Category Archives: कविता

Nepali Poems

कविता : नरूनु छोरी

~देबेन्द्र बस्याल~ तिमि सुतेकै थियौ छोरी म झिसमिसेमै हिडिहालें तिम्रो कलिलो अनुहार मलाई हेरिरहेको थियो छोरी तर तिमि निदाईरहेकी थियौ मैले तिम्रा दुबै गाला सुमसुमाए र म्वाई खाएँ तिम्रो मायालाई मुटुभरी बोकेर

Posted in कविता | Tagged | Leave a comment

कविता : जिवन कस्तो बनाईस्

~दीपक कुमार ज्ञवाली~ हे आमा देऊ आशीष नजाऊ विदेश भनी । दिन दिनै लाशको ताँती बाकसमा बसी । कस्तोे देश हो हाम्रो ,छैन रखवार जनताको । कहिले आऊला ,खुसि नेपालीका मुहारमा । लड्दैभीड्दै ल्यायको लोकतन्त्र नेपालमा । प्राप्त उपलब्धिलाई गर्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आस्था पालेर बाँचौं

~कुन्दन काफ्ले~ सुक्न थाले हिउँ पनि हिमालयको शीरको । लुक्न थाले बनचरी कठै पहाडको भीरको । झुक्न थाले गौरवहरु गोर्खाली वीरको । चुक्न थाले विश्वास पनि आस्थारुपी तीरको । बचाऔं बच्छ हाम्रै सम्मान औ स्वाभिमान ।

Posted in कविता | Tagged | Leave a comment

कविता : समय

~भिम बहादुर थापा~ उनको सर्वोच्चता नलेखोस् कसैले, बचपन देखि चाउरिएको गाला बीच लुकेका व्यथाहरु नकोट्याओस् कसैले, पिठ्युँभरी नून बोक्दाका भैंसे र ठोरीका कथाहरु नसुनुन् कसैले, ढुङ्ग्री, माड्बरी र बुलाँकीका विशुध्द मौलिकताहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : चराहरुको रुख

~रुमानी राई~ मलाई असाध्यै मन पर्छन् चराहरु र,मन पर्छन् चराका आवाजहरु चराहरु, जो मान्छे जस्तो रुखो हुँदैनन् चराका आवाजहरु, जो मान्छेको जस्तो कर्कश हुँदैनन् ! मलाई लोभ लाग्छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : आफैसँग हारेको क्षण

~प्रमोद स्नेही~ पहाडै पहाडले घेरिएको राजधानी जस्तै अभावै अभावको लक्ष्मणरेखा भित्र कैद छु बाँसुरी जस्तै कहिले म झुठो बोल्दिन र त हरेक जंघारमा लड्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : समय

~विमल निभा~ रातो लेटरबक्सबाट निस्कनेछ दुष्टहरुका नाममा पत्रबम सलाईमा बन्दी बारुद एकाएक सल्कनेछ तीव्र क्रोधाग्निमा चुरोटको धुवाँसँगसँगै सोचमा डुब्नेछ उज्यालो दिनको गर्विलो शिर

Posted in कविता | Tagged | Leave a comment

कविता : नेताहरु

~दिलिप योन्जन~ जुन बेला म भिडहरु बीचमा छटपटिदै हतार हतार कोलाहलबाट भाग्छु ………..निस्सासिदै……… देख्छु त्यही भिड ………….त्यही जमात एउटै झन्डा ………………… एउटै माग हातभरि बिरोधका ब्यानर बोकेर

Posted in कविता | Tagged | Leave a comment

कविता : मजदुर र मट्टीतेल

~कमल कुमार~ मेरो जहानका आँशुले चुलो बल्ने भए कति जाति हुन्थ्यो किन्नु पर्दैन थियो त्यो महङ्गो मट्टीतेल पसलेले मस्यौरा पोको पारेर दिएको अखबारमा

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वतन्त्रता हो मानवता रे

~लक्ष्मी प्रसाद देवकोटा~ स्वतन्त्रता हो मानवता रे ! घाम यही हो, कुइरो धनमा लाग्छ कहाँ र पता रे ? कुइराका सब काकहरु पनि बोल्छन् यसकै कथा रे ! सिक्रीका पनि पशुहरु भन्छन्ः “आजाद सबै छौँ सदा रे !” धेरै बोल्छन्, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चढूँ नित्य आत्मीयताको उकाली

~निर्मोही व्यास~ छ यो मेदिनीसङ्ग नाता पवित्र यही स्वर्ग मेरो, यही पुण्य तीर्थ नखाऊँ कसैको कहीँ गाँस खोसी सकेमा अरूको बसूँ प्राण पोसी म आस्था बिसाऊँ सधैँ पात्रतामा

Posted in कविता | Tagged | Leave a comment

कविता : गुनासोरहित

~दिनेश अधिकारी~ धेरै पल्ट बढो मुस्किलले समय निकालेर तिमीलाई भेट्न भनेर आएको – म हरेक पटक तिम्रो ढोकासम्म पुगेर पनि तिमीलाई नभेटिकनै फर्केको छु ! थाहा छ किन म तिमीसँग केही माग्न चाहन्नथें म तिमीसँग केही पाउन चाहन्नथें

Posted in कविता | Tagged | Leave a comment

कविता : कामना

~सुबेश घिमिरे~ फैलोस् लोक भरी सुवाष अब ता नेपालको मग् – मग, मौलाएर बढोस् धरा अब सदा सद्मार्गमा पल् – पल, नांगा प्रस्तरमा, मधेश, हिमका अग्ला चुली, शैलमा, नेपाली पसिना फलोस् अब सदा पाखा पखेरा महाँ ॥१॥ स्वामी, मालिक, दास, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नै बिरुद्धमा

~दिनेश अधिकारी~ थुक्क ! मान्छेको जिन्दगी बुझ्न थालेदेखि बाँचुन्जेलसम्म सधैँ आफ्नै लास बोकेर हिँड्नुपरेको छ सधैँ आफ्नै पीर ओढेर सुत्नुपरेको छ बढ्तै गर्न सके दालभातको सम्पन्नता साटेर दिनहुँ- आफ्नै जिन्दगी चपाउनुपरेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : हरिया झिंगाहरु

~निश्चल काउचा~ सुन्दर शान्त नेपाल कुनै दिन थियो होला आजकल सधैंको कचिंगल हरिया झिंगाहरुको बेमौसमी समागम छुट्टाउन गार्हो भो ईस्त्रिलिंग की पुलिंग

Posted in कविता | Tagged | Leave a comment

कविता : मोदनाथ प्रश्रीतको भाषण

~बिमल गुरुङ~ नेपाली टोपी पुरानो ज्याकेट फ्याङ्ल्याङ सुरुवाल छालाको कालो जुत्ता खाइलाग्दो शरिर होचो कदको मान्छे तर बिचार अग्लो । चिच्याउँदैनन् उनी

Posted in कविता | Tagged | Leave a comment

कविता : विकाश तिमी आऊ

~कुन्दन काफ्ले~ विकाश तिमी आऊ पानीको फोहरा बनेर सुखः, शान्ति र समृद्धिको लागि मोहरा बनेर विभेद र विसंगतिलाई किच्ने लोहोरा बनेर अनिकाल र अभावलाई थिच्ने पहरा बनेर तिमी आऊ जन–मनको भेष अनि भाषा बनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : उहिले र अहिले

~टंक सम्वाहाम्फे~ उहिले त्यस्तो थिएन अमनचयन थियो न्याय निशाफ थियो जीवनको मुल्य थियो त्यसैले अघाउन्जेल हास्न पाइन्थ्यो कुनै व्यवधान थिएन बाचुन्जेल जिवन जीउन पाईन्थ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : विचारका प्लेटहरु

~प्रकाश सुनुवार ‘निराकार’~ मान्छेहरुको भिड थियो भिडमा मान्छेहरु हराएका थिए त्यहि भिडवाट अस्पष्ट आवाजहरु आइरहेका थिए कोहि भन्दै थिए अधिनायकवाद माथि बिजय हासिल गर्नु छ कोहि भन्दै थिए स्वतन्त्रताको शुरुवात गर्नु छ कोहि भन्दै थिए एकल विरासतलाई परास्त गर्नु छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्द् बन्न नसक्ने सिद्दार्थ गौतम

~प्रणिका कोयु~ विरक्तिएर घर छोडेको सिद्दार्थ गौतम वर्षौंपछि बुद्द बने र एकदिन आफ्नै आँगन आए यशोधराले भिक्षा दिइन् क्षमा दिइनन् बुद्दत्वको उत्तर दिने बुद्द निरूत्तर फर्के विरक्तिएर नै मैले नि देश छोडें वैरागिएको मन नौलो ठाउँमा फकिन्छ कि भनेर नयाँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : टाङ्टाङ् टुङ्टुङ्, भाङ्भाङ् भुङ्भुङ्

~सिद्धिचरण श्रेष्ठ~ (१) चन्दागिरिमा ढाक्रे हिंड्छन् । यू.एन्.ओ. मा वहस छ छिन् छिन् । पाटन गाउँछ दिनभर टुङ्टुङ् । भारी खोल्दछ सँगा भांज्याङ् । (२) भटमास मकै गुन्द्रुक सीतन । जल्छ चितामा हरहर भृतजन । बोकी यात्री हिंड्दछ रेल । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भुतुचा

~भवानी भिक्षु~ जन्म, जीवन सम्झनाको मार्गले ‘जीवनी’ उत्री रहेछ आज यस मेरो व्यथामा । सेती ‘भुतुचा’ कलिली, राम्री, रक्त रातो आङमा उम्ली रहन्छ; त्यहाँ छ रमणीत्व बन्दी मौनतामा, तैपनि, झल्की रहन्छ; वेगमय पुरुषत्व, पौरुषयुक्त नरताको गरम उच्छ्वासमा

Posted in कविता | Tagged | Leave a comment

कविता : सान्ध्य गीत

~माधवप्रसाद घिमिरे~ झुक हे सन्ध्या ! अलसी काला परेला ढालेर उज्ज्वल शुक्र ताराको फूल केशमा हालेर रङ्ग र रुप मेटिद्यौ सारा वन र पाखामा दौड र धूप रोकिद्यौ सारा भोलिको भाकामा दुःखको भारी विसाइ देऊ सुस्केरा हालेर झुक हे सन्ध्या … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यान्त्रिकता

~विजय मल्ल~ सडक-सडक, होटल-होटलमा कागजका कोरा पर्चाहरूमा केही लेखिएजस्तो, केही कोरिएजस्तो यन्त्रमानव

Posted in कविता | Tagged | Leave a comment

कविता : रिँगटा

~सैलेन्द्र साकार~ रामायण, महाभारतका सम्पूर्ण ठेलीहरू बाइबल, कुरान र पुराणका थाकहरू ज्ञानविज्ञान किरिङमिरिङ करोडौँ अक्षरहरू मानवसभ्यताका लाखौँ हारजितका कथाहरू औषधीशास्त्र, नियमकानुनका थुप्रै पुस्तकहरू फटाफट–फटाफट कसले पल्टाइरहेछ मलाई रिँगटा लागिरहेछ । आँखाले नभ्याइँदा लाखौँ चीलहरू उडिरहेछन् छानामाथि

Posted in कविता | Tagged | Leave a comment

कविता : जब मानवताको मूल्य छ बिक्री कौडीमा !!

~कुलमणि देवकोटा~ ईश्र्वर-प्राप्ति हुँदैन रे, जब मानवताको मूल्य छ बिक्री कौडीमा ! मानव जड रे ! जो घृणित लांछना लांछित जगतीका गल्ली गल्लीमा, रुन्छन्, मुर्दा हाँसो झिक्छन् भोक खटाउन, ती मानिस हैनन्, ईश्र्वर हुन् ईश्र्वर साक्षात् ! जन्मदिंत, शोषित, पीडित, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जन्म दिन

~अशोक ‘खलानको मान्छे’~ संगै हुँदा बिर्शियको छुटियर संझियको जन्म दिन हो रे आज आकाश को जुन को संगै हुँदा…

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले मन पराउन नसकेको मान्छे

~प्रमोद अधिकारी~ जब देखें तिमीलाई भेटे देखी तिमीलाई छाल उठे कतै मनभित्र उछिल्लिए भाबहरु उठिरहुँ भएन बसिरहुँ मन मानेन । रंगिन सपनिले रातहरु मस्तीमा बिते ।

Posted in कविता | Tagged | Leave a comment

कविता : दलहरुका कुरा

~निर्मला अवस्थी~ कांग्रेसीको बानी त्यस्तै बसी कुरा काट्ने मात्र काम केही गर्ने होइनन् ठूला भाषण छाँट्ने मात्र।। आफ्नो हुती केही छैन अरुसंग ठ्याक्क मिली कहिले यता कहिले उता एमाले चै चाट्ने मात्र।।

Posted in कविता | Tagged | Leave a comment

कविता : सृष्टिसौन्दर्य

~फणीन्द्र नेपाल~ पहेँला किरणहरू अट्टालिकामा पोतेर जब पल्टन्छ निस्तेज सूर्य हिमालका छाती र शिरहरूमा गेरु रङले धरतीको सम्पूर्ण शरीर शिथिल पार्छ र धरती बिरामी पर्छ शान्ति सुदूर क्षितिजको गोरेटामा सुस्ताउँछ झ्याउँकीरीका प्रार्थनाहरू पहाडबाट ब्युँझेर चट्टानमा विलीन हुन्छन् गोधूलि समयमाथि खसेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आहालमुनिको हिमाल

~मञ्जुल~ तिमी यति सानो आहालमा सुतिरहेको देखेर माया लाग्यो तिमी त आकाशको विशालतामा सुत्नुपर्ने तिमी तल–तल नुहेको देखेर दुःख लाग्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु पचपन्न

~मञ्जुल~ बिउँझिने र हिँड्ने मात्र होइन ऊ मसँग सुत्छ पनि अरु कसैले नसुन्ने, थाहा नपाउने भाषामा बोल्छ पनि उसले मसँग कुरा गरेपछि म रङलाई मात्र होइन रङको रङलाई पनि देख्छु स्वादलाई मात्र होइन म स्वादको स्वादलाई पनि अनुभव गर्छु

Posted in कविता | Tagged | Leave a comment