Tag Archives: Gazal

गजल : नेता लाई हानौं एक चड्कन फेरि

~अज्ञात पाल्पाली~ गजल जस्तो बनेको भए पनि नेपालका नेता हरुले गर्ने गरे का काम कुरा हरु लाई यसरी पोख्ने कोशिस गरेँ शायद हरु पनि सहमत हुनुहुन्छ की ? भ्रष्टाचार गरी गरी , मोटो रकम कमाउन, खोज्ने नेता लाई, हानौं एक … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : चिया प्युँदा मनोमानी भयो भन्छौ तिमी आफै

~खड्ग सेन ओली~ चियाघरमा चिनाजानी भयो भन्छौ तिमी आफै चियाबारे कुराकानी भयो भन्छौ तिमी आफै नयाँ यौटा चिनाजानी भयो भन्छौ तिमी आफै तिमी भन्छौ चिया प्युँदै चिया यस्तो चिया उस्तो! चिया प्युने झनै बानी भयो भन्छौ तिमी आफै

Posted in गजल | Tagged | Leave a comment

गजल : इरादा सबै उही भिखारी नयाँनयाँ

~खड्ग सेन ओली~ बिरानो प्रदेश यो चिनारी नयाँनयाँ म ताप्दैछु प्रेमको छहारी नयाँनयाँ कसोरी सहूँ म खै! सबै जो प्रहार यी म देख्दैछु अप्सरा! पियारी नयाँनयाँ

Posted in गजल | Tagged | Leave a comment

गजल : माटोमा मिसिनु छ

~बहादुर सिंह बराल~ नगरे अभिमान कैले, माटोमा मिसिनु छ । एकदिन सबैले कालको, चक्रमा पीसीनु छ ।। आफ्नो भनी भन्दा छौ, जती छ यो झिटी-मिटी सँगमा यो केही जने छैन, हेरेर खिसिनु छ ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : दिल फगत मैले चढाएँ थे

~उपेन्द्र बहादुर ‘जिगर’~ दिल फगत मैले चढाएँ थे नजर होल भनी । यो दरदले त्यो दरदमा क्यै असर होला भनी ।। निर्दयी झैँ झन हृदय टुकडा गर्यौ तरवारले । थाहा थिएन दर्दले तडपी हृदय रोला भनी ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : जता हेर्छु मेरो अगाडि निराशा

~बद्रीप्रसाद शर्मा~ जता हेर्छु मेरो अगाडि निराशा जलेको बलेको गलेको छ आशा घना रातमा पन्थको छु अकेला न दीने भए काम यी नेत्र प्यासा

Posted in गजल | Tagged | Leave a comment

गजल : बोल्दिनौ जालिम रिसाइ

~गुरुप्रसाद मैनाली~ बोल्दिनौ जालिम रिसाइ हिडिरह्यौ आँखा तरी जिन्दगीको हौसला मेरो सबै बरबाद भो । छैन केही चाहना प्रेमको धोको पुग्यो मतलवी संसारको रित बल्ल क्यै क्यै थाहा भयो ।

Posted in गजल | Tagged | Leave a comment

गजल : लायक् कहाँ छू

~मोतिराम भट्ट~ म तिम्रा अघी पर्न लायक् कहाँ छू, यसैले अघी सर्न लायक् कहाँ छू ।।१।। हुकुम हुन्छ तिम्रो त हाजिर छदैछू, बिना मर्जी आँट गर्न लायक् कहाँ छू ।।२।।

Posted in गजल | Tagged | Leave a comment

गजल : इर्ष्या जलन गर्नेहरु गर्दै गरोस है

~आचार्य प्रभा~ इर्ष्या जलन गर्नेहरु गर्दै गरोस है बाटो बीचमा काँडाहरु छर्दै गरोस है / केही नहोला,मेरोलागी जस्तो सोँचे पनी जस्कै कानमा कुराहरु भर्दै गरोस है /

Posted in गजल | Tagged | Leave a comment

गजल : संघर्षको कहानी तिम्रो पनि मेरो पनि

~महेश घ्रितकौशिक~ संघर्षको कहानी तिम्रो पनि मेरो पनि, अन्तर्मनको नादानी तिम्रो पनि मेरो पनि .

Posted in गजल | Tagged | Leave a comment

गजल : गल्दागल्दै गलिसके भित्र भित्रै

~महेश घ्रितकौशिक~ गल्दागल्दै गलिसके भित्र भित्रै पाकेको छु, हेर्दा हेर्दै दोबाटोमा आफैसंग थाकेको छु . देखिने यी द्वेष सारा देखाउनै लागि मात्रै,

Posted in गजल | Tagged | Leave a comment

गजल : मायाका कुरा गरेर गयौ

~अर्जुन खत्री ‘फडिन्द्र’~ मायाॅका कुरा गरेर गयौ मन यो मेरो हरेर गयौ के अर्थ लगाउॅ म यसको

Posted in गजल | Tagged | Leave a comment

गजल : रात ढलेको थियो अचानक

~महेश घ्रितकौशिक~ रात ढलेको थियो अचानक, निभ्यो बलेको दियो अचानक .

Posted in गजल | Tagged | Leave a comment

गजल : गल्छेडामा बात मारी

~महेश घ्रितकौशिक~ केवल एउटै हासोभित्र मप्रतिको प्यार देख्छु, तिम्रो न्यानो स्पर्शमा निमेषमै संसार देख्छु .

Posted in गजल | Tagged | Leave a comment

गजल : केहि मिठो केहि न्यानो त्राश

~महेश घ्रितकौशिक~ केहि मिठो केहि न्यानो त्राश चल्थ्यो कुनैबेला, छाचाल्किदै मुटुभरी प्याश चल्थ्यो कुनैबेला .

Posted in गजल | Tagged | Leave a comment

गजल : एकै क्षणलाई मुटु रेट्ने

~महेश घ्रितकौशिक~ एकै क्षणलाई मुटु रेट्ने मस्काई नजाती, आखा छोप्दा एकान्तमा झस्काई नजाती.

Posted in गजल | Tagged | Leave a comment

गजल : त्यो के हो एउटै कुरो जाल

~महेश घ्रितकौशिक~ त्यो के हो एउटै कुरो जाल जस्तै चम्चमाउछ, कर्कश्ताको रोदन सरि काल जस्तै चम्चमाउछ .

Posted in गजल | Tagged | Leave a comment

गजल : सुस्त सुस्त केहि कुरा

~महेश घ्रितकौशिक~ सुस्त सुस्त केहि कुरा रहर्भरि चलिरह्यो, मन्द मन्द केहि आशा प्रहर्भरि चलिरह्यो .

Posted in गजल | Tagged | Leave a comment

गजल : भय लाग्छ अचेल

~भुपेन्द्र महत~ भय लाग्छ अचेल, देश हराको सुन्न पर्छ कि! दौरा सुराल बिर्सी, धोती कुर्ता पो उन्न पर्छ कि!

Posted in गजल | Tagged | Leave a comment

गजल : कोहि अमिर कोहि फकिर हाम्रो नेपालमा

~महेश घ्रितकौशिक~ कोहि अमिर कोहि फकिर हाम्रो नेपालमा, कोहि आजाद कोहि जन्जिर हाम्रो नेपालमा .

Posted in गजल | Tagged | Leave a comment

गजल : सबै सफा सबै सज्जन

~महेश घ्रितकौशिक~ सबै सफा सबै सज्जन भ्रस्टचारी कताको हो ? सबै धनि सबै अमिर बेरोजगारी कताको हो ?

Posted in गजल | Tagged | Leave a comment

गजल : कलम लिएर के भो

~हरिशरण डोटेल~ साँचो नलेख्ने कलम लिएर के भो घाउ नसुक्ने मलम दिएर के भो। धेरै ज्युँछन मान्छेहरु बाँचिरहन्छन थोरै बिष मिसेको अमृत पिएर के भो।

Posted in गजल | Tagged | Leave a comment

गजल : फटाहा को भिड बिच

~चन्द्र बहादुर बि.क.~ फटाहा को भिड बिच, सज्जन कहाँ टिक्छ हजुर। बिष बेच्ने बजार हो यो, अमृत कहाँ बिक्छ हजुर।। जस्तो ज्ञान बुद्धी दियो, त्यस्तैनै त सिक्ने हो नि । गुरु आँफै चोर छ त, सिक्ने ले के सिक्छ हजुर।।

