Tag Archives: गोविन्दप्रसाद आचार्य – Govinda Prasad Acharya

कविता : हामी कहाँ छौँ ?

~गोविन्दप्रसाद आचार्य ~ खुर्सानीको धुलो पनि विदेशको खाने झरना र नदीनाला विदेशले लाने बसन्तको ऋतु लाग्यो हरियाली पनि हामीसँग पानी लाने हेर कति धनि ? हाम्रो पानी गाग्रोभरि घामलाई पठाएको हामी पानी खानु पर्ने उसले अड्कलेको

Posted in कविता | Tagged | Leave a comment

कविता : गणतन्त्र संस्थागत

~गोविन्दप्रसाद आचार्य~ आगो नबल्नेहरूका चुला खै हलि गोठालाहरूका कुरा खै गर्नेहरूका हेर गोजी खाली आएन कैलै गणतन्त्र लाली न हर्ष कहीँ न हरियो बनेको उही पुरानो घमिरा परेको रोगीहरूले उपचार मागे

Posted in कविता | Tagged | Leave a comment

कविता : सडक

~गोविन्द प्रसाद आचार्य~ सडकमाथि पानी हैन पानी माथि सडक बग्यो । पानीमाथि बग्दा सडक देशको बजेट पनि लग्यो ।। बजेट संगै देशमा बस्ने मानिसको जीवन लग्यो । बजेटले बनाएको विकासको सडक बग्यो ।। सडकमा मनपरीको तन्त्र नाँचेको छ । सडकको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आतङ्कवाद

~गोविन्दप्रसाद आचार्य~ आतङ्कवाद भन्दै साना निसाना बन्छन् शान्ति मलम जपेर तेजाप छिर्किदिन्छन् वस्तीहरू दुःखाई मस्ति चुसिरहेका साना मुलुकमाथि बमका गोला झरेका बेइमानीका विमान खुशी खोसेर उड्छन् साना मुलुक रगतका खोला बगाई दिन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो घर

~गोविन्दप्रसाद आचार्य~ तिम्रो घरमा बुढा बाउको टुप्पी घोटेका छौ अनाहकमा भाइ मारेर अंश जोडेका छौ नमस्ते साइनो पनि तिम्ले तोडेका छौँ खाउँ बस आरामले अंश जोडेका छौँ मिलाउँदिनँ हात पनि रगत लागेको छ आउँदिनँ म तिम्रो घरमा रगत पाकेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : नाकाबन्दी

~गोविन्दप्रसाद आचार्य~ निचता नाप्नका निम्ति यन्त्र विश्वमा छ र ? लौरो भन्दा कतै भाषा सा“ढेले मान्न सक्छ र ? भा“डुवा गति छाडामा मान्छेको मन हुन्छ र ? गन्हायो नाकमा गन्ध नथुनी बस्न हुन्छ र ? मधेश देशमा दाह्रा घस्नेका भा“च्नु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे र सृजना

~गोविन्दप्रसाद आचार्य~ मान्छेले गर्छ जे गर्छ नाश या त्यो विनास होस् मान्छेले हर्छ या भर्छ सुख या त्यो विलाप होस् बाटो छेक्दै छ मान्छेले बढ्छ मान्छे ढलाउँदै मान्छेको हितमा मान्छे बढ्छ बाटो बनाउँदै हिलो भित्र छ देखेको हाँसेको फुल जिन्दगी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरी जिन्दाबाद

~गोविन्दप्रसाद आचार्य~ गर्भभित्र छोरी भए फाल्ने चलन मुर्दावाद गाउँ बस्ती शहर बोल छोरी जिन्दाबाद बोल नारी अब कोही छोरी फाल्न जाँदैनौँ छोरी फाल्ने विष पनि हामी खाँदैनौँ सबै जना बोल्नुपर्छ आउ ताँती लागेर छोरी मार्ने चलनको विरोध गरेर राम्रा चलन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्तिलाई समर्पण

~गोविन्दप्रसाद आचार्य~ कोटी कोटी सलाम छ आऊ, प्रेमले चुम्बन देऊ न्यानो अभिवादन छ यी बस्तीलाई उज्यालो देऊ स्वीकार गर, साँच्चै हृदय बोलिरहेछ क्रान्ति जीवनको आशा

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले किन हारेँ

~गोविन्दप्रसाद आचार्य~ माटोसँग भन्दिन म मैले हारेको छु लक्ष्यसँग भन्दिन म पात झरेको छु गर्नेसँग भन्दिन म गर्नु गरेको छु पापाचारको मिचाइले मोर्नु मेरो छु । पापाचारको शासनमा मसानहरु मस्ती गर्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : गधाको गीत

~गोविन्दप्रसाद आचार्य~ गधाले गाईको आवाज निकालेर ढाट्यो राम्रो कतै देखिंदैन के के हुन आँट्यो अराजकता अति भयो अव हुने के हो अपराध सबै गए अब गर्ने के हो यति अग्लो कहाँ होला अन्यायको चुली

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : श्याम तमोटका गीत भित्र

~गोविन्दप्रसाद आचार्य~ एक जमाना यस्तो थियो, सङ्कल्प परिवार र बेदना परिवार साहित्य र संस्कृतिका क्षेत्रमा दरो प्रतिस्पर्धा गर्थे । तिनीहरूका गीत÷सङ्गीत र वैचारिक धरातल साहित्य, संस्कृतिका गतिविधिसमान थिए । यी दुई भिन्न रेखाका रूपमा देखा परे ३५÷३६ सालतिर । यिनीहरूको … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कविता : माटो चोर

~गोविन्दप्रसाद आचार्य~ लाग्दो होला मानिसलाई माटो किन चोर्ने माटो हैन अन्न जस्तै भकारीमा भर्ने नत खाउँला सातु जस्तै फाँको मारी मारी न त लाउँला नाकमा फुली न त मुन्द्रि ढुंग्री

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छेको मोल

~गोविन्दप्रसाद आचार्य~ मान्छेको मोल पैसामा देशका बनिया गरे बनियाहरूका आँखा रसिलो फाँटमा परे हलिका घर खोसेर बसेका हुन् दलालले रसिलो फाँट देखेर रोजेका हुन् दलालले सर्वहारा भिजेका हुन् राम्रो फाँट रसाउन पसिनाले भिजेको छ मिठो थान बसाउन

Posted in कविता | Tagged | Leave a comment

कविता : माछाको अनुरोध

~गोविन्दप्रसाद आचार्य~ यो नदीमा पानी सुक्यो मरिसक्या छु थोरै थोरै पाउँ भनी विन्ति ग¥या छु तड्पिएर सानो सानो रह खोज्या छु विन्ति हजुर हात जोडेर पानी माग्या छु

Posted in कविता | Tagged | Leave a comment

कविता : सहिद, सपना र म

~गोविन्दप्रसाद आचार्य~ सहिद तिमीलाई फूलको गुच्छा दिएँ तर तिम्रो यात्रामा साथ दिन सकिनँ सहिद तिमीलाई रगत धर्तीमा पोख्न लगाएँ तर म एक थोपा पोख्न सकिनँ तिमी मरेर बाँचेछौँ म खाएर मरेछु तिमी फाँसीमा झुण्डिएछौ म मस्तीमा झुम्मिएछु तिम्रा सपनाहरू मेरो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : “सिमानाको दीप” खण्डकाव्यको विश्लेषण

~गोविन्द प्रसाद आचार्य~ १. परिचय कवि गोकुल प्रसाद जोशीलाई प्रगतिवादी कविताबाट हटाउने हो भने सिङ्गो कविता यात्रा नुन बिनाको तरकारी हुन्छ । उनको खण्डकाव्य “सिमानाको दीप” (२०१५) यो झ्याउरे लयमा रचना गरिएको छ । यो खण्डकाव्य आख्यानमा आधारित छैन, कविको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : किनेको हावा

~गोविन्दप्रसाद आचार्य~ प्रकृतिले शुल्क लिन्न हामीले फेर्ने हावाको शुल्क तिर्नु परेको छ जिन्दगीका आभाको प्रकृतिको हावा बेची नलुकाउ नोटहरू अविवेक फल्छ भने काटिदेउ बोटहरू बोली जति बोले पनि मिटरमा चढेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : यमराजका दूतहरू–२

~गोविन्दप्रसाद आचार्य~ खान नपाएजस्ता तिम्रा दूतहरू जो–कोहीसँग एक गिलास चिया माग्ने गर्छन् कस्ता दूत पालेछौँ यमराज ? कहिल्यै अन्न नदेखेजस्ता सुकिला पोशाकमा रूमाल ओछ्याएर सडकमा माग्लान्जस्ता तिम्रो भाँडा माझ्न पाउँदा फुल्ने दूतहरू तिम्रो ठाउँ पाए कस्ता होलान् यमराज ?

Posted in कविता | Tagged | Leave a comment

कविता : यमराजका दूतहरू–१

~गोविन्दप्रसाद आचार्य~ कोठाभित्र योजना बनाउँदै यमराज तल्लीन भैरहेछ मान्छेहरू भेट्न खोज्छन् पहरेदार दूतहरू बाटो छेक्छन् यमराजभन्दा ठूला दूत हुँदा रहेछन् मुद्धा–मामिला आफै छिनोफानो गर्दा रहेछन् दूतहरू मिजास अनि मिठास बिनाको

Posted in कविता | Tagged | Leave a comment

कविता : हेमोफिलीयाको शहरमा

~गोविन्दप्रसाद आचार्य~ मान्छे छैनन् भनौं भने म उल्लु हुन सक्छु मान्छे छन् भनौं भने म जिल्ल पर्छु मान्छेको भींडमा मान्छे नदेखेर म अचम्म मानिरहेछु यो हेमोफिलीयाको शहरमा म हराईरहेछु । यो हेमोफिलीयाको शहरमा कसैले हात खुट्टा नचलाउँदोरहेछ, यो हेमोफिलीयाको शहरमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँदर र देश

~गोविन्दप्रसाद आचार्य~ मैले देश खोज्दै जाँदा अपराधीको मुठ्ठीमा छ देशको नक्सा खोज्दै जाँदा अपराधीको गोजीमा छ साझा देश खोज्दै जाँदा अपराधीको गुठीमा छ स्वतन्त्र देश खोज्दै जाँदा अपराधीको कोठीमा छ अति साह्रो दुख्छ देश सानो केश झर्दा पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : लोकतन्त्रको काजी

~गोविन्दप्रसाद आचार्य~ दूधमा डल घोलेर दूधको मूल्य मागियो स्वतन्त्र लोकको तन्त्र आदर्श यही मानियो काने गुजी भरिएका कान छन् लोकतन्त्रका लुटेरा लुट्न दे भन्दै स्वतन्त्र लोकतन्त्रका औषधि क्षति मान्छेको गर्ने भान्से भए यहाँ यति आदर्शको तन्त्र होला अन्त कतै कहाँ

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यस्तो बाटो

~गोविन्दप्रसाद आचार्य~ मेरो न्यानो किरण रविको हुन्न, कहिल्यै पुरानो मायाँ मेरो अमर जगमा हुन्न कैलै विरानो सोचेजस्तो भर्खर कहाँ जान्छ यो अन्धकार आऊ नौला गर र भर लौ दिव्य आशा नमार ताते गर्ने ठम्–ठम् हिँड्न ठेस काहीँ नलागोस् गर्ने भर्ने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : खाल्डोभित्रको गुहार

~गोविन्दप्रसाद आचार्य~ मृत्युले चुसेका छोक्राहरू माटोले खाने गर्छ छोक्रा खाएर माटो पोषिलो बन्छ झारबोटहरू माटोको रस चुसेर पोषिला बन्छन् पोषिला बोटहरू फुल्दै रसिला फल्ने गर्छन् खाल्डोभित्र मात्र मुर्दा गाडेको थाहा छ निरिह चिहान देखेर मन डराएको थाहा छ कल्पनाको भूत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : राजधानी

~गोविन्दप्रसाद आचार्य~ कसैले नधानेर खुट्टा कमाउँदै, सुस्त चालमा चलिरहेछ राजधानी विकृतिको पोको बोकेर गन्ध सुघाउँदै, हिंडिरहेछ राजधानी भ्रष्टचारको तीर्थ जानेहरू सबैलाई जल, प्रसाद बाँडिरहेछन् महापन्डितहरू अस्पष्ट अर्थमा भ्रष्टाचारका पुराण सुनाइरहेछन् राजधानीको पाचनप्रणाली अति बलियो भएर होला कृति विकृति पचाइरहेछ हुने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पृथकतावाद

~गोविन्दप्रसाद आचार्य~ पृथकतावादको न देश हुन्छ न हुन्छ संसार सोचाइ हुन्छ डडेको चित्त भत्काउ बिगार पृथकतावादी धूर्तको धावा अखन्ड देशमा मानिसजस्तो देखिन्छ तर सर्पको सोचमा पृथकतावादी चर्केर थुक्छन् विदेशी नसाका पृथकतावादी अखन्ड डस्ने देशको दसाका

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : “शब्दार्थ–सौन्दर्य”को सौन्दर्य

~गोविन्दप्रसाद आचार्य~ कवि रामप्रसाद ज्ञवालीको “शब्दार्थ–सौन्दर्य” २०६८ माघ महिनामा ऐरावती प्रकाशनले बजारमा ल्याएको छ । यसमा भूमिका भुवनहरि सिक्देलको रहेको छ । यस सङ्ग्रहमा लामाछोटा गरी २५ वटा कविता सङ्ग्रहित छन् । यी कविताको समालोचना गर्ने हो भने एउटा सानो … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : के दिउँ शुभकामना ?

~गोविन्दप्रसाद आचार्य~ लक्ष्यका लहरा सुक्दा दुःखी छन् मनका भावना दुःखको ओखती छैन के दिउँ शुभकामना आशा जम्मै खरानीमा डढेले दन्किएपछि सपना डरका हुन् कि परका बज्रिएपछि

Posted in कविता | Tagged | Leave a comment

कविता : उन्माद

~गोविन्दप्रसाद आचार्य~ मनभित्र केको, केको उन्माद उर्लिएको छ बिना कारण उन्मादको मन उम्लिएको छ बेतालका बाँसुरीको धुनलाई मिठो भन्नुपर्ने पटमुर्खले घाँटीमा सुर्के गाँठो कस्दा स्वागत गर्नुपर्ने उन्मादको शासनमा सत्य फाँसीमा झुन्डिन्छ उन्मादका शासनमा शासक विदेशको प्रवक्ता बन्छ

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : “राष्ट्रनिर्माता खण्डकाव्य” भित्र एक नजर लाउँदा

~गोविन्दप्रसाद आचार्य~ राष्ट्रनिर्माता खण्डकाव्य माधवप्रसाद घिमिरेको ऐतिहासिक विषयवस्तुलाई आधार बनाएर लेखिएको मौलिक काव्य हो । जुन काव्य पृथ्वीनारायण शाहलाई आर्दश पुरूषका रूपमा चिनाउने उद्देश्यले लेखिएको हो । मैले वर्तमानको सन्दर्भबाट यसलाई हेर्दा हिजो पनि राष्ट्र टुक्राउन चाहानेहरू उत्तिकै रूपमा सशक्त … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : डाक्टर साहेब

~गोविन्दप्रसाद आचार्य~ डाक्टर साहेब मेरो प्यारो संसार दुखेको छ संसार दुख्दा डाक्टर साहेव शिर झुकेको छ मेरो कपालभन्दा अझै देश दुखेको छ देशभन्दा अति मेरो गाउँ दुखेको छ त्यो गाउँमा बस्ने मेरो नाउँ दुखेको छ नाउँ दुखे सहन्छु म देश … Continue reading

Posted in कविता | Tagged | Leave a comment