Tag Archives: दाहाल यज्ञनिधि – Dahal Yagyanidhi

स्रष्टा परिचय : एक ‘अराजक’ स्रष्टा दाहाल यज्ञनिधि

~पदम गौतम~ दाहाल यज्ञनिधिलाई यतिबेला एघार वर्षअघि फेरेको मिर्गौलाले फेरि दुःख दिन थालेको छ । औषधि खाइरहनु पर्ने र निकै थोकको परहेजमा रहनुपर्ने यी साहित्यप्रेमीलाई आफ्नो दुःख र पीडाको खासै मतलव छैन । हरेक मौका र सन्दर्भमा लोकतन्त्र र उच्चतम … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

कविता : ढिकुरोको गीत

~दाहाल यज्ञनिधि~ टालेको टालो टाउकोमा हाल्यो बुल्बुले यी केसमा मगेर्नी मैया ? मजेत्री सिउने स्यो छैन यो देशमा होलाकी भन्दा बुलाकि गयो के लाउनु गहना बेसहा खोज्ने माझीलाई मार्दा भाँचियो बहाना ।

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : दलितको गीत

~दाहाल यज्ञनिधि~ गीत गायौ गाइने दाजु – झुम्मिरैछन् बैराहरु सुन्ने कान खोई – बन्दूकका कान छैनन् न छन् ढुकढुकी नै क्व्ौ मान्छेले सुने भने सुन्छन् मुटु बिनै तिमी रोयौ गीत बन्यो सारङ्गीको साथमा

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : कविताको गाउँमा नयाँ पँधेरो

~दाहाल यज्ञनिधि~ ‘बा ? पाठशाला जान्न म इतिहास पढाइन्छ त्यहाँ, मरेका दिनहरूको ।’ हरिभक्त कटुवालको यो लघुकविता । लघुकविताको गर्भमा जोगिएको बृहत् काव्य । मैले बुझेको थिइन पहिले, अचेल धेरैतिर मानवबस्तीका कथा सुन्न मोहनी लाएको छ, यो लघुकाव्यले । म … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

लेख : बिसन्चो जदौ

~रामजी दाहाल~ रेडियो नेपालको साहित्य संसारमा ‘जदौ’ बाट शुरू हुने एउटा विनीत तर, प्रभावशाली स्वर सम्झ्ने नेपालीको एउटा ठूलो पुस्ता छ । काठमाडौंको अनामनगरस्थित ‘दाहालको दैलो’ मा दाहाल यज्ञनिधिको आउजाउ पातलिएकोमा चिन्तित हुने पनि निकै छन् । दुवै मिर्गौला प्रत्यारोपण … Continue reading

Posted in लेख | Tagged , | Leave a comment

लेख : यज्ञनिधि र पुरस्कार

~डा. लेखनाथ काफ्ले~ ‘जदौ’ भन्दै बिहान बिहानै ‘साहित्य संसार’ रेडियो साहित्यिक कार्यक्रम मार्फत आउने ‘यज्ञनिधि दाहाल’ ले आफ्नो मौलिक स्वर र रचनाहरु बाचन गर्ने जादुमय कला मार्फत सरल भाषामा नेपाली साहित्यलाई जनता समक्ष पुर्‍याए । साहित्य जस्तो गम्भीर र अफ्ठ्यारो … Continue reading

Posted in लेख | Tagged , | Leave a comment