Tag Archives: अभय श्रेष्ठ “चंकी” – Avaya Shrestha “Chanki”

कविता : हराएको देश

~चंकी श्रेष्ठ~ उहिले उहिले धेरै पहिले नै यो देशबाटगुमाएका थियौँ हामीले आफ्नो देश तर, उहिले उहिलेदेखि नै हामी यो देशको सौन्दर्यगाथा गाइरहेका थियौँ हो, हामी यो देशको अबिरल र अजस्र पानीको कुरा गरिरहेका थियौँ हरियो वन नेपालको धन भनिरहेका थियौँ

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : In the lightless gloom of murky dusk

~Chunky Shrestha~ Translated by Yuyutsu Sharma The evening city’s lights were blown off wide roads of Kathmandu shrank And trees, once proud, tall and erect crumbled to the ground trampling the criteria of conservation concrete buildings cropped up and historic … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कथा : हत्या

~अभय श्रेष्ठ~ ध्वजाले सुशोभित स्वर्णरथमा बसेर टाढाटाढासम्म फैलिएको पर्वत शृंखलाको सुन्दरता नियाल्दै राम अघि बढिरहेका थिए । अचम्मको आन्तरिक आनन्दले उनको अनुहार फुलेको गुलाबजस्तै उज्यालो थियो । शीतल हावाको झोकाले उनको आत्मालाई बारम्बार स्पर्श गरेर जान्थ्यो । क्या आनन्ददायक हावा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सङ्क्रमण

~चंकी श्रेष्ठ~ मैले फेरि देखेँ तिनीहरूका आँखामा कुहिरोको बतासजस्तो कुरूपता जहाँ एक्काइसौँ सताब्दीको महान् षड्यन्त्रको घना जंगल फैलिन्छ

Posted in कविता | Tagged | Leave a comment

कथा : बाघ

~अभय श्रेष्ठ~ १ तोरीको तेल लगाएर चपक्क कोरिएको कपाल, कुकुरबङ्गाराभन्दा वरका दुवैतिर हलुका अगाडि बढेका दाँतको अनौठो आकर्षण, खुइलिँदै गएको आकाशे रङको सफा बुसर्ट र नीलो पाइन्ट अनि हातमा एक भारी किताब । सुवास नामधारी यो बालकको हुलिया उसको नामसँग केही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिम्रो अनुहारको ऐना

~चंकी श्रेष्ठ~ तिम्रो अनुहारको ऐनामा मान्छेहरू हेरिरहेछन् यो देशको अनुहार । चर्किएको, भत्किएको ऐनामा देखिन्छ हरेक वस्तु टुक्रा-टुक्रा

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : द्रौपदीको दुःख

~अभय श्रेष्ठ~ पूर्वीय साहित्यमा रुचि राख्नेमध्ये धेरैलाई ‘महाभारत’ सर्वाधिक प्रिय किताब हो । यसकी पात्र द्रौपदी सर्वाधिक महत्वपूर्ण पात्र । उनी नारी उत्पीडन, दलन, सहनशीलता र बौद्धिकताका प्रतिमूर्ति हुन् । प्रतिवाद क्षमता पर्याप्त हुँदाहुँदै पनि उनी पुरुषसत्ताको पाँग्राले नराम्ररी किचिएकी … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

अनूदित कथा : एउटा चोरको कथा

~रस्किन बन्ड~ अनुवाद : अभय श्रेष्ठ अनिललाई भेट्दासम्म म चोर नै थिएँ। १५ वर्षको अल्लारे भए पनि चोरीमा म नामी र हरामी थिएँ। म अनिलको नजिक जाँदा ऊ एउटा कुस्ती हेरेर रमाइरहेको थियो। ऊ करिब २५ वर्षको जवान थियो। अग्लो र … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : अपहरण

~अभय श्रेष्ठ~ चार्ल्स डार्विनको विकासवादलाई उसले राम्ररी पछ्याएको थियो। पहिले क्रान्तिकारी थियो। पछि ‘नेता’ भयो र त्यसपछि ‘मन्त्री’। भोक, यातना, जेल र कठिन यात्रा क्रान्तिकारी जीवनका अभिन्न अंग थिए। पानीमा चोबल्दै गालामा करेन्ट लगाइएका र पाइतालामा किला ठोकिएका असह्य पीडा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अब सत्यलाई पनि साक्षी चाहिएको छ

~चंकी श्रेष्ठ ‘अभय’~ अब सत्यलाई पनि सत्य सावित हुन साक्षी चाहिएको छ घामलाई घाम हुन जूनलाई जून हुन आकाशलाई आकाश हुन साक्षी चाहिएको छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जरुरी कुरा

~चंकी श्रेष्ठ ‘अभय’~ मानिसहरूका वाणीबाट निस्कने फोहोरजस्तै यो देशमा धेरैधेरै छन् फजुल कुराहरू । प्राचीन सहरमा स्मार्ट सिटीको सपना, राष्ट्रिय शोकमा प्रधानमन्त्रीको राजकीय भ्रमण र, स्वतन्त्र प्रेसको मायाजाल

Posted in कविता | Tagged | Leave a comment

कथा : भुमरी

~चंकी श्रेष्ठ ‘अभय’~ केवल धागोमा बाँधिएको एउटा सिन्का जसले तिनीहरूको जीवनमा शान्ति ल्याएको थियो । ऊ दिउँसो सुत्थ्यो, रातभरि उठ्थ्यो । कुनै दैनिक अखबारमा मुखपृष्ठको पाण्डुलिपि सम्पादक थियो । यसकारण रातभरि समाचारका तथ्य, भाषा, अक्षर र क्यारेक्टर केलाउनु उसको बाध्यता … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बालक भेटियो

~चंकी श्रेष्ठ ‘अभय’~ व्यासगुफाको सत्तलमा एकाबिहानै एउटा नवजात बालक भेटियो। पक्कै त्यसकी आमा कुमारी हुनुपर्छ । नत्र यति सुन्दर बालकलाई यसरी किन अलपत्र छाड्थी ? मानिसहरू यस्तै शंका गरिरहेका थिए । सत्तलको एक कुनामा सानो सुकुल, सानो ओछ्यान, सानो सिरक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : महाभारत, श्रीकृष्ण र कूटनीति

~चंकी श्रेष्ठ ‘अभय’~ भाद्र कृष्णाष्टमी नजिकिँदै गर्दा गाउँ–सहरका कुनाकाप्चा कृष्ण भजनले गुन्जायमान हुन थालेका छन्। हिन्दी सिरियलहरू श्रीकृष्णमय भइसके। प्रेमका ईश्वर अनि संसारमा अन्याय र पाप नाश गर्न आएका विष्णुका आठौँ अवतारका रूपमा कृष्णको आराधना गरिन्छ। आफ्नो आस्थाका युगपुरुषलाई पुज्ने … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : उत्तरदान

~चंकी श्रेष्ठ ‘अभय’~ आमाको औंला समाएर सैसैला खेल्दै गर्दा म थिएँ कर्कलाको पातमा जमेको शीतजस्तै । जबसम्म आमा हुनुहुन्थ्यो मेरो अगिपछि क्रूरताहरू निषेधित थिए तिनका विरूद्ध गर्नुभएको थियो आमाले प्रतिकार । त्यो दिन काँगियो फूलको बोटमुनि

Posted in कविता | Tagged | Leave a comment

कथा : दिदी आइनन्

~अभय श्रेष्ठ~ १ पाँच वर्ष सुदिनले सपनामा दिदीलाई देख्यो। दिदीले दुवै हात माथितिर उचालिन्। चारैतिर डाँडाले थामेको आकाशलाई सजिलै छोइन् र धक्का दिइन्। आकाश त कता हो कता माथि पो धकेलियो। अनि दिदी आफैँ पनि बिस्तारै आकाशतिर उड्न थालिन्। दिदी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : अंग्रेजी र अर्धसत्य

~चंकी श्रेष्ठ ‘अभय’~ झूठभन्दा पनि खतरनाक हुन्छ अर्धसत्य । द्रोणाचार्यको मृत्युबिना पाण्डवहरूले महाभारत युद्ध जित्नु सम्भव थिएन । पुत्रशोक नभई मृत्यु नहुने वरदान द्रोणले पाएका थिए । उनका छोरा अश्वत्थामा अमर थिए । पाण्डवहरूले अश्वत्थामा नामको हात्तीलाई मारे र द्रोणलाई … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

Translated Poem : City’s Evening Lights

~Chunky Shrestha~ Translated by Yuyutsu Sharma The evening city’s lights were blown off, they murdered supremacy of the ultimate truth. Carrying their smarting snouts soaked in blood, the wolves stalked

Posted in Translated Poem | Tagged , | Leave a comment

कथा : खबर, कहर र जहर

~अभय श्रेष्ठ~ अँध्यारो सडकमा एउटी किशोरीलाई कारले ठक्कर दियो । किशोरी लर्बरिँदै उठी र सहयोगका लागि रुँदै ऊतिर गई । कारले किशोरीलाई फेरि जोडले ठक्कर दियो र टाप कस्यो । अगाडि हिँडिरहेको मानिस पूरै दृश्यको साक्षी थियो । उसले झोलाबाट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भिक्षुणी र रोगी युवक

~चंकी श्रेष्ठ ‘अभय’~ नदी किनारमा एक रोगी युवकलाई नदेखेझैँ गरेर जब तिमीसँगै पानीमा हेलिएर म पारि पुगेँ र, मनको आँखाले देखेँ, करुण संगीतझैँ अस्फुट प्रार्थना गरिरहेका उसका असहाय आँखा । मसँग छन् अँझै एक जोर स्वस्थ पाखुरा र, एक स्वस्थ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : तपाईँ आमा हो ?

~अभय श्रेष्ठ~ जिन्दगीका कति पाटा यस्ता हुन्छन् जसलाई सुषुप्त राख्न खोज्नु ऐनालाई पिठ्यूँ फर्काउनुजस्तै हुन्छ। यो कथाको केन्द्रमा मेरो बाल्यकाल, आमाको दुःखान्त र क्रुरताहरूको प्रतिक्रियामा उब्जेका तीखा अनुभूतिहरू छन्। यस्तो नोस्टाल्जिया जसमा आमालाई बारम्बार म बधशालाको संघारमा उभिएको देख्छु। (पुनश्चः … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : यता गाउँतिर

~चंकी श्रेष्ठ ‘अभय’~ खाली छन् है प्रगतिका पाना यता गाउँतिर चुहेका छन् हिजोजस्तै छाना यता गाउँतिर बगेका छन् यति धेरै पसिना र रगत तर सुनिदैन जिन्दगीको गाना यता गाउँतिर

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : केही पढ्नैपर्ने आख्यान

~चंकी श्रेष्ठ ‘अभय’~ पढेकामध्ये बिर्सी नसक्नु किताब थुप्रै हुन्छन् तर आत्मीयता अनुभव हुने निकै कम । म्याक्सिम गोर्कीका उपन्यास ‘आमा’, ‘बाल्यकाल’, ‘जीवनको मार्गमा’, ‘मेरा विश्वविद्यालयहरू’, मिखाइल सोलोखोबको ‘मान्छेको भाग्य र दोनका कथाहरू’, गुस्ताब फ्लुबर्टको ‘म्यादम बोभारी’, गाबि्रयल गार्सिया मार्खेजको ‘क्रोनिकल … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

स्रष्टा परिचय : रूपचन्द्रसँग एउटा पटमूर्ख 

~अभय श्रेष्ठ~ हामी सानै छँदा पञ्चायती उत्कर्षको त्यो समय ‘थाहा’ आन्दोलनका सूत्रधार रूपचन्द्र विष्टबारे अनेक ‘किंवदन्ती’ सुनिन्थ्यो। जताततै भित्तामा ‘थाहा’ लेखिएको हुन्थ्यो। प्रजातन्त्र पुन:स्थापनापछि बिस्तारै उनी पुरानो किताबको आवरणजस्तै जनताको सम्झनाको पानाबाट च्यातिँदै गए। कुनै दिन मैले अंग्रेजी भाषामा महिला, … Continue reading

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

कथा : सुन्दर परियारको नयाँ थर

~अभय श्रेष्ठ~ १ सुन्दर परियार नेपाल आएको १० महिना बित्यो । तर, फर्कने नाम लिइरहेको थिएन । अमेरिकाको इडाहो राज्यस्थित पोकाटेलोमा उसको नेपाली सामान पाइने ग्रोसरी राम्ररी चलेको थियो । श्रीमतीलाई त्यो समाल्न भ्याइनभ्याइ थियो । यता, बहिनीको बिहेको केही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोवाद : नाममा के छ!

~चंकी श्रेष्ठ ‘अभय’~ प्रिय पाठक, यो एउटा आत्मनामा हो जसका लागि सुरुमै माफी माग्छु। आत्मगत लेखनको सार्थकता तब हुन्छ जब त्यसले सार्वजनिक अर्थ राख्छ। माफ गर्नुस्, मेरो आत्मनामा नेपाली सञ्चार माध्यमलाई ढपक्क छोपिरहेका वृद्धोन्मुख शरीरका दिमागी बालकविरुद्ध पनि हो। म … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

कथा : वधपर्व

~अभय श्रेष्ठ~ अन्तिम भेटको दुःख अवश्य हुँदो हो, अरूणाका आँखाहरू ‘फेवाताल-रूपाताल’ भएका थिए । बिस्तारै त्यसले उसका गाला भिज्न थाले । यस्तो बेला ऊ अझै राम्री लाग्थी । प्रेम उत्सवमय रहेको बेला बारम्बार म उसलाई रुवाउने रहर गथर्ंर्ेे रुँदा उसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पूर्वसन्ध्या

~अभय श्रेष्ठ~ खच्चरको पिठ्युँझैँ दुःख बोक्नलाई मात्र थिएन मेरो जीवन । दुःखको बेहिसाब भारी बोकेर हृदयको रगत कटकटिँदा जब जब सुस्ताउन उभिन्थेँ खच्चरलाई झैँ निर्दयतापूर्वक हिर्काइन्थ्यो मेरो पिठ्युँमा । मेरो विशाल र लाटो हृदयमा हरेक कारबाहीपछि

Posted in कविता | Tagged | Leave a comment

कविता : सन्देह

~अभय श्रेष्ठ~ यी बादलका अनेक चित्रहरूले कोरेका सुन्दर कोलाजमाथि सन्देह गर पानीका सुन्दर तालमा देखिने विविध रङको अस्तित्व र बादलका टुक्राझैँ तिम्रा हातमा पर्न आएको हिउँको सौन्दर्यमाथि सन्देह गर । अखबार र टेलिभिजनका सनसनीपूर्ण समाचार कविका फूलबुट्टे सुकिला कविता

Posted in कविता | Tagged | Leave a comment

कथा : अमेरिका

~अभय श्रेष्ठ~ अन्तिम भेटको दुःख अवश्य हुँदो हो, अरूणाका आँखाहरू ‘फेवाताल-रूपाताल’ भएका थिए। बिस्तारै त्यसले उसका गालाहरू भिज्न थाले। यस्तो बेला ऊ अझै राम्री लाग्थी। प्रेम उत्सवमय रहेका बेला बारम्बार म उसलाई रुवाउने रहर गर्थेँ। रुँदा उसको सौन्दर्य अझै खुलेझैँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अछुतको प्रेमगीत

~अभय श्रेष्ठ~ सहृदय वेश्याको प्रेममा मैले उसलाई गरेको प्रेम श्री ३ ले नानीहरूलाई जताएजस्तो अनुराग होइन । जस्तो कि तपाईंलाई थाहा छ-

Posted in कविता | Tagged | Leave a comment

कविता : सहृदय वेश्याको प्रेममा

~अभय श्रेष्ठ~ मैले उसलाई गरेको प्रेम श्री ३ ले नानीहरूलाई जताएजस्तो अनुराग होइन । जस्तो कि तपाईंलाई थाहा छ- मेरुदण्ड दान गर्ने दधिचिझैा यो देशको हरेक परिवर्तनमा आफ्नो रगतको एक अंश दान गरेको साधारण मानिस हुँ म जिन्दगीका सहस्र घुच्चीका … Continue reading

Posted in कविता | Tagged | Leave a comment