Tag Archives: देवेन्द्रप्रसाद उप्रेती – Devendra Prasad Upreti

बाल-कविता : आकाशकी रानी

~देवेन्द्रप्रसाद उप्रेती~ आकाशमा जून लागे कति रमाइलो घाम लागे आकाशमा कति घमाइलो एउटा आँखा राजा बने अर्को आँखा रानी अप्सरा पो हौ कि तिमी देख्छु सानीसानी ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कविता : फूलजस्तो जीवन

~देवेन्द्रप्रसाद उप्रेती~ देश हाम्रो फूलबारी फूलका थुङ्गा हामी फूलजस्तै बास्ना छरे हामी बन्छौं नामी माटो, मल, जल भए पूmल हुन्छ सुखी अन्न, पानी नपाएमा हामी हुन्छौं दु:खी ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कविता : सानीसानी नानी

~देवेन्द्रप्रसाद उप्रेती~ उनी केटा म केटी सबै बराबर पढीलेखी जान्छौं घर हामी सरासर मन्दिररुपी पाठशालालार्इ सधैं पूजा गर अज्ञानलाइ हटार्इ तिमी सधैं ज्ञान भर ।

Posted in बाल कविता | Tagged | Leave a comment

ब्यंग्य लघुकथा : सपना

~देवेन्द्रप्रसाद उप्रेती~ सहिद दिवसको दिन, फूलमाला प्रशस्त ओढेका थिए उनीहरूले । तीन सय चौसठ्ठी दिन रोइरहेका सहिद आज प्रफुल्ल देखिन्थे । सहिदगेटमा ‘क’ ले भन्यो- “सहिदलाई खुसी राख्न हृदय चोखो राखी उनीहरूको सपना साकार पार्नुपर्छ । “

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment