समाज बदल्नेछु  लगत्तै म मेरो घर बदल्नेछु

Posted in कविता | Tagged | Leave a comment

कविता : रक्तरञ्जित फूलहरू

~सुमिना अभिलाषी~ चरम यातनामा चरम सन्तुष्टिको खोजी गरिरहेका , हृदय गुमाएका ए निर्दयी भीडहरू हो ! मान्छेभित्रै मानवता उदाङ्गै पारेका नङ्ग्न मानसिकताहरू हो ! सत्यलाई बहिस्कार गरी

Posted in कविता | Tagged | Leave a comment

कविता : माैन पहाडकाे कथा

~हिमाेढ पहाडी~ हरेक बिहानीकाे सूर्याेदयसँगै जब म ब्युँझिन्छु खाल्डाेबाट दुर चिहाउँछु क्षितिज अङ्गालेर ऊ मुस्कुराइ रहन्छ र केवल मुस्कुराइ रहन्छ मलाई स्वाभिमान सिकाउने त्याे माैन पहाड ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे खप्पर र आस्थाहरुको मुटु

~देवेन्द्र खेरेस~ बुद्विमा राँको बालेर एकपल्ट खप्परमा विचारले झोस्दा उछिटिएका अटोमेटिक छिटाहरु हिजो आज र…॥ नसा-नसामा बगेर थेम्स नदी

Posted in कविता | Tagged | Leave a comment

कविता : जुवेदा खातुन

~विमला तुम्खेवा~ सबै यसै भन्छन् छोरी भएर जन्मनु दक्षिणी हावाको तेज तुफान हो त्यसो हो भने हावालाई रोक्न सम्भव छ ? यसै भन्थिन् आमा मजस्तै अनपढ बन्न दिन्न यो छोरीलाई म हुर्किंदै गएँ सँगै आमाको सपना पनि ।

Posted in कविता | Tagged | Leave a comment

कविता : रम्फुको पाखामा

~टंक वनेम~ चौंरीको घण्टी कुहिरोको माझ कागको इसारा रम्फुको खोला सुसाउँदै बग्छ चल्दछ विरह ।

Posted in कविता | Tagged | Leave a comment

कविता : झ्याउँकिरीको गीत

~रुपिन्द्र प्रभावी ‘कटु’~ हृदयभरि उज्यालो आराधना बोकेर आँखाभरि कैदी भएका अपाच्य दृष्यावलोकनमा उद्वेलित झ्याउँकिरीहरु मरुभूमिको उँट बास्छन्– सपनामा पानी पिएको लैबरी गीत ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आफन्त आवाज

~दीपा लिम्बु राई~ ऊ को हो? कम्ब्याट भित्र… हेल्मेटले अनुहार पुरिएको म ठम्याउन बन्दै सक्तिन । रगताम्य अनुहारमा लाठी बर्साईरहेको देख्छु

Posted in कविता | Tagged | Leave a comment

लिमरिक : आरक्षण

~समीर पाख्रिन~ बसमा महिलाकाे दुई सीट काेटा रहेछ महिला पुरूष दाज्जिएर बसेकाे रहेछ “भाइ उठ्नु परयाे । ” भने मैले

Posted in लिमरिक | Tagged , | Leave a comment

कविता : सय रुप्पेले बाँधेको साइमासा

~टंक वनेम~ अत्याधुनिक पप नगरीले आधुनिकताको फेरो हालेर नघुमाएको मन बुकी फूल र भेडीगोठको नागी कहाली लाग्दो कुहिरोमा हराएका भेडा डाक्ने लोक भाकाहरु बल्झि रहन्छ दाउरा काटेको टाक्कटुक्क

Posted in कविता | Tagged | Leave a comment

कविता : निदाउन छोडेको छु

~कुबेर काका~ १ झपक्क आँखा चिम्लिदा नेपाली जनताको काया फेर्न समान अस्तित्व कायम गर्न विधिको शासन कार्यान्वयन गर्न आर्थिक विचलन अन्त्य गर्ने हाम्रो कदमबाट भयभित भएर हामीलाई क्रुरता पूर्व हत्या ग¥यो हाम्रो यात्रा जारी छ भन्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : अहिल्यै के को वार्ता

~बबुल लामा~ डाँडा काँडाहरु नांगा भइसकेकै छैनन् न त पहिरोले गाँउ बस्तिहरु पुरै बगाएकै छ उल्लु, किन कराउँछस् डाँको छोडेर ज्ांगल अझै सकिएकै छैन, अहिल्यै के को बृक्षारोपण ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : कोही कोही आएको छैन ऐलेसम्म

~वीरभद्र कार्कीढोली~ आत्मीयताको अँगालो लिएर अँगाल्न अहँ! कोही कोही आएकै छोन। ऐलेसम्म प्रेमका एक थुङ्गा फूल! दिनु पनि कोही आएको छैन। जाड़ोले थर्थराइरहेका छ! जाडोले बजिरहेको दाँतको आवाज

Posted in कविता | Tagged | Leave a comment

कविता : नील आकाशको यो तारालाई

~भिमदर्शन रोका~ नील आकाशको यो तारालाई हेरिरहेछु म मेरो सहारालाई हेरिरहेकी होलिन् प्रियतम मेरो दूर प्रवासबाट यही तारालाई नील आकाशको यो तारालाई ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे

~भुवन सापकोटा~ मैले अभाबै अभाबमा जीएको मान्छे पनि देखेको छु आफ्नै स्वभाव मै जीएको मान्छे पनि देखेको छु । मैले आफ्नो सम्पतीको धाक लगाउने पनि देखेको छु रीस्ता अनि आफन्तमै आग लगाउने पनि देखेको छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : घोर प्रतिक्रान्ति

~जीवनस्पर्शी~ साम्यवाद मेरो लागि थियो जिवनको अन्तिम लक्ष्य जसको नसाले म भुल्न सक्थे पृयसिका यादहरु लेनिनका क्रान्तिका सुत्रहरुसग साटी दिन्थे आमाका आसिर्बादहरु म भोक लाग्दा रमाउथे पड्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : यसबेला…

~सुभाष सोताङ~ सरकार! तिम्रो नरभक्षी शासनको कविता त लेख्छु-लेख्छु मँ सरकार! तिम्रो जंगलराजको कथा त लेख्छु-लेख्छु मँ तर यसबेला कवी मात्र होइन मलाई, मध्यान्हको चर्को रवि पनि हुनुपरेको छ

Posted in कविता | Tagged | Leave a comment