Category Archives: कविता

Nepali Poems

कविता : दुर्घटित मन

~हिरण्यकुमारी पाठक~ आज मन कता हरायो कता भित्रभित्रै रित्तिउझैं थाहा छैन अथाह समुद्र भित्रभित्रै डुब्न गएछ कि मन, कसरी समाउ यो मनलाई कता खोजु कता यो मनलाई मन नभएको मुटु कस्तो होला,

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्ने छ सुन्दर शान्त र सम्वृद्द नेपाल

~बाबुराम पन्थी ‘गुल्मेली’~ साथीहरू भन्छन् हाम्रो देश बिग्रीयो हाम्रो देशमा मानवता हरायो ! जनता राजनितिको शिकार हुन बाध्य छौ । म सोंच मग्न हुन्छु मन मनै आफै भित्र प्रश्न उठ्छ । एउटा विरामीको पिडा कम गराउने डाक्टरमा के मानवता छैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म रुन्छु कर्णाली

~महेश रिजाल~ आफ्नै छाया बाट छोडिएको सिलौटोमा चंदन जसरी घोटिएको चुसिएर, लुटिएर फालिएको तर पनी आफ्नै भनिएको देश को एस्तो शासन प्रणाली

Posted in कविता | Tagged | Leave a comment

कविता : यात्रा स्थगित भइदेओस्

~उदय निरौला~ कहिलेकाहीँ त लाग्छ यात्रा अविरल नबगेर कहीँ कतै टुङ्गियोस् साक्षी बनेको छु यद्यपि यात्रामा पात झर्छ यात्रामा पात मर्छ र पुनः पुनः पलाउँछ पुनः झर्छ मर्छ र पुनः पलाउँछ । लाग्छ ! घाम उदाएपछि पुनः नअस्ताओस्

Posted in कविता | Tagged | Leave a comment

कविता : बधाई प्रचन्ड

~लोप्चन लामा~ बधाई छ प्रचन्ड स-परिवार बिदेश भ्रमण तिमीलाई बधाई छ बाबुराम सर्बे-सर्वा ढुकुटी ब्रम्ह्-लुट तिमीलाई धेरै आस्था अनी विश्वाश थियो बाह्र बर्ष रगतको होली खेलेर सत्तामा पुग्दा नेपाल आमाले लामो चैनको सुस्केर हालेथ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : नाईं गर्दिन के!

~प्रणिका कोयु~ “प्रणिका, उमेर भयो त! डाँडा काट्दैछ है वैंशले लौ तिमी पनि” यही भन्थे, भन्छन् उनीहरू र म सुनिदिन्छु हाँसो, उदेक, वेवास्ता र झर्काईकासाथ भनिदिन्छु पनि छैन हो बिहे गर्ने रहर मलाई, अँ सोच्दैछु, गरौंला नि, के छ र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिचरो हंस ब्युँझियो

~वामदेव पण्डित~ गए रात निकै नौलो, स्वप्न देखेँ म भन्दछु राजाले पद छोडेर, कसरी कन भन्दछु गद्दीमा बसी खेल्ने रे, हृदयेन्द्र नरेश भई खोपाको देवताजस्तै त्यो तन्त्र लवलेश भई ।।१।। उमेर नपुगेसम्म प्रतिनिधि बनाउने हिमानी एक आमा र जनता तीन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समयको सत्ता

~रामकृष्ण सुनुवार ‘आँकाला’~ खै ! गर्भमा कष्ट प्रद कुर्दा कुर्दा ग्रह ब्रम्हाण्ड दगुरेनन बेस्कन अरुको शाहारामा जीवन जिउने क्रम अनायासै थोपरी दिएर कहिले सक्षम स्वावलम्बी बन्ने ? सूर्यलाइ चुम्बकीय शक्ति तीव्र पार्न बाल मुस्कान टक्र्याए सौर मण्डल तिब्र गतिमा दौडाउन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सुनकेशरी मैयाँ

~शोभा न्यौपाने~ वन-पाखामा दाउरा-सोत्तर गर्दै चुलो-चम्को पानी-पँधेरोसँगै जीन्दगीका उतारचढाप हेरेर आधा जीवन गुजारेकी मेरी आमा सानी छोरी – मलाई काखमा सुताएर हरेक रात दन्त्य कथा सुनाउने गर्थिन् त्यस्ता कहानीहरु जसले मलाई एक रँगिलो संसारमा पुर्याउँथ्यो जहाँ सुनकेशरी मैयाँको केश बगाउँथ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : सरकार ,मलाई मेरो भागको जमिन फिर्ता गर !

