Tag Archives: Gazal

गजल : मनको घाउ बल्झ्यो कि?

~अद्रिश्य~ उदास तिमी किन छौ मनको घाउ बल्झ्यो कि? गहमा आँशु भरेर गलामै शब्द अल्झ्यो कि? दुख्यो कि त मन सारै रोएर तिमी थाकेनौ फुकाउँ भन्दा झनै पो उल्झनहरू उल्झ्यो कि?

Posted in गजल | Tagged | Leave a comment

गजल : मेरोमा त जमेर आउँछ

~अद्रिश्य~ खै अरुकोमा कसरी आउँछ दशैं त्या’र मेरोमा त जमेर आउँछ हरसाल लोकल बिजुलीपानीको झट्का बनी रोमरोममा छाउँछ बढी भोल्टेज दिने सिलवाला पिउने पिलाउने बानी छैन क्या मेरो भुन्टेकी आमाले दे’की दुई घुट्कोसँगै मेरो गलाले मालश्री गाउँछ

Posted in गजल | Tagged | Leave a comment

गजल : आज कता गयो

~महेन्द्र बिक्रम कुंवर~ तिम्रो मेरो नाता सब आज कता गयो जिवन भरी साथ दिने बांचा कता गयो =१= जन्मौ जन्मको कुरा गर्थ्यौ आज छाडी गयौ हामी बिचका खुशी सब आज कता गयो

Posted in गजल | Tagged | Leave a comment

गजल : थियौ साह्रै सोझी कलेज पढ्न !!!

~ज्ञानु पन्त~ थियौ साह्रै सोझी कलेज पढ्न काठमाडौंमा आकी तिमी राम्री थियौ साह्रै लामो-लामो कुर्ता सुरुवाल लाकी तिमी! कती छिटो बितिसकेछन दिनहरु आजकाल कती ठुलि भाकी तिमी बिर्सिएछौ आतितहरु लत्याएर गाउघरलाई रेस्टुरांमा धाकी तिमी

Posted in गजल | Tagged | Leave a comment

गजल : छोडी गयो

~विभोर बराल~ थाहा छैन कहिलेको हिसाब छोडी गयो जिन्दगीले टेबलमा किताब छोडी गयो ।

Posted in गजल | Tagged | Leave a comment

गजल : वतासले श्वास थुनेर गयो

~प्रकाश आङ्‍देम्बे~ वतासले श्वास थुनेर गयो विहान सवेरै व्यँुझेर गयो

Posted in गजल | Tagged | Leave a comment

गजल : रिसाएर तिमी

~प्रकाश आङ्‍देम्बे~ रिसाएर तिमी जति टाढा हुँदै गयौ अझ धेरै यो मुटुमा गाढा हुँदै गयौ

Posted in गजल | Tagged | Leave a comment

गजल : खडेरी र हावा उस्तै छ

~प्रकाश आङ्‍देम्बे~ चैतमास खडेरी र हावा उस्तै छ तिम्रो आफ्नो मेरो आफ्नो धावा उस्तै छ

Posted in गजल | Tagged | Leave a comment

गजल : एउटा अनौठो कहानी भो

~प्रकाश आङ्‍देम्बे~ एउटा अनौठो कहानी भो पत्थरको पग्लिने बानी भो माथिल्लो ओठ उचाली हास्यौँ बलेको आगोनि पानी भो

Posted in गजल | Tagged | Leave a comment

चाहना छ मलाई एउटा प्रेयसिको

~विवश सापकेाटा~ चाहना छः मलाई एउटा प्रेयसिको चाहना छः उनको रुप होस् उवर्शीको

Posted in गजल | Tagged | Leave a comment

गजल : जिउँ शानसँग

~बूँद राना~ जिऊँ शानसँग, मरौँ शानसँग नितान्त सुनौलो पहिचानसँग।

Posted in गजल | Tagged | Leave a comment

गजल : नौलो हाँक हालिदिने

~बूँद राना~ नौलो हाँक हालिदिने समयलाई सलाम छ हतकडी फालिदिने समयलाई सलाम छ।

Posted in गजल | Tagged | Leave a comment

गजल : घमण्डमा थपीथपी

~बूँद राना~ घमण्डमा थपीथपी मात परेपछि स्याल–ब्वाँसा रमाउँछन् रात परेपछि।

Posted in गजल | Tagged | Leave a comment

गजल : चिराचिरा परेको

~बूँद राना~ चिराचिरा परेको छ मान्छे ‘बाँचे’ भन्दै मरेको छ मान्छे।

Posted in गजल | Tagged | Leave a comment

गजल : कुन्नि कस्तो टुनामुना

~बूँद राना~ कुन्नि कस्तो टुनामुना जानेको छ गजलले काँचा–पाका जम्मैलाई तानेको छ गजलले।

Posted in गजल | Tagged | Leave a comment

गजल : माला उन्ने निहुँ

~बूँद राना~ माला उन्ने निहुँ पारी भाँचिदियो डाली फूल भन्छ– ‘मान्छेलाई म भन्दिन माली।’

Posted in गजल | Tagged | Leave a comment

गजल : मानिसले आफूलाई

~बूँद राना~ मानिसले आफूलाई कुन्नि केमा ढालेको ढालेको छ ‘म हुँ मान्छे’ भन्न पनि लाज लाग्न थालेको छ।

Posted in गजल | Tagged | Leave a comment

गजल : मुक्तिको तिथिमिति

~बूँद राना~ मुक्तिको तिथिमिति गन्दै छ कलैया ‘हुन्छ, उज्यालो हुन्छ’ भन्दै छ कलैया।

Posted in गजल | Tagged | Leave a comment

गजल : जीवन कैले लघुकथा कहिले उपन्यास हुन्छ

~मनु ब्राजाकी~ जीवन कैले लघुकथा कहिले उपन्यास हुन्छ कहिले उर्लिदो खहरे खोला कहिले प्यास हुन्छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : जैले पनि खुकुरीको

~बूँद राना~ जैले पनि खुकुरीको धार हदै भो फूलजस्तो जिन्दगीमा भार हदै भो।

Posted in गजल | Tagged | Leave a comment

गजल : ढोकाअघि भोकाहरू

~अनमोल मणी~ जब मर्छन् मन्दिरकै ढोकाअघि भोकाहरू सोच्नु तिम्रो लागि पनि बन्द छन् ती ढोकाहरू

Posted in गजल | Tagged | Leave a comment

गजल : नसोध मान्छे कि म

~बूँद राना~ नसोध मान्छे कि म मूर्ति बनी ज्यूँदो छु जसरी हुन्छ नि ज्यूनु छ भनी ज्यँूदो छु।

Posted in गजल | Tagged | Leave a comment

गजल : फैसला मुल्तवी मुद्दाको

~बूँद राना~ फैसला मुल्तवी मुद्दाको आज हुन्छ नि हो लुकेर होइन मैदानमाझ हुन्छ नि हो।

Posted in गजल | Tagged | Leave a comment

गजल : फेर्नलाई सधैँ लुगा

~बूँद राना~ फेर्नलाई सधैँ लुगा फेरेको छ मुलुकले नयँ लुगा भन्दै कोरा बेरेको छ मुलुकले।

Posted in गजल | Tagged | Leave a comment

गजल : तीता–मीठा बातहरु

~बूँद राना~ तीता–मीठा बातहरु याद आउँछन् घातकीका साथहरु याद आउँछन्।

Posted in गजल | Tagged | Leave a comment

गजल : पारा चढेको जो

~बूँद राना~ पारा चढेको  जो पारा हुन्छ मान्छे, मान्छेको आहारा हुन्छ।

Posted in गजल | Tagged | Leave a comment

गजल : न छ बन्दुक, न तरबार

~बूँद राना~ न छ बन्दुक, न तरबार गजलकार न हो तर लड्दैछ लगातार गजलकार न हो।

Posted in गजल | Tagged | Leave a comment

गजल : उनी पनि सल्लाहमा

~बूँद राना~ उनी पनि सल्लाहमा आए राम्रो हुन्थ्यो मालसिरी भाखासँगै गाए राम्रो हुन्थ्यो।

Posted in गजल | Tagged | Leave a comment

गजल : तिमीकन आफ्ना सारा !!!

~दिपेश श्रेष्ठ~ तिमीकन आफ्ना सारा, कथा भन्न सकिएन । हृदयका मर्म मेरा, व्यथा कन्न सकिएन ।। तिम्रा लागी म त केवल, बलुवाको कण भएँ । आकाशमा चम्कने ती, तारा बन्न सकिएन ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : अझै सर्प ज्यूँदै

~बूँद राना~ अझै सर्प ज्यूँदै छ हो बूँद राना मर्‍यो ठानी ढुक्कै न हो बूँद राना।

Posted in गजल | Tagged | Leave a comment

गजल : सहरमा छ चर्चा

~बूँद राना~ सहरमा छ चर्चा उनी आउँदैछन् मुनाफा र घाटा गुनी आउँदैछन्।

Posted in गजल | Tagged | Leave a comment

गजल : काँडामा टेकी

~बूँद राना~ काँडामा टेकी पाइला अघि सारे पो जिन्दगी भुमरीमाझ परेको डुङ्गा तारे पो जिन्दगी।

Posted in गजल | Tagged | Leave a comment