Tag Archives: kabita

कविता : नयाँ बर्ष

~रामनाथ घिमिरे~ आउँ नव युगेश्वरी मेरो अंगालोमा आउ । सुस्तरी, तिमीलाई, म अंगाल्छु उसै गरि । संन्त्रास मिश्रत आस बोकेर, तिम्रो नव आगमनमा खै, नयाँ केहि, भेटीन खास बरु आफैले नयाँ बनाउने प्रयास गरे । पुर्व भुक्तेश्वेरीको साथ विताएका पलहरुको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई डि भि परेछ

~सुवास कोइराला~ बा मलाई डि भि परेछ अब , खोरिया बन्धकी राख्नु पर्छ टारी खेत बिक्री गर्नु पर्छ आमाको- नाकको फुली कानको ढुङग्री गलाको तिलहरी गोठको भैंसी आमाले पेवा पालेको खसी हल गोरु गहुतको लागि पालेको सानो बाच्छी सबै सबै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : युवा हो !अब तिम्रो पालो

~बिष्णुप्रसाद घिमिरे~ आज आत्म सम्मान गुमाएकी जस्ति देखिएकि छु यौवन लुटाएकी जस्ति भएकि छु । यो भन्नेले भन्दिएर हो वा हेर्नेका नजर कमजोर हो अझै म मा त्यो वैंश र उन्माद छ

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी

~भानु अर्याल~ बाँच्नै नजानेर पो हो कि वा सासलाई जाँच्न नजानेरै हो ? पुरानो चप्पल जस्तो आधा औंलातिरबाट, र आधा कुरकुच्चाले धकेलेको अक्करे ठाउँमा एउटा मुटुजस्तो छाप छाडेर …. जिन्दगी हराउँदैछ…… ! न त मनको घुयँत्रोले दिमाग

Posted in कविता | Tagged | Leave a comment

कविता : उचाई

~बिटु केसी बराल~ उचाइमा पुग्न सजिलो हुन्नरे – भन्नेहरू भन्छन् पुगेपछि संसार आफ्नो मुठ्ठिमा हुन्छ बुझ्यौ – तिमी भन्छौ त्येसैले त म देखिरहेछु – सायद उचाइमा पुग्ने होड्बाजिको यहाँ दौड लागेको छ , आकाश छुने आकाँक्षाहरू सगरमाथा भन्दा अग्लो छ

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपालको धरहरा

~लिलाराज कार्की~ नेपालको धरहरा टोपी खस्यो हरर धरहराको हालत देख्दा आँसु बरर जति मान्छे उति मुर्ति मंदिरको देश पाटीपौवा मन्दिर घण्टा सबै भए शेष एउटा सानो देश नेपाल पृथ्वीको माझ कहिले पनि नदेखेको प्रलय भो आज

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी आउने आसै भएन

~दीपमाला राई~ तिमी आउने आसै भएन तिमीलाई धितोस्वरुप दिएको मेरा मुटु जफत चाहिँ नगरीदेउ है मायालु कहिलेकाहीँ त आफैंलाई पनि त्यसको खाँचो पर्दोरहेछ । आफूझैं ठानेर तिमीमा बिसाएको मेरो आँसु

Posted in कविता | Tagged | Leave a comment

कविता : अघोषित खुल्ला आकाश र मुक्ती

~नारायण वि क “विक्रान्त”~ स्वतन्त्र थिएँ………., जब यो संसारलाई देखेँ जब कोल्टे फेर्दै उभिन थालेँ मलाई पिँजडामा बन्दी बनाइयो आज सम्म पनि म बन्दी नै छु। दुरदुर सम्म आवाज पुग्ने गरि चित्कार छोड्छु स्वतन्त्रताको लागि बुझदैन्न पाषाणहृदयहरुले जोड जोडले मच्चाउँछन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कन्फेसन‌‌‌ – शब्दहरु

~राजन काफ्ले~ मै‍ले शब्दहरुको बरदान पाएकोछु मस्तिष्कका डालाभरी शब्दका बिऊहरु छन् र बाह्रै मास उजाड खेतभरी शब्दहरु छरेर शब्दै शब्दहरुको खेती गर्छु म शब्दहरुको बाली काट्छु म शब्दहरुको खसी पाल्छु अनि शब्द-भोज बोलाएर शब्दैशब्दको मासु-भात पकाएर आफ्नो भोक मेट्छु र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्धको पराजय

~कल्पना आचार्य~ दुःख पहाड बनेर मान्छेको छातीमा उभिएको बेला जिजीबिषाको झिनो आशा बोकेर गन्तव्यहीन मैदानमा ढलेको मान्छे युद्ध भिषिकाले चोइटेको मन आशुको तलाउ बनेर पोखिएको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : खुशी किन्न तिमीलाई

~डी बी दंगाली~ खुशी किन्न तिमीलाई आँए बिरानो ठाउँमा अर्पिएर जीवन सारा केवल तिम्रै नाउँमा। तिम्रै फोटो हेरी बिपनिमै टोलाउँछु ऐठन हुन्छ सपनिमा तिम्रै नाम बोलाउँछु।

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँको पाठशाला

~मीन बहादुर विष्ट~ जब म एक दिन घुम्दै गाउँको पाठशाला पुगेँ त्यहाँ देखेँ मुस्किलसाथ उभिएका केही पर्खालहरु र पर्खालहरुमा झुन्ड्याइएका किराले खाएर धेरै ठाउँ प्वाल परेका देशका, संसारका र वीरहरुका नक्साहरु । जब म घुम्दै एक दिन गाउँको पाठशाला पुगेँ

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्धका संकेत

~कृष्ण प्र. पाण्डे~ लिटिल ब्याय र फ्याट म्यानका जाँगरिला जहरहरुको जमर्को , घोंडाका चालहरु – ढप् ढप् ढप् ढप् अनि हिंहिनाहट ,यी मात्र हुन सक्तैनन् युद्धका संकेत । उसका कुपोशित क्रन्दनहरु पूर्ण – श्र्व्य – सक्षम आवाज चाहन्छन् । उसलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : बिमा

~विवश पन्त ‘शिब’~ यहाँ आँसुको सितनले भिजाएर भोक खाईरहेकाहरुको कथा , आकासको छाना मुनि सित ओढेर तातिएकाहरुको न्यानो

Posted in कविता | Tagged | Leave a comment

कविता : सरकार नभएको देश

~ज्ञान उदास~ मुलुकमा पत्रकारहरूले कुटाइ खाँदा होस् निर्दोष कलिलो विद्यार्थी अपहरणमा पर्दा होस् तुइनको तार छिनेर निर्दोष नेपाली जनताको अनाहकमा ज्यान जाँदा होस् । अथवा गरिबीको मार सहन नसकेर

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ बिहानी

~जेबी खत्री~ सबैले भने अब उज्यालो भयो । नयाँ बिहानीको खोजीमा निस्केको यात्रा रोकेर सबैले उज्यालो भएको

Posted in कविता | Tagged | Leave a comment

कविता : संगम

~नवीन प्रजापति~ सहमति र सहकार्य दुईबीच अन्योन्याश्रित सम्बन्ध त्यसो त सहमतिविना सहकार्य असम्भव सहकार्य हुनलाई सहमतिको आगमन अनिवार्य छ यहाँ देशी विदेशी कुरा हुन्छ यहाँ नेता कार्यकर्ताबीच समन्वय हुन्छ। तर दलहरुबीच सहमति र सहकार्य कहिल्यै भएन

Posted in कविता | Tagged | Leave a comment

कविता : भट्टीकाे उधारेा

~शान्ती आचार्य~ अाज अागनमा अाइरहंदा मेरा साहु लाग्छ गाेमन फणा फूलाएर मेरै वरिपरि घिस्रिरहेछ उ बाेलिरहदा लाग्छ गहिराे बासनाले अाएकाे बेग्र ध्वनि जस्ताे उ हांसिरहंदा लाग्छ स्वयम्् कालले मलाइ जिस्काइरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : आगो, भ्रान्ती र समय

~विमल वैद्य~ समयले छाडे छाडोस मलाई जीवनको यहि विन्दुवाट आस्था घोप्ट्याएर आँगनमा मान्छेहरु मुकदर्शक ताली बजाइरहेको समय म दर्शक दिर्घामा बसेर रमाउन सक्दिन विश्वासको सीमान्त कुनामा माकुरोले जालो बुन्दैछ मेरो सत्य त्यही कुनामा ढुसी पलाएर ऐँजेरु बन्दैछ

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाको भग्नावशेष

~सुनीता खनाल~ परेवाले गुँड बनाउन चुच्चोले च्याप्दै त्यान्द्रात्यान्द्री झिँगल्टा बटुलेझैँ खाडीमा पसिना बगाउँदै काटिएको हातबाट रगत पसिनाले माटो मुछेर बनाएको घर सपनामा रङ पोतेर बनाएको घर एक्कासि ढल्यो !

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन र ईश्वर

~सोझो गाउँले~ बाँच्नलाई एउटा बाहना चाहिन्छ बाँच्ने बाहना बाँकी नरहे पनि यमराजले अवकास नदिएसम्म जिन्दगीको जागीरबाट हात धुन सकिदो रहेनछ जीवनलाई जोखिमबाट बचाउन जीवनले नै जोखिम मोल्नु पर्छ जीवनसँग बार्गेनिङ् गर्दागर्दै जीवनकै मूल्यभन्दा बढी घाटा सहनु पर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : हिँउबेसीको सुस्केरा

~शेखर बिकल्प~ कति लामा हुन्छन् यी हिउँदका रात ? कति नमिठा देखिएका यी सपनाहरू ? प्रत्येक घण्टामा ब्युझाउँछ ऐठनले । . सपनामा, घर आउँछ छानो नभएको बाटो भेटिन्छ पहिरो गएको बाली देखिन्छ डडेलो लागेको भाई निस्कन खोज्दैछ बन्दुक बोकेर बहिनी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मालिकहरुका विरुद्ध

~सौरभ कार्की~ मेरो बुवाको, हजुरबुवाको, हजुरबुवाको पनि हजुरबुवाले मालिकको रिन खाएका थिए अरे । त्यही रिन तिर्नका खाँतिर हाम्रो सिंगो पुस्ता मालिककोमा कमैया बस्यो । हामी बँधुवा मजदूर भयौं । मैले मालिकको छोरोको झोला बोकेर स्कुलसम्मको बाटो हिडेको छु । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : को राम्रो त म की तिमी !

~कन्चन~ रेसा रेसा को मुल्यमा पनि के म बिक्न सक्छु र कति मोल हो यो बास्तुको ! म त एउटा बस्त्र हुँ । कत्रो कात्रो, बिग्रेको बिकार समय नै हो, म के हुँ म त आफूमै पीडा को हुँ, नाथे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ओ बाहुनी !

~सुरज राना~ तेरो र मेरो जात मिल्दैन ओ बाहुनी! तेरो र मेरो धर्म मिल्दैन रुपरङ्ग र कद पनि मिल्दैन तर इ हेर त- तेरो र मेरो मन कत्ती मिलेको? इतिहासमा तेरो इतिहासको चुच्चो नाकले मेरो नेप्टो इतिहासलाइ घोच्यो होला

Posted in कविता | Tagged | Leave a comment

कविता : म झुक्न सक्तिनँ

~रश्मिला कवाङ~ प्रत्येक कोणकोणभित्र वीरता पानीको हर बुँदामा ऐतिहासिकता तापनि हरेक योद्धाहरुबीच रहेर पनि तिमीले जस्तै म गोली थाप्न तयार छैन नालापानीमा तिमीले देखाएको अदम्य साहस मन, मुटु छेदन घमासान युद्ध अहँ म देख्नै सक्तिनँ तिम्रो समर्पणको भावले म पग्लिन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शुभेच्छा

~टीकाप्रसाद पोखरेल~ के दिउँ लौ शुभकामना भन तिमी मनतन्त्रका देशमा खाद्यमा छ अखाद्य स्वस्थ नहुने नौरङ्गका भेषमा। चाडैको महिमा अत्यन्त बढिया माया जगत्को रह्यो ग्रामीणै नगरी अनि सहरमा भाउ नमीठो भयो। तानातान र हानमार गर्ने हत्या र हिंसा कति? पीरमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्धि बङ्गारा

~भूपिन व्याकुल~ हाँस्दा जब मेरा चम्किला दाँतहरू देखिन्थे ऊ भन्थ्यो– ‘दाँतहरू त केवल देखाउनका लागि मात्र हुन् बुद्धि बङ्गारा पलाएपछि मात्र बुद्धि आउँछ ।’ गिँजाको कुना चिरेर

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ साल

~उमेश लुइटेल~ भावशून्य शब्द कोरेर अभावका विज्ञप्ति सुनाउँदै खिरिला जिउका स्केच मेटाउने मान्छेहरू स्वार्थको यज्ञकुण्डमा विचारका चरू होमेर नयाँ सालको शुभकामना प्रवाह गरिरहेछन् । यसबेलै दिग्भ्रमित छु

Posted in कविता | Tagged | Leave a comment

कविता : देश

~मिरा प्रसाई शर्मा~ जहाँ मेरो प्रण प्यारो नेपालको गोर्खाली स्वाभीमान खोसिएको छ त्यहा मेरो देशको अस्मिता पतन हुँदै छ देशको नाउमा निर्दोस धर्ती माताको जलन हुँदै छ | जहाँ मेरो देस खोक्रो बनायिदै छ त्यहा देशको सभ्यताको कुठाराघात हुँदै छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अक्षरका हतियार

~इन्दिरा प्रयास~ त्यो प्रभाती रोशनी बादलको आँचलबाट हेर्दैछ, हेर त …… त्यसैले, ढुंगा मुढा हैन लड्छौ भने, अक्षरका हतियार प्रयोग गर चेतनाको दोशल्ला जनमानसमा ओढाई बुद्धको नेत्रले वा करुणा र प्रज्ञाले हेरी बिबेकका उज्वल बेर्नाहरू, मनका ती तरेली फाँटहरुमा उमार्दै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दृश्य-प्रश्न

~इनोसेन्ट राजन~ यहाँ, प्रत्येक रात धमिलिन्छन-सपनाहरु आँखामा! अनायासै दुख्छ- सर्टिफिकेट च्यापेको शिरानी!! डगमगाउछन पाईलाहरु-जीवनको आयु नापेर !! जब-जब, बाध्यताका पहाडहरु ढल्छन शीरमाथी!!

Posted in कविता | Tagged | Leave a comment