Tag Archives: भेषराज रिजाल – Bheshraj Rijal

पुस्तक समीक्षा : बिसौनी वल्तिर भेटिँदा

~कृष्णादेवी शर्मा श्रेष्ठ~ बिसौनी वल्तिरैबाट भेटेँ भेष रिजाल यी उम्दा साहित्यका स्रष्टा देखेँ भेष रिजाल यी पूर्व पश्चिमको यात्रा, यात्रा दक्षिणको पनि नेपाली वाङ्‌मयी उर्जा लेखेँ भेष रिजाल यी। अनुष्टुप, मुक्तक राधा र कृष्णको जस्तै जोडी एकदिन टुप्लुक्क मेरो आश्रमको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर

~सदानन्द अभागी~ साहित्यकार भेषराज रिजाल “बालुवाको मुठ्ठी (गीति कविता सङ्ग्रह,२०५७)” बाट कृतिकारको रूपमा उदाएका हुन्। आफ्नै दाजुभाइको मारामारले देश रोएको देख्दा उनको मन पग्लिएर देश रुन दिनुहुन्न भन्ने सन्देश दिँदै “देश सधैँ रुने छैन (कविता सङ्ग्रह,२०५९)” सिर्जना गरे । देश … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : स्माइल छोरी

~भेषराज रिजाल~ आँखामा अलिकति आँसुको गाजल मुहारमा अलिकति उदासीको बादल तर ओठमा हरदम स्माइल मेरी सानी छोरी जस्तै सुन्दर लाग्छे सनी मलाई ! वेष्ट लेकझैँ नीलो आँखा

Posted in कविता | Tagged | Leave a comment

कविता : लुतो फाल्ने तयारी

~भेषराज रिजाल~ आस्थाको असारभरि मेहनतका बीउ छरेर खुसी फल्ने विश्वासमा हर्षित पुलकित मीठो थकाइसँग रमाइरहेको साउनको पहिलोदिन यसपालि फेरि हाम्रो घर लुतो फाल्ने तयारी छ।

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : तालिएको सम्झना वेगिएको मन

~भेषराज रिजाल~ “एकछिन डुलेर आउनुहुन्छ त ?” मनको इच्छा बुझेरै बोल्नुभएथ्यो सहसचिव काशीराज दाहाल । दाहाल सरको पाहुना भएर पोखरास्थित उहाँको निवासमा बसेका थियौँ हामी । “स्वच्छ हावा खाउँन त एकछिन !” सञ्जय अधिकारीको पनि नयाँ अपेक्षा थिएन पोखरासँग । … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

छन्द कविता : अन्तिम यो भेट हो ?

~भेषराज रिजाल~ छन्द : शार्दूलविक्रीडित गायो कोयलले मधूर स्वरले तानी दियो यो मन हाँस्यो त्यो वन कुञ्जका अधरमा सौन्दर्य फैलाउन फैलेथ्यो रविको सफा किरण त्यो छायो नयाँ जीवन देख्दैछौँ भन ! आज लाल नयनै आँसू लिएको किन ? नौलो त्यो … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : साहित्यकार दामोदर रिजाल ‘घताने’को कथा सङ्ग्रह ‘अव्यवस्था’ : मुलुकी अव्यवस्थाप्रतिको चोटिलो प्रहार

~भेषराज रिजाल~  वि.सं २०२५ साल माघ १ गते म्याग्दी जिल्लाको साविक घतान गा.वि.स., वडा नं. २ हाल बेनी नगरपालिका वडा नं. ९ मा पिता श्रीकृष्ण रिजाल र माता नर्मदादेवी रिजालको कोखबाट जन्मिनुभएको हो साहित्यकार दामोदर रिजाल ‘घताने’। समाजशास्त्रमा स्नातकोत्तर शैक्षिक … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

नियात्रा : प्रकृतिको आँगन

~भेषराज रिजाल~ एक्लै हिँड्नुमा पनि बडो आनन्द रहेछ । र त, प्रकृतिसँग सम्वाद गर्दै हिँडिरहन चाहन्छु म युगौँयुग । सम्बत् २०७५ साल भदौ दोस्रोसाता नवलपुरको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयबाट निस्केर छिपेनी टोलतिर सोझिँदा आफैसँग बोलेथेँ म । प्रकृतिको आँगनमा निस्कँदा … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : राप्तीको रुवाइ

~भेषराज रिजाल~ ʽयस्तै तालले पुगिन्छ त गन्तब्यमा ।ʼ गुँडतिर फर्किरहेका चराहरू गोधुलिको धमिलो क्षितिजमा हराउँदैथिए, तब मेरो मनको चरो बोलेथ्यो निसास्सिँदै । उज्यालोमै प्युठान खलङ्गा छोडेर बाग्दुला झरे पनि साँझको अत्यासलाग्दो सन्नाटाले छोइसकेथ्यो हामीलाई । नाइटबस चढेर सुन्दर बिहानीमा गन्तब्य … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : बिसौनी वल्तिर

~भेषराज रिजाल~ आँखामा बास बसेको खुसीको उज्यालो छहलिने बेला हामीले छोड्दैथियौँ नागी कम्युनिटी लजको आँगन । हाम्रो खुट्टामा लेकाली शीत छोइँदा नागीगाउँ वरपरका पहाडी थुम्कामा लेसारिएको थियो पातलो कुहिरो । रातको झरीमा भिजेको रुखपात र घाँसमा बाँकी नै थियो लेकाली … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : लेकाली धरोहर फलामेडाँडा

~भेषराज रिजाल~ एघार बजिसकेछ लुङ्दीखोलाको किनार समातेर उकालो लाग्दा । लुङ्दीको सुसेली गुञ्जिएको छ पहरो थर्काउँदै, चारदिशा घन्काउँदै । मेरो अनुहारमा बगेको पसिनाको धाराजस्तो लुङ्दीको सुकिलो जलधारामा नजर भिजाउँछु, मन धुन्छु र पयर उचाल्छु । रोपो सरिसकेको खेततिर बगेको कुलोमा … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

पुस्तक समीक्षा : जीवनवादी दृष्टिकोणको धरातलमा ‘जीवन लीला खण्डकाव्य’

~भेषराज रिजाल~ वरिष्ठकवि सदानन्द अभागीद्वारा लिखित ‘जीवन लीला खण्डकाव्य’ तेह्रपादमा संरचित सानो तर गहन खण्डकाव्य हो । राधा तिवारी, यशोदा अधिकारी, उमाकुमारी रिजाल र इन्दिराकुमारी रिजालले प्रकाशन गर्नुभएको यो कृति वि.सं. २०५९ साल मङ्सिरमा प्रकाशित भएको हो । आफ्नो परिवारदेखि समाजका … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

नियात्रा : नारायणीको तीरैतीर

~भेषराज रिजाल~ शीतले नुहाएका देवचुली र वरचुली बिहानीको कलिलो घाममा अनुहार सुकाइरहेथे । आकाससँग अंकमाल गरिरहेका चुरेका अरू चुलीहरू पनि नवलपुरबासीसँग मुस्कुराइरहथे । रङहरुको फागु खेल्दै आकासमा पौडिन तम्तयार देखिन्थ्यो सूर्य । रक्तिम आभाले अनुहार धोएर वासन्ती वहारमा मन बहलाउन … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : मेरो छोरो हराएको छ

~भेषराज रिजाल~ महिना दिन अघि सानो भनाभनमा उसले मन दुखायो उसले पैसा माग्दा मैले उपदेश दिएँ मायाबिनाको उपदेश गाली हो भन्दै उसले आवेशमा अंश माग्यो सम्झाउँदा झन्

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘तन्नेरी हजुरबा’ उपन्यास : सामाजिक कुरीतिउपर गतिलो प्रहार

~भेषराज रिजाल~ वि.सं २००३ साल साउन १ गते पर्वत जिल्लाको साबिक शंकरपोखरी गा.वि.स., वडा नं. १, हाल फलेवास नगरपालिका, वडा नं. ३, नुवार, ठूलाघरमा माता नन्दकली रिजाल र पिता कलाधर रिजालको जेष्ठ सुपुत्रको रूपमा जन्मिनुभएको हो वरिष्ठ साहित्यकार सदानन्द अभागी … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

नियात्रा : टिम्बुरबोटेको बाटोमा

~भेषराज रिजाल~ सोलुको सल्लेरीमै बित्न लागेथ्यो बिहान । अघिल्लोदिन लेकाली चिसो छुनखोज्दै मज्जाले डुलिएथ्यो सल्लेरीको सेरोफेरो । होटल मिडप्वाइन्टको आलुको रोटी र भीर महले भोजनको तृप्ति मात्र होइन दिएथ्यो एउटा स्वादिलो सम्झना । भीर मह चाख्ने इच्छासँगै सुनिँदैथिए अनेक रोमाञ्चक … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : खप्तडको क्षितिजमा गरिबीको छाँया

~भेषराज रिजाल~ बझाङे तमेल कटेर सेती पारिपुग्दा तिर्कुलो रोप्दै थिए केही महिलाहरू । नदीमा बेपत्ता आफन्तको खोजीमा बाटैभर अलपत्र थिए केही मान्छेहरू । ढल्कँदो घामको रापले ओइलाएको तिर्कुलोको बोट र नदीको भुमरीमा बेपत्तिएको मान्छेको आकृति तौलिन्छु मनमनै । तिर्कुलो शीतको … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : मेरो औसत गुनासो

~भेषराज रिजाल~ मुटु छेडेर वारपार गर्ने हजार प्रश्नहरु छन् मुटु सिलाउनुपर्ने कसैको एकाध शर्त पनि छैन मन बुझाउनसक्ने कसैको एकाध तर्क पनि छैन

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : सहानुभूतिको लोकमार्गमा

~भेषराज रिजाल~ हो, यसरी नै हरेकक्षेत्र मिसिनुपर्छ मुलुकको विकासको गतिमा । तादी खोलो र त्रिशुली नदी मिसिएको देवीघाटमा उभिएर सोचेथेँ मैले । देवीघाटको जलमा अनुहार पखालेर स्मरण गरेथेँ नेपाल एकीकरणको इतिहास । आधुनिक नेपाल राज्य विस्तारको थालनी भएको नुवाकोट काठमाडौँको … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : गोर्खाली स्वाभिमान

~भेषराज रिजाल~ —तीनवटा धरोहर उचालेको थुम्कोमा छौँ हामी’,  अशोक कोइराला मतिर फर्किए । —गोरखादरबार, गोरखकाली मन्दिर र गोरखनाथको मन्दिर तथा गुफा’, मैले उत्सुक नजरले हेर्न नपाउँदै उनले थपे । पृथ्वीनारायण शाहको जन्म गोरखादरबारमा भएको रहेछ । गोरखादरबार निजकै रहेछ गुरू … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

पुस्तक समीक्षा : मुलुकका बेथितिप्रति सशक्त प्रहार :  ‘महाकवि बन्नोस्, व्यङ्ग्य कविता संग्रह, २०७२’

~भेषराज रिजाल~ वरिष्ठकवि सूर्यनाथ सापकोटा बहुआयामिक साहित्यिक व्यक्तित्वका धनी हुनुहुन्छ । बागलुङबाट प्रकाशित ज्योति पत्रिकामा कविता प्रकाशन गरी साहित्यिक फाँटमा उदाएका कविका कविता संग्रह, कथा, निम्बन्ध, उपन्यास, गीत, यात्रा संस्मरण, आत्मवृतान्त, हास्य व्यङ्ग्य आदि नेपाली साहित्यका विविध विधाका कृति प्रकाशित … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘एक दृश्य मेरो झुपडीको’ : नेपाली गाउँबस्तीको यथार्थ चित्रण

~भेषराज रिजाल~ कवितालाई भूमिगत राखेर शुरुमा जागिरे बाध्यतालाई आत्मसात गर्दै जन्मघर छाडेका वरिष्ठकवि सूर्यनाथ सापकोटा जीवनभर राष्ट्र सेवा र साहित्य सेवामा क्रियाशील हुनुहुन्छ । सम्बत् २००५ सालमा रातमाटा, बागलुङमा जन्मेका कविले आफ्नो पसिना पोखेर सिर्जनाको थलो बनाउन खोजे पनि दाङलाई … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : जीवन : एक दृष्टिकोण

~भेषराज रिजाल~ तिमीले दिएको अभिशप्‍त जीवनले मलाई जतिसुकै पछार्न खोजे पनि त्यही अभिशापलाई वरदान ठानेर युगौँयुगसम्म बाँचिदिन सक्छु तिमीले आँखाभरि आँसु दिएर मलाई जतिसुकै रुवाउन खोज सबै आँसु तनतनी पिएर तिमीभन्दा बढी हाँसिदिन सक्छु

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : उत्कृष्ट संस्मरणात्मक शोक गन्थ : ननिख्रिएका आँसु

~भेषराज रिजाल~ वि.सं. २००७ साल भदौ ११ गते गोरखा जिल्लाको ताकुमाझ लाकुरीबोट गाउँमा माता ललिता कुमारी गुरुङ र पिता कप्तान दीर्घसिं गुरुङको कोखबाट जन्मनुभएका दोलखबहादुर गुरुङले शिक्षा स्नातक (B.ED.) प्रशासन स्नातक (D.P.A.) र समाजशास्त्रमा स्नातकोत्तर (M.A.) शैक्षिक उपाधि हासिल गर्नुभएको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : थुम्को, क्षितिज, म र सूर्य

~भेषराज रिजाल~ एकदिन सूर्य टिप्न सूर्योदय हुनुपूर्व घरपछाडिको पूर्वी क्षितिजको थुम्कोतिर झिसमिसेमै दौडेँ जसै थुम्को नजिक पुगेँ थुम्कोसँग छुट्टिएर क्षितिज अर्को डाँडापल्तिर हाम्फाल्यो सूर्य आकासमा नपुग्दै छोपेर खेलाउने अभिलासाले बालसखाको हात समात्दै अर्को डाँडामा पुग्दा नपुग्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटो

~भेषराज रिजाल~ यो बाटो कुल्चिएर थिचिएर दोबाटो चौबाटोमा बाँडिएर कहीँ भीरमा ठोक्किएर कहीँ खहरे खोल्साहरुमा लछारिएर वर्षौँदेखि पछारिइरहेछ यो बाटो हिँड्नेहरु कहाँदेखि कहाँसम्म पुगे यहीँ सदनदेखि सडकसम्मका

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : मुक्तिनाथ यात्राका चीरस्मृत सम्झनाहरू

~भेषराज रिजाल~ वि.सं. २०५५ साल भदौ महिनाको अन्तिमसाता आमा, बुवा र म मुक्तिनाथ यात्रामा निस्कियौँ । हामी पुर्ख्यौली थलो पर्वतबाट कुश्मा, बेनी, गलेश्वर, घाँसा, लेते, टुकुचे, जोमसोम, कागबेनी हुँदै मुक्तिनाथ पुगेर आठौंदिनका दिन घर फर्किएका थियौँ । चारदशक लामो जीवन … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : आजका कविहरूसँग

~भेषराज रिजाल~ एकदिन विकट गाउँको कुनै बस्तीमा घुमफिर गर्दै थिएँ एकाएक कविता फुर्यो कलम त गोजीमै रहेछ तर, कागज भेटिएन हिजोको पानीले भिजेर फुकालेका कपडामा प्रेमपत्रका टुक्राटुक्री थिए कि कुन्नि ! तर, अहिले म निर्जर चउरमा थिएँ !

Posted in कविता | Tagged | Leave a comment

कविता : बाल्यकालले डोर्‍याएको जिन्दगी

~भेषराज रिजाल~ बस्तीमा गोधुली भित्रिइसक्दा पनि आमा बाबु घर नर्फकँदा वनतिर जाने बाटो पछ्याउँदै डराईडराई थुम्कातिर दौडँदा पर क्षितिजका डाँडाकाँडाहरू पनि मसँगै उफ्रीउफ्री दौडे जस्तो लाग्थ्यो मैले बोलाउँदा पुगेर थुम्कामा कहाली लाग्ने ठूलो भीरको पहराले पनि बोलाउँथ्यो – “आमा….आमा….आमा….

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : क्षणिक दृश्य र धुमिल धर्साहरू

~भेषराज रिजाल~ ‘आफ्नै देशको कर्णाली नदेख्नेले परदेश कल्पेर किन लोभिने, देश निकाला भएको भए पो वाध्यता हुन्थ्यो परदेशको आश्रय’ परदेश मोह हुने साथीलाई भनेथेँ कुनै दिन मैले । २०६८ सालमा जुम्ला सदरमुकाम र आसपासका एकाध गाउँमा पाइला टेकेबाहेक मैले पनि … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : जिन्दगीको मूल्य

~भेषराज रिजाल~ कोरा कागजको अभिलेख छ जिन्सी श्रेस्तामा दाखिला छ बिना दाखिला यो जिन्दगी कसिङ्गरमा मिल्किरहेछ डेबिट क्रेडिटमा सन्तुलित भई हरहिसाबको मूल्य छ बिना मूल्यको सस्तो जिन्दगी मिन्हासरि भइरहेछ । करोडौँ अरबौँ हिनामिनाको अडिट रिपोर्टमा बेरुजु छ जीवनकै दुरुपयोग मुटुका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : जवानी सिउरेको चुल्ठोको त्यो बेणी

~भेषराज रिजाल~ जवानी सिउरेको चुल्ठोको त्यो बेणी नदी भै चुम्यो यो मनको त्रिवेणी बगुँ कि म पनि छोई सुस्तसुस्त लुकाउँ छातीमा कि लुकुँ त्यसैभित्र सधैँ बग यो मुटुमा भई नारायणी चुमी रहु जीवनका खुसीका त्रिवेणी ।

Posted in नेपाली गीत | Tagged | Leave a comment