Posted in गजल | Tagged | Leave a comment

गजल : यस्तै गरी जिन्दगी चल्दै छ साथी

~निरज थापा~ यस्तै गरी जिन्दगी चल्दै छ साथी भित्र भित्रै मुटु यो जल्दै छ साथी अन्धकारले धर्ती यो छोपेको बेला

Posted in गजल | Tagged | Leave a comment

गजल : के हेरेर बस्छौ अझै

~सरु आस्था~ आँगनको डिल मासियो के हेरेर बस्छौ अझै देउता पनि प्रबासियो के हेरेर बस्छौ अझै तिमी आसन मात्र खोज्छौ माटो घट्दा चिन्ता छैन सीमाको साँध भत्किदियो के हेरेर बस्छौ अझै

Posted in गजल | Tagged | Leave a comment

गजल : कसैका काँचै फूले

~राजन काफ्ले~ कसैका दाह्री पाकेर फूलेनन कसैका काँचै फूले बटुवा गन्तव्य पुगिसक्यो, मोटरमा कुद्नेले बाटै भूले मल र पानीले ढाडिएका फाँटहरुमा लत्रिएको देख्छु भोक प्यासमै टारीखेतका धानहरु लहलहाएर झुले

Posted in गजल | Tagged | Leave a comment

गजल : सोध्दै छ्यौ रे के गर्दै छ

~महेश घ्रितकौशिक~ सोध्दै छ्यौ रे के गर्दै छ ,चिन्ता भित्रै जलेको छु, दुखी पिडा सोध्छ्यौ भने भुन्ग्रोभित्र बलेको छु. पैतालामा काडा रोप्यौ, हिड्नै बन्द होला भनि ,

Posted in गजल | Tagged | Leave a comment

गजल : उनि राम्री अप्सरा झैँ

~महेश घ्रितकौशिक~ उनि राम्री अप्सरा झैँ मुटु चले जस्तो लाग्यो, अर्कै संग बोल्दा त्यसै आत्मा जलेजस्तो लाग्यो. हाँसो राम्रो अधरको फिजाएका केश घटा,

Posted in गजल | Tagged | Leave a comment

गजल : आत्मा चिसो शरीर चिसो मनै चिसो यहाँ

~महेश घ्रितकौशिक~ आत्मा चिसो शरीर चिसो मनै चिसो यहाँ , बोलि चिसो हेराइ चिसो तनै चिसो यहाँ . पारिलो घाम अस्ताइसक्यो न उदाइकन, त्यसै चिसो दुनिया यो झनै चिसो यहाँ .

Posted in गजल | Tagged | Leave a comment

गजल : फाटेको नटाले कसलाई पुग्छ र ?

~बाबु त्रिपाठी~ फाटेको नटाले कसलाई पुग्छ र ? रुपियाँ पैसाले कसलाई पुग्छ र ? यहाँ कुबेरको भण्डार त रित्तिन्छ भन्नुहुन्थ्यो बाले – “कसलाई पुग्छ र” ?

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्रा सामु झुक्ने छैनौं

~राजेश नेपाली ~ चाहे बर्साउ लाठी गोली तिम्रा सामु झुक्ने छैनौं लाखौ आहुति दिन्छौं बरु यो क्रान्तिमा रुक्ने छैनौं भित्रभित्रै जमिनबाट मूल बनि निस्किएछौ सागर भेट्न बगिरहन्छौं बर्खेभेलझैं सुक्ने छैनौं संघीयता रोक्नुपर्छ, देश जोगाउने हो भने

Posted in गजल | Tagged | Leave a comment

गजल : आहाल भा’छ

~राजेश नेपाली~ तिम्रो घरको खर्को छानो चुहिएर आहाल भा’छ घर गाउँ देश सबै लथालिंग बेहाल भा’छ बुढा बाबा असी पुगे आमालाई दमले गाल्यो तिमीलाई सम्भि्क रून्छन् आँसुको नै ताल भा’छ तिम्री प्रिया बाटो कुर्छिन् छोरो बाबा खोइ भन्छ

Posted in गजल | Tagged | Leave a comment