~निमेष गिरि~ सरकार, म विर्खवहादुर यो देशको माटोको कुनै भाग मेरो पसिनाले सिंचिएको छ सवैलाई भाग लगाउदा करोडौ टुक्रामा एक टुक्रा मेरो पनि हक लाग्नेछ त्यसैले सरकार मलाई मेरो टुक्रा फिर्ता देऊ म तिम्रो अधिनस्थ हुन चाहान्न

Posted in कविता | Tagged | Leave a comment

कविता : माघ आठ पन गैग्यो

~लक्ष्मण अधिकारी~ गोठ भरी हल बल्ल पाली जग्गा बाजै रैग्यो आएइन संबिधान हाम्रो माघ आठ पन गैग्यो जोतन्या हली भागी गैग्यो पैसा पानी लैग्यो संबिधान न पाइन्या भयो यो अचम्मै भैग्यो चमर पन हल्लायाका घोगा पसायाका माघ आठ मा संबिधान … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा मान्छे

~कृष्ण कट्टेल~ आज पनि उनी हराइरहेका थिए मध्य दिनमा, टन्टलापुर घाममा भिडभाडको बिचमा मध्य निन्द्रामा । लाग्थ्यो उनी मेटिरहेका थिए थकाइ सोचिरहेका थिए भाग्य अनि छोट्टिरहेको भविष्य ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मर्न सकूँ तिम्रा लागि

~हरिभक्त कटुवाल~ बल्ल आइपुगेको आमा ! तिम्रो न्यानो काख खोज्दै माया देऊ, मलाई मायाको भोक लागेको छ। हात चोपलेर पवित्र पानीमा वाग्मतीको तिमीलाई फेरि कहिल्यै नछोड्ने किरिया खाइसकेको छु। मुठ्ठीभर माटो लिएर पावन मातृभूमिको मेरा अपराधहरुको प्रायश्चित गर्न लागिरहेको छु

Posted in कविता | Tagged | Leave a comment

कविता : विश्व मानव चे

~कुमार काफ्ले~ एउटा देशमा तिम्रो नाभि गाडिएको छ त्यहीँको माटो सुँघेर हुर्केका तिमी अर्कै देशको भूमिमा प्रशिक्षित भइ विभिन्न देशको माटोमा, पहाड र बस्तीहरूमा अथक युद्ध गर्ने,क्रान्तिको बीउ छर्ने र अर्कै मुलुकमा गई रगत र पसीना बगाउने प्राणाहुति गरि शहादत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलमाया

~आस्था के.सी.~ आज शहरमा हल्लीखल्ली छ चारैतिर भेला छ बैठक छ तालिम छ र गोष्ठी पनि छ सदियौं पुराना अवशेषहरु मेटाउन आत्मसम्मान र स्वाभिमानको जग बसाल्न गाउँ–गाउँमा अन्तक्र्रिया छ ठाउँ–ठाउँमा सभा पनि छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मसानको एक टुक्रा हाड

~भैरव अर्याल~ कैले कैले निद्रामा त्यसइ देखिएको सपना जस्तो कैले कैले तन्द्रामा अनायासै सुनिएको घटना जस्ता कस्तो कस्तो एक सम्भावनात्मक सम्झनाले दिमागअको सानो तन्तु हल्लाइदिन्छ ऊ थियो । व्यतीतको कहाली लाग्दो महासागरमा मानवमावनको युगौंदेखिको महासागरमा, महासमरमा को कहाँनेर कतीखेर के … Continue reading

Posted in कविता | Tagged | 1 Comment

कविता : रातो बाकसले भन्दै थियो

~इन्द्रेणी शर्मा ‘जलद’~ हे जिउँदा युवा हो देश तिम्रो हो जाग उठ ! हत्यारा भोगीलाई मेरो कब्जामा राखी देश चलाउनु जलाउनु मेरोसाथ् ति जिउँदा लाशलाई नयाँ नेपालको संरचना गर्नु छिमेकीको मुकाबिला गर्नु देखाउनु पूर्खाको इमान सम्मान देश बनाउनु !

Posted in कविता | Tagged | Leave a comment

कविता : सतीले सरापेको देश

~मणिराज सिंह~ टेक्दै मसानका ढिस्काहरू खेल्दै रगतका फाल्साहरू सित झण्डा उचालेर वीरताको फर्कदै थिए जब भीम मल्ल आफ्नै आमाको काखमा साँगुरो सुरुङ्गभित्र कोलाहलका विक्षिप्ततामा रन्थनिएका प्रताप मल्लहरू पिचासझैँ भौँतारिएर घृणाका काँडाहरू उमारेर आँखामा

Posted in कविता | Tagged | Leave a comment

कविता : प्यास, प्यारी र धाराहरू

~त्रिभुवनचन्द्र वाग्ले~ जताततै पानीपानी पिउने थोपा छैन पानी । पूर्णकलश दाहिने पारी आफ्नो समुद्री यात्रा सुरुगरें मैले बिर्सिएको छैन काँधमा पानीको तुम्लेट बोक्न अँ, यो जल–यात्रा हो र त पिउने पानी लैजान बिर्सन हुन्न हामी पानीमा बग्छौं यद्यपि प्यासले सुक्छौं … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शरमको अर्थ

~केशव शिलवाल~ बादलको घुम्टो ओढेर लजाउँदै–लजाउँदै आकाशमा प्रकट भएको घाम देखेर मलाई शरम लाग्छ शरम गर– यो शरमको कुरा हो मानिसको छातीलाई पिच बनाएर मानवताको छक्का हान्ने क्रिकेटरले नै मानवताको गीत गाउनु– यो शरमको कुरा हो

Posted in कविता | Tagged | Leave a comment

कविता : डेन्जर जोन

~विनोदविक्रम केसी~ डेन्जर जोनमा हुनुहुन्छ तपाईं र, खेलिरहनुभएको छ क्यान्डी क्रस यो असाध्यै खतरनाक कुरो हो चौतर्फी घेराबन्दीमा हुनुहुन्छ समुद्रपारिको डोनाल्ड ट्रम्प र टोलको गुन्डा राष्ट्रवादको प्रेत र मुकुटको पिशाच माफियाजस्तो सरकार र सरकारजस्तो माफिया कर्पाेरेट कल्चर र आदिम लुटशास्त्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आव्हान

~चन्द्र रानोहछा~ जहाँ पोखेथ्यौ विदाइको अविरल आँशु त्यहींबाट हेरिरहेछु तिमीले नाघेको शून्य क्षितिज परदेशी! आकाशको कुन मौन बलेसी मुनि

Posted in कविता | Tagged | Leave a comment

कविता : आमी भालोवासीः म माया गर्छु

~माधव घिमिरे~ हृदयमा मधु हजुर, अधरमा हाँसी विश्वकवि ! बोलिरै’छौ –आमी भालोवासी आमी भालोवासी आज स्वर्णप्रभातमा रविलाई देखेँ रविबिम्बभित्र त्यही छविलाई देखेँ तिमी आफ्ना सिर्जनामा सधैँ अविनाशी

Posted in कविता | Tagged | Leave a comment

कविता : रित्तो भो अन्तुडाँडा!!

~एकु घिमिरे~ रित्तो-रित्तो लाग्छ यो टारबारी बा’कै झल्को दिन्छ त्यो बाँसघारी। बाबा!खोजी गर्छ लोटा र भाँडा बाबा जाँदा रित्तो भो अन्तुडाँडा!! ढाका टोपी चट्ट् लाएर हिंड्ने गुन्गुन् गीत गाएर हिंड्ने।

Posted in कविता | Tagged | Leave a comment

कविता : भान्जी किमाथाङ्कालाई पत्र

~बालकृष्ण पोखरेल~ भान्जी किमाथाङ्का ! मेरी भृकुटी दिदैकी प्यारी छोरी किमाथाङ्का ! मेरा स्रङचन भेनाको काख खुँद्ने किमाथाङ्का ! तिमी कति निष्ठुरी ! बाफ्रे ! कति अल्छे बानीकी अभिनेत्री तिमी ! हर्र मोटर चढेर आउँदिनौ तिमी मोरङ । भान्जी ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सजिब चित्र तिमी

~रुमन न्यौपाने ‘अमन्त’~ मेरो कथामा छुटेको पात्र तिमी मेरो संगीतमा छैनौ तिमी गरु म तिमीलाई लयमय बासुरीमा ? भो गाउँदीन तिमीलाई बेसुरमा । चुम्बन गर्दै आलीङ्गन गर्दै मस्त तिम्रो बक्षस्थलमा लरबराउँदै मदको सुरमा तिमै्र नाम कराउदै गरु म तिमीलाई लयमय … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरा,छोरा र छोराहरू नै

~जयन्ती ‘स्पन्दन’~ सामञ्जस्यताको अभावमा मेरा पुर्खाका आग्रहमा अन्तरे,जन्तरे,लखन्तरे….र पानीमन्तरेपछि मेरी आमा अझै पनि छोरा,छोरा र छोराहरू नै जन्माउन तम्सिरहिछन् हरबखत खिया लागिसकेको गर्भाशयमा बोकेर केवल एउटा अन्त्यपछिको अस्तित्वबोधका लागि। मेरा बाबा अझै पनि भोका र निवस्त्र आँखा लिएर

Posted in कविता | Tagged | Leave a comment

कविता : पँलास पनि फूल हो

~समा श्री~ गमलामा तिमीले रोपेको बोट कठ्यांग्रिएको छ तुषारोले खाएर पातहरू पँहेलपुर हुँदै झरेका छन् थुप्रिएका छन् बोट मुनि यादहरू बनेर सम्झ त

Posted in कविता | Tagged | Leave a comment

कविता : महामानव गौतम बुद्ध !

~न्हुछेरत्न बुद्धाचार्य~ ‘बुद्ध यो शब्दको महिमा अपार शाक्यमुनिको बौद्ध दर्शन विश्व शान्तिको महान सन्देश हो यो भूमण्डलमा संदियौदेखि अँध्यारो पथमा ज्ञानको ज्योति प्रज्ज्वल गर्नुहुने सर्वाथसिद्ध ! परिवर्तनशील समाजका युगान्तकारी महामानव दासयुगमा समानताको शंखनाद गर्नुहुने

Posted in कविता | Tagged | Leave a comment

कविता : साल्मी र शिवा

~सञ्जु शिल्पकार~ साल्मी, च्यातिएको तिम्रो पछ्यौरीको निम्ति न्यायको सट्टा उनीहरू, पानीका फोहरा, अश्रुग्यास बर्साइरहेछन्। तिम्रो पछ्यौरीसँग धेरैधेरै तिम्रा संगीहरूको मुटु जलिरहेको छ।

Posted in कविता | Tagged | Leave a comment

कविता : लोकतन्त्रको अस्मिता

~मणिराज सिंह~ समयको बटुकोमा जमाएर स्वाभिमान माछाको टाउकोसित देश टोकिखानेहरूले कालसर्पको यज्ञकुण्डभित्र चेतनाहरू डढाएर रगतको काँचो इतिहासमा अनुवाद गर्नेछन् मनको कोलाज त्यतिखेर, कलिला नानीहरूलाई उच्छृङ्खल इन्द्रेणीसित

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्खँदै छु उज्यालो म

~निर्मोही व्यास~ छ भस्मासुरको राज्य, चौतर्फी अन्धकार छ पिशाची हूल गस्तीमा बस्तीमा वार–पार छ विवेकी र इमानीका निम्ति तैयार छन् चिता कर्कलोझैं गलेको छ रापिएर मनुष्यता भूतका भागमा भोज, भनिन्छन् ‘भतुवा’ हली

Posted in कविता | Tagged | Leave a comment