Category Archives: संस्कार – संस्कृति परिचय

संस्कृति परिचय : लिम्बू संस्कृतिको द्योतक-धाननाच

~लेखनाथ ‘शिकारु’~ हाम्रा विभिन्न लोकसंस्कृति, परम्परा एवम् मौलिक पहिचानहरू छन्, जसले सिङ्गो राष्टू र राष्टिूयताको मौलिकतालाई सशक्त र समृद्ध पारेको छ । विभिन्न जातजातिको संस्कार र मौलिक संस्कृति नै त्यो जातिको पहिचान हो । त्यही अनुरूप संस्कार र संस्कृतिको विकास … Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

संस्कृति परिचय : मिथिलाका चाडपर्व र तिनको वैशिष्ट्य

~धीरेन्द्र प्रेमर्षि~ परिचय : कुनै पनि संस्कृतिको आश्रयस्थलबारे अनुसन्धान गर्नलाई त्यहाँका चाडपर्वहरू केलाउनुपर्ने हुन्छ । हाम्रा सोच, शैली, संवेदनाहरू मुख्यतया चाडपर्वमै मुखरित भइरहेका हुन्छन् । यसकै माध्यमबाट समाजमा स्नेह, सौहाद्र र सद्भावलाई निरन्तरता दिने र नवीकरण गर्ने काममा मानिसले सफलता … Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

संस्कार परिचय : थामीजातीको बिहे “साउती”

~वीर बहादुर थामी ‘लिले’~ नेपाल सानो मुलुक भएतापनि विभिन्न जातजाती र भाषाभाषी बसोबास गरेको मुलुक हो । विभिन्न जनजातीको बसोबास भएता पनि सबै जातीको उत्थान भएको पाइदैन । यस्तै उत्थान नभएको जाती मध्ये थामी जाती पनि एक हो । करिब … Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

संस्कार परिचय : मुम्प्रा : थामी जातिको मृत्‍यु संस्कार

~बिरबहादुर थामी ‘लिले’~ थामी जातीको मृत्यु सँस्कार एक बिषेस महत्वको छ । परम्परा अनुसार थामीको लास डाँडामा लगेर पोल्ने र गाड्ने चलन छ । लाश पोल्ने र गाड्ने निश्चित ठाँउ हुन्छ । यसलाई मोशान डन्डि भनिन्छ । मृत्यु सँस्कार आफ्नै … Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

संस्कृति परिचय : नेपाल संवत्

~सुभाषराम लाछि~ जयदेव दितियपछि लिच्छवि वंशका अन्तिम राजा मानदेव चतुर्थसम्मको १ सय ४७ वर्षको समयावधिका ऐतिहासिक सामाग्री नपाइएकाले यो समयलाई नेपाली इतिहासमा अन्धकारमय समय भन्ने गरिन्छ। लिच्छवि शासनकालपछि ठकुरी शासनकाल शुरु भएपछि पाटनका तत्कालिन राजा राघवदेवका पालामा ( तत्समय हालको … Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

समीक्षा : ताः र यसको महत्ता

~सुभाषराम~ आकार प्रकार सरल र सामान्य भएपनि ताःको महत्तामा गहनता देखिन्छ । नेवारहरुको सूर र ताल वाद्यहरु, भजन, स्तूति र वज्रयान चर्या गीतिमा यसले महत्वपूर्ण स्थान ओगट्दछ । भनिन्छ ताः नभएपछि ताल नैं बेताल हुन्छ । ताःले बाजाको ताल नियन्त्रण … Continue reading →

Posted in समीक्षा, संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

संस्कृति परिचय : बिस्केट जात्रा र विक्रम संवत्

~सुभाषराम~ वैशाख सङ्क्रान्ति अर्थात मेष सङ्क्रान्तिलाइ नेवार संस्कृतिमा एक पर्वको रुपमा मनाइन्छ । यस दिन उपत्यकाका धिनाच्व, सिच्व, र पूmच्व डांडाहरु चढ्ने र मेला भर्न जाने गरिन्छ । यहि दिन चिराइतो राखी बनाइएको खाई क्वाति (तीतो क्वाँटी) खाने चलन पनि … Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

संस्कृति परिचय : मुन्धुमको अर्थ र परिभाषा

~राधा राई~ मुन्धुम किरात धर्म दर्शनको मुल ग्रन्थ हो । मुन + थुम = मुन्धुम, मुन + हल्लनु = थुम जीवन यसरी दुइवटा अलौकीक सन्धीबाट बनिएको अति जीवनशाली ग्रन्थको नाम हो । कहि यसलाई मुन +दुम = मुन्धुम अर्थात मुन … Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

समीक्षा : सदाबहार लोक बाजा धिमय्

~सुभाषराम~ मानव सभ्यताको इतिहासदेखि जोडिंदै प्रत्येक ठूला साना चाडपर्व, उत्सव, जात्रा, मेला, भोज तथा अन्य कर्मकाण्डसम्मका संस्कृतिमा नेवारहरुको ह्दयको ढुकढुकी बनेको छ, धिमय् । धिमय्लाई वस्तुगत परिभाषामा मात्र भन्दा ऐतिहासिक र सांस्कृतिक महत्वको परिभाषामा कैद गर्नुपर्ने दखिन्छ । धिमय् वस्तुतः … Continue reading →

Posted in समीक्षा, संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

संस्कृति परिचय : लिङ्गो जात्रा

~सुभाषराम लाछि~ काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा फरक फरक किसिमले बिस्केट जात्रा मनाइन्छ । ती ठाँउका जात्राहरुमा एउटा समानता भने देखिन्छ, त्यो हो लिङ्गो जात्रा — ध्वजोत्थान गर्ने परम्परा । ध्वजोत्थानको प्राचीनता निर्विवाद छ । पौराणिक ग्रन्थहरुमा यसको वर्णन हुनु अनि … Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

संस्कृति परिचय : सोरठी 

~अज्ञात~ सोरठी लोकसाहित्यको कथावस्तु कुनै लामा घण्टौँ लाग्ने पनि हुन्छन् र कुनै छोटा र छरिता मिठासपूर्ण हुन्छन्। यहाँ कुनैका कथावस्तु त केवल घटनाको सानो डोरोमा मात्रै पनि विरचित हुन सक्छन्। जे होस्, कुनै न कुनै कथाको आधार हुन्छ-हुन्छ। यी कथा कुनै … Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

संस्कृति : दोस्रो विवाह–गवना

~उमाशङ्कर द्विवेदी~ तराईमा विवाह दुईपटक हुन्छ भन्ने सुनेर जनसाधारणलाई आश्चर्य लाग्न सक्छ । केटा–केटीको विवाह भनेको त जीवनमा एकचोटि हुने हो, विवाह जस्तो धार्मिक प्रक्रिया दुईपटक कसरी हुन सक्छ ? तराईबाहेक अन्य भेगका मानिसहरूका बीचमा यो निश्चयत: कौतुहलको विषय हुन … Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

संस्कृति परिचय : मिथिलाको चाडपर्व

~रमेश रञ्जन झा~ नयाँ नेपालमे नयाँ संस्कृति विषयक कार्यक्रमक अध्यक्ष कमरेड, मञ्चस्थ विद्धत्वर्ग, सज्जन वृन्द, आधारशिला परिवारक सम्पुर्ण परिवारजन आ मान्यजन लोकनिमे हार्दिक अभिवादन । म सम्वोधन आफनो मातृभाषा मैथिलीमा गरे पनि नेपाली भाषी समूदायको बाहुल्य रहेकोले मनतव्य नेपाली भाषामै … Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

संस्कृति परिचय : थारु समुदायको गुरिया (गुरही) पर्व

~दिलबहादुर चोधरी~ कुनै पनि जातजातिले मनाउने चाडपर्व, ब्रत, उपबास, तर त्यौहार उनीहरुको धर्म, इतिहास, कथा, कहानीसँग जोडिएको हुन्छ। अथवा पहिले यस्तो थियो, त्यसैले अहिले पनि मानिसहरु यसो गरिरहेका छन्। फलानो युगदेखि, भगवान, देव देवीले यसो गर्दा, फलाना राजाको पालामा यसो … Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

संस्कार परिचय : लोकदेवता गणिनाथ गोविन्द जयन्ती

~अज्ञात~ नेपालको मधेस र राजधानी काठमाडौँका साथै उत्तरभारतका लाखौँ परिवारद्वारा कुल देवताको रूपमा मनाइने गणिनाथ गोविन्द पूजनोत्सव हरेक वर्ष कृष्णाष्टमी शनिबार वा त्यसपछिको प्रथम शनिबारको दिन भव्यताका साथ मनाइन्छ । मध्यकालीन भारतमा जब जादु, टुना र डाइनी जोगिनको प्रकोप निकै … Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

अनुसन्धान लेख : नेपाली लोकबाजा, विनायो–मुर्चुङ्गा : एक चर्चा

~नारदमणि हार्तम्छाली~ नेपाली लोक बाजाहरूको सांगीतिक चर्चा उठाउँदा त्यो परापूर्वकालीन (दुई–अढाई लाख वर्षअघि देखिकै) समाजको सांस्कृतिक बिम्ब र सांङ्केतिक भावभाषासँगै अर्मूत सांस्कृतिक सम्पदाको झलक–झिल्काहरू पनि साँझको जुनकिरीझैँ देखिन्छ । जसले एकातिर, विश्वमा नेपाली सांगीतिक पहिचानको स्वअस्तित्वलाई दर्ता गरिरहेको छ भने … Continue reading →

Posted in लेख, संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

संस्कृति परिचय : नेपाली राजदरबारमा भोजपुरी भाषा

~उमाशङकर द्विवेदी~ बाइसे चौबीसे राज्यहरूलाई जितेर पृथ्वीनारायण शाहले वर्तमान नेपाल राज्यको स्थापना गर्दासम्म नेपालमा नेपाली जस्तो कुनै खास भाषाको जन्म भइसकेको थिएन भन्ने कुरा इतिहास शिरोमणि बाबुराम आचार्यले ‘पुराना कवि र कविता’ पुस्तकमा सकारेका छन् । त्यसै पुस्तकमा उनी अगाडि … Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

संस्कार परिचय : छठपूजा

~उमाशङ्कर द्विवेदी~ कार्तिक महिनाको शुक्लपक्ष चौथी तिथिबाट छठ पर्वको शुरुआत हुन्छ । छठमा गरीब वा धनी जोसुकैको घरमा छठ पूजा धुमधामका साथ मनाइने परम्परा रहेको छ । वास्तवमा भन्ने हो भने छठ पूजा उत्सवको रूपमा मात्र नभई कठिन व्रतोपवासको रूपमा … Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

संस्कृति परिचय : बज्जि र बज्जिका

~शीतल गिरी~ बौद्ध ग्रन्थ ‘अंगुतर निकाय’ एवं जैनग्रंथ ‘भगवती सूत्र’ मा बज्जिसङ्घको उल्लेख प्रमुख गणराज्यको रूपमा छ । बज्जिका हठारह गणराज्यहरूको प्राचीन बज्जि सङ्घको आधुनिक भाषा हो । डा. योगेन्द्र मिश्रको अनुसार बज्जिसङ्घको अस्तित्व ७२५ ई.पू. देखि ४८४ ई.पू. सम्म … Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

संस्कृति परिचय : गुंला पर्व र यसको महत्व

~राम प्रधान~ नेपाल धेरै प्रकारका विशिष्टतामा आधारित देश हो । नेपालको पौराणिक परम्परा, धार्मिक संस्कार संस्कृति तथा सयौँ जात जातिहरुको धार्मिक, प्रचलन, मान्यता परम्परा, चलन, रितिरीवाजहरु सजिएको, सिंगारिएको सुन्दर देश हो । नेपाल सामाजिक, धार्मिक सहिष्णुता, सद्भाव, पारस्परिक सहयोग नेपालको … Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

संस्कृति परिचय : किरात चाड उभौली/उधौली पर्वः बारे प्रचलित मिथकहरु

~अतित मुखिया~ १.प्रारम्भिक कथन विश्व मानचित्रमा सानो राष्ट्र भएरै पनि नेपाल बहुजातीय, बहुभाषिक, बहुधर्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र मानिन्छ । यही बहुलता भित्रको पनि अर्को बहुल बिशेषता हो किरात जातिका संस्कार र संस्कृति । एउटै किरात धर्म मान्ने भएरै … Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

