Tag Archives: भेषराज रिजाल – Bheshraj Rijal

गजल : हाँस्दै हाँस्दै रोएको छु

~भेषराज रिजाल~ हाँस्दै हाँस्दै रोएको छु रुँदै रुँदै बसेको छु मेरी जून तिमीलाई मुटुभित्रै कसेको छु । हिजो बादल मुनि थियौ मसँगै धर्ती रोयो चाँदनीको संघार टेकी आज आकास पसेको छु ।

Posted in गजल | Tagged | Leave a comment

कविता : म प्रण गर्छु

~भेषराज रिजाल~ अधमरा इच्छाहरू व्युँझाएर जिउँदै मरेको आफूलाई सम्हालेर जसोतसो बाँचू कि भन्दै आफ्नै प्रतिच्छाँया अन्यत्र खोज्दै दौडिरहेथेँ रनवन पराई पच्छ्याउँदै पालिरहेथेँ विरह विश्वास बेच्दै

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : नैनीतालको हिउँ

~भेषराज रिजाल~ केटौले मस्तिष्कमा अमिट बनेका रहेछन्, छिमेकीले सुनाएका नैनीताल, मसुरी, देहरादून र दिल्ली पुगेका सुन्दर संस्मरणहरू । महेन्द्रनगर पुगेको मौकामा नैनीताल नियाल्ने अभिलाषा बोकेर एउटा भारतीय ट्याक्सी लिएर हानिएथ्यौँ युवराज गुरागाईं, हेम अर्याल र म । ट्याक्सी चालक थियो … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : भूकम्प ओछ्याएको भूगोल

~भेषराज रिजाल~ ‘यस्तरी पनि भत्किँदो रहेछ घर’, भूकम्प भोगेदेखि आजपर्यन्त कत्तिचोटी उर्ले होला मनको वह । कसलाई सुनाउनु खोइ मनको वह ? त्यो वह शूल नबनोस् भनेर पोखेँ हूँला मैले– आफूले टेकेका पाइलाहरूसँग, अन्तरकुन्तरका भग्न उद्वेगहरूसँग । बहत्तर सालको असारको … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : घाउहरू कोट्याउँदा

~भेषराज रिजाल~ पल्टाउँदै जाँदा डायरीका पानाहरू छातीभित्रका घाउका खाटाहरू उप्काउँदै गएजस्तो लाग्छ पल्टाउँदै जाँदा अतीतका पाटाहरू देखेर अन्तरमनका दुख्ने घाउहरू जिन्दगी नै भेट्टाएजस्तो लाग्छ । जिन्दगी एउटा घाउ हो

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : आँसुले भिजेका पाइलाहरू

~भेषराज रिजाल~ अस्पतालमा कुरुवा बस्न थालेको आठौँदिन पूरा भइसकेको थियो । ती आठदिनले मलाई जीवन र मृत्युको अर्थ सिकाइरहेका थिए । मातृ सघन उपचार कक्षमा राखिएकी जीवन सङ्गिनीको हेरचाहका लागि बाहिरपट्टिको लामखुट्टे लाग्ने चिसो भुईंमा गुडुल्किएर अस्पतालका कहर र पीडाहरूको … Continue reading

Posted in संस्मरण | Tagged | 2 Comments

नियात्रा : हातमा गुराँस मनमा माया

~भेषराज रिजाल~ गोठीकाँडाका रमणीय डाँडाकाँडा हेर्दै सिद्धपाइला पुगेपछि एकछिन रोकिएर हेरेथ्यौँ सुर्खेती सेरोफेरो । समथर सुर्खेत उपत्यका नियाल्दै टिपेथेँ मैले दुईचार थुङ्गा गुराँस । गुराँसको रङ जीवनको रङ जस्तै लाग्छ मलाई । सलक्क परेका हरिया पातसितको गुराँसको थुङ्गो समातेपछि कलम … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : आभास

~भेषराज रिजाल~ तिमी थियौ आभास थिएन स्पर्श थियो विश्वास थिएन थाहा भयो बल्ल आज – चड्डा उडिरहँदा, प्राण कमजोर धागोमा रहेछ बसिरहेछु चिसो काली किनार

Posted in कविता | Tagged | Leave a comment