Tag Archives: डा मधु माधुर्य – Dr Madhu Madhurya

कविता : आगाका गीतहरु

~डा.मधु कृष्ण श्रेष्ठ “माधुर्य”~ कति नियास्रो लाग्दो छ सिउँडीको घारी छिचोल्दै देउराली नहिंडेको दिन ज्वालामुखीको लाभा टेक्दै मेलापात नहिंडेको दिन कति टीठलाग्दो छ बाढी र पहिरोसंगै आत्मसात नगरेको दिन

Posted in कविता | Tagged | Leave a comment

चिन्तन : अनन्त पुराणः समय र स्थानको दोभानमा जीवनको आयाम

~डा. मधु कृष्ण श्रेष्ठ “माधुर्य”~ ब्रम्हाण्डमा सबैभन्दा अस्थायी कुरो समय हो। समय सेकेन्ड सेकेन्डमा मरिरहेको हुन्छ । भविष्य वर्तमानमा परिणत हुँदै भूत भएर मरिरहेको हुन्छ र भूत नै भविष्य हुँदै वर्तमान भएर जन्मिरहेको हुन्छ( यस कुरालाई हामीले स्विकार्न सकिरहेका छैनौँ)। … Continue reading

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

कविता : यो शहरमा मेरो काम छैन

~डा. मधु माधुर्य~ हिँड्‌दा हिँड्‍दै यो शहरको सबै सडक सिध्‍याइसकेको छु हेर्दा हेर्दा यो शहरको पूरै दृश्‍य रित्‍‍याइसकेको छु अब यो शहरमा सायद मेरो कुनै काम छैन बुढा-बुढी घाम-जून यहाँ आङ तन्‍काउँदै पालैपालो उठृछन्‌ र सुत्‍छन्‌

Posted in कविता | Tagged | Leave a comment

कविता : सुन, फूल र सहीदहरु

~मधु माधुर्य~ पोलिएर सुन छटपटाउँदै आगोमा पानी पानीमा रुपान्तरित आखिर कसैकोे सौन्दर्य बनेर झकमक्क टल्कनुमा रहेछ भेद ।। सहेर घाम, पानी, बतास छटपटाउँदै मौसम र माटोमा टुसा, पालुवा र फूलमा रुपान्तरित आखिर आँखामा सौन्दर्य बनेर कसैको सिउँदोमा सजिनुमा रहेछ भेद … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो छायाँ

~डा. मधु माधुर्य‘ जीवनले छाडे मृत्यु छँदैछ जीतले छाडे हार त छँदैछ त्यही मृत्यु र हारको गोरुले बैतर्नी तार्न नसके देशको वर्तमान नरक त मसँग छँदैछ म एक्लो छुइन साथमा मेरो छायाँ छ छायाँको मलाई माया छ म एक्लो छुइन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आवाजभित्रका आवाजहरु ?

~डा. मधु माधुर्य‘ पुल र बाटो बगाउँदे आप्mनो भलमा एकलव्य धूनमा पानी दर्किरहेछ गड्याड.गुडुड. चट्यांग बज्रिरहेछ टुहुरो बालकलाई मगन्तेले सान्त्वना दिइरहेछ ः ,,नरोऊ, बाबा, नरोऊ । पारिबाट मैले भोलि नाना, चाचा ल्याइदिन्छु ।,,

Posted in कविता | Tagged | Leave a comment

कविता : चिसाचिसा रातहरु

~डा. मधु माधुर्य‘ सिमलको भुवाभैंm कता कता माथि माथि उड्ने कता कता अथाह हराउने अनिश्चित स्वप्नहरुको स्पर्शमा हिजोआज बित्ने गरेका छन् चिसा ओछ्यानका रातहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : आकाश-कुसुम

~मधु माधुर्य~ जिन्दगी जो देश बाँचिरहेछ जिन्दगी जो म बाँचिरहेछु सपना र रहरबाहिर योजना र कर्मबाहिर हामी फगत बाँचिरहेका छौं

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम रोगी ‌रोही‌रहेछ

~मधु माधुर्य~ फर्क्यो आकाशतिर पूर्व पापका लागि माफ माग्यो धर्म-शास्त्र पल्टायोः ‘आफूलाई जस्तै अरुलाई प्रेम गर !’ पढ्यो ‘बुझ्यो’ र हिड्यो…… म तिमीलाई प्रेम गर्न चाहन्छु माफ गर !

Posted in कविता | Tagged | Leave a comment