Tag Archives: होमर श्रेष्ठ – Homer Shrestha

कविता : नदेख नलेख भन्नेहरु

~होमर श्रेष्ठ~ ए नयनलाई नदेख भन्नेहरु ए कलमलाई नलेख भन्नेहरु खै म हजुरहरुलाई कुन भाषामा सम्बोधन गरुँ ! हिउँदको बर्फिलो मौसम जमेको खयरमसी वासन्ती उत्सवसँगै पग्लिएको छ तरङ्गित भइरहेछ श्वेत कागजमा लाखौँ सशक्त वर्ण बनेर

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : ‘गाँस’ र ‘ग्याँस’

~होमर श्रेष्ठ~ भातको सट्टा चिउरा खाएको तीन दिन भैसकेको थियो… आमाले रिसाउदै भन्नुभयो,

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कीरा

~होमर श्रेष्ठ~ विहानीपख मालीले फूलबारीमा सिँचन गर्दै भन्यो, “अहो !

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बानी

~होमर श्रेष्ठ~ भोलिपल्ट पनि उनीहरू गधालाई घोडा भन्दै हिंडिरहेका थिए…! त्यो सुनेपछि एक जना बटुवाले भन्यो

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विश्वविद्यालय

~होमर श्रेष्ठ~ एमएको परीक्षामा ऊ फेल भएको खबरले विश्वविद्यालय नै आश्चर्यचकित भयो ! फेल हुनुको कारण खोतल्दा नयाँ प्रोफेसरले नम्बर दिन बिर्सिएर फेल भएको रहेछ ! भोलिपल्ट विश्वविद्यालयको प्राङ्गणमा त्यो बिद्यार्थी र प्रोफेसरको जम्काभेट भयो । बिद्यार्थीले प्रोफेसरको कठालोमा झ्याप्पै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : वृद्ध शिक्षक

~होमर श्रेष्ठ~ आफूलाई एक्लै कोठाभित्र थुनेर उनी मनोवाद गर्दैथिए: “कुनै समय कोपर्निकस र कोलम्बसका खोजकार्यलाई वाहियात र मूर्खतापूर्ण ठानिएको थिएन र ? अनि कतिपय टपर्टुइँयाका श्वाँठ र सतही बिचारलाई शाश्वत मानिएको थिएन र ? तर आज कता हराए इतिहासका ती … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सुनको कोपरा

~होमर श्रेष्ठ~ छट्टु नेता हतारिँदै गाडीबाट निस्केर आकर्षक वंगलाभित्र पसे र बहुप्रतिक्षित परीलाई अङ्कमाल गर्दै भने- “डार्लिङ, भेरी सरी !

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ठिमाहा बंगुर

~अज्ञात~ प्रस्तोताः होमर श्रेष्ठ वर्षदिनको बरखी फुकाएको दिन हर्केले बाबुको मृत्यु-वचन सम्झ्यो। हर्केको बाबुले मर्नुअघि प्राणवायु फेर्दै भनेको थियो—”हर्के, मैले गर्न नहुने थुप्रै पाप र अपराध गरेको छु…फलतः

Posted in लघुकथा | Tagged , | Leave a comment

लघुकथा : नाककटुवाको देश

~होमर श्रेष्ठ~ महाशय उपरखुट्टी लाएर नयाँ चक्कुले स्याउ टुक्य्राउँदै खाँदै थिए, हरियो झिँगा भन्केर आएर स्याउको टुक्रोमा बस्यो । उनले हातले हम्के ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : डिनोसौर

~होमर श्रेष्ठ~ २०६२ सालको कुरो हो–प्रहरी प्रधान कार्यालय, नक्शालभित्र ‘चेरीको बगैँचा’ (चेखभको अनूदित नाटक) को कम्प्युटर कार्य अन्तिम चरणमा हुँदै थियो I सुनिल नामको युवक प्रहरीअधिकृतले निकै चाख लिएर कम्प्युटर गर्दै थिए I अनुवादक सधैं विहान बस बजेतिर पास लिएर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आँधी, बाढी र महामारी

~होमर श्रेष्ठ~ दक्षिण र पश्चिमबाट आँधीबेहरी आयो, उत्तरी हिमालय श्रृङ्खलामा ठोक्कियो। तीन दिन, तीन रात मुसलधारे वर्षा भयो। अपूर्व बाढी उर्लियो। अधिकांश मानववस्ती डुबायो। बाढी मत्थर भयो। महामारी फैलियो। विश्वविद्यालय, प्रधानमन्त्री कार्यालय, संसदभवन, प्रज्ञाप्रतिष्ठान-भवन, राष्ट्रपति-भवन, प्रकाशनगृह, क्याम्पस, स्कूल, नाट्यघर, अदालततर्फ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बौलाहाको अन्तर्वार्ता

~होमर श्रेष्ठ~ पत्रकार: “कृपया, अब थोरै धैर्य गर्नुहोस् ! यो अन्तिम प्रश्न हो…झर्को नमानी बताइदिनुहोस्—तपाईं कुनचाहिँ ‘वादी’ हुनुहुन्छ ?” बौलाहा: “म कुनै पनि वादी होइन । म मादल घन्काउने संगीतज्ञ हुँ । सामान्यतः मलाई कुनै पनि वादीसँग वैरभाव छैन… मित्रभाव … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : आइते

~होमर श्रेष्ठ~ चैत्र महिना— विद्रोहीद्वारा तीन दिन लगातार ‘नेपालबन्द’ आह्वान गरिएको थियो! तेस्रो दिन पनि तीनै सहर बन्द भयो!! दैनिक कमाइ गरी हातमुख जोर्नुपर्नेहरू झनझन निचोरिँदै गइरहेका थिए । ज्यालामजुरी गरी खानेहरूलाई राज्यक्रान्ति नभइभा’थेन, तर तिनका निम्ति विद्रोह पचाउन सक्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : लोकनेता र चैतेजनता

~होमर श्रेष्ठ~ त्यो आमसभामा इतिहासमै धेरै मानिस वैरिएका थिए। टुँडिखेलको खुलामञ्चमा नअटाएका श्रोताहरू रत्नपार्कतर्फ कोचिँदै थिए। वीरअस्पालका कौसीमा, छेउछाउका घरका छतमा, अकासेपुलमा र सडककिनारका रुखका हाँगा-बिँगामा समेत चढेर मान्छेहरू हेर्दै थिए। धोजा-पताका, पोस्टर-पम्प्लिट र ब्यानरहरूले खुलामञ्च नयाँ दुलहीझैँ सिँगारिएको थियो। … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

अनूदित कथा : उसको प्रेमी

~म्याक्सिम गोर्की~ अनुवादः होमर श्रेष्ठ मेरा मित्रले मलाई यो कथा सुनाए : म मस्कोमा विद्यार्थीछँदा संयोगवश त्यो ठाउँमा डेरा लिएर बसेको थिएँ, जहाँ केही सन्देहास्पद इज्जत भएका महिलाहरूसँगै एउटी आइमाई बस्थी । ऊ पोल्यान्डेली थिई । उसलाई सबैले टेरेसा भन्थे … Continue reading

Posted in अनूदित कथा | Tagged , | 1 Comment