संस्कार परिचय : नेवारको मोहनी

~बसन्त महर्जन~ नेवार समाजमा राम्रोसँग चथाः (गणेश चौथी) मनाउन सके मोहनी अर्थात् दशैं पनि रामै्र हुन्छ भन्ने मान्यता छ। असल टोलका नेवारहरु सबभन्दा कान्छो सदस्यको अगुवाइमा दशैं मनाउँछन्। यस्तै एक परिवारका सबभन्दा कान्छा बालक कुभिन्डाको बलि दिंदैछन्।मोहनी र दशैं एउटै … Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

संस्कार-संस्कृति परिचय : नापित जातिको उत्पत्ति र रहनसहन

~मातृकाप्रसाद तिम्सिना~ ‘नापित’ नेवार समुदायको एक जाति हो । वास्तवमा नापित जात नभएर थर मात्र हो । कपाल काट्ने हजामलाई ‘नाउ’ भनिन्छ । त्यही ‘नाउ’ जातिबाट नापित हुन गएको हो । यो तथ्यलाई हेर्दा नापित जाति पेशाबाट परिचित भएको पाइन्छ … Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

संस्कार परिचय : पितृपक्ष र सोह्र श्राद्ध

~अज्ञात~ परिचयः श्राद्ध के हो? किन गरिन्छ? कसरी गरिन्छ? कहिले गरिन्छ? यी मूल प्रश्नहरु छन् हाम्रा सामु। आश्विनकृष्णपक्ष पूरै १५ दिन पितृपक्ष हो। यसलाई सोहश्राद्ध  भनिन्छ। पूर्णिमासमेतको गिन्तीले यो १६ दिनको भए पनि वास्तवमा सोह्रै दिन पूरा हुन्न। चतुर्दशीका दिन … Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

संस्कार-संस्कृति परिचय : जय घण्टाकर्ण

~तेजेश्वर बाबु ग्वंगः~ लोक हित निमित्त आत्मदाह स्वीकार्नु घण्टाकर्ण अजाको कुर्वाण चेत ठान्छु। रोपार्इं धान खेती सकिएपछि काठमाडौं उपत्यका र अन्य जिल्लामा पनि मनाइने पहिलो चाड घण्टाकर्ण / गठेमङ्गल पर्व रहेको छ। राजनैतिक, धार्मिक, सामाजिक अनि आर्थिक कारणले असङ्ख्य नेवार … Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

संस्कार परिचय : मधुश्रावनी पूजा

~रोमी दास~ नेपालको मध्य-पूर्वी तराईमा पर्ने मिथिला क्षेत्र आफ्नो भाषा, कलासंस्कृति, परम्परा र चित्रकारितामा धेरै धनी मानिन्छ । यस क्षेत्रको विवाह शैली र विवाहको रितितिथीले पनि परम्परागत मौलिकता झल्काउदै आएको छ। विवाहको पहिलो वर्ष बेहुलीको लागि धेरै महत्वपूर्ण हुने भएकोले … Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

संस्कार-संस्कृति परिचय : फूलमालामा सजिने आकाश भैरव

~हरिकृष्ण डंगोल~ उपत्यकामा भैरवका सयौँ मूर्तिहरू पाइन्छन् । कुनै सशरीर त कुनै टाउको मात्रै भएका । कान्तिपुरको मुख्य भित्री सहरी क्षेत्र वंधः अर्थात् इन्द्रचोकमा अवस्थित हाथु द्यः, आजु द्यः अर्थात् आकाश भैरवसँग परिचित नहुने सहरवासी कमै होलान् । आकाश भैरवको … Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | 1 Comment

संस्कृति परिचय : लिम्बू जातिमा प्रचलीत धाननाच

~हेमनाथ पौड्याल~ लिम्बू जातिहरुको बसोबास रहेको ठाउँ खासगरी नेपालको पूर्बी भेग ताप्लेजुङ्,तेह्थुम,पाँचथर,संखुवासभा र धनकुट्टामा “धान नाच” प्रचलित छ। धाननाच गीतिनृत्य हो र यसलाई लोकसंस्कृतिका रुपमा लिइन्छ। मानव जातिको सृर्जना संगसगै उनीहरुले आफ्ना कथा र ब्याथालाई अभिब्यक्ति दिने क्रममा लोक संस्कृतको … Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment