Tag Archives: नेपाली कविता

कविता : जापान

~कविताराम श्रेष्ठ~ फेरी एकपल्ट एकान्ततिर आमूख भएँ । घण्टौसम्म आफैँमा हराउन फेरि लालायित हुन लागेँ । कलमसँग आसक्ति बढ्यो । कलमहरु फेरी रसाउन लागे । कुनै पनि सुगन्धित मिठो खानाले अब लोभ्याउन छाड्यो । सडकमा लुढ्किएर हिँड्ने गह्रौँ नितम्बले आकार्षित … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो तिहारमा……..

~राम प्रसाद खनाल~ दिदी बहिनीको घरमा जान पाईयोस उनीहरूले पकाएका सेल रोटी खान पाईयोस मखमली र सयेपत्रीको माला लाइयोस हरेक घरमा रुवावासी होइन देउसी भैलो गाईयोस

Posted in कविता | Tagged | Leave a comment

कविता : नाटक, रंगमंच र प्रचन्ड़हरु

~हेमन्त श्रेष्ठ~ धेरै जीवन फेर्यो रङ्गहरुले राता नीला हरिया सेता काला पहेँला निरन्तर उत्साहित भईरहे सेलोफेनहरु स्पटलाईटमा उज्याला क्षणहरु कति भए कति क्षणहरु अँध्यारोमा डुबे रंङ्गमाचको त्यो कुना अझै जीवन्त छ प्रचण्डको सास जस्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : बाईबाई ……छ

~गोबिन्दसिंह रावत~ आयो नयाँ वर्ष पुरानोलाई बाईबाई नयाँ पाए ग्रह नक्षत्रमा प्लाटोलाई बाईबाई सत्तामा आए माओवादी जंगललाई बाईबाई नेपाल सरकार भयो अब श्री५कोलाई बाईबाई

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी नेपाली

~होमनाथ सुवेदी~ नेपाल भित्र बाहिरै विश्वका सारा नेपाली पहिचान दिगो राख्न जुटौं हे! हामी नेपाली । पश्चिम पुगी युएस्ए पूर्वमा पुगी जापान चन्द्रसूर्यको सारैमा गाउँछौं हामी नेपाली ।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमको अनुरोध

~मिरा प्रसाई शर्मा~ मलाई मन छ म मरेको थाहा नहोस् मेरो पतिलाई म जलेको पनि थाहै नहोस् मेरो उनीलाई औधी माया गर्छन् उनी मलाई | मलाई थाहा छ भक्कानिने छन मेरो बिछोडमा उनी पिताम्बर बिच मेरो चिता जल्दा सँग सगै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शुभकामना

~नन्दलाल आचार्य~ दुःख र सुख खहरे खोला आउने र जाने तिनेरको काम न आयो सुख न गयो दुःख सुखले बाटो नै देखेन दुःखले बाटो नै भेटेन विगत वर्ष पात्रो फेरियोमनस्थिति फेरिएन वसन्त आयो पालुवा लागेन । नेतानेतृ मात्र जन्मिए जनता … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नदेखिन्जेल अमेरिकाको शौन्दर्य

~होमनाथ सुवेदी~ नदेखिन्जेल अमेरिकाको शौन्दर्य सजिएर आयो, पुगेपछि अमेरिका त्यो अनौठो भूत बनेर आयो । नजिकको तीर्थ हेला पाएपछि सस्तो के विधान हो! हुनुभन्दा न हुनुमै त्यो हिमाल काल चढेर आयो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो चन्द्रमा…… मेरो मंगल ग्रह

~सुदर्शन गौतम~ २१औँ शताब्दी, युग परिबर्तन को शताब्दी मेरो देशमा श्रृङखलाबद्ध परिबर्तन आर्थिक परिबर्तन – लुट राजनैतिक परिबर्तन – फुट न्यायिक परिबर्तन – छुुट जनसाँखिक परिबर्तन – शुट देशमा अनेक परिबर्तनका संकेत

Posted in कविता | Tagged | Leave a comment

कविता : मुर्दा हुँ या जिउँदो

~चन्द्र राइ ‘आकाश’~ म ढुङ्गा भएको छु सकेसम्म र भनेसम्म सस्तोमा किनिएको छु न रुन सकेको छु न हाँस्न सकेको छु मुर्दा हुँ या जीउँदो चौबाटोमा याँकिएको छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : यो देह सेलाई

~चन्द्र राइ ‘आकाश’~ कसलाई श्रद्धा गरें पत्थरलाई फूल चढाइ ख्वै मैले के पाएँ आत्मा यो बलि चढाइ । ख्वै मैले के मागे आफैला ई नाङ्गंो बनाइ केवल पाएँ एउटै नाम आफूलाई पागल बनाइ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मनचरी

~चन्द्र राइ ‘आकाश’~ पौडिएको देख्छु मनचरीलाई कञ्चन तलाउमा पौडिएरै छुन पुग्छु मनचरी लाई मुलायन नितम्बमा भोक या क्रोध हो यो सेलाइ दिउँ “मनचरी” शान्त तलाउमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म मुर्ती हुँ

~चन्द्र राइ ‘आकाश’~ कानले नसुन्ने आँखाले नदेख्ने केवल स्तम्भ झैं उभिएको म मूर्ति हुँ । मेरा कानले सुन्ने ओठका हाँसो अभिशाप हुन् मेरा आँखा अगाडि नाच्ने मारुनी प्रतिरोध हुन्।

Posted in कविता | Tagged | Leave a comment

कविता : जुनको सितलतामा

~चन्द्र राइ ‘आकाश’~ जूनको शीतलतामा भुल्दा जिन्दगी बिचल्ली बन्छ फूलको मोहमा रम्दा यहाँ जिन्दगी आशुमा डुब्छ । जिन्दगीका सारा कथा सुम्पी दिएँ एक जुनलाई हजूर, भुल्नै सकिएन केही क्षण रामछायाँ बनिदिनेलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : बुकी र बिनायो

~चन्द्र राइ ‘आकाश’~ प्रभातको सूर्यौदयमा बुकी मुस्कुराउँथ्यो पाखा र चौरभरि सेताम्मे मधुमासको सन्ध्यामा बिनायो गाउँथ्यो चखेवा र भञ्याङ्गमा माधुर्य । बुकी, सगरमाथादेखि माछापुछ्छ्रे सम्म सौन्दर्य भर्थिन बिनायो, धूपी र सल्लाघारीभरि गीत गाउँथ्यो चौर बुकी छात्तीमा सजाइ हाँसि रहन्थ्यो बुकी बिनायोको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समिर

~चन्द्र राइ ‘आकाश’~ किन कुन्नी आज मन्द अनि शीतल । कहीँ गुलावी, कहीँ केसरी कहीँ वावरी, कहीँ चुवारीको सुगन्ध छर्छु भन्ने समीर यात्राहरुमा सुस्ताए आकाश कुहिरोले छोपिए प्रभात किरण को प्रतिक्षामा मौन छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे

~चन्द्र राइ ‘आकाश’~ पिए मात अवश्य लाग्छ नपिई पनि यहाँ मात लाग्छ नशा र विष नपिउनेलाई मान्छे किन पिउन लाउँछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति

~चन्द्र राइ ‘आकाश’~ हामी सारा नेपालीलाई लाग्नु खुशी लागेको छ स्पन्दनभरि, आशाको छाल छल्किएको छ ओहो ! पुनः देशमा शान्ती छाएको छ बुद्ध अब हामी माझ आएको छ गाउँदेखि शहरसम्म ओठहरूमा मुस्कान पलाएको छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : एकताको अविरल ईन्द्रवती

~मनु लोहोरुङ राई~ एक अध्याँरो वस्तीका असंख्या बासिन्दाहरु हो, मै जस्तो थुप्रै प्रतिनिधी हो, दीनहरुको भोकको निमित्त रातहरुसंग उज्यालो माग्नू ! मान्छे हुनुको कर्तव्य- जिम्मेवारी=समातामूल चेत सम्भावको अमूर्त चिन्तन- नरक कुण्डबाट मुक्ति मार्ग खोज्न

Posted in कविता | Tagged | Leave a comment

कविता : इज्जतको रिहाई

~मनु लोहोरुङ राई~ आमा ! म आज तिमीसंग एउटा कुरा मन खोलेर भन्छु कि इज्जतको रिहाई माँग्छु | तिम्रो छाती चिथोर्ने तिम्रै छोराहरुसंग म घोर विरोध जनाउँछु | धेरै संघर्ष गर्दै आएँ र फेरि गरिरहन्छु |

Posted in कविता | Tagged | Leave a comment

कविता : सोल्टीलाई प्रेमिलो सम्बोधन

~मनु लोहोरुङ राई~ सोल्टी ! यो मनको खोपीमा कुन सम्साँझ देखि आरती जगायौ ? थाहै भएन | खै कुन बिहान देखि हो ? प्रेमिलो सूर्य उदाएछौ मेरै हृदयको श्रीअन्तु डाँडामा- रातो गुलाफ बोकेर अनुरागका चिमल थुंगाहरु यै सिक्रे रुखको थाप्लोमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सुमेरु, तिम्रो नाम

~समाश्री राउत~ हृदयमा जब भुल्काहरु उठछन् यसमा संचारित तरंगहरु मधुरता लिएर अधरभरि फिंजिइदिन्छन् अपरिमीत मायाको सागरका लहरहरुमा लहराउँदै माथि उठेर आउँछ एक नाम तिम्रो नाम शिशिरको कोपभाजनमा परेर नाङ्गिएका रुखमा बसन्त बनेर फैलिएसरी अतुलनिय तरंग मिठास बनेर मनलाई काउकुती लगाउँछ

Posted in कविता | Tagged | Leave a comment

कविता : सिपाहीको स्वास्नी

~समाश्री राउत~ बाहिरी परतमा बसन्त पालुवा लागेका फूल फुलेका यौवन लहलहाउँदो तर संगिना केलाएर हेर त मेरो बसन्तको पतझड पक्ष आँखा दृष्य देख्छ दुविधा देख्दैन आँखा भाव देख्छ भावना देख्दैन परिधान भित्रको कोढ ऊ आए पनि चहर्याउँछ ऊ गए पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो मृत्यु

~ ऋचा शर्मा तिवारी~ आज राती सपनामा मेरो जीवनको मृत्यु भएको म देख्दै छु । न कात्रो छ लाश छोप्न न कोहि छ वरिपरि कस्तो वेवारिसे मृत्यु लाग्यो यो एउटा अभावको मृत्यु हो न कि मेरो शरिरको ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आरोहीहरुलाई पछ्रयाऔं ..

~मोती चाम्लीङ्ग~ हिमाल चढने आरोहीहरु खुशी लिएर नर्फकन पनि सक्छन् हिमपातसंग जुझ्दै जांदा ग्यालेक्सि छिचोल्दै, पसिना कांड्दै थाकेर उतै रमाएर सधैंको लागी बास बसिदिन पनि त सक्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : रगत र पानी

~शिव प्रकाश~ मेरो देशमा पानीको हाहाकार छ, रगत भल्भल्ती बगेको छ मेरो देशमा रगत, पानीभन्दा सस्तो भएछ ! मेरो देशमा पानीका मूहानहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : लक्ष्मीप्रसादहरु अचेल पनि मुनामदन लेख्छन् / लेखिरहन्छन्

~पशन तमू~ मनहरु अचेल लक्ष्मीप्रसादका मदनहरु जस्तै भोटतिर उक्लन थाल्छन् मनहरु अचेल मुनाहरुलाई छोडेर मुग्लानतिर भासिन थाल्छन् । भन्नेहरुले भन्ने गर्छन् यो रहर होइन वाध्यता हो भन्नेहरुले भन्ने गर्छन्….. जहिले पनि विवसताका कुराहरु जता पनि मनकाट्ने छुराहरु त्यसैले त हो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म जलेको टुकी

~प्रतीक चाम्लिङ्ग~ जब सांझ हुन्छ, मन्द बतासले मेरो छाती सुम्सुमाएर जान्छ । म तिमीलाई सक्दो सम्झन्छु, सम्झनाको परिधि हुदो रैन छ, मेरो मनको ऐनाभित्र त्रि्रो शुन्दर रुप एक तमासले खुलेर आउछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : भेलेन्टाइन र सिपाही

~काङमाङ नरेश राई~ प्रेमको पैंचो माग्न कतै नपाउनु एउटी स्त्री आँखैमा छम छम नाचि रहेको मायाको जीवन्तता मिलनको आभाष

Posted in कविता | Tagged | Leave a comment

कविता : कुखुरी काँ…

~ईन्द्र नारथुङ्गे~ रातको तेश्रो प्रहर निक्कै टाढा एउटा भाले बास्यो कुखुरी काँ…. सधैं झैं ऊ बास्यो र, फेरी पनि बास्यो कुखुरी काँ …. भाले बास्नु उस्को दिनचर्या या भनौ भाले हुनुको कर्तब्य ऊ बास्नुमा न कसैले स्याबासी नै दिन्थे

Posted in कविता | Tagged | Leave a comment

कविता : शताब्दीकी नायिका !

~सबिना सिन्धु~ ओ शताब्दीकी नायिका ! तिमी, उभिएर सडकमा शताब्दीको उन्मुक्त हाँसो हाँस्न सक्छ्यौ । हार्दिकता स्विकार्न सक्छ्यौ चिहान टेकेको त्यो पुरानो समय युवतीको रातो ओठ र लत्पत्तिएको त्यो रातो अक्षर एकैसाथ सम्झिएर सडकको धूवाँदार गीत स्वतन्त्रतापूर्वक गुन्गुनाउन सक्छ्यौ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : उत्तरतिर

~शुभेच्छुक~ उत्तरतिर एक हूल चराहरू आकाशमाथि हान्निएर उडिरहे प्रिय पन्छीहरू कतै जंगलभित्र फर्जी मुठभेठ भयो कि ? उत्तरतिर अग्लो पहाडमाथि धूँवाको बाक्लो मुस्लो उडिरह्यो प्रिय पर्वतहरू कतै तिम्रो काखमा भयानक बमबर्षा भयो कि ?

Posted in कविता | Tagged | Leave